• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

यो साता चर्चामा:

विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

क्यानाडानेपाल कार्तिक १५ २०७७
  • 520
    SHARES
  • विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।  

    युभेन्टसका स्टार समेत रहेका रोनाल्डोलाई गएको १३ अक्टोबरमा कोरोनासंक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ देखिएपनि उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । 

    india.jpg

    कोरोना पुष्टिपछि होम आइशोलेशनमा बसेका रोनाल्डो नेसन्स लिगअन्तर्गत स्वीडेनसँगको खेल र च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको खेल पनि गुमाएका थिए। यसअघि जमैकाका धावक उसेन बोल्ट लगायतका खेलाडीमा पनि कोरोना संक्रमण देखिएको थियो । 

    india.jpg

     
     


    कार्तिक १५, २०७७ शनिवार १३:५६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # क्रिस्टियानो रोनाल्डो

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

    क्यानाडानेपाल

    मंसिर १३

  • 300
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

    काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोनाभाइरस पोजेटिभ देखिएको लामिछानेले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

    शनिबार बिहान ट्वीट गरेर उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका लामिछानेले गत बुधबार शरीर दुख्ने समस्या देखिए पनि अहिले सुधार हुँदै गएको जानकारी दिएका छन् । 

    twit sandip.PNG

    संक्रमणमुक्त भएलगत्तै फिल्डमा फर्केने बताएका लामिछानेले ट्वीटमा भनेका छन्, ‘सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईँहरुको प्रार्थनामा मेरा लागि पनि स्वास्थ्य लाभको कामना गरिदनु होला ।’


    मंसिर १३, २०७७ शनिवार ०९:५२:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    युरोपा लिग : टोटेनहमको फराकिलो जित

    क्यानाडानेपाल

    मंसिर १२

  • 270
    SHARES
  • युरोपा लिग : टोटेनहमको फराकिलो जित

    काठमाडौं - गए राति युरोपा लिग अन्तर्गत भएको खेलमा टोटेनहम हट्सपरले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनहमले लुडोगोरेट्सलाई ४–० गोलले पराजित गरेको हो । 

    उक्त खेलको १६ औं मिनेटमा टोटेनहमका कार्लोस भिनिसियसले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४ औं मिनेटमा भिनिसियसले नै अर्को गोल गरी टोटेनहमलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि दोस्रो हाफमा खेलको ६३ औ मिनेटमा टोटेनहमका ह्यारी विङ्क्सले गोल गरे ।

    त्यस्तै खेलको ७३ औं मिनेटमा लुकास मौराले गोल गरी टोटेनहमलाई जित दिलाए । जितसँगै टोटेनहम समूह ‘जे’ को दोस्रो स्थानमा रहेको छ । 

     


    मंसिर १२, २०७७ शुक्रवार ०८:३७:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग

  • क्यानाडानेपाल डेस्क

    डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाइने

    क्यानाडानेपाल

    मंसिर ११

  • 308
    SHARES
  • डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाइने

    काठमाडौं - महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ।

    आर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक पनि मनाइने भएको छ ।  

    उनको निधनले अहिले विश्‍व फुटबल जगत नै शोकमा डुबेको छ । उनको निधनले दुखी हुँदै विश्वका चर्चित फुटबल खेलाडीहरुले श्रद्धाञ्‍जली अर्पण गरिरहेका छन् ।

    messi marodona.jpg

    उनको निधन म्यारोडोनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति कार्यालय कासा रोजारामा राखिने बताइएको छ । 

    म्याराडोनाले मस्तिष्कमा रगत जमेपछि तीन हप्ता अघि  शल्यक्रिया गरेका थिए । म्याराडोनाले आफ्नो कप्तानीमा १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताएका थिए । उनी ३७ बर्षको उमेरसम्म व्यवसायिक खेल खेलिरहेका थिए ।   

    maradona-pele.jpg
     


    मंसिर ११, २०७७ बिहिवार १४:१२:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डिएगो म्याराडोना

  • क्यानाडानेपाल डेस्क

    म्याराडोनाको निधनमा दु:ख व्यक्त गर्दै पेलेले भने - एक दिन हामीसँगै आकाशमा फुटबल खेल्नेछौं

    क्यानाडानेपाल

    मंसिर ११

  • 400
    SHARES
  • म्याराडोनाको निधनमा दु:ख व्यक्त गर्दै पेलेले भने - एक दिन हामीसँगै आकाशमा फुटबल खेल्नेछौं

    काठमाडौं - अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।  

    सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताउन सफल फुटबलर म्याराडोनाको निधनले अहिले विश्‍व फुटबल जगत नै शोकमा डुबेको छ । उनको निधनले दुखी हुँदै विश्वका चर्चित फुटबल खेलाडीहरुले श्रद्धाञ्‍जली अर्पण गरिरहेका छन् । 

    यस्तै ब्राजिलका फुटबलर पेलेले म्यारोडोनाको निधनमा दुख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले विश्वकै एक महान खोलाडी गुमाएको बताएका छन् । 

    उनले भनेका छन् - ‘धेरै दुःखद समाचार । मैले एक महान साथी गुमाए । विश्वले एक महान खेलाडी गुमाएको छ । धेरै कुरा भन्न बाँकी छ तर, भगवानले उनको परिवारलाई बल दिउन । आशा छ  की एक दिन हामी सँगै आकाशमा फुटबल खेल्नेछौं’
      


    मंसिर ११, २०७७ बिहिवार १०:४५:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डिएगो म्याराडोना

  • क्यानाडानेपाल डेस्क

    म्याराडोनाको निधनमा दु:ख व्यक्त गर्दै मेस्सीले लेखे भावुक स्टाटस 

    क्यानाडानेपाल

    मंसिर ११

  • 486
    SHARES
  • म्याराडोनाको निधनमा दु:ख व्यक्त गर्दै मेस्सीले लेखे भावुक स्टाटस 

    काठमाडौं - महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।  

    सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताउन सफल फुटबलर म्याराडोनाको निधनले अहिले विश्‍व फुटबल जगत नै शोकमा डुबेको छ । उनको निधनले दुखी हुँदै विश्वका चर्चित फुटबल खेलाडीहरुले श्रद्धाञ्‍जली अर्पण गरिरहेका छन् । 

    यस्तै अर्जेन्टिनाका अहिलेका कप्तान लियोनल मेसीले पनि उनको निधनप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेस्सीले उनल छोडेर गए पनि हामीबाट टाढा नभएको बताएका छन् । 

    126906171_4265364600149768_386719158516997211_o.jpg

    उनले भनेका छन् - 'सबै अर्जेन्टिनी र फुटबलको लागि आज निकै दुखको दिन हो । उनले हामीलाई छोडेर गए पनि हामीबाट टाढा भएका छैनन् । किनभने उनी अनन्त छन्। म उहाँसँगका सबै सुन्दर क्षणहरु सम्हालेर राख्नेछु । शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु।'  


    मंसिर ११, २०७७ बिहिवार ०९:५०:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिओनेल मेस्सी
  • # डिएगो म्याराडोना

  • क्यानाडानेपाल डेस्क

    प्रिमियर लिग : लिभरपुल पराजित

    क्यानाडानेपाल

    मंसिर ११

  • 286
    SHARES
  • प्रिमियर लिग : लिभरपुल पराजित

    काठमाडौं । गए राति प्रिमियर लिग अन्तर्गत भएको खेलमा एटलान्टाले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा एटलान्टाले लिभरपुललाई २-० गोलले पराजित गरेको हो । 

    खेलको पहिलो हाफभरी दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा भने एटलान्टाले दुई गोल हान्यो । दोस्रो हाफको ६० औं मिनेटमा एटलान्टाका जोसिफ लिकिकले गोल गरी टिमलार्य अग्रता दिलाए । 

    त्यसपछि खेलको ६४ औं मिनेटमा एटलान्टाका रोविन गोसेन्सले गोल गरी टिमलाई जित दिलाए । जितसँगै एटलान्टा ४ खेलमा ७ अंकसहित  तेस्रो स्थानमा रहेको छ भने लिभरपुल ९ अंकसहित  शीर्ष स्थानमा रहेको छ ।

    li.jpg


    मंसिर ११, २०७७ बिहिवार ०९:१०:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर