• Nov 29 2020 | २०७७, मंसिर १४गते

२०७७, मंसिर १४गते

यो साता चर्चामा:

ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के के भए कुराकानी ?

क्यानाडानेपाल कार्तिक १५ २०७७
  • 442
    SHARES
  • ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के के भए कुराकानी ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिवार छलफल भएको छ । ओली(प्रचण्डबीचबीच करिब ११ दिनपछि शनिबार शनिवार छलफल भएको हो । 

    आजको छलफलमा ओली-प्रचण्डबीच नेकपाभित्रको जारी विवाद समाधान गर्ने बिषयलाई लिएर छलफल भएको बताइएको छ । आजको छलफलको क्रममा प्रचण्डले ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन माग गरेको स्रोतले जनाएको छ । 

    त्यस्तै आजको छलफलमा कोरोना महामारीको नियन्त्रण तथा रोकथाम, कर्णाली विवाद प्रकरण लगायतका बिषयमा छलफल भएको बताइएको छ । 

    यसअघि पार्टीका दुई अध्यक्षबीच कात्तिक ४ गते कर्णाली प्रदेशको विवाद सल्ट्याउने बिषयमा छलफल भएको थियो । त्यसपछि कुनै छलफल हुन सकेको थिएन । 

    पछिल्लो पटकको मन्त्रिपरिषद पुनर्गठन, राजदूत सिफारिस लगायतका विभिन्न विषयलाई लिएर प्रचण्ड ओलीसँग असन्तुष्ट रहेका थिए । त्यसपछि ओली निकटका नेताहरु सन्देश लिएर खुमलटार पुगेपनि प्रचण्ड छलफलमा बस्न मानेका थिएनन् । 
     


    कार्तिक १५, २०७७ शनिवार १६:०५:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ओली-प्रचण्ड

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    गोकुल बाँस्कोटाले भने - नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको छ

    क्यानाडानेपाल

    मंसिर १३

  • 256
    SHARES
  • गोकुल बाँस्कोटाले भने - नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको छ

    काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए । सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् ।

    “ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुप¥यो”, उनले भने । प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए । “चन्द कमरेड तपाईँका नेता कार्यकर्तालाई तपाईँको क्रान्ति बेअर्थ लागेर सबै जिल्लाबाट नेकपामा प्रवेश गरिरहेका छन्, तपाई पनि नेकपामा समाहित भए राम्रो हुन्छ,” उनले दोहोर्‍याएका छन् ।

    बाँस्कोटाले नेपालमा हिंसात्मक क्रान्ति जरुरी नभएको बताउँदै शान्तिपूर्ण सङ्घर्ष र रुपान्तरणको भने आवश्यक रहेको उनको तर्क थियो । “बमभन्दा ठूलो शक्ति जनता हो, उनिहरुको फैसला नै मुलुकको परिवर्तनको संवाहक हुन्छ”, उनले थपे, “जनताले राष्ट्रिय स्वतन्त्रता, जनजीविका, लोकतन्त्र र आर्थिक समृद्धिसँगै आत्मनिर्भरता नै क्रान्ति हो भन्ने देखाइसकेका छन्, अब यसैमा शान्तिपूर्ण सङ्घर्ष गरिरहने हो ।” नेकपामा कोही दास र कोही मालिक नभएको उनको धारणा थियो ।

    बाँस्कोटाले गतिशील र सुढृढ नेपाल निर्माणमा रहेको बताए । उनले नेकपा कुनै पनि हालतामा नफुट्ने दाबी गर्दै ठूलो पार्टीमा होहल्ला मात्रै भएको बताए । “नेकपा फुट्दैन, अब पार्टीभित्र फुटको राजनीति होइन, विचार, कार्यक्रम, सिद्धान्त र योजनाको प्रतिस्पर्धा हुन्छ ।” उनले नेकपालाई ठूलो घरको संज्ञा दिँदै बेलाबेलामा होहल्ला हुनु स्वाभाविक रहेको बताए । विकासमा राजनीतिको कुरा अलिअलि आउने भएकाले सबैले विकास–निर्माणमा मिलेर सुख र समृद्धिलाई प्रामिकता दिनुपर्ने उनले आवश्यकता औँल्याए ।

    बाँस्कोटाले यसअघि नेकपामा नवप्रवेशीलाई फूलमालाले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी सदस्य रामहरि सुवेदी, नेकपाका जिल्ला नेताद्वय रीता ढकाल र अशोककुमार ब्याञ्जूले नवप्रवेशीलाई शुभकामना व्यक्त गरेका थिए ।

    केन्द्रीयसहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश
    नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका काभ्रेपलाञ्चोकस्थित केन्द्रीय नेतासहित ७५ नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पूर्वमन्त्री बाँस्कोटाले आज धुलिखेलमा एक कार्यक्रमका बीच फूलमालाले स्वगात गरे ।

    नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका–१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रमेश नेपाली, चन्दाका जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष सम्झना परियारसहित ७५ छन् । नवप्रवेशी तामाङले चन्दा आजको आवश्यकता नभएकाले उक्त पार्टी परित्याग गरी वर्तमान सरकारको समृद्धिको शान्तिपूर्ण सङ्घर्षमा समाहित भएको बताए । उनले भने, “बम र सिलिण्डर विस्फोटन गरेर क्रान्ति हुन्न, पार्टीभित्र मुक्तिका लागि लड्ने कोही देखिएनन् त्यसैले पार्टी त्यागेका हौँ ।”

    तामाङका अनुसार चन्द माओवादीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ जनामात्रै रहेको र जनवर्गीय सङ्गठनसहित करिब १०० को हाराहारीमा नेता कार्यकर्ता रहेका छन् । उनीहरुमध्ये केहीलाई नेकपामा पुनः प्रवेश गराउने प्रयास भइरहेको तामाङले जानकारी दिए । रासस 


    मंसिर १३, २०७७ शनिवार २०:२४:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा

  • क्यानाडानेपाल डेस्क

    योगेश भट्टराईले भने - नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले 

    क्यानाडानेपाल

    मंसिर १३

  • 282
    SHARES
  • योगेश भट्टराईले भने - नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले 

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन् ।

    झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने, “भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।”

    मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिनेछ भने । उनले भने, “स्थायी कमिटी निर्णय गर्न र समस्याको हल निकाल्न सक्षम छ, त्यो निर्णय कसैले नसोचेको पनि हुनसक्छ ।”

    नेकपा अहिलेको अप्ठेरो परिस्थितिबाट विभाजनलाई क्रमभङ्ग गर्दै अघि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा विदेशी शक्ति, चरम दक्षिणपन्थी र चरम वामपन्थीको चलखेललाई विफल तुल्याइने दाबी गरे ।

    आगामी वर्ष आन्तरिक पर्यटन वर्ष हुने
    मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिए । उनले कोभिड–१९ को चपेटाबाट जुध्दै मुलुकको समृद्धिमा टेवा पुर्‍याउन आन्तरिक पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

    मन्त्री भट्टराईले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएर छुट्टीको अवधिलाई आन्तरिक पर्यटन अभिवृद्धिमा लगाउन आफूले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको उल्लेख गर्दै कोरोना महामारीको सङ्कटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ्न थालिसकेको बताए ।

    सरकारले केही गरेन भन्नेहरुलाई जवाफ
    सरकारले केही गरेन भन्दै नेकपा सरकारको आलोचना गर्नेहरु पूर्वाग्रही भएको उल्लेख गर्दै भनेको बेला भेन्टिलेटर नपाउँदा, खोजेको बेला आइसीयू नपाउँदा सर्वसाधारण जनतामा केही असन्तुष्टि हुनु स्वाभाविक भएता पनि सरकार सुतेर बसेको छ जस्तो गरी आरोप लगाउनेहरुले आफ्नो विगत हेर्नुपर्ने बताए ।

    “आज मुलुकका ७० वटा प्रयोगशालबाट पिसीआर परीक्षण भइरहेको छ”, उनले भने, “हिजो सबैभन्दा लामो समय सत्तामा बसेकाहरुबाटै अहिले केही भएन भनेको सुन्दा अचम्म लाग्छ, हिजो उहाँहरुले कमसेकम २० वटा पिसीआर प्रयोगशाला बनाएर छाडेको भए हुन्थ्यो नि, किन केही नगरेको ?”

    विश्वका चीनलगायत थोरै मुलुकले मात्र कोरोनाकालमा आफ्नो अर्थतन्त्रको विकासलाई धेरै तल गिर्न नदिएको चर्चा गर्दै उनले विश्व बैंकको प्रतिवेदनअनुसार अहिले नेपालले यस्तो सङ्कटका बेला पनि दुई दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको स्पष्ट पारे ।

    मन्त्री भट्टराईले कोभिड–१९ को सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रले खेप्नुपरेको उल्लेख गर्दै पर्यटन व्यवसायलाई उठाउनका लागि सरकारले ५० अर्ब रुपैयाँको पुनर्कर्जा कोष स्थापना गरेको स्मरण जानकारी दिए ।

    ५० करोडको लगानीमा सिद्धार्थ होटल स्थापना
    सिद्धार्थ होटल ग्रान्ड सिटीमा ११ जना उद्यमीको रु ५० करोड लगानी रहेको छ । विर्तामोड नगरपालिका–४ स्थित छ कठ्ठा जग्गामा फैलिएको यस होटलमा लक्जरी तहको ५१ कोठा, पाँच रेस्टुरेन्ट, दुई कन्फरेन्स हल, स्वीमिङ पोखरीलगायत सुविधा छन् ।

    यसको व्यवस्थापन सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले हेरिरहेको सो समूहका प्रबन्ध निर्देशक कृष्ण न्यौपानेले जानकारी दिए ।

    सो अवसरमा सङ्घीय सांसद गणेशकुमार पहाडी, प्रदेशसभा सदस्य एकराज कार्की र उद्योग परिसङ्घ प्रदेश नं १ का अध्यक्ष मीनप्रकाश मैनालीलगायतले पर्यटन व्यवसायको विकासका विविध पक्षमाथि प्रकाश पारेका छन् ।रासस 


    मंसिर १३, २०७७ शनिवार २०:१२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • क्यानाडानेपाल डेस्क

    बहस र छलफलले पार्टीमा गति पैदा गर्छ : नारायणकाजी श्रेष्ठ

    क्यानाडानेपाल

    मंसिर १३

  • 340
    SHARES
  • बहस र छलफलले पार्टीमा गति पैदा गर्छ : नारायणकाजी श्रेष्ठ

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विचार लिखितरूपमा पेश गरेका छन् । यसअघि मङ्सिर ३ गते अर्का अध्यक्ष दाहालले समेत प्रस्ताव पेश गरेका थिए ।

    पार्टी बैठबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले यसअघिको बैठकमा तय भएअनुसार नै आफ्नो विचार लिखितरूपमा प्रस्तुत गरेको बताए ।

    प्रस्तुत विचारले पार्टीमा देखिएको समस्या, त्यसको जरो, पार्टीको सङ्कट र त्यसको सारतत्वका बारेमा छलफल हुनु र पार्टीको समस्या, सङ्कट तथा समाधान र निवारणका बारेमा छलफल हुनु स्वाभाविक भएको उनले बताए । बहसले पार्टीलाई एकता र गति पैदा गर्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आएका प्रस्तावमाथि पार्टी कमिटीमा हुने जहाँ तही बहसको प्रक्रियाले पार्टीभित्र सकारात्मक योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।

    यही मङ्सिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई आफ्नो विचार लिखितरूपमा प्रस्तुत गर्नका लागि सहमति प्रदान गरेको थियो । अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको प्रतिवेदनलाई अध्ययन गर्नका लागि थप तीन दिनको समय सचिवालय बैठकलाई दिइएको जानकारी दिए ।

    उनका अनुसार उक्त प्रतिवेदन अध्ययन गरेर तथा आवश्यक छलफल र गृहकार्य गरेर फेरि १६ गते १ बजे पुनः सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने छ । उgले (अध्यक्ष ओली)ले लिखितरूपमा प्रस्ताव पेश गरे पनि आफूहरुले हेर्न नपाएको बताए। “पार्टीको अहिलेको समस्या, सङ्कट र त्यसलाई सामाधान गर्न छलफल बहस र अन्तरसङ्घर्षलाई सही दिशा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ”, प्रवक्ता श्रेष्ठले भने ।

    उनले आजको सचिवालयको बैठकमा बोल्ने अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षामा जोड दिएको बताए ।

    “उहाँहरुले अहिलेको छलफल र बहसले पार्टी एकतामा विचलन पैदा हुने वा पार्टी फुटको दिशातिर जानुपर्नेमा सोच्नु हुन्न वा सोच्नुपदैन”, उनले भने, “पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न अहिलेको छलफल र बहसलाई सदुपयोग गर्नुपर्दछ”, भने ।

    उनले दुईवटा प्रस्तावमाथि अध्ययन गरेर आगामी सचिवालय बैठकमा छलफल गरिने बताए । दुवै प्रस्तावमाथि यही मङ्सिर १६ गते बस्ने सचिवालय बैठकमा छलफल हुने र त्यो दिन नसकिए अर्को दिन मङ्सिर १७ गते पनि गर्र्ने जानकारी दिए । उनले पार्टीभित्र देखिएका समस्यालाई पार्टी कमिटीका बैठकमा व्यवस्थित र विधिवत ढङ्गले छलफल गरेर निष्कर्ष निकालिनेसमेत बताए ।

