• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

भारतीय विमान सेवा किन सामुद्रिक विमानमा परिणत हुँदैछ ?

क्यानाडानेपाल कार्तिक १४ २०७७
  • 764
    SHARES
  • भारतीय विमान सेवा किन सामुद्रिक विमानमा परिणत हुँदैछ ?

    बीबीसी।  भारतीय वायुसेवा स्पाइस जेट महामारीमा यात्रा वृद्धिका निम्ति सामुद्रिक विमानमा परिणत हुँदैछ। देशको ठूलो क्षेत्रीय विमान सेवाले १८ वटा समुद्री मार्गका निम्ति अनुमति पाएको छ। त्यसमध्येको एउटा मार्ग गुजरातस्थित केवडियासम्मको छ जहाँ भारतका 

    पहिलो गृहमन्त्री वल्लभ भाइ पटेलको सम्मानमा निर्मित विश्वकै अग्लो १८२ मिटरको सालिक छ। महामारीका बेला स्पाइस जेटले कार्गो ढुवानी र साना जहाजबाट क्षेत्रीय उडान लगायतका आम्दानीका नयाँ स्रोतमा आफूलाई केन्द्रित गरेको छ।

    सामुद्रिक विमानका लाभ के हुन्?

    विमान सेवा कम्पनीहरूले कोरोनाभाइरसको महामारीका बेला नाफा कायम राख्न सङ्घर्ष गरेका छन्। कैयौँले अस्तित्व कामय राख्न सकेका छन् र व्यापक रूपमा रोजगारी कटौती गरेका छन्। केही विमान सेवाले आयस्रोतका वैकल्पिक बाटो खोजिरहेका छन्।

    स्पाइस जेटका अध्यक्ष अजय सिंहले भारत सरकारद्वारा प्रोत्साहनको प्रयासको सङ्ज्ञा दिँदै सामुद्रिक विमानले क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग गर्ने बताए। "निकै महँगा विमानस्थल र धावनमार्गविना नै विमानहरू साना जलाशय र छोटा धावनमार्गमा अवतरण र त्यहाँबाट उडान गर्न सक्छन्।"

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वल्लभ भाइ पटेलको १४५ औँ जन्म जयन्तीका अवसरमा शनिवार अहमदावाददेखि केवडियासम्मको उडानमा सहभागी हुने ठानिएको छ। ३० मिनेट लामो उडानमार्फत् स्पाइसको विमानले सेवा सुरु गर्नेछ, जसको एकतर्फको भाडा भारतीय रुपैयाँ १५ बाट सुरु हुनेछ।

    ट्वीनअटरको प्रयोग

    स्पाइस जेटले आफ्ना ३०० वटा ट्वीनअटर जहाजलाई सामुद्रिक विमानको रूपमा प्रयोग गर्नेछ। तीनमा यात्रु र चालक दलका सदस्य‍सहित १९ जना अटाउन सक्छन्। फ्लाइट ग्लोबल म्यागेजिनका ग्रेग वाल्ड्रोन भन्छन्, "साना सेवा प्रदायकमाझ ट्वीनअटर निकै लोकप्रिय छ र मालदिभ्स लगायतमा सामुद्रिक विमानको रूपमा निकै प्रयोग भइरहेका छन्।" उनका अनुसार सानो आकारले गर्दा ती जहाज ठूला विमान पुग्न अव्यावहारिक हुने ठाउँहरूमा पनि पुग्न सक्छन्।

    स्पाइस जेटले नागपुर, गुवाहाटी र मुम्बईमा सन् २०१७ मा भारतमा सामुद्रिक विमानको परीक्षण सुरु गरेको थियो। उसले जलाशय र अन्तरदेशीय जलमार्गहरूमार्फत् हवाई सम्पर्कको सम्भावना खोजी गरिरहेको छ। भारतमा राष्ट्रव्यापी लकडाउनका बेला स्पाइस जेटले १० लाखभन्दा बढी भारतीयलाई स्वदेश फर्काउँदा सक्रिय रूपमा उडान गरेको थियो।


    कार्तिक १४, २०७७ शुक्रवार १७:२०:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय विमान
  • # सामुद्रिक विमान

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    स्पुतनिक फाइभ ९५ प्रतिशत प्रभावकारी रहेको रुसको दाबी

    क्यानाडानेपाल

    मंसिर १०

  • 90
    SHARES
  • स्पुतनिक फाइभ ९५ प्रतिशत प्रभावकारी रहेको रुसको दाबी

    काठमाडौँ। रुसले आफुले निर्माण गरेको कोरोना भाइरसविरुद्धको रुस ’स्पुतनिक फाइभ’ ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ। क्लिनिकल परीक्षणको दोस्रो अन्तरिम विश्लेषणका अनुसार यसका विकासकर्ताहरूले मंगलबार उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताएका छन्।

    स्पुतनिक फाइभ ९५ प्रभावकारी रहेको तथ्य पहिलो डोजको ४२ दिनपछि प्राप्त गरिएको प्रारम्भिक डाटामा आधारित रहेको रुसको स्वास्थ्य मन्त्रालय, राज्य द्वारा संचालित गामालेय अनुसन्धान केन्द्र र रूसी प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले जनाएको छ। यद्यपि, तथ्य गणना गर्न प्रयोग भएका केसहरूको संख्या यसमा उल्लेख गरिएको छैन।


    मंसिर १०, २०७७ बुधवार १२:२६:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रुस
  • # कोरोना खोप
  • # ९५ प्रतिशत प्रभावकारी

  • क्यानाडानेपाल डेस्क

    भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

    क्यानाडानेपाल

    मंसिर १०

  • 156
    SHARES
  • भारतले लगायो थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

    नयाँदिल्ली, एपी - भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।

    भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । प्रतिबन्धित एप्सहरुमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरु रहेका छन् ।

    भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो । भारत सरकारले चिनियाँ मोबाइल एप्सहरुले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पु–याएको आरोप लगाएको थियो ।

    चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ । तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरु भइरहे पनि तनाव जारी छ । यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन ।

    भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ । भारतमा हाल चिनियाँ मोबाइल एप्सहरु तिब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् । कतिपय चिनियाँ कम्पनीहरुले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरु निर्माण गरेका छन् ।  


    मंसिर १०, २०७७ बुधवार १२:२०:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एपमाथि प्रतिबन्ध

  • क्यानाडानेपाल डेस्क

    बाइडेनले भने, 'विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो'

    क्यानाडानेपाल

    मंसिर १०

  • 110
    SHARES
  • बाइडेनले भने, 'विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आयो'

    बीबीसी।  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन्।

    बाइडनले आफ्नो समूहको घोषणा गर्दै भनेका छन्, 'विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको छ।' यदि अनुमोदन भएमा एभ्रिल हेन्स पहिलो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्ने छिन् भने अलेहान्ड्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनो प्रमुख हुनेछन्।

    राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएका छन् र सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन्।तर ट्रम्पले चुनावी हार स्वीकार गरिसकेका छैनन् र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहर्‍याइरहेका छन्।

    ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी बाइडनले पाउने जनाएको छ।

     बाइडनले के भने?

    राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो मन्त्रिपरिषद्‍मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुन: एकताबद्ध गराउने बताए। गृह राज्य डेलावेरमा बोल्दै बाइडनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने उल्लेख गरे।

    आफ्नो समूह अनावश्यक सैनिक द्वन्द्वमा नफस्ने उनको भनाइ छ। तर समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बाइडनले बताए। उनले भने, "यो समूहले अमेरिका र हाम्रा जनतालाई सुरक्षित राख्ने छ। यो समूहले विश्वको नेतृत्व गर्न अमेरिका फर्किएको प्रतिबिम्बित गर्छ।"

    को-को परे बाइडनको रोजाइमा?

    उनले अमेरिकी तल्लो सदनमा रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेकोमा पनि जोड दिए। बाइडनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्वकता रहेको बताएका छन्। अमेरिकासँग अन्य देशहरूलाई साथमा ल्याउने बेजोड क्षमता रहेको तर उनीहरूको पनि सहकार्य आवश्यक हुने उनको भनाइ छ।

    होमल्यान्ड सिक्युरिटीमा बाइडनद्वारा मनोनित क्युबामा जन्मिएका अलेहान्ड्रो मयोर्कसले आफ्ना अभिभावकले कम्युनिज्म छल्न आफूलाई अमेरिका ल्याएको बताउँदै देशको सेवामा रात दिन खटिने प्रण गरे। पहिलो महिला डिरेक्टर अफ नेसनल इन्टेलिजेन्समा मनोनित एभ्रिल हेन्सले असुविधाजनक र अप्ठेरो नै भए पनि उनले सत्य बोल्ने वाचा गरिन्।

    अर्थशास्त्री ज्यानेट येलेनले अर्थमन्त्रीको भूमिका पाउने बताइएको छ। यी सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ। साथै बाइडनले जलवायु परिवर्तनको सङ्कटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन्।


    मंसिर १०, २०७७ बुधवार ११:०६:५३ बजे : प्रकाशित

    विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

    क्यानाडानेपाल

    मंसिर १०

  • 216
    SHARES
  • विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

    काठमाडौं । विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहको छ । कोरोना संक्रमणकै कारण हालसम्म विश्वका धरै देशहरु प्रभावित भइरहेका छन् ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १ लाख ५ हजार ७ सय ४० पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ लाख १४ हजार ८ सय ६८ पुगेको छ । 

    त्यस्तै हालसम्म विश्वमा ४ करोड १५ लाख ५३ हजार ७ सय ७३ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

    त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ६५ हजार ८ सय ९१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक करोड २९ लाख ५५ हजार ७ पुगेको छ ।  त्यसैगरी निको हुनेको संख्या ७६ लाख ३६ हजार ६ सय ८४ पुगेको छ । 

    त्यस्तै भारतमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३४ हजार ७ सय ४३ पुगेको छ भने संक्रमितको संख्या ९२ लाख २२ हजार २ सय १६ पुगेको छ । 

    त्यस्तै अर्को देश ब्रजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार १ सय ७९ पुगेको छ भने संक्रमितको संख्या ६१ लाख २१ हजार ४ सय ४९ पुगेको छ । 

    6.PNG


    मंसिर १०, २०७७ बुधवार १०:१७:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ जना घाइते

    क्यानाडानेपाल

    मंसिर ९

  • 222
    SHARES
  • निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु, २५ जना घाइते

    मनागउ - निकारागुवामा ट्रक दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मंगलबार निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको हो भने अन्य २५ जना घाइते भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

     सञ्चारमाध्यमहरुमा यात्रुहरु लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरुको मृत्यु भएको बताइएको छ । 

    दुर्घटनामा घाइते भएकाहरुको अस्पतालमा उपचार जारी रहेको बताइएको छ । उक्त दुर्घटनाको अनुसन्धान शुरु भएको जनाइएको छ । 


    मंसिर ९, २०७७ मंगलवार २२:१७:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • क्यानाडानेपाल डेस्क

    बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति 

    क्यानाडानेपाल

    मंसिर ९

  • 274
    SHARES
  • बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति 

    काठमाडौँ। स्पेसएक्स का प्रमुख कार्यकारी अधिकारी र टेस्लाका प्रमुख एलन मस्क, माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

    ४९ वर्षीय मस्क  कुल सम्पत्ति अहिले १२७ दशमलव ९ अर्ब अमेरिकी डलर भएको छ।  टेस्लाको सेयरमा भएको ठुलो मुनाफाका कारण उनको कुल सम्पत्ति ७ दशमलव २ अर्ब डलरले वृद्धि भएको हो।  

    कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र ठप्प भएको बेला एलन मस्कलाई यो साल निकै फाइदाजनक देखियो। उसले यो वर्ष मात्र १०० अरब डलर कमाएका छन्। 

    ब्लूमबर्गको इन्डेक्सका अनुसार यस वर्षको जनवरी महिनामा विश्वको सबैभन्दा धनी व्यक्तिको सुचीमा ३५औँ स्थानमा राखिएको थियो।  तर, सालको अन्त्य तिर आइसक्दा उनी विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्।  


    मंसिर ९, २०७७ मंगलवार १८:०४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सबैभन्दा धनी व्यक्ति
  • # एलन मस्क

  • क्यानाडानेपाल डेस्क