• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

क्यानाडानेपाल कार्तिक १५ २०७७
  • 284
    SHARES
  • झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    काठमाडौं - झापामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ का ७३ वर्षीय वृद्ध रहेका छन् ।

    उनको आज बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    गत कात्तिक ६ गते कोरोना सक्रमण पुष्टि भएका उनलाई ७ गते कोभिड अस्पतालमा भर्ना गरिएकोथियो । उनी मुटुरोगी पनि रहेको अस्पतालले जनाएको छ । यससँगै झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।


    कार्तिक १५, २०७७ शनिवार १३:०८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    विश्वकै सबैभन्दा ठूलो रबर ग्लोभ्स उत्पादक कम्पनीका २४ सय कर्मचारीमा कोरोना, अधिकांश नेपाली

    क्यानाडानेपाल

    मंसिर १०

  • 32
    SHARES
  • विश्वकै सबैभन्दा ठूलो रबर ग्लोभ्स उत्पादक कम्पनीका २४ सय कर्मचारीमा कोरोना, अधिकांश नेपाली

    काठमाडौँ। विश्वको सबैभन्दा ठूलो रबर ग्लोभ्स उत्पादक कम्पनी ’टप ग्लोभ’ले आफ्नो आधा भन्दा बढी कारखानाहरू बन्द गर्ने निर्णय गरेको छ। यस मलेसियन कम्पनीका २४ सय भन्दा बढी कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि कम्पनीले उक्त निर्णय गरेको हो।

    कम्पनीले स्थितिलाई नियन्त्रणमा लिन २८ वटा कारखाना बन्द गरेको छ। यद्यपि, कारखानाहरु कहिलेदेखि बन्द हुने बारेमा कुनै स्पष्टता छैन। तर, कम्पनीले कारखाना चरणवद्ध रुपमा बन्द गर्ने निर्णय गरेको सिबिएस न्युजले जनाएको छ।

    सोमबार मलेसियाको स्वास्थ्य मन्त्रालयले कम्पनीको कारखाना र छात्रावास रहेको क्षेत्रहरूमा कोरोना संक्रमण तीव्र रुपमा वृद्धि भएको जनाएको थियो। अधिकारीहरुका अनुसार टप ग्लोभ कम्पनीले कुल ५ हजार ८ सय को स्वास्थ्य परिक्षण गर्दा २४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    टप ग्लोभको मलेसियामा ४१ वटा कारखानाहरु छन् जसमा अधिकांश नेपाली कामदारहरु कार्यरत छन् र भिडभाड भएको ठाउँमा बस्ने गरेका छन् । यसैगरी, मलेसियाका डाइरेक्टर जेनेरल अफ हेल्थ नूर हिशमअब्दुल्लाले संक्रमित भएका सबै कर्मचारीलाई अस्पतालमा भर्ना गरिएको र अन्य कर्मचारीहरूमा संक्रमण नफैलियोस् भनेर संक्रमित भएका कर्मचारीका सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि क्वारेन्टाइनमा राखिएको बताएका छन्।

    टप ग्लोभ विश्वको सबैभन्दा ठूलो लेटेक्स ग्लोभ्स निर्माता हो। महामारीका कारण ग्लोभ्स र सुरक्षा गियरको माग बढेपछि कम्पनीले गगनचुम्बी मुनाफा गरेको छ।


    मंसिर १०, २०७७ बुधवार १३:५७:१६ बजे : प्रकाशित

    चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    क्यानाडानेपाल

    मंसिर १०

  • 170
    SHARES
  • चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    काठमाडौं - चितवनमा कोरोनाभाइरसको सक्रमणबाट थप एक जनाका मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर गैंडाकोट नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । 

    उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । 

    सवारी दुर्घटनामा परेर कात्तिक २९ गते अस्पतालमा भर्ना भएका ती पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमित ती पुरुषको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । 


    मंसिर १०, २०७७ बुधवार १२:१३:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    घाँटीमा ढुंगा अड्किँएर १६ महिने बालकको ज्यान गयो

    क्यानाडानेपाल

    मंसिर १०

  • 210
    SHARES
  • घाँटीमा ढुंगा अड्किँएर १६ महिने बालकको ज्यान गयो

    काठमाडौं - कञ्चनपुरमा घाँटीमा ढुंगा अड्किँएर एक बालकको ज्यान गएको छ । 

    ज्यान जानेमा बेदकोट नगरपालिका-९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकार रहेका छन् । उनको घरमै खेल्नै क्रममा घाँटीमा ढुंगा अड्किँदा मंगलबार राति ज्यान गएको हो । 

    घाँटीमा ढुंगा अड्किँएर सास फेर्न गाह्रो भएपछि उनलाइ अस्पताल लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बालकले आँगनमा खेल्दै गर्दा मुखमा ढुंगा हालेका थिए । 


    मंसिर १०, २०७७ बुधवार ११:२७:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # घाँटीमा ढुंगा अड्किँएर

  • क्यानाडानेपाल डेस्क

    बर्दिबासमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने 

    क्यानाडानेपाल

    मंसिर १०

  • 182
    SHARES
  • बर्दिबासमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने 

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ ।

    प्रहरीको गोली लागेर गम्भीर घाइते भएका स्थानीय ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको मृत्यु भएपछि बुधबार बिहानदेखि बिहीबार बिहानसम्मका लागि बर्दिबासमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    बर्दिबास नगरपालिका १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा भेटिएपछि मंगलबार बालिकाको बलात्कारपछि हत्या भएको भन्दै प्रदर्शन गरेका थिए । 

    बालिकाको शव सडकमा राखेर स्थानीय प्रदर्शन उत्रिएपछि नियन्त्रणका लिने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको मंगलबार राति नै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

    न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । 

    पूर्वमा रातोखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा जारी गरिएसँगै सो क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने प्रशासनले स्पष्ट पारेको छ । 


    मंसिर १०, २०७७ बुधवार ११:१३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बर्दिबास
  • # निषेधाज्ञा

  • क्यानाडानेपाल

    कोरोना संक्रमणबाट सप्तरीका एक पुरुषको ज्यान गयो

    क्यानाडानेपाल

    मंसिर १०

  • 180
    SHARES
  • कोरोना संक्रमणबाट सप्तरीका एक पुरुषको ज्यान गयो

    काठमाडौं - सुनसरीमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी राजविराज-४ का ५० वर्षीय पुरुष रहेका छन् । 

    उनको मंगलबार दिउँसो धरानस्थित बीपी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    म‌ंसिर १ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएका ती पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यससँगै बीपी कोभिड अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ ।


    मंसिर १०, २०७७ बुधवार ०९:५५:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नगरप्रमुखलाई कोरोना संक्रमण देखिएपछि तीन दिन सेवा प्रवाह बन्द  

    क्यानाडानेपाल

    मंसिर १०

  • 182
    SHARES
  • नगरप्रमुखलाई कोरोना संक्रमण देखिएपछि तीन दिन सेवा प्रवाह बन्द   

    काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । 

    नगरप्रमुख किसान गुरुङलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको हो । 

    मंगलबार नगरप्रमुख गुरुङलाई कोरोना संक्रमण देखिएपछि र नगरपालिकामा कार्यरत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । 

    आजदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने जनाइएको छ । 
     


    मंसिर १०, २०७७ बुधवार ०९:४८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क