    नेकपाले यही मङ्सिर १८ गते स्थायी कमिटी र मङ्सिर २५ गते केन्द्रीय कमिटी बैठकको आयोजना गरेको छ । रासस
     


    मंसिर १३, २०७७ शनिवार १८:२०:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद

  • क्यानाडानेपाल डेस्क

    नेकपा सचिवालय बैठक : अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश (पूर्णपाठसहित)

    क्यानाडानेपाल

    मंसिर १३

  • 316
    SHARES
  • नेकपा सचिवालय बैठक : अध्यक्ष ओलीद्वारा प्रतिवेदन पेश (पूर्णपाठसहित)

    काठामाडौं । शनिवार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक मंसिर १६ गते १ बजे पुनः बस्ने गरी सकिएको हो ।  

    आजको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन अध्ययन गर्ने समय राखेर सकिएको हो । 

    बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् ।  बैठकमा  ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकमा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको रक्षाका निम्ति जोड दिएका थिए । 

     


    मंसिर १३, २०७७ शनिवार १५:५९:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद
  • # नेकपा सचिवालय बैठक

  • क्यानाडानेपाल डेस्क

    नेकपाको सचिवालय बैठक १६ गते पुन:  बस्ने गरी सकियो 

    क्यानाडानेपाल

    मंसिर १३

  • 262
    SHARES
  • नेकपाको सचिवालय बैठक १६ गते पुन:  बस्ने गरी सकियो 

    काठामाण्डौ । शनिवार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक मंसिर १६ गते पुनः बस्ने गरी सकिएको हो । अब अर्को बैठक मंसिर १६ गते १ बजे बस्ने भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    आजको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन अध्ययन गर्ने समय राखेर सकिएको हो । 

    प्र 


    मंसिर १३, २०७७ शनिवार १५:२६:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपाको सचिवालय बैठक

  • क्यानाडानेपाल डेस्क

    नेकपा सचिवालय बैठक सुरु

    क्यानाडानेपाल

    मंसिर १३

  • 248
    SHARES
  • नेकपा सचिवालय बैठक सुरु

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । पार्टीभित्र विवाद बढ्दै गइरहेको बेला सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो । 

    पार्टीमा विवाद भइरहेको समयमा आज बसेको यस बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

    बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी  भएका छन् । 

    बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । 

    प्रस्तावमा ओलीले लेखेका छन्, ‘कमरेड प्रचण्ड, यो स्वस्थ बहस हो कि वारपारको लडाइँ विरोध हो भने मित्रतापूर्ण कि सत्रुतापूर्ण? तपाइँले रोजेको बाटो प्रतिवाद हो कि बिग्रहको?  कम्युनिष्ट आन्दोलनलाई गम्भीर संकटमा धकेल्नु भएको छ। समयले यसको उचित हिसाबकिताब गर्नेछ।’

    प्रचण्डको लगाएको आरोपको खण्डन गर्ने गरी प्रस्ताव तयार पार्न १० दिनको समय लिएका ओलीले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न नसकेको प्रचण्डले कार्यकारी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताएका छन् । 

    यही मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रचण्डको आरोपबारे आफूले पनि लिखित रुपमा जवाफ दिने भएकाले १० दिनको समय माग गर्दै ओलीले आरोप पुष्टि भए प्रधानमन्त्री र अध्यक्षबाट आफू बहिर्गमन हुने र आरोप प्रमाणित नभए आरोप लगाउने आफ्नो जिम्मेवारीबाट हट्दै जवाफदेही हुनुपर्ने बताएका थिए ।

    जस कारण शनिबार बस्ने नेकपा सचिवालय बैठक प्रतिक्षित बनेको छ । यसबीचमा प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन ओली पक्षधरले आग्रह गरेका थिए । तर, प्रस्ताव फिर्ता लिँदा ओलीसँग झुकेको सन्देश जाने भन्दै प्रचण्डले अस्वीकार गरेका थिए । मंसिर ३ यता प्रचण्डले आफूनिकटका नेताहरुसँगै बाक्लै छलफल र भेटवार्ता गरेका छन् । ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पदबाट हटाउने प्रचण्डको रणनीति छ । 


    मंसिर १३, २०७७ शनिवार १५:०९:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा सचिवालय बैठक

  • क्यानाडानेपाल डेस्क

    images
    images
    ताजा खबर