• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता  

क्यानाडानेपाल डेस्क कार्तिक १५ २०७७
  • 416
    SHARES
  • ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता  

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता भएको छ ।

    शनिवार प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । ११ दिनदेखि दुई अध्यक्षबीच बोलचाल बन्द रहेको थियो ।
     
    केहि दिनअघिदेखि नियमितजसो बालुवाटार धाइरहने प्रचण्डले ओलीसँग छलफल गर्न कुनै चासो नदेखाएको बुझिएको थियो । तर आज भने प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  

    भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ। उनीहरूबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने बिषयमा छलफल भएको थियो । त्यसपछि कुनै छलफल हुन सकेको थिएन । 


    कार्तिक १५, २०७७ शनिवार १४:१०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओली-प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    महासचिव पौडेलले भने - नेकपाको भविष्य कठिन र जटिल अवस्थामा आइपुगेको छ

    महासचिव पौडेलले भने - नेकपाको भविष्य कठिन र जटिल अवस्थामा आइपुगेको छ

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताएका छन् । 

    मंगलबार प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पौडेलले सो कुरा बताएका हुन् । उनले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएकोले अब पार्टी एकता जोगाउँदै विवाद समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । 

    नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताउदै उनले भने - 'कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ ।'

    उनले पार्टीभित्र मर्यादाले सीमा नाघेको बताउदै सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्नुपर्ने बताए । उक्त पत्रकार भेटघाटमा पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा पनि छलफल भएको बताए । 

    सरकार देश र जनताका पक्षमा अघि बढेको बताउदै पौडेलले भने - 'अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ'


    मंसिर ९, २०७७ मंगलवार २०:३५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद
  • # विष्णुप्रसाद पौडेल

  • क्यानाडानेपाल डेस्क

    विप्लवको विशेष अन्तर्वार्ता : ओली–प्रचण्ड कम्युनिष्टको नेतृत्व होइन दलाल पूँजीपतिको संरक्षक हुन् 

  • 390
    SHARES
  • विप्लवको विशेष अन्तर्वार्ता : ओली–प्रचण्ड कम्युनिष्टको नेतृत्व होइन दलाल पूँजीपतिको संरक्षक हुन् 

    काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । 

    ईरातो खबरलाई विशेष अन्तर्वार्ता दिँदै उनले ओली र प्रचण्ड कम्युनिष्ट पार्टीको नेतृत्व नभएको दाबी गरे । ओली र प्रचण्ड कम्युनिष्टको नेतृत्व नभएर दलाल पूँजीपति वर्गको संरक्षक भएको विप्लवको आरोप छ । 

    ‘केपी र प्रचण्डले कम्युनिष्टको नेतृत्व अहिले गर्नुहुन्न । उहाँहरुले दलाल पूँजीपति वर्गकै हित रक्षा गर्ने, कम्युनिष्ट नाम लिए पनि दलाल पूँजीपति वर्गको संरक्षण गर्ने काम गर्नुहुन्छ’, विप्लवले आफ्नो अन्तर्वार्तामा भनेका छन् । 

    मुलुक र जनताको पक्षमा र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँदा आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको भन्दै उनले प्रतिबन्ध लगाइएपछि जनतामाझ जाने अवसर पनि प्राप्त भएको बताए । 

    सत्तारुढ नेकपाभित्रको विवाद र अन्तरविरोधले अहिलेको राज्य र व्यवस्थाको चरित्रलाई स्पष्ट पारेको दाबी गरेका विप्लवले अहिले राजनीतिक व्यवस्थाले जनताको अधिकार सुनिश्चित् गर्न नसकेको र यसबारे दृष्टिकोण नै नरहेको बताए । 


    मंसिर ९, २०७७ मंगलवार १७:१५:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विप्लव

  • क्यानाडानेपाल

    प्रचण्डको प्रष्टीकरण : राजनीतिक प्रस्तावको विषय प्रधानन्यायाधीशसँग सम्बन्धित छैन 

  • 494
    SHARES
  • प्रचण्डको प्रष्टीकरण : राजनीतिक प्रस्तावको विषय प्रधानन्यायाधीशसँग सम्बन्धित छैन 

    काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पार्टीको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमा उल्लेख गरिएका विषय न्यायापालिका र प्रधानन्यायाधीशसँग सम्बन्धित् नरहेको स्पष्ट पारेका छन् । 

    गत कात्तिक २८ गते सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको ‘स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्दाहरूलाई निहित उद्देश्यका लागि दुरूपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभएको कुरा बाहिर आयो’ भन्ने विषय विवादमा परेपछि प्रचण्डले मंगलबार स्पष्ट पारेका हुन् । 

    उक्त विषयलाई लिएर टीका टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिन प्रचण्डले मंगलबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ, ‘ यही कार्तिक  २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणा बारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ ।’

    सो प्रस्तावमा न्यायपालिकाको गरिमा र प्रधानन्यायाधीशसँग सम्बन्धित नभएको दावी गर्दै प्रचण्डको तर्फबाट उनको सचिवालयले जारी गरेको प्रेश नोटमा न्यायपालिकासम्बन्धी पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको धारणाबारे स्पष्ट हुनमात्र खोजेको उल्लेख गरिएको छ । 


    मंसिर ९, २०७७ मंगलवार १६:१२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • क्यानाडानेपाल

    गोकुल बास्कोटाले भने - नेकपाको आन्तरिक शक्तिसङघर्षमा बावुरामको रहस्यमय तर सक्रिय र खुल्ला भुमिका

    गोकुल बास्कोटाले भने - नेकपाको आन्तरिक शक्तिसङघर्षमा बावुरामको रहस्यमय तर सक्रिय र खुल्ला भुमिका

    काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको नेकपाको आन्तरिक विवादमा रहस्यमय सक्रियता रहेको बताएका छन् । 

    मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले नेकपाको आन्तरिक शक्तिसङघर्षमा बावुरामको रहस्यमय तर सक्रिय र खुल्ला भुमिका खेलेको बताएका हुन् । 

    उनले भने - 'नेकपाको आन्तरिक शक्तिसङघर्षमा भूतपुर्व कमरेड डाड्ड बावुरामको रहस्यमय तर सक्रिय र खुल्ला प्रवेशले धोबीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुशी छु।'

    उनको स्टाटस यस्तो छ - 'नेकपाको आन्तरिक शक्तिसङघर्षमा भूतपुर्व कमरेड डाड्ड बावुरामको रहस्यमय तर सक्रिय र खुल्ला प्रवेशले धोबीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन म पनि खुशी छु।अब पोल्टो र भूँइ बचाउने सङघर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाईराछ, हेरौ के हुन्छ।पनपत्रमा शङ्खधर साख्वाको नाममा अन्य कुनै पनि ठाउँमा नयाँ पार्क बनाउन माग समेत गरिएको छ ।'

    यसअघि भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा देशको मुख्य मुद्दा व्यक्ति ओली नभई ओली प्रवृत्ति भएको बताएका थिए । उनले ओली व्यक्तिको रूपमा मनपर्ने मान्छे भए पनि ओली प्रवृत्ति प्रतिगमन, कुशासन र अल्पविकासको मुख्य वाहक भएको बताएका थिए । 

     
     


    मंसिर ९, २०७७ मंगलवार १५:०६:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा

  • क्यानाडानेपाल डेस्क

    आरोप पत्रले प्रचण्ड र माधव नेपालबीच बढायो दूरी

  • 1.1K
    SHARES
  • आरोप पत्रले प्रचण्ड र माधव नेपालबीच बढायो दूरी

    काठमाडौं । एकै समूहमा रहेर अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब सृजना गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच मतभेद देखिएको छ । 

    सचिवालय बैठकमा पेश गरिएको विवादास्पद राजनीतिक दस्तावेजलाई प्रकाशित गरेर तल्लो कमिटीमा वितरण गरेपछि प्रचण्डसँग नेता नेपाल असन्तुष्ट बनेका उनीनिकट नेताहरुले जानकारी दिएका छन् । 

    गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक दस्तावेजलाई अध्यक्ष ओली पक्षधरहरुले आरोप पत्रका रुपमा अर्थ्याएका छन् । यही मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक जीवनमा पहिलोपल्ट निकृष्ट शब्दसहितका आरोप खेपेको र यसको जवाफ आफूले पनि लिखित रुपमा दिने भन्दै १० दिनको समय मागेका थिए ।

    सोहीअनुसार यही मंसिर १३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डले लगाएका आरोपलाई खण्डन गर्दै दस्तावेज प्रस्तुत गर्ने भएका छन् । 

    तर, यसअघि नै प्रचण्डले आफूले पेश गरेको राजनीतिक दस्तावेजलाई तल्लो कमिटीमा पठाएपछि नेता नेपाल असन्तुष्ट बनेका हुन् । अध्यक्ष ओलीको जवाफ आउनुअघि हतारमा प्रचण्डले तल्लो कमिटीमा दस्तावेजलाई पठाउनु गलत रहेको नेता नेपाल समूहको निष्कर्ष रहेको छ । यस सम्बन्धमा नेता नेपालले प्रचण्डसँग आफ्नो असन्तुष्टि राखेको नेकपा स्रोतले जानकारी दिएको छ । 

    सचिवालयको कुनै निर्णय पुग्नु अघि नै प्रचण्डले दस्तावेजलाई तल्लो तहमा लैजानु अनुचित रहेको नेपाल समूहको बुझाइ छ । सचिवालय बैठक हुँदै स्थायी, केन्द्रीय कमिटीमा छलफलमा लैजानु पर्ने भए पनि अहिले नै तल्लो तहमा पठाउनु हतार हुने नेपाल समूहले बताएको छ । यसलाई रोक्नु पर्ने उनीहरुको बुझाइ छ ।

    सचिवालयमा छलफल नहुँदै आफ्नो दस्तावेजलाई प्रदेश र जिल्ला कमिटीमा प्रचण्डले पठाएपछि नेता नेपाल रुष्ट बनेका हुन् । यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने पनि नेता नेपाल समूहको बुझाइ छ । 


    मंसिर ९, २०७७ मंगलवार १३:५५:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद
  • # प्रचण्ड नेपाल समूह

  • क्यानाडानेपाल

    नेकपा फुटे दोष कसको ?

  • 764
    SHARES
  • नेकपा फुटे दोष कसको ?

    काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधान भइसकेको छ । आगामी सचिवालय र त्यसपछिका पार्टीका अन्य तहमा हुने बैठकले नेकपाको विवादको आगामी स्वरुप र समाधानबारे थाहा हुनेछ । तर, अहिले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको टकराव मथ्थर हुने अवस्था देखिँदैन । सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा आफूमाथि गम्भीर निराधार आरोप लगाइएको भन्दै ओलीले यसको जवाफ दिन १० दिनको समय माग गरेका थिए । 

    यही मंसिर ३ बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले लिखित रुपमा आफूले जवाफ दिने र यसका लागि १० दिनको समय मागिएपछि अब नेकपाको आगामी बैठक मंसिर १३ बस्ने भएको छ । तर, यसअघि अहिले दुवै पक्ष आ–आफ्नो अडानमा देखिएका छन् । दुवै प्रतिवेदन सचिवलाय, स्थायी, केन्द्रीय कमिटीलगायतका बैठकमा छलफल हुने र उक्त बैठकले गर्ने निर्णय स्वीकारेर अघि बढ्ने मनस्थितिमा प्रचण्ड समूह रहेको छ । 

    विवाद बढिरहँदा दुवै पक्ष एकअर्कालाई पार्टी विभाजन गराउन उद्दत रहेको आरोप लगाइरहेका छन् । आफ्नो समूहबाट पार्टी फटाउने कार्य नहुने दुवै पक्षको जिकीर छ ।

    सोमबार टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँगको भेटमा प्रचण्डले पार्टी एकता आफ्नोतर्फबाट टुट्न नदिने र कुनै पनि शर्तमा पार्टी फुट्न नदिने बताएका छन् । उनले आफ्नो प्रस्तावले पार्टी नफुट्ने जिकीर गरे । 

    तर, ओली समूहले प्रचण्ड पक्षधरहरु पार्टी विभाजन गराउन उद्दत रहेको आरोप लगाउँदै आएका छन् । 

    पार्टी विभाजन भए दोष कसको ?

    ओली–प्रचण्ड दुवै पक्षले एकअर्कालाई पार्टी फुटाउन लागिपरेको आरोप लगाइरहेका छन् । तर, पार्टी विभाजन भएमा दोष कसको ? भन्ने प्रश्नले नेकपालाई घेरेको छ । पार्टी विभाजनको कलंकको टीका लगाउन दुवै समूह चाँदैनन् । तर, विवाद बढ्दै जाँदा विभाजन हुने नेकपाका नेताहरु बताइरहेका छन् । 

    प्रचण्ड पक्षधरले आफूहरु नभई अध्यक्ष ओली नै पार्टी फुटाउन उद्दत देखिएको आरोप लगाउँदै आएका छन् । पार्टीको निर्णय सबैले मान्नु पर्ने र जसले मान्दैन उसैले पार्टी विभाजनको दोष बोक्नु पर्ने प्रचण्ड पक्षधरको भनाइ छ । अध्यक्ष ओलीमाथि पार्टी निर्णय नमानेको आरोप लाग्दै आएको छ । 

    यता पार्टी विभाजन भएमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई असहयोग गर्नेहरु दोषी हुने ओली समूहको भनाइ छ । सरकार तथा पार्टी सञ्चालनमा प्रचण्ड–नेपाल समूहले असहयोग गरेको ओली पक्षधरहरुले आरोप लगाउँदै आएका छन् । 


    मंसिर ९, २०७७ मंगलवार १२:०५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद

  • क्यानाडानेपाल