• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

यो साता चर्चामा:

आज मुलुकभर ३,५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

क्यानाडानेपाल कार्तिक १४ २०७७
  • 552
    SHARES
  • आज मुलुकभर ३,५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु 

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,५१७ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा ३,५१७ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४,०९६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,२८,९५८ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।


    कार्तिक १४, २०७७ शुक्रवार १६:१८:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कोरोनाबाट जोगिन बहुउपयोगी वनौषधि ‘असुरो’ लाभदायिक हुने, प्रयोग गर्ने विधिसहित

    क्यानाडानेपाल

    मंसिर १३

  • 496
    SHARES
  • कोरोनाबाट जोगिन बहुउपयोगी वनौषधि ‘असुरो’ लाभदायिक हुने, प्रयोग गर्ने विधिसहित

    भेषराज पोखरेल । असुरो बुट्यान वर्गमा पर्ने जैविक वनौषधिको नाम हो। यो समुद्र सतहबाट १२०० मिटरसम्मको उचाइमा पाइन्छ। असुरो नेपालमा तराईदेखि मध्य पाहाडी भेगसम्म जताततै पाइन्छ।

    यसको पातको आकार आँपको पात जस्तै हुन्छ तर नरम र चिल्लो हुन्छ। यसमा अनेकौं रोगहरूलाई निस्तेज गर्ने औषधीय गुण पाइन्छ। तराई र पाहाडका वनजङ्गल, सडक छेउछाउका खोल्सा, खोलाको किनार जस्ता ठाउँमा यो हुर्किने गर्छ। ग्रामीण किसानहरूले यसलाई बारीका कान्लाहरूमा पनि रोप्ने गरेका हुन्छन्।

    असुरोको उपयोग 

    काँचो केरालाई छिटो पकाउन र अन्न भण्डारण गर्न परंरागत रुपमै यसको प्रयोग हुँदै आएको छ। यसले जैविक मल र किटनाशक औषधिको पनि काम गर्दछ। किसानहरूले धानको ब्याडमा यसको पातलाई कुहाएर प्रयोग गर्ने गरेको पनि पाइन्छ। असुरोको प्रयोगबाट २० भन्दा बढी प्रकारका रोगहरूको उपचार हुने कुरा आयुर्वेदमा उल्लेख गरिएको पाइन्छ।

    जसमध्ये दम, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धि अन्य रोग, घाँटी दुखेको, आउँमासी, चर्मरोग आदि हुन्। युरिक एसिडको तह घटाएर त्यसको पीडालाई निर्मूल गर्न पनि असुरोले मद्दत पुर्याउँछ। असुरोको पात मात्र नभएर फूल र जराबाट पनि विभिन्न रोगका औषधि बनाइन्छ।

    मात्रा मिलाएर उपयोग गर्न नसक्दा यसले घातक असर पनि पुर्याउन सक्ने हुनाले विशेषज्ञको सल्लाहमा मात्रै यसको सेवन गर्नु पर्दछ।

    कोरोना रोगमा असुरोको प्रयोग 

    आयुर्वेद अनुसार रुघाखोकी, दम, हृदयरोग, फोक्सोको समस्या, घाँटीको दुखाइ, क्षयरोग लगायत अन्य प्रकारका भाइरसहरूको आक्रमणमा समेत असुरोको प्रयोग अत्यन्त लाभदायक मानिएको छ। डाक्टर रामबहादुर बोहराका अनुसार असुरो संबन्धी अनुसंधानबाट कोरोना विरुद्धको औषधि तयार गरि विश्वरेकर्ड राख्न सकिने छ।

    असुरोको पात मिश्रित तातोपानीको वाफले धेरै प्रकारका भाइरसहरूलाई मार्न सक्ने हुनाले कोरोना रोगीहरूलाई पनि यसले चामत्कारिक फाइदा पुर्याउने कुरा आयुर्वेदिक अनुसंधानहरूमा दावी गरिएको छ।

    एक लिटर पानीमा असुरोका ४र५ वटा पात उमालेर वाफ लिँदा श्वासप्रश्वासमा निकै सहज हुने कुरा यसको प्रयोग गर्ने कोरोना संक्रमितहरूको अनुभवले पुष्टि गरेको छ। यसले कोरोनाका कारण ढुङ्गा जस्तै भएर जमेको कफलाई फुटाएर केही दिनमै घाँटी र फोक्सोलाई सफा पारिदिने तर्क विशेषज्ञहरूले राखेका छन्।

    सामान्य लक्षण भएका कोरोना रोगीले दैनिक ३र४ पटक अनि अलि कडा लक्षण भएकाले दैनिक ५र६ पटकसम्म यसको वाफ लिएमा तीनदेखि चार दिनसम्ममै ती लक्षणहरू हराउने देखिएको छ।

    प्रकृतिले हामीलाई समस्या सँगसँगै समाधान पनि दिएको छ। रोग र उपचार दुबै कुरा हाम्रा वरिपरि नै छन्। यसर्थ विश्वमै दुर्लभ मानिएका जडिबुटीहरूको खोज र प्रयोगमा ध्यान केन्द्रित गर्न सके हामीले कोरोना जस्ता अन्य अज्ञात रोगहरूलाई समेत सजिलै परास्त गर्न सक्ने छौँ।


    मंसिर १३, २०७७ शनिवार १०:३२:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # असुराे

  • क्यानाडानेपाल

    आज मुलुकभर थप १,७०३ जनामा कोरोना संक्रमण

    क्यानाडानेपाल

    मंसिर १२

  • 256
    SHARES
  • आज मुलुकभर थप १,७०३ जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,७०३ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा १,७०३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख २९ हजार ३ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा १,२३६ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २,१०,६७१ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,४३५ पुगेको छ । 


    मंसिर १२, २०७७ शुक्रवार १६:३५:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # मुलुकभर

  • क्यानाडानेपाल डेस्क

    स्वास्थ्य मन्त्रालयले भन्यो– स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराऊ

    क्यानाडानेपाल

    मंसिर १२

  • 420
    SHARES
  • स्वास्थ्य मन्त्रालयले भन्यो– स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराऊ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सम्बन्धित् अस्पताल र निकायलाई निर्देशन दिएको छ।

    शुक्रबार मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी कोरोना महामारीमा खटिने सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई जोखिम भत्ता यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका हुन्।

    शुक्रबार नै बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार जोखिम भत्ता तत्काल उपलब्ध गराउन निर्देशन दिइएको विज्ञप्तिमा भनिएको छ । 

    मन्त्रालयले असोज मसान्त सम्मको जोखिम भत्तासमेत समावेश गरी ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको स्पष्ट पारेको छ । 

    notice.jpg


    मंसिर १२, २०७७ शुक्रवार १५:५४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    भारतले भन्यो– नेपाललाई कोरोनाविरुद्धको खोप चाहिए जति उपलब्ध गराउँछु

    क्यानाडानेपाल

    मंसिर १२

  • 474
    SHARES
  • भारतले भन्यो– नेपाललाई कोरोनाविरुद्धको खोप चाहिए जति उपलब्ध गराउँछु

    काठमाडौं । भारतले नेपाललाई कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    दुई दिने नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाललाई आवश्यक कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । 

    शुक्रबार काठमाडौंमा एसियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले आयोजना गरेको कार्यक्रममा उनले कोरोनाविरुद्धको खोप भारतलाई बनाइरहेको र नेपालको आवश्यकता पूरा गर्ने बताएका हुन् ।

    कोरोनाको महामारीविरुद्ध दुवै मुलुक मिलेर लड्नु पर्ने बताउँदै उनले भने,  भारतले कोरोना खोपका लागि काम गरिरहेको छ । जब खोप आउँछ । नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ ।’

    बिहीबार काठमाडौं आएसँगै उनले उच्चस्तरीय भेटवार्ता गरेका थिए । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन् । 


    मंसिर १२, २०७७ शुक्रवार १४:०४:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काेराेनाभाइरस

  • क्यानाडानेपाल

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो 

    क्यानाडानेपाल

    मंसिर ११

  • 240
    SHARES
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो 

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो  नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २३  जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या एक हजार चार सय १२ (१,४१२)जना पुगेको छ । 

    मङ्गलवार १,७९० जनामा सङ्क्रमण र २४ जनाको मृत्यु तथा बुधवार थप १९ सय ४८ जनामा सङ्क्रम र २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो। त्यसैगरी, गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

    मन्त्रालयले पछिल्लो २४ घण्टामा १.६१४ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । यसैगरी, कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९ हजार ४ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।  


    मंसिर ११, २०७७ बिहिवार १६:४२:०९ बजे : प्रकाशित

    आज मुलुकभर थप १,६१४ जनामा कोरोना संक्रमण

    क्यानाडानेपाल

    मंसिर ११

  • 282
    SHARES
  • आज मुलुकभर थप १,६१४ जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,६१४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहिबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा १,६१४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १,४३७  जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २,०९,४३५ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,४१२ पुगेको छ । 


    मंसिर ११, २०७७ बिहिवार १६:२१:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # मुलुकभर

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर