• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

यो साता चर्चामा:

विवाह गर्न नमानेपछि अभिनेत्रीमाथि चक्कु प्रहार 

क्यानाडानेपाल कार्तिक १३ २०७७
  • 1.1K
    SHARES
  • विवाह गर्न नमानेपछि अभिनेत्रीमाथि चक्कु प्रहार 

    काठमाडौं - बलिउड अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु प्रहार भएके छ् । सोमबार बेलुका अभिनेत्री मालवी चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट घाइते भएकी उनको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ । 

    उनीमाथि मुम्बईको बर्सोवा क्षेत्रमा चक्कु प्रहार भएको हो। अभिनेत्री मालवीले आफूमाथि चक्कु प्रहार गर्ने प्रोड्यूसर योगेश मालवी रहेको बताएकी छिन् ।

    malabi malhotra.PNG

    आफूसँग विवाह गर्न नमानेको आरोपमा योगेश मालवीले चक्कु प्रहार गरेको अभिनेत्री मालवीको आरोप छ । योगेश उनका फेसबुकका साथि हुन् । 
     
    घटनापछि मालवीले भनिन् - ५ मिनेट टाढा कफी पसल थियो, त्यहाँबाट म फर्किरहेकी थिएँ। त्यसपछि अचानक योगेश आफ्नो कारबाट आएर मसँग कुरा गर्न खोजे। त्यसपछि उसले मलाई आफ्नो कार तिर लाग्यो र चक्कु प्रहार गर्यो।

    वास्तवमा ऊ मेरो अनुहारमा आक्रमण गर्न चाहान्थ्यो तर मैले उसको अनुहारमा हात राखिदिए। उसको स्क्वायर मेरो दाहिने हातमा थियो। त्यसपछि म भुइँमा लोटे पछि केही व्यक्ति मेरो सहयोगका लागि आए र मलाई अस्पताल लगे।

    m.jpg


    कार्तिक १३, २०७७ बिहिवार २०:३८:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मालवी मल्होत्रा

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    बलिउडमा प्रबेश गर्दै साउथ स्टार साईं श्रीनिवास  

    क्यानाडानेपाल

    मंसिर १३

  • 252
    SHARES
  • बलिउडमा प्रबेश गर्दै साउथ स्टार साईं श्रीनिवास  

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता साईं श्रीनिवास बेल्लमकोन्डा बलिउडमा प्रबेश गरेका छन् ।  

    फिल्म ‘एल्लुडु सीनु’ बाट फिल्म क्षेत्रमा प्रबेश गरेका उनले हालसम्म धेरै साउथ फिल्ममा अभिनय गरिसकेका छन् ।

    अब भने उनले बलिउड फिल्म पनि खेल्ने भएका छन् । उनले तलुगु फिल्म ‘छत्रपति’ को हिन्दी रिमेकमा काम गर्ने भारतिय मिडियामा बताइएको छ । 

    यस फिल्मलाई एस एस राजामौली निर्देशन रहेको फिल्म ‘छत्रपति’ को हिन्दी रिमेकमा उनको अभिनय हुने चर्चाले दर्शक निकै उत्साहित भएका छन् । 


     


    मंसिर १३, २०७७ शनिवार १९:१९:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साईं श्रीनिवास

  • क्यानाडानेपाल डेस्क

    फिल्म 'पठान' मा बिना लगानी हिस्सेदार बने शाहरुख, कति पाउछन् ?

    क्यानाडानेपाल

    मंसिर ११

  • 546
    SHARES
  • फिल्म 'पठान' मा बिना लगानी हिस्सेदार बने शाहरुख, कति पाउछन् ?

    काठमाडौं बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म 'पठान' को पछिल्लो समय निकै चर्चा छ । फिल्म 'जीरो' पछि कुनै फिल्ममा नदेखिएका शाहरुख अब नयाँ अवतारमा फिल्म 'पठान' मा देखिदैछन् । 

    शाहरुख फिल्ममा फर्कदा दर्शकहरु उनको फिल्मलाई लिएर उत्साहित छन् । भारतिय मिडियाका अनुसार यस फिल्मको उनी बिना लगानी हिस्सेदार बनेका छन् । यस फिल्ममा शाहरुखले लिने फि बाहेक फिल्मको नाफाबाट ४५ प्रतिशत लिने सहमती भएको बताइएको छ । 

    यदि यस फिल्मले एक करोड कमाएमा शाहरुखले ४५ हजार पाउनेछन् । यशराज फिल्म्सले निर्माण गरेको फिल्म 'पठान'मा शाहरुखसँगै अभिनेता जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणको पनि मूख्य अभिनय रहनेछ । 

    निर्माता आदित्य चोपडाको २०० करोड लगानी रहने यस फिल्ममा दीपिकाले १५ करोड र  जोन अब्राहमले २० करोड पारिश्रमिक लिने बताइएको छ ।

    यस फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नछन् । देशभक्ति र एक्सन हुने  यस फिल्ममा शाहरुख र जोनको टक्कर हुने बताइएको छ । फिल्ममा जोनले भिलेनको भूमिका निभाउनेछन् । 

     


    मंसिर ११, २०७७ बिहिवार २१:०४:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहरुख खान
  • # पठान

  • क्यानाडानेपाल डेस्क

    फिल्म ‘कूली नम्बर वान’को पोष्टरमा बरुणको ५ अवतार, कहिले रिलिज हुन्छ ?

    क्यानाडानेपाल

    मंसिर ११

  • 450
    SHARES
  • फिल्म ‘कूली नम्बर वान’को पोष्टरमा बरुणको ५ अवतार, कहिले रिलिज हुन्छ ?

    काठमाडौं - बलिउड अभिनेता वरुण धावनको नयाँ फिल्म 'कुली नम्बर १' को पछिल्लो समय निकै चर्चा छ । सन् १९९५ मा प्रदर्शनमा आएको यहि नामको रिमेकलाई वरुणका पिता डेविड धवनले नै निर्देशन गरेका छन् । 

    फिल्ममा वरुण धव, सारा अली खान, परेश रावल लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्मको ट्रेलर शनिवार रिलिज हुने वरुणले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

    उनले फिल्मको पोष्टर पनि शेयर गरेका छन् । पोष्टरमा उनीसँगै सारा पनि देखिएकी छिन् । पोष्टरमा वरुणका ५ अवतार देखिएको छ । 

    डेविड धवनको यो ४५ औ फिल्म 'कूली नम्बर वान' आगामी २५ डिसेम्बरमा ओटीटी प्‍लेटफर्ममार्फत प्रदर्शन हुने भएको छ । सन् १९९५ मा रिलिज भएको  ‘कुली नम्बर १’ मा भने गोविन्दा र करिश्मा कपूरको अभिनय रहेको थियो । 

    cooli no 1.jpg


     


    मंसिर ११, २०७७ बिहिवार १८:४९:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कूली नम्बर वान

  • क्यानाडानेपाल डेस्क

    आफु डिप्रेसनको शिकार भएको खुलासा गरे शाहरुखले  

    क्यानाडानेपाल

    मंसिर १०

  • 360
    SHARES
  • आफु डिप्रेसनको शिकार भएको खुलासा गरे शाहरुखले  

    काठमाडौं - बलिउडका धेरै कलाकारले आफ्ना व्यक्तिगत घटनाहरु अन्तवार्तामा खुलाउने गरेका छन् । 

    अन्तवार्तामा बलिउडका केही कलाकारहरुले आफु डिप्रेसनको शिकार भएको बारे पनि खुलाएका छन् । दीपिका पादुकोण, कंगना रनौत, शाहरुख खान लगायतका बलिउडका कलाकारहरु डिप्रेसनको शिकार भएको बताइएको छ । 

    भारतिय मिडियाका अनुसार बलिउडका किंग खानका रुपमा चिनिएका शाहरुख खान पनि डिप्रेशनमा परेको खबर आलै चर्चामा आएको थियो । अन्तवार्तामा धेरैजसो खुलेर नबोल्ने शाहरुखले ‘फिल्मीबीट’को एक अन्तवार्तामा यस बारे कुरा खुलाएका छन् । 

    उनले आफु २००८ मा एक दुर्घटना हुँदा आफु डिप्रेशनको शिकार भएको बताए । त्यस समय उनले काँधको लिगामेन्टको शल्यक्रिया गर्नुपरेको थियो । त्यस समय आफु एक्लो भएको महशुस हुँदा डिप्रेशनमा गएको बताए । 

    सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मिएका उनले बलिउडमा फिल्म ‘दिवाना’ बाट डेब्यु गरेका थिए।  पछिल्लो फिल्म जिरो पछि कुनै फिल्ममा नदेखिएका शाहरुख अहिले एकपछि अर्को फिल्ममा व्यस्त हुन थालेका छन् ।  


    मंसिर १०, २०७७ बुधवार १२:५१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहरुख खान

  • क्यानाडानेपाल डेस्क

    फिल्म ‘टोरबाज’ मा अफगान सेनाको भूमिकामा देखिदै सञ्जय दत्त 

    क्यानाडानेपाल

    मंसिर १०

  • 350
    SHARES
  • फिल्म ‘टोरबाज’ मा अफगान सेनाको भूमिकामा देखिदै सञ्जय दत्त 

    काठमाडौं - बलिउड अभिनेता सञ्जय दत्तको नयाँ फिल्म ‘टोरबाज’ को पछिल्लो समय निकै चर्चा छ । भारतिय मिडियाका अनुसार गिरिश मलिकको निर्देशनमा बनेको फिल्म ‘टोरबाज’ ११ डिसेम्बरमा प्रदर्शनमा आउने भएको छ ।

    नेटफ्लिक्पबाट सार्वजनिक हुन लागेको यस फिल्मलाई लिएर दर्शक धेरै नै उत्साहित भएका छन् । फिल्ममा सञ्जय अफगान सेनाको एक जनरलको भूमिकामा देखिएका छन् ।  

    राजु चड्ढा र राहुल मित्रले निर्माण गरेको यस फिल्ममा सञ्जयसँगै राहुल देव, नरगिस फाखरी लगायतका कलाकारको अभिनय रहेको छ ।

    यस्तै सञ्जय यस फिल्म बाहेक फिल्म केजीएफ च्याप्टर २’ मा पनि देखिएदैछन् । यस फिल्ममा उनको भिलेनको भूमिका रहेको छ । 


    मंसिर १०, २०७७ बुधवार ११:५४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सञ्जय दत्त

  • क्यानाडानेपाल डेस्क

    ऋतिक र टाइगर को ‘वार’ को सिक्वेलमा यी दुई ठुला स्टार

    क्यानाडानेपाल

    मंसिर ९

  • 512
    SHARES
  • ऋतिक र टाइगर को ‘वार’ को सिक्वेलमा यी दुई ठुला स्टार

    काठमाडौं - बलिउड सुपरस्टार ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म 'वार' को सिक्वेल बन्ने भएको छ । फिल्म 'वार' को सिक्वेलमा बलिउडका ठुला ३ स्टारको अभिनय रहने भारतिय मिडियामा बताइएको छ ।

    ‘एभेन्जर्स’ सिरिज जस्तै आदित्य चोपडाले यसमा पनि यस्तै प्रयोग गर्ने बताइएको छ । फिल्ममा टाइगर श्राफ, सलमान खान र शाहरुख खानको अभिनय रहने बताइएको छ । 

    त्यस्तै फिल्ममा एजेन्टको भूमिकामा दीपिका पादुकोण र क्याटरीना कैफ पनि देखिने चर्चा छ । यसबारे आधिकारिक जानकारी चने आएको छैन । यस फिल्मको चर्चासँगै दर्शक उत्साहित भएका छन् ।  


    मंसिर ९, २०७७ मंगलवार २०:०७:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वार

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर