• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

यो साता चर्चामा:

हरियो रङ्गको कुकुर जन्मिएपछि...

क्यानाडानेपाल कार्तिक १४ २०७७
  • 830
    SHARES
  • हरियो रङ्गको कुकुर जन्मिएपछि...

    बीबीसी।  यो वर्ष पहिलेभन्दा धेरै अनौठा घटनाहरू भए। इटलीका एक कृषक क्रिस्टियन मालोस्सीले त्यस्तै एउटा अनौठो घटना देखे। उनले पालेको स्पेलाच्चियो नामक पोथी कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको छ।

    भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको त्यो अद्भुत छाउराको नाम पिस्टाचियो राखिएको छ। पिस्टाचियोसँगै जन्मेका अरू छाउराछाउरीको रौँ आफ्ना माउको जस्तै सेतो छ। हरियो रौँ भएको कुकुरको जन्म दुर्लभ मानिन्छ।

    गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रङ्गका कारण उसको रौँ हरियो भएको भन्ठानिएको छ। तर बिस्तारै पिस्टाचियोको रङ्ग उड्न थालिसकेको र यो क्रम कायम रहने बताइएको छ। मालोस्सीले पिस्टाचियो आफूले पाल्ने तर अरू छाउरा अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन्। हुर्केपछि पिस्टाचियोलाई भेडीगोठमा प्रयोग गर्ने उनको विचार छ।

     


    कार्तिक १४, २०७७ शुक्रवार १२:४४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरियो रङ्गको कुकुर

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    यी महिलाले लाखौ खर्च गरेर घटाइन् ८८ किलो तौल, थिइन् १४६ किलोकी 

    क्यानाडानेपाल

    मंसिर ११

  • 576
    SHARES
  • यी महिलाले लाखौ खर्च गरेर घटाइन् ८८ किलो तौल, थिइन् १४६ किलोकी 

    काठमाडौं - मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन धेरै नै समय लाग्छ । शरिरलाई स्लिम राखिराख्न मानिसहरु बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् । 

    आफ्नो तौल घटाउन मानिसहरुले धेरै खर्च पनि गर्ने गर्छन् । यस्तै अमेरिकाकी एक महिला आफ्नो मोटोपनबाट हैरान भइन् । उनले तौल घटाउन लाखौ रुपैया खर्च पनि गरेकी छिन् । लाखौ रुपैया खर्च गरेरै उनले आफ्नौ तौल घटाएकी छिन् । 

    अमेरिकाको टेक्सासमा बस्ने २३ वर्षीया लिड्से हुवरले आफ्नो ८८ किलो तौल घटाएकी छिन् । पहिले १४६ किलोकी लिड्से हुवरले लाखौ खर्च गरेर तौल घटाइन् । एक बच्चाको आमा समेत रहेकी उनले तौल घटाउन १० लाख रुपैया खर्च गरेकी हुन् । 

    उनले तौल घटाउन खानपानमा परिवर्तन गरिन् र बाहिरका खाना पनि खाइनन् । उनले तौल त जबरजस्ती घटाइन तर शरिर खासै राम्रो देखिएन । उनका छाला तुर्लुङग देखिन थाले । तर राम्रो कुरा उनले अहिले शरिरलाई मिल्ने कपडा लगाउन पाएकी छिन् ।  


    मंसिर ११, २०७७ बिहिवार २१:३३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # तौल

  • क्यानाडानेपाल डेस्क

    नयाँ पासवर्ड राख्दै हुनुहुन्छ ? सन् २०२० मा धेरै प्रयोग गरिएका यी पासवर्डहरु 

    क्यानाडानेपाल

    मंसिर १०

  • 320
    SHARES
  • नयाँ पासवर्ड राख्दै हुनुहुन्छ ? सन् २०२० मा धेरै प्रयोग गरिएका यी पासवर्डहरु 

    काठमाडौं - मानिसहरूले सम्झिरहन सजिलो इन्टरनेट पासवर्डको प्रयोग गर्ने गर्छन् । जसले गर्दा ह्याकरहरुलाई धेरै सजिलो हुन्छ । 

    हामिले प्रयोग गरिरहेका कमजोर पासवर्डहरु धेरै नै असुरक्षित रहेको पनि पाइएको छ । हाम्रो सजिलोको लागि सबैले सजिलै अनुमान लगाउन सक्ने पासवर्डहरु राख्ने गर्छौ । जसले गर्दा धेरै प्रयोगकर्ताहरुको डेटा जोखिममा पर्ने गर्छ । 

    यस्तै सन् २०२० का सबैभन्दा धेरै प्रयोग भइरहेका पासवर्डहरु असुरक्षित रहेको पाइएको छ । नर्डपासले गरेको एक सर्वेक्षणमा सजिलै सम्झन सकिने र धेरैले प्रयोग गरेको पासवर्डमा शीर्ष तीनमा १२३४५६, १२३४५६७८९ र पिक्चर१ रहेका छन् । 

    त्यस्तै चौथो स्थानको सजिलो पासवर्ड ‘पासवर्ड’ रहेको छ । नर्डपासले मूल्याकंन गरेको २७५,६९९,५१६ डेटाबेस मध्य १२२,८९४,७८८ ओटा पासवर्डहरु नयाँ रहेको छ भने अरु पासवर्डहरु धेरै पटक दोहोरिएका छन् । 

    हामिहरुले आईलभयू, ओएमजीपप, आस्ले, च्याटबुक्स, प्रिन्सेस, सनसाइन, ड्रागन र पोकेमन जस्ता पासवर्डहरु प्रयोग नगर्नु नै राम्रो हुन्छ । 

    सन् २०२० मा सबैभन्दा धेरै प्रयोग गरिएका २०० मध्ये ७८ ओटा पासवर्डहरु मात्रै नयाँ रहेका थिए । हामिले सकेसम्म पासवर्ड परिवर्तन गरिरहनु राम्रो हुन्छ । पासवर्ड राख्दा अरुलाई ह्याक गर्न नमिल्ने कठिन प्रयोग गर्नुपर्छ । 

    सन् २०२० मा धेरै प्रयोग गरिएका यी पासवर्डहरु - 123456, 123456789, picture1, password, 12345678, 111111, 123123, 12345, 1234567890, senha, 1234567, qwerty, abc123, million2, 000000, 1234, iloveyou, aaron431, password1, qqww1122
      


    मंसिर १०, २०७७ बुधवार १३:३०:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पासवर्ड

  • क्यानाडानेपाल डेस्क

    बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न थालियो (तस्बिरसहित)

    क्यानाडानेपाल

    मंसिर ९

  • 808
    SHARES
  • बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न थालियो (तस्बिरसहित)

    काठमाडौं - कुनै पनि जनावरले सोचे भन्दा फरक अनुहारको बच्चा जन्माएमा छक्क पर्नु सामान्य कुरा हो । तर भारतमा एउटा बाख्राले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको छ । 

    Capture.PNG

    सुन्दा अचम्म लाग्ला, तर उत्तर प्रदेशको कानपुरमा बाख्रनले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको हो । अनौठो बच्चा जन्माउने बाख्रा कानपुर जहांगीराबाद निवासी सीताराम कठेरियाको हो । 

    Capture.PNG

    बाँदरको अनुहारको पाठो जन्मिएपछि मानिसहरूले  हनुमानको अवतारको रूपमा पूजा गर्न थालेको भारतिय मिडिया आजतकले जनाएको छ। पाठो मरेको थियो, तर पनि मानिसहरुको हेर्ने भीड लागेकोे थियो । 

    धेरैले चमत्कार भयो भन्दै पैसा चढाउदै पूजा गर्न थाले । त्यो रात सीतारामको बाख्राले ५ पाठापाठी जन्माएको थियो । बाँदरको अनुहारको पाठो भने मरेको थियो । 

    sg.PNG
     


    मंसिर ९, २०७७ मंगलवार २१:४६:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाँदरको अनुहार भएको पाठो

  • क्यानाडानेपाल डेस्क

    १९ महिनाकी हुँदा अक्षर चिनेकी यी बालिकाले ४ वर्षको उमेरमै पढिन् हजार किताव 

    क्यानाडानेपाल

    मंसिर ८

  • 562
    SHARES
  • १९ महिनाकी हुँदा अक्षर चिनेकी यी बालिकाले ४ वर्षको उमेरमै पढिन् हजार किताव 

    काठमाडौं । विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । मानिसहरुले आश्चर्यचकित पार्ने कामहरु पनि गरेर विश्व रेकर्ड पनि राखेका छन् । 

    यस्तै एक बालिकामा पनि अनौठो प्रतिभा रहेको छ । बालबालिका एउटा किताब पढ्न लामो समय लगाउछन् । तर अमेरिकाकी एक बालिकाले सानै उमेरमा १ हजार भन्दा धेरै किताव पढिसकेकी छिन् । 

    डालिया मेरी आरानाले ४ वर्षको उमेरमा नै १ हजार भन्दा धेरै किताव पढेकी छिन् । डालियाले १८ महिनाकी हुँदा अक्षर चिनेकी थिइन् । उनले ३ वर्षको उमेरबाट नै किताब पढ्न सक्ने भइन् । उनल्े जस्तोसुकै अक्षर पनि पढ्छिन् । 

    उनले जन्मेदेखि नै आफूले पढेको ध्यान दिएर हेर्ने गरेको उनका आमा हालिमा र बुवा मुगुएलले बताएका छन् । उनले १९ महिनाकी हुँदासम्म उनले धेरै अक्षर चिनिसकेको उनकी आमा बताउछिन् । 

    पढाई क्षमता देखेर उनलाई विश्वकै सबैभन्दा ठूलो पुस्तकालय युएस लाइबेरी अफ कंग्रेसमा एक दिनका लागि लाइबेरियन पनि बनाइएको थियो । उनले पुस्तकालयमा एकदिन कार्यभार सम्हालेकि थिएइन् । 


     


    मंसिर ८, २०७७ सोमवार २१:४८:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्यालेन्ट बालिका

  • क्यानाडानेपाल डेस्क

    ४४ वर्षसम्म प्रेममा रहेर बुढेसकालमा विवाह गरे यी जोडीले

    क्यानाडानेपाल

    मंसिर ७

  • 524
    SHARES
  • ४४ वर्षसम्म प्रेममा रहेर बुढेसकालमा विवाह गरे यी जोडीले

    एजेन्सी - धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खाज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । तर माया गर्ने जोडीले उमेर र साइज पनि हेर्दैनन् । यस्तै ब्रिटेनमा एक पाको उमेरका जोडीले विवाह गरेका छन् । उनहरुको विवाह प्रेम विवाह हो । 

    ब्रिटेनका ८४ वर्षीय कालिन डन र ८२ वर्षीया सैली स्मिथ १९७२ मा पहिलो पटक भेट भएका थिए । एक सामाजिक क्लबमा काम गर्ने क्रममा सैलीको कालिनसँग प्रेम भएको थियो । उनीहरु ४४ वर्षसम्म प्रेममा रहे र बुढेसकालमा विवाह गरे ।  

    पहिले नै विवाह भइसकेको यो जोडीको प्रेम विवाहले नयाँ इतिहास रचेको छ । उनीहरुको विवाहमा धेरै साथी र नातेदारहरु पनि आएका थिए । क्लबमा जाँदा सैलीलाई कालिनले बाहिर घुम्न जान आग्रह गरिरहन्थे । 

    चार बच्चाका आमा रहेकी सैलीले बच्चा भएकाले सँगै बस्न अस्विकार गरेकी थिइन् । अहिले उनका बच्चा ठुला भैसकेका छन् । बच्चाहरु ठुला भएपछि उनीहरुले विवाह गर्ने निर्णय गरे । उनीहरुले अहिले हाफुहरुबीचको सम्बन्ध कसैले तोड्न नसक्ने बताउने गरेका छन् ।
     


    मंसिर ७, २०७७ आइतवार २२:०४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बुढेसकालमा विवाह

  • क्यानाडानेपाल डेस्क

    महँगो मूल्यको बिश्वकै सबैभन्दा तिब्र गतिमा चल्ने विद्युतीय कार 

    क्यानाडानेपाल

    मंसिर ६

  • 438
    SHARES
  • महँगो मूल्यको बिश्वकै सबैभन्दा तिब्र गतिमा चल्ने विद्युतीय कार 

    काठमाडौं - विश्वमा धेरै आबिष्कारहरु भइरहेका छन् । विश्वमा पत्याउनै मुश्किल गरी प्रविधिको विकाश भइरहेको छ । 

    तपाईले विद्युतीय गाडीहरु देख्नु र चलाउनु भएको पनि होला । तर विश्वमा यस्तो विद्युतीय कार पनि छ, जुन निकै तिव्र गतिमा चल्छ । विद्युतीय कार वातावरणमैत्री हुने हुनाले यसको निर्माण पनि भइरहेको छ । 

    विश्वका धेरै कम्पनीले विद्युतीय कार निर्माणन गरिरहेका छन् तर दूबई अटो कार सोमा एसपार्क कम्पनीले निकै तिव्र गतिको कार निर्माण गरेको छ ।

    बिजुली बाट चल्ने यो कार बिश्वकै तिब्र गतिमा चल्ने कार भएको बताइएको छ । यो कार ८० मिनेटमा नै चार्ज हुने गर्छ । 

    कम्पनीका अनुसार यो कार ० देखि ६० सम्मको रफ्तार केवल १।५९ सेकेन्डमै पार गर्ने बताइएको छ । यस कारको अधिकतम गति २५० रहेको छ । यो कार कार्बन फाइबर र स्टीलले बनेको हुन्छ । यसको मूल्य ३६ करोड राखिएको बताइएको छ । 

     


    मंसिर ६, २०७७ शनिवार १९:४८:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विद्युतीय कार

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर