• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

साउथ फिल्मबाट आफ्नो करियर सुरु गर्ने बलिउडका यी चर्चित अभिनेत्री

कार्तिक १४ २०७७
  • 1.5K
    SHARES
  • साउथ फिल्मबाट आफ्नो करियर सुरु गर्ने बलिउडका यी चर्चित अभिनेत्री

    काठमाडौँ। साउथ फिल्म सामूहिक रूपमा दक्षिण भारतको पाँच अलग फिल्म उद्योगहरूको सगोलमा चिनिन्छ। जसमा, तमिल, तेलुगु, मलयालम, कन्नड़ र  तुलु फिल्म उद्योगहरूको समावेशीकरण रहेको छ। यी सबै फिल्म उद्योगका एकल इकाईहरु चेन्नई, हैदराबाद, कोची, बेंगलुरु, म्याङलोर र त्रिवेंद्रममा अवस्थित् छन्।

    यद्यपि लामो समय देखि एक फिल्म उद्योगको रुपमा विकसित भएपनि कलाकारहरु आफुलाई बलिउडमा स्थापित गर्न पाउँदा आफ्नो भाग्य उदय भएको मान्ने गर्छन्। 

    जान्नुहोस् साउथ फिल्मबाट आफ्नो करियर शुरु गर्ने बलिउडका चर्चित अभिनेत्री

    १. प्रियंका चोपडा : बलिउड देखि हलिउडसम्म नाम कमाउन सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । तर बलिउडमा प्रवेश गर्नु भन्दा अघि साउथबाट उनले आफ्नो फिल्मको करियर शुरु गरेकी थिइन्।  उनले सन् २००२ को तमिल फिल्म थामिझामबाट आफ्नो अभिनय शुरु गरेकी थिइन्। 

    २. एश्वर्या राय बच्चन : एक समयकी मिस वर्ल्ड एश्वर्या राय बच्चनले पनि आफ्नो फिल्मी करियर साउथ फिल्मबाट गरेकी थिइन्।  उनले सन् १९९७को मनिरत्नमबाट निर्देशित फिल्म इरुवरबाट आफ्नो बलिउड यात्रा तय गरेकी थिइन्। 

    ३. दीपिका पादुकोण :  बलिउड देखि हलिउडसम्म नाम कमाउन सफल अभिनेत्री हुन्,  दिपिका पादुकोण। उनले बलिउडका सुपरस्टार साहरुख खानसँग ओम शान्ति ओममा जोडी बनाएर बलिउडमा आफ्नो नाम स्थापित गर्न सफल भएकी थिइन्।  तर, एक समय उनले आफ्नो करियर साउथ फिल्मबाट सुरुगरेकी थिइन्।  उनले सन् २००६ मा कन्नड फिल्म  ऐश्वर्यामा अभिनय गरेकी थिइन्। 

    ४. इलियाना डी क्रुज :  इलियानाले पनि बलिउड प्रवेश गर्नु भन्दा अघि साउथ फिल्ममा काम गरेकी थिइन्।  उनले सन् २००६ मा तेलगु फिल्म देवदासुबाट आफ्नो अभिनय क्षेत्रलाई सुरुवात गरेकी थिइन्। 

    ५. यामी गौतम :गौताम यस्ती अभिनेत्री जसले आफ्नो करियर विज्ञापनबाट सुरु गरेकी हुन्। विज्ञापनबाट सुरु गरेकी उनि अहिले बलिउडमा एक स्थापित नाम हुन्।  उनले पनि आफ्नो पहिलो फिल्म साउथबाट गरेकी थिइन्।  उनले कन्नड फिल्म उल्लास उत्साहबाट अभिनय सुरु गरेकी थिइन्। 

    ६. श्रीदेवी : बलिउडको एक चर्चित नाम हो, श्रीदेवी।  अभिनयले मात्रै हैन आफ्नो अन्दाज र नृत्यले लाखौंको मुटुमा बस्न सफल अभिनेत्री श्रीदेवीले पनि आफ्नो करियर साउथ फिल्मबाट गरेकी थिइन्।  उनले सन् १९६७ देखि आफ्नो अभिनय क्षमता प्रस्तुत् गर्दै आएकी छिन्।  शुरुवाती दिनमा उनले बालकलाकारको भूमिकाबाट आफ्नो अभिनय सुरु गरेकी थिइन्। 

    ७. कृति सेनन : बलिउडमा प्रवेशमा गर्नु भन्दा अघि कृति सेननले आफ्नो करियर साउथ फिल्मबाटै गरेकी थिइन्।  उनले साउथका चर्चित अभिनेता महेश बाबुसँग काम गर्ने मौका पाएकी थिइन्।  दुवै अभिनेताले अभिनय गरेको उक्त फिल्म अहिले पनि लोकप्रिय छ।  सो फिल्मको नाम हो नेनोक्कादीन र यसको बजेट ७० करोड भारतीय रुपैंया रहेको थियो। 

    ८. हेमा मालिनी : कुनै समय बलिउडकी ड्रिम गर्ल भनेर चिनिने हेमा मालिनीले पनि आफ्नो अभिनयको सुरुवात साउथ चलचित्रबाट गरेकी थिइन्।  उनले सन् १९६ ३को साउथ फिल्म इधु सथियमबाट आफ्नो अभिनय करियर सुरु गरेकी हुन्। 

    ९. तपसी पन्नु : अहिले बलिउडमा आफ्नो नाम स्थापित गर्न सफल अभिनेत्री हुन्, तपसी पन्नु।  उनले बलिउडका सर्वोकृष्ट अभिनेताहरु सँग पनि काम गरिसकेकी छिन्।  उनले आफ्नो करियरको सुरुवातमा सन् २०१० मा साउथको फिल्म जुमाण्डी नादनबाट गरेकी थिइन्। 

    १०. रेखा : हिन्दी सिनेमा जगतमा इभरग्रिन अभिनेत्री हुन्, रेखा।  बलिउड करियरमा दर्जनौँ सुपरहिट चलचित्र दिएकी रेखाले आफ्नो करियरको सुरुवात साउथ फिल्मबाट गरेकी थिइन्।  उनको सो फिल्मको नाम थियो, अपरेशन ज्याकपट नल्ली सीआइडी। 

    ११. दिशा पटानी : बलिउडमा आफ्नो अभिनय क्षमताका साथ साथै आफ्नो रुपले लाखौँ दर्शकलाई घायल बनाउन सफल दिशाले पनि आफ्नो करियरको सुरुवात साउथको फिल्मबाट गरेकी थिइन्।  उनले पहिलो साउथ फिल्म थियो, लोफर।  यस फिल्ममा सफलता हाँसिल गरेपछि उनले एम.एस धोनी फिल्म पाएकी हुन्।    


    कार्तिक १४, २०७७ शुक्रवार १८:४९:३० बजे : प्रकाशित

    अर्कोसमाचार

    कन्‍नड अभिनेता विजयको निधन

    जेठ ३१

  • 576
    SHARES
  • कन्‍नड अभिनेता विजयको निधन

    काठमाडौं - कन्‍नड फिल्मका चर्चित अभिनेता संचारी विजयको निधन भएको छ । उनको सोमबार ३७ वर्षको उमेरमा निधन भएको भारतिय मिडियामा जनाइएको छ । 

    गत शनिबार बेंगलुरुको सडक दुर्घटनामा परेका उनको अस्पतालमा उपचार भइरहेको थियो । गएको शनिवार मोटरसाइकल चिप्लिएर दुर्घटना भएको थियो । उनी मोटरसाइकलको पछाडि बसेका थिए ।

    घाइते भएका उनलाई अस्पताल भर्नापछि डाक्टरले ब्रेन डेड भएको  बताएका थिए । उनको उपचारको क्रममा निधन भएको हो । फिल्म ‘नानु अवानल्ला आवलु’ बाट चर्चामा आएका विजयले धेरै फिल्ममा अभिनय गरेका छन् । उनले फिल्मबाट नै राष्ट्रिय अवार्ड पनि पाएका थिए । 

     


    जेठ ३१, २०७८ सोमवार २०:४१:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • # संचारी विजय
  • अभिनेता सुशान्त सिंहको निधन भएको एक बर्ष पूरा, निधनपछि निर्माता निर्देशकलाई लाग्यो झड्का

    जेठ ३१

  • 314
    SHARES
  • अभिनेता  सुशान्त सिंहको निधन भएको एक बर्ष पूरा, निधनपछि निर्माता निर्देशकलाई लाग्यो झड्का

    काठमाडौं - बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको एक बर्ष पूरा भएको छ । उनले गत बर्ष सुशान्त मुम्बई स्थित आफ्नो घरमा मृत फेला परेका थिए । 

    उनको निधनपछि बलिउडका धेरै कलाकारलाई प्रहरीको निगरानीमा पर्नुपर्यो । सुशान्त निधन प्रकरणको क्रममा ड्रग्सको केश पनि जोडिएपछि केही कलाकारहरु पनि प्रहरीको अनुसन्धानमा परे । 

    tan.jpg

    सुशान्तको निधनपछि बलिउड खासै माथि उस्कन पनि पाएन । सुशान्तको अभावमा करिब १ दर्जन फिल्म प्रभावित भएका छन् । निधनअघि सुशान्तलाई धेरै फिल्मको अफर आएको थियो । ती फिल्म पनि छयांकन हुन पाएनन् । 

    विक्रम मेहताले पनि सुशान्तलाई फिल्म ‘राइफलमेन’मा लिने तयारी गरेका थिए । तर त्यो फिल्म पनि छयाँकन हुन सकेको छैन । यस्तै सन्दीप सिंहले पनि सुशान्तलाई फिल्म ‘बन्दे मातरम’ खेलाउने भएका थिए । तर यो फिल्म पनि उनको निधनपछि हरायो । 

    tan.jpg

    रसूल पुकट्टीले पनि सुशान्तलाई लिएर एक प्रेमकथा बनाउने तयारीमा थिए । यस्ता करिब १ दर्जन फिल्ममा सुशान्तले काम गर्ने भएका थिए । तर निधनपछि यी सबै फिल्म सेलाए ।


     


    जेठ ३१, २०७८ सोमवार २१:५१:१७ बजे : प्रकाशित

    अक्षय र वाणीको फिल्म 'बेल बटम' को प्रदर्शनमा आउँदै

    आषाढ १

  • 178
    SHARES
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को प्रदर्शनमा आउँदै

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमारको फिल्म ुबेल बटमुको रिलिज मिति सार्वजनिक भएको छ । कोरोना महामारीका कारण रिलिज हुन नसकेको फिल्म बेल बटम आउँदो २७ जुलाइ मा रिलिज गरिने भारतिय मिडियामा जनाइएको छ । 

    यसअघि यस फिल्म अप्रिल २ मा रिलिज गर्ने भनिएको थियो । भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि अहिले विभिन्न राज्यमा हलहरु खुल्न थालेका छन् । 

    हालै सलमानको फिल्म राधे हलमा रिलिज भएको थियो । अक्षयले फिल्मको रिलिज मिति घोषण गर्न पाउनु ठुलो खुशीको कुरा भएको बताएका छन् । अक्षयको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । 

    रञ्‍जित तिवारीले निर्देशन गरेको यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ ।  यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 


    आषाढ १, २०७८ मंगलवार २१:०७:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेल बटम
  • 'बाहुबली २' को रेकर्ड तोड्दै प्रभासकै आउँदो फिल्म 'आदिपुरुष'  

    आषाढ १

  • 394
    SHARES
  • 'बाहुबली २' को रेकर्ड तोड्दै प्रभासकै आउँदो फिल्म 'आदिपुरुष'  

    काठमाडौं - फिल्म 'तन्हाजी : द अनसुन वारियर' का निर्देशक ओम राउतको नयाँ फिल्म 'आदिपुरुष' को पछिल्लो समय निकै चर्चा छ । कोरोना कम भएपछि यस फिल्म सुटिङ गर्ने तयारी गरिएको छ ।

    भारतिय मिडियाका अनुसार 'आदिपुरुष' ले प्रभासको पछिल्लो एसएस राजामौलीको निर्देशन रहेको फिल्म 'बाहुबली २ : द कन्क्लुजन' को रेकर्ड तोड्ने भएको छ। 

    metro rail.jpg

    'बाहुबली २' मा  करिब २ हजार ५०० भिजुअल इफेक्ट्स समेटिएको थियो। तर 'आदिपुरुष'मा ८ हजार भिएफएक्स समेटिएको बताइएको छ । फिल्म सन् २०२२ को अगस्तमा रिलिज गर्ने तयारी गरिएको छ ।  

    metro rail.jpg

    पौराणीक कथामा आधारीत रहने यस फिल्ममा प्रभासले भगवान रामको भूमिका निभाउनेछन् भने सैफ अली खानले लंकेशको भूमिका निभाउनेछन् । फिल्म ुआदिपुरुषु ओम राउत, भुषण कुमार, कृष्ण कुमार, राजेश नायर र प्रकाश सुतारले निर्माण गर्नेछन् । 

    त्यस्तै यस फिल्म ४ सय करोड लागतमा बन्ने बताइएको छ । फिल्म हिन्दी, तेलुगू, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शनमा आउने जनाइएको छ ।

     


    आषाढ १, २०७८ मंगलवार २१:४०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रभास
  • # बाहुबली
  • १ सय बढी फिल्ममा काम गरेका 'रामायण'का 'आर्य सुमन्त'को निधन

    आषाढ २

  • 724
    SHARES
  • १ सय बढी फिल्ममा काम गरेका 'रामायण'का 'आर्य सुमन्त'को निधन

    काठमाडौं - भारतका चर्चित कलाकार तथा अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा बुधबार बिहान  निधन भएको हो । 

    कुनै समयका व्यस्त कलाकार रहेका वैद्यको मुम्बईको अन्धेरी आफ्नै निवासमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।

    chndra.jpeg

    गएको साता बिहिबारदेखि ज्वरो आएपछि उनलाई क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि भोलिपल्ट नै उनलाई घरमा ल्याइएको थियो । 

    उनी 'रामायण' बाट निकै चर्चामा आएका थिए । उनले रामायणमा राजा दशरथको महामन्त्री 'आर्य सुमन्त' को भूमिका निभाएका थिए । 

    उनले बलिउडका एक सय भन्दा बढी फिल्ममा काम गरेका थिए । उनले फिल्म निर्देशन पनि गरेका थिए । उनले १९६४ मा  फिल्म ‘चा चा चा’ र १९६६ मा फिल्म ‘स्ट्रीट सिंगर’ निर्देशन गरेका थिए । 

     


    आषाढ २, २०७८ बुधवार १२:४६:३८ बजे : प्रकाशित

    ११७ करोड पारिश्रमिक लिएका अक्षयकुमारले 'बेल बटम' मा कति पारिश्रमिक घटाए ?

    आषाढ २

  • 190
    SHARES
  • ११७ करोड पारिश्रमिक लिएका अक्षयकुमारले 'बेल बटम' मा कति पारिश्रमिक घटाए ?

    काठमाडौं - पछिल्लो समय बलिउड अभिनेता अक्षयकुमारको फिल्म बेल बटमको निकै चर्चा छ । कोरोना महामारीका कारण तोकिएको समयमा रिलिज हुन नसकेको यस फिल्म अब रिलिजको तयारीमा छ । 

    फिल्म आउँदो २७ जुलाइ मा रिलिज गर्ने तयारी गरिएको बताइएको छ । यस्तै अक्षयकुमारले यस फिल्ममा आफ्नो पारिश्रमिक घटाएको बताइएको छ।

    rush.jpg  

    यस फिल्ममा शुरुमा अक्षयले ११७ करोड पारिश्रमिक लिएका थिए । अब भने उनले यस फिल्ममा ३० करोड पारिश्रमिक घटाउन तयार रहेको बताइएको छ ।  उनले  सन् २०२२ मा बढाएर पारिश्रमिक १३५ करोड पुर्याएका थिए । 

    तर अहिले उनले बच्चन पाण्डे का लागि पारिश्रमिक घटाएर ९९ करोड पुर्याएका छन् । उनले बच्चन पाण्डेमा ९९ करोड पारिश्रमिक वुझेको भारतिय मिडियामा बताइएको छ । 

    निर्माता बासु भागनानीले  फिल्म बेल बटमको बजेट कम रहेको भन्दै पारिश्रमिक घटाउन आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि अहिले विभिन्न राज्यमा हलहरु खुल्न थालेका छन् । 

    हालै सलमानको फिल्म राधे हलमा रिलिज भएको थियो । अक्षयले फिल्मको रिलिज मिति घोषण गर्न पाउनु ठुलो खुशीको कुरा भएको बताएका छन् । अक्षयको फिल्म रिलिज हुने भएपछि दर्शकहरु पनि उत्साहित भएका छन् । 


    आषाढ २, २०७८ बुधवार २२:१०:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार