• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

विदेशमा थप ५ सय ४४ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

क्यानाडानेपाल डेस्क कार्तिक २३ २०७७
  • 430
    SHARES
  • विदेशमा थप ५ सय ४४ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

    काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

    गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । सङ्घका अनुसार, विदेशमा १८ देशमा २८५ जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो साता नेपालमा मात्र एक लाख ९१ हजार ६३६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ५५ हजार ११४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ८१ प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गइसकेको छ ।

    १० हजार किट स्वास्थ्य सामग्री
    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब रु एक करोड मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो ।

    हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष डा केसीले सङ्घले विश्वव्यापी कोरोना सङ्क्रमण शुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गर्नुभयो ।रासस
     


    कार्तिक २३, २०७७ आइतवार १४:०१:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    हङकङमा जन्मदिन मनाउने क्रममा रेन्टुरेन्टमा आगलागी, ७ जना नेपालीको मृत्यु

    हङकङमा जन्मदिन मनाउने क्रममा रेन्टुरेन्टमा आगलागी, ७ जना नेपालीको मृत्यु

    काठमाडौं - हङकङमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । आगलागीमा परी सात जना नेपालीसहित ११ जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीय कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको सनाखत भइसकेको छ । 

    बाँकी ४ जनाको सनाखत भइनसकेको बताइएको छ । हङकङको कार्मालोनमा ‘जिरे खुर्सानी’ नामक रेस्टुरेन्टमा आइतबार जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको जनाइएको छ ।   ।

     


    मंसिर २, २०७७ मंगलवार १२:३७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेन्टुरेन्टमा आगलागी

  • क्यानाडानेपाल डेस्क

    कोरियामा दशैँका दिन एक नेपालीको ज्यान गयो

  • 672
    SHARES
  • कोरियामा दशैँका दिन एक नेपालीको ज्यान गयो

    सउल – परदेशमा दशैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो ।

    उनका सहकर्मी तिलक पुनका अनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी)ले च्यापेर उनको मृत्यु भएको हो । मृतक राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे । छिगेछाले च्यापेपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पु¥याइएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

    उनको शवलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । घटनाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी मात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ ।रासस


    कार्तिक १२, २०७७ बुधवार १३:४६:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरिया

  • क्यानाडानेपाल डेस्क

    अमेरिकामा रेलको ठक्करबाट एक नेपाली युवतीको ज्यान गयो

  • 1.7K
    SHARES
  • अमेरिकामा रेलको ठक्करबाट एक नेपाली युवतीको ज्यान गयो

    एजेन्सी - अमेरिकामा दुर्घटनामा परी एक नेपाली युवती ज्यान गएको छ । ज्यान जानेमा सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ रहेकी छिन् । उनको रेलको ठक्करबाट मंगलबार बिहान ज्यान गएको हो । 

    क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।

     दुर्घटनामा परी ज्यान गुमाएकी युवतीको उनको दाहसंस्कार आउदो शनिवार गरिने जनाइएको छ । 


    आश्विन २९, २०७७ बिहिवार ११:०५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • क्यानाडानेपाल डेस्क

    इजरायलमा कोरोना संक्रमणबाट एक नेपाली महिलाको मृत्यु

  • 864
    SHARES
  • इजरायलमा कोरोना संक्रमणबाट एक नेपाली महिलाको मृत्यु

    काठमाडौं - इजरायलमा कोरोनाभाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हनुेमा सिन्धुपाल्चोककी एक महिला रहेकी छन् । 

    नेपाली दूतावासका अनुसार उनको अक्टोबर ४ मा कोरोना संक्रमणबाट मृत्यु भएको हो । इजरायलमा कार्यरत ती महिलाको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको बताइएको छ । 

    दूतावासले इजरायलमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेकोले सावधानी अपनाउन आग्रह गरेको छ । दूतावासले कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई बचाउन इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।  

    इजरायलमा हालसम्म २ लाख ९५ हजार कोरोना संक्रमित फेला परेका छन् भने २ हजार बढीको संक्रमणबाट ज्यान गइसकेको छ । त्यस्तै २ लाख ४१ हजार ७ सय बढी कोरोनाको उपचारपछि निको भइसकेका छन् । 
     


    आश्विन २७, २०७७ मंगलवार १९:५१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # इजरायल

  • क्यानाडानेपाल डेस्क

    कोरिया पुगेका ११ जना नेपालीलाई कोरोना देखियो 

    क्यानाडानेपाल

    आश्विन २७

  • 646
    SHARES
  • कोरिया पुगेका ११ जना नेपालीलाई कोरोना देखियो 

    काठमाडौं । दक्षिण कोेरिया पुगेका ११ जना नेपालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत शनिबार अध्ययनका लागि भन्दै कोरिया पुगेका ४३ जना नेपाली विद्यार्थीमध्ये ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    कोरियाली भाषा अध्ययनका लागि शनिबार गोयाङ सहरमा पुगेका उनीहरुमा कोरोना संक्रमण भएको दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)ले जनाएको छ । 

    स्थानीय इन्छन विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा एक जनामा कोरोना देखिएपछि सबैको परीक्षण गर्दा ११ जनामा पोजेटिभ देखिएको हो ।

    संक्रमित भएर बाहिरबाट उपचार खर्च आफैंले व्यहोर्नुपर्ने कोरियाली नियमअनुसार संक्रमित विद्यार्थीहरुले आफ्नो उपचार खर्च आफैं व्यहोर्नुपर्ने भएको छ । 


    आश्विन २७, २०७७ मंगलवार ११:१५:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल

    कोरोना संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीले ज्यान गुमाए

    कोरोना संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीले ज्यान गुमाए

    काठमाडौँ - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट हालसम्म ६४५ नेपालीले ज्यान गुमाइसकेका छन् । नेपालमा मात्र हालसम्म ४०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । 

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा रहेका २४४ नेपालीको  कोरोना संक्रमणबाट मृत्यु भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

    कोरोना संक्रमणबाट हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको मृत्यु भइसकेको छ । 

     


    आश्विन ४, २०७७ आइतवार २१:०२:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क