• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

नेपालमा एकैदिन २५ सय ८ जनामा कोरोना संक्रमण, १७ जनाले ज्यान गुमाए

क्यानाडानेपाल डेस्क कार्तिक १५ २०७७
  • 378
    SHARES
  • नेपालमा एकैदिन २५ सय ८ जनामा कोरोना संक्रमण, १७ जनाले ज्यान गुमाए

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २५ सय ८ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ ।

    शनिवार मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । अब सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप २२६४ जनाले कोरोनालाई जितेका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।


    कार्तिक १५, २०७७ शनिवार १६:२५:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

    काठमाडौं - चितवनमा कोरोनाभाइरसको सक्रमणबाट थप एक जनाका मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर गैंडाकोट नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । 

    उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । 

    सवारी दुर्घटनामा परेर कात्तिक २९ गते अस्पतालमा भर्ना भएका ती पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमित ती पुरुषको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । 


    मंसिर १०, २०७७ बुधवार १२:१३:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    घाँटीमा ढुंगा अड्किँएर १६ महिने बालकको ज्यान गयो

    घाँटीमा ढुंगा अड्किँएर १६ महिने बालकको ज्यान गयो

    काठमाडौं - कञ्चनपुरमा घाँटीमा ढुंगा अड्किँएर एक बालकको ज्यान गएको छ । 

    ज्यान जानेमा बेदकोट नगरपालिका-९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकार रहेका छन् । उनको घरमै खेल्नै क्रममा घाँटीमा ढुंगा अड्किँदा मंगलबार राति ज्यान गएको हो । 

    घाँटीमा ढुंगा अड्किँएर सास फेर्न गाह्रो भएपछि उनलाइ अस्पताल लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बालकले आँगनमा खेल्दै गर्दा मुखमा ढुंगा हालेका थिए । 


    मंसिर १०, २०७७ बुधवार ११:२७:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # घाँटीमा ढुंगा अड्किँएर

  • क्यानाडानेपाल डेस्क

    बर्दिबासमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने 

  • 162
    SHARES
  • बर्दिबासमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने 

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ ।

    प्रहरीको गोली लागेर गम्भीर घाइते भएका स्थानीय ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको मृत्यु भएपछि बुधबार बिहानदेखि बिहीबार बिहानसम्मका लागि बर्दिबासमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    बर्दिबास नगरपालिका १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा भेटिएपछि मंगलबार बालिकाको बलात्कारपछि हत्या भएको भन्दै प्रदर्शन गरेका थिए । 

    बालिकाको शव सडकमा राखेर स्थानीय प्रदर्शन उत्रिएपछि नियन्त्रणका लिने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको मंगलबार राति नै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

    न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । 

    पूर्वमा रातोखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा जारी गरिएसँगै सो क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने प्रशासनले स्पष्ट पारेको छ । 


    मंसिर १०, २०७७ बुधवार ११:१३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बर्दिबास
  • # निषेधाज्ञा

  • क्यानाडानेपाल

    कोरोना संक्रमणबाट सप्तरीका एक पुरुषको ज्यान गयो

    कोरोना संक्रमणबाट सप्तरीका एक पुरुषको ज्यान गयो

    काठमाडौं - सुनसरीमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी राजविराज-४ का ५० वर्षीय पुरुष रहेका छन् । 

    उनको मंगलबार दिउँसो धरानस्थित बीपी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

    म‌ंसिर १ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएका ती पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यससँगै बीपी कोभिड अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ ।


    मंसिर १०, २०७७ बुधवार ०९:५५:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    नगरप्रमुखलाई कोरोना संक्रमण देखिएपछि तीन दिन सेवा प्रवाह बन्द  

    नगरप्रमुखलाई कोरोना संक्रमण देखिएपछि तीन दिन सेवा प्रवाह बन्द   

    काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । 

    नगरप्रमुख किसान गुरुङलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको हो । 

    मंगलबार नगरप्रमुख गुरुङलाई कोरोना संक्रमण देखिएपछि र नगरपालिकामा कार्यरत कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । 

    आजदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने जनाइएको छ । 
     


    मंसिर १०, २०७७ बुधवार ०९:४८:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा

    अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई तरुण दल र नेविसंघका युवाहरुले कालोझण्डा देखाएका छन् । 

    लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै तरुण दल र नेविसंघका युवाहरुले बुटवलमा कालोझण्डा देखाएका हुन् । 

    अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित परियोजनाको अवलोकन गर्न त्यहाँ जाँने क्रममा कालो झण्डा देखाइएको हो ।

    पौडललाई बुधबार बिहान सडकमा तरुण दल र नेविसंघका युवाहरुले कालो झन्डा देखाउँदै प्रदर्शन पनि गरेको बताइएको छ । पौडेल विभिन्न कार्यक्रमका लागि २ दिनसम्म रुपन्देहीमा रहने बताइएको छ । 
     
     


    मंसिर १०, २०७७ बुधवार ०९:३१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल

  • क्यानाडानेपाल डेस्क