• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

पोलमा चढेका विद्युत प्राधिरणका प्राविधिकको करेन्ट लागेर ज्यान गयो

कार्तिक १५ २०७७
  • 998
    SHARES
  • पोलमा चढेका विद्युत प्राधिरणका प्राविधिकको करेन्ट लागेर ज्यान गयो

    काठमाडौं - महोत्तरीको बर्दिबासमा करेन्ट लागेर विद्युत प्राधिकरणका प्राविधिकको मृत्यु भएको छ । 

    बर्दिबास-१ को सडक किनारको पोलमा चढेका रौतहटको पौराहा गाउँपालिका ६ का ३२ वर्षीय गौरीनन्द  पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । 

    करेन्ट लागेपछि गौरीनन्दलाई पोलमै अल्झिएको देखेपछि गाउँलेले उद्धार गरी उपचारका लागि बर्दिबास जनसेवा अस्पताल लगेको बताइएको छ ।

    उनको थप उपचारका लागि जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो । त्यहाबाट काठमाडौं रेफर गरिए पनि उनको जनकपुरमै मृत्यु भएको जनाइएको छ । 

     


    कार्तिक १५, २०७७ शनिवार १५:४८:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर
  • अर्कोसमाचार

    सर्लाहीमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु

  • 156
    SHARES
  • सर्लाहीमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु

    सर्लाही ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा विषाक्त घरेलु मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ ।

    नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो ।  
    मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदूर हुन् ।मदिरा सेवन गरेका थप तीन जना स्थानीयवासी बिरामी परेका छन् । उनीहरु उपचारपछि निको भएर घर फर्किएका छन् ।

    जिल्ला अस्पताल मलङ्गवाकाअनुसार मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आए पनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाडौंमा पठाउने तयारी गरिएको छ । 

     


    आषाढ २, २०७८ बुधवार १६:४०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विषाक्त मदिरा

  • क्यानाडा नेपाल

    चितवनमा थप एक साता निषेधाज्ञा  

    आषाढ २

  • 232
    SHARES
  • चितवनमा थप एक साता निषेधाज्ञा  

    काठमाडौं - चितवनमा निषेधाज्ञा थप एक साता गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय चितवनले एक सुचना जारि गर्दै निषेधाज्ञा असार १० गतेसम्मका लागि थप गरिएको जानकारी गराएको हो । 

    यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति सकिदैछ । कोरोना संक्रमित घट्दै गए पनि युसको जोखिम अझै रहेको भन्दै चितवनमा असार १० गतेसम्म निषेधाज्ञा थप गरिएको हो । 

    यस्तै निषेधाज्ञामा स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी केही खुकुलो बनाउने निर्णय गरिएको छ । खाद्यान्न, तरकारी तथा फलफूल, दुध, डेरी लगायतका पसलहरु बिहान ६ देखि १० बजेसम्म खुला गर्न पाइने भएको छ । 


    आषाढ २, २०७८ बुधवार १८:५५:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चितवन
  • # निषेधाज्ञा
  • गोरखामा बाढीले ४ घर बगायो, थप सात घर उच्च जोखिममा 

    आषाढ २

  • 186
    SHARES
  • गोरखामा बाढीले ४ घर बगायो, थप सात घर उच्च जोखिममा 

    काठमाडौं - गोरखामा अविरल बर्षापछि आएको बाढीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको वर्षापछि नदीमा आएको बाढीले चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको हो । 

    बाढी सल्लेरी गाउँमा पसेर घर बगाएको जनाएको छ । नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको प्रहरीले जनाएको छ । 

    विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ । नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको छ । 


    आषाढ २, २०७८ बुधवार १९:५३:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाढी
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    आषाढ २

  • 204
    SHARES
  • मेलम्ची खानेपानी आयोजनाका ८ जना कामदार सम्पर्कविहीन

    काठमाडौं - अविरल बर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना सम्पर्कविहीन भएका छन् । 

    सम्पर्कविहीन हुनेहरुमा ३ जना चिनियाँ, ३ जना भारतीय र २ जना नेपालीसहित ८ कामदार रहेका छन् । बेपत्ता भएको ८ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

    आयोजनाका अनुसार निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको छ भने उद्धार भएका सबैको अवस्था सामान्य रहेको छ । 

    आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।  


    आषाढ २, २०७८ बुधवार २०:३०:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलम्ची खानेपानी
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    आषाढ २

  • 170
    SHARES
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    बझाङ - नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । 

    खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

    पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ । विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए । 

    उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।रासस

     
     


    आषाढ २, २०७८ बुधवार २०:४०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    आषाढ ३

  • 52
    SHARES
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

    त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

    देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ। 
     


    आषाढ ३, २०७८ बिहिवार ०७:३५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम