शनिबार
७ मङ्सिर
२०७६

कालो पहिरनमा खुलेकी आँचल, हेर्नुहोस् यी आकर्षक तस्विरमा

आइतबार कार्तिक १७, २०७६/ Sunday 11-03-19

काठमाडौं । आँचल शर्मा नेपाली चलचित्र उद्योगीकी चर्चित नायिका र मोडल हुन् । चलचित्र नाई नभन्नु ल ४ बाट चलचित्र अभिनय थालेकी उनले आधा दर्जनबढी चलचित्रमा काम गरिसकेकी छन् । पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते, जोनी जेन्टलम्यान र दाल भात तरकारी नामक चलचित्रमा काम गर्ने अवसर पाइन् । म्युजिक भिडियोमा पनि प्रशस्त देखिने आँचल आम दर्शकहरुको रोजाइको नायिका र मोडलमा पर्छिन् । उनी नायका पल शाहसँगको प्रेम सम्बन्धलाई लिएर विवादमा आउने गरेकी छन् ।

साथै उनी नायिका पूजा शर्मासँगको विवादमा पनि मुछिने गरेकी छन् । हाल डा. उदिप श्रेष्ठसँगको प्रेम सम्बन्धमा रहेको उनले सामाजिक सञ्जाल मार्फत श्रेष्ठसँगको प्रेम सम्बन्धबारे जानकारी दिएकी हुन् । आउँदो फागुनमा श्रेष्ठसँग लगनगाँठो कस्ने तयारी आँचल रहेकी छन् । गएको आइतबार कोकाकोलाको एक कार्यक्रममा सहभागी भएकी थिइन् । सो क्रममा उनीसँग सेल्फी लिने युवक र युवतीहरुको भीड देखिएको थियो । सोही क्रममा लिइएको यी तस्विरहरुः