• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

यो साता चर्चामा:

दुःख दिने भनेको शनि मान्छेको मित्र कि शत्रु ? साढे सात दशाले दिन्छ यस्तो फाइदा

क्यानाडानेपाल कार्तिक १५ २०७७
  • 456
    SHARES
  • दुःख दिने भनेको शनि मान्छेको मित्र कि शत्रु ? साढे सात दशाले दिन्छ यस्तो फाइदा

    काठमाडौँ।  शनि नाम संस्कृत शब्द शनै  बाट आएको हो जसको अर्थ "ढिलो" वा "सुस्त" हो, यो हिन्दु ज्योतिशास्त्र अनुसार नौ ग्रहहरू मध्यको एक सुस्त ग्रहको रूपमा चिनिने गर्दछ । साथै हिन्दु धर्मको परम्परागत ग्रन्थहरूमा शनिलाई तरबार वा दण्ड (राजदण्ड) बोक्ने र कागमा सवार हुने एक चरित्र वा पात्रको रूपमा देखाइएको छ।  

    धर्मग्रन्थका अनुसार उनलाई न्यायका देवता समेत भनेर चिनिन्छ।  तर, ज्योतिष शास्त्र अनुसार यदि कसैलाई शनि ग्रहको बाधा उत्पन्न हुन्छ भने ऊ अरू सबै ग्रहहरू राम्रो परिणाम पाउनबाट वञ्चित हुन्छ।  त्यसै गरी, शनिको साढे सातको दशा पनि भयङ्कर र कष्टपूर्ण मानिन्छ।  

    शनि लाई शनिवारको देवता पनि भनिने गरिन्छ । उनी सूर्यदेव र उनकी पत्नी छाँयाका पुत्र हुन् उनको भाइको नाम यम हो, जसलाई मृत्युको देवता भनेर पनि चिनिन्छ। यी दुवै दाजु भाइले मनुष्यको कर्म अनुसारको फल दिने गर्दछन् 

    जहाँ शनिदेवले मनुष्य जीवित हुँदा जीवनमा गरेका कार्यको नतिजा अनुसारको उचित वरदान र दण्ड दिने गर्दछन् भने यमले मृत्युपछि उसले गरेका राम्रा र नराम्रा कामको लेखा जोखा गरी उचित नतिजा दिने गर्दछन्। शनिलाई सौरा (सूर्य-देवताको छोरा), क्रुरादृश  वा क्रुलोचन (क्रूर आँखा भएका), मन्डु (सुस्त वा ढिलो), पङ्गु (अक्षम), सप्तर्ची (सात आँखा भएको) र असित (अँध्यारो) पनि भनिन्छ।

    छाँया एक पतिव्रता पत्नी थिइन, उनी सूर्यदेवको सेवा गर्न यति लिन थिन, उनलाई सुर्को तापको वास्ता थिएन, त्यसैले त्यस तापको प्रभावका कारण शनि जन्मयता नै पूर्ण कालो भएका हुन्, जुन कुराले सूर्यदेव निकै निराश र छायाँ प्रति शंखा पनि उत्पन्न गरेका थिए।

    शनिदेवको पहिलो दृस्टीनै आफ्नो बुवा सूर्यदेवलाई ग्रहणमा पुर्‍यायो जसका कारण उनलाई जन्मदेखि नै क्रुलोचन वा दुष्टको संज्ञा दिन थालियो। वास्तवमा आफ्नो बुबाको आफू कालो भएको उदासीनता भएका कारण शनिले क्रोधित भई सूर्यदेवलाई पनि एकमयका लागि कालो हुनु पर्ने  श्राप दिएका थिए  जसलाई आजकाल ग्रहणको रूपमा हेर्ने गरिन्छ।  

    वैदिक ज्योतिषशास्त्रअनुसार साढे सातको लामो दशा एक कष्टकर समय हो । यसैका कारण जीवनमा धेरै चुनौती, दुर्घटना,असफलता, स्वास्थ्यमा समस्या, धनको नाश हुने गर्दछ भन्ने गरेका छन्।

    यद्यपि अर्काथरि ज्योतिष विद्यामा लागेकाहरूले  साढे सात दशा हानिकारक नभएको र  वास्तवमा यस अवधिमा धेरै सफलता हासिल गर्न सकिने किनभने यस अवधिमा थुप्रै असफलताका पाठहरू सिक्ने र हरेक चुनौतीको सामना गर्न सक्ने भएर निस्कने साथै मानसिक विकाश पनि उच्चतम हिसाबमा हुने विश्वास गरिएको छ।


    कार्तिक १५, २०७७ शनिवार ०९:००:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शनि
  • # शनिदेव

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ मंसिर ११ गते बिहीबारको राशिफल

    क्यानाडानेपाल

    मंसिर ११

  • 388
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ मंसिर ११ गते बिहीबारको राशिफल

    मेष राशि - परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ ।

    बृष राशि - कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।

    मीथुन राशि - सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

    कर्कट राशि - साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

    सिंह राशि - अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।

    कन्या राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

    तुला राशि - प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानिरहनु होला । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

    बृश्चिक राशि - नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

    धनु राशि - परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

    मकर राशि - सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला ।

    कुम्भ राशि - नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

    मिन राशि - साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।ज्यो.प.सरोज घिमिरे


    मंसिर ११, २०७७ बिहिवार ०७:३३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    छठ पर्वको आज दोस्रो दिन, हर्षोल्लासपूर्वक मनाइदै

    क्यानाडानेपाल

    मंसिर ४

  • 408
    SHARES
  • छठ पर्वको आज दोस्रो दिन, हर्षोल्लासपूर्वक मनाइदै

    जनकपुरधाम - छठ माए अएलीह दुरिया सजाओल हे

    पोखरी खना सजाओल हे

    तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने रौनकता छाएको सन्देशमूलक यो गीत अहिले यत्रतत्र गुञ्जायमान छ । हिमाल, पहाड र तराईवासीलाई एकै सूत्रमा जोड्ने सेतुका रूपमा स्थापित भइसकेको छठ पर्वका लागि यस पटक कोरोना सङ्क्रमण कहरबीच नदी र पोखरीमा घाट निर्माण र सजावटको कार्य अन्तिम चरणमा पुगिसकेको सन्देश यो गीतले दिइरहेको छ ।

    मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्दा सन्तान प्राप्ति, निरोगिता, सुख समृद्धि र चर्मरोग जाति हुने जनविश्वास अनुरूप यो पर्व कुनै समय प्राचीन मिथिला भू–भागभित्र मात्र प्रचलित रहेकोमा कालान्तरमा देश–देशान्तरसम्म विस्तार हुँदै गएको पाइन्छ ।

    सूर्य पूजाको परम्परा सबै सभ्यता, धर्म, समुदाय र युगमा पाइन्छ । बेबिलोनका निवासीले सूर्यलाई अपोलो, जापानीले इजानागी र इजानामीलाई आदि पुरुष र आदि नारी मान्ने गर्दछन् र यी आदि पुरुष, आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् भने मिश्र सभ्यतामा एटम अथवा रे भनी सूर्यको पूजा गर्ने गरिन्छ ।

    मानवलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगव्याधिबाट जोगाउने सूर्य नै भएकाले स्वभावतः मानव सूर्यप्रति आकर्षित भई सूर्य आराधनाको क्रम शुरू भएको मान्यता पाइन्छ । छठ पूजामा छठीमाईको पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण रूप मानिन्छ । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले परमेश्वरीका रूपमा लोकमानसमा आस्थाको महापर्वको स्थान ग्रहण गरेको देखिन्छ ।

    सूर्यको महिमा सबै सम्प्रदाय र ग्रन्थमा रहेको छ । ऋग्वेदमा भनिएको छ, “हे आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देऊ, वरदान देऊ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौँ ।” सूर्योपनिषद्मा सूर्यलाई नै ब्रह्माको साकार रूप बताइएको छ । यतिमात्र होइन यस ग्रन्थमा सूर्यलाई जगत्को पति भनी सम्बोधन पनि गरिएको छ ।  

    यो पर्व कबुला (भाकल) गरेअनुसार गरिन्छ, भाकल नगरी यो व्रत गरिँदैन । भाकल पनि अनेक प्रकारले गरिएको पाइन्छ । कसैले अरूको हातबाट अघ्र्यदान गराउने भाकल गरेका हुन्छन भने कसैले आफँै व्रत गर्ने भाकल गरेका हुन्छन् । यस्तै एउटा अघ्र्य चढाउनेदेखि जोडा अघ्र्यका साथै पूर्णप्रति अघ्र्यदान गर्ने समेत भाकल गरिएका हुन्छन् ।

    यसमा कोसिया, कुरबार, छिट्टा, अघ्र्य इत्यादि सबैथोक दुई–दुई प्रति चाहिने हुन्छ । यस्तै माटोका हात्तीमाथि अघ्र्य चढाउने, आँगनमा तथा घाटमा आँचलमाथि नटुआनाच गराउने, बाजा बजाएर अघ्र्यदान गर्ने, भीख मागेर छठ गर्ने भाकल पनि गर्ने गरिएको पाइन्छ । त्यस्तै साधारणतः अघ्र्य दिने, पानीमा उभिने, घरदेखि घाटसम्म आफूलाई दण्ड दिँदै जाने तथा पानीमा उभिनेजस्ता भाकलसमेत गरिएको देखिन्छ । यस्ता भाकल एक वर्षका लागि गर्नुका साथै पाँच वर्ष, दश वर्ष अथवा आजीवन समेतका लागि गरिने गरिएका हुन्छन् ।

    बर्तालुले  शरीर शुद्धि गर्न नुहाई भोकै अन्नजल नलिइकन बस्ने दिनलाई खरना भनिन्छ । यो दिन दिनभरि शरीर खारिने हुनाले यसलाई खरना भनिन्छ । राति देउतालाई चढाएर खिर खाइन्छ । परिवारजनले यसलाई प्रसाद भनी ग्रहण गर्छन् । अर्को दिन बर्तालु अन्न र जलबिना उपवास गर्छन् र साँझपख जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिई घर फर्की बिहानीपख उदाँउदो सूर्यलाई अघ्र्य दिई उपवास तोडछन् । यसलाई पारण भनिन्छ । संयोगवश कुनै बेला हुस्सु लागेर सूर्योदय हुन ढिलाइ हुँदा बर्तालु सूर्यको प्रार्थना गर्दै गाउँछन् ः

    आन दिन त उगलह हे दीनानाथ भोरे भिनसरवा
    आजुक दिनमा हे दीनानाथ कतए लागल बेर.....।

    अर्थात् हे दीनानाथ अन्य दिन त बिहानै उदाउनुहुन्थ्यो तर आज किन यत्रोबेला भइसक्दा पनि उदाउनुभएन ? गीतको लामो शृङ्खला चल्छ । मूलतः छठ गीतमा पर्वको विशिष्टता, पवित्रता र भक्तिभाव प्रदर्शित गरिएको हुन्छ भने अर्कोतिर पर्व गर्न नपाउने बाँझीहरूको पीडा पनि अभिव्यक्त भएको हुन्छ । छठ पर्वको पवित्रतासँग सम्बन्धित एउटा गीतमा अघ्र्यका लागि राखिएको केराको घरीमाथि उडिरहेको सुुगालाई हकार्दै यसरी भनिएको छ ः

    उजे केरबा फरल घओंद से
    आइ पर सुगा मरडाए
    उजे मारबौ रे सुगबा धनुख से
    सुगा गीरे मुरिछाए
    उजे सुगनी जे रोअले वियोग से
    आदित होख न सहाए...

    अर्थात् केरालाई नछोऊ है, जुठो नबनाऊ । नत्र धनुषवाणले मार्नेछौँ, तिम्री सुगिनी वियोगले छटपटिन थाल्नेछिन्, फेरि सूूर्यलाई नै गुहार्नेछिन्– हे सूर्य सहायता गर । त्यस्तै बाँझी महिलाले यो व्रत गर्न नसकेकोमा दीनानाथ (सूर्य) सँग दुखेसो यसरी पोख्ने गर्छिन ः

    गहबर निपिते हो दीनानाथ
    तरहथिया गेल खिआए
    धूपबो जे दैत हो दीनानाथ
    चुटुकियो गेल कटाए
    तैयो ने छुटल हो दीनानाथ
    बझिंनिया परधान .............. ।

    अर्थात् तिम्रो मन्दिरमा पूजा अर्चना गर्दागर्दे थाकी सकेँ तर बाँझी पद मैले छुटाउन सकिनँ ।  यस पर्वमा जीव र जगत् एकाकार भई दुवैको शक्ति मिलेर एउटा नयाँ शक्ति, ऊर्जा र ओजले यस पर्वमा नयाँ आकार ग्रहण गरिरहेको हुन्छ । प्रकृतिमा अजस्र शक्ति भएको र सम्भवतः यो चमत्कार बर्तालुको कठोर तपस्या, शुद्धता र पवित्रताले कारणले पनि हुनुपर्छ  । अतः यो प्रकृतिबाट गृहिणीले आफ्ना सन्तान, पति, परिवारजनलाई शुभशक्ति, शान्ति, सुमङ्गल हस्तान्तरण गर्ने शक्तिशाली पर्व पनि हो ।

    यस पर्वको तेस्रो दिनअर्थात् षष्ठीलाई पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यो दिन बिहानैदेखि चामल र पिठोको ठेकुवा, कसारलगायत परिकार पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरिका मिठाइ, उखु, अदुवा, नरिवल, मुला, सुथनीलगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सुप्पो राखी शुद्ध जल र गाईको दूधसहित बर्तालु परिवारसहित नजिकका जलाशयमा जान्छन् र बर्तालुुले अस्ताउँदो सूर्यलाई अघ्र्य  दिन्छन् । भोलिपल्ट सप्तमीका दिन बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पहापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ ।
     
    वैज्ञानिक दृष्टिकोणले छठअन्तर्गत उपवास, सरसफाइ र विशेष अनुशासनले मस्तिष्कलाई निविर्षीकरण (डिटोक्सिफीकेशन) मा टेवा पुर्याउँछ, आधा शरीर पानीमा डुबाई उभिनुले प्राप्त शक्ति बाहिर आउनमा कमी आउनु र शक्ति मस्तिष्कमा केन्द्रित रहनु, कस्मिक शक्तिले आँखाको रेटिना र छालाको माध्यमले पिट्युटरी, हाइपोथालामस र पिनियल ग्रन्थीमा प्रवेश गर्नु, कस्मिक शक्तिले निष्क्रिय तन्तुलाई सक्रिय पार्ने मान्यता पाइन्छ । वैज्ञानिक रूपले सूर्योदय र सूर्यास्तको बेला मानव सुरक्षिततवरले सौर्य शक्ति प्राप्त गर्न सक्ने तथ्य रहेको छ ।

    प्राध्यापक डा पशुपतिनाथ झाका अनुसार खेतीपाती र लोकजीवनसँग गहिरो सम्बन्ध, सांस्कृतिक समन्वय र सामाजिक सद्भावको मियोका रूपमा रहेको यो पर्व कर्मशीलता प्रदर्शनको पनि पर्व हो, यसले धार्मिक समन्वय र सहिष्णुताको कार्य पनि गरेको छ ।

    छठ पर्वलाई  आरोग्य र उन्नतिदायक पर्व पनि भनिन्छ । यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति हुन् । त्यसैले छठ पर्वले आरोग्य र विशेषगरी चर्मरोगबाट मुक्ति मिल्ने विश्वास पाइन्छ ।रासस


    मंसिर ४, २०७७ बिहिवार ११:३१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # छठ पर्व

  • क्यानाडानेपाल डेस्क

    कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७७ मंसिर १ गते सोमबारको राशिफल 

    क्यानाडानेपाल

    मंसिर १

  • 620
    SHARES
  • कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७७ मंसिर १ गते सोमबारको राशिफल 

    मेष राशि -  बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

    बृष राशि - जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

    मीथुन राशि - प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

    कर्कट राशि - अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

    सिंह राशि - पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

    कन्या राशि - मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

    तुला राशि - कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

    बृश्चिक राशि - पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

    धनु राशि - मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

    मकर राशि - अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

    कुम्भ राशि - मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

    मिन राशि - सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।ज्यो.प.सरोज घिमिरे 


    मंसिर १, २०७७ सोमवार ०७:०६:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ कात्तिक २८ गते शुक्रबारको राशिफल

    क्यानाडानेपाल

    कार्तिक २८

  • 692
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ कात्तिक २८ गते शुक्रबारको राशिफल

    मेष राशि - भाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । देश प्रदेशको यात्राको योग रहनेछ । मध्यान पश्चात भने जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

    बृष राशि - कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आँट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

    मीथुन राशि - प्रतिश्पर्दा जन्य कार्यमा उत्तम स्थान प्राप्त रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिद्या प्राप्ति योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

    कर्कट राशि - निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । मित्रजनहरुको अधिक निकटता उत्तम रहनेछैन । मध्यान पश्चात पारीवरिक साथ सहयोग प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

    सिंह राशि - कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । मध्यान पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

    कन्या राशि - नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बिद्या प्राप्ति योग रहेको रहेतापनि सन्तान सम्बन्धि समस्याले भने सताउने छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

    तुला राशि - नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ ।

    बृश्चिक राशि - अरुको छिटो बिश्वास गर्नाले धोकाहुन सक्छ । नयाँ कार्यको थालनि नगनू होला । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

    धनु राशि - सामान्य कार्यका निम्ती अधिक परीश्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्नेछ मध्यान पश्चात भने दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

    मकर राशि - मित्रजनहरु सगँको यात्रा स्मरणीय साबित रहनेछ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ ।

    कुम्भ राशि - स्वास्थमा रहेको समस्या क्रमिक रुपमा सुधार रहनेछ । बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको साथ सहयोग प्राप्तहुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ ।

    मिन राशि - ब्यपार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहनेछ । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्धमा खराबी आउन सक्नेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ ।ज्यो.प.सरोज घिमिरे


    कार्तिक २८, २०७७ शुक्रवार ०७:१०:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल कात्तिक २४ गते सोमबारको राशिफल

    क्यानाडानेपाल

    कार्तिक २४

  • 594
    SHARES
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल कात्तिक २४ गते सोमबारको राशिफल

    मेष राशि - कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

    बृष राशि - पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ ।

    मिथुन राशि - एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मानसम्मानमा आचँ आउन सक्नेछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

    कर्कट राशि - बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ ।

    सिंह राशि  - हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

    कन्या राशि  - साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

    तुला राशि - धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ ।

    बृश्चिक राशि  - नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।

    धनु राशि - कार्य क्षेत्रमा यत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

    मकर राशि - कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

    कुम्भ राशि - अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ ।

    मीन राशि  - सामान्य खर्च हुने योग रहेको छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ ।ज्यो.प.सरोज घिमिरे


    कार्तिक २४, २०७७ सोमवार ०७:१८:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर