• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

कोरोनाभाइरसको खोप कहिले पाइन्छ ? कसलाई पहिले ? कति पर्छ मूल्य ?

Canada Nepal कार्तिक ३० २०७७
  • 2.7K
    SHARES
  • कोरोनाभाइरसको खोप कहिले पाइन्छ ? कसलाई पहिले ? कति पर्छ मूल्य ?

    जब कोरोनाभाइरसको खोप विकास हुन्छ, तत्कालै सबैलाई पुग्ने गरी खोप उपलब्ध भइहाल्दैन।

    अनुसन्धान संस्था, प्रयोगशाला र औषधि निर्माण कम्पनीहरू अहिले प्रभावकारी खोपको विकास, परीक्षण र उत्पादन गर्न लाग्ने समयको लेखाजोखा गरिरहेका छन्।

    विश्वव्यापी रूपमा खोप उपलब्ध होस् भन्ने सुनिश्चित गर्न अभूतपूर्व कदमहरू चालिएका छन् तर धनी देशले अगाडि पाउने र कमजोर देश पछि पर्ने चिन्ता प्रकट भइरहेका छन्।

    कहिलेसम्म खोप आउने अपेक्षा गर्न सकिन्छ
    सङ्क्रामक रोगका खोपको विकास, परीक्षण र वितरणका लागि वर्षौँ लाग्छ। अझ त्यसको सफलता पनि सुनिश्चित हुँदैन।

    कोरोनाभाइरसको हकमा कुन खोप प्रभावकारी हुनसक्छ भनेर दशौँ हजार मानिस सहभागी परीक्षण चलिरहेको छ। त्यसो गर्दा पाँचदेखी १० वर्ष लाग्ने अनुसन्धानदेखि वितरणसम्मको प्रक्रियालाई केही महिनामा झारिएको छ।

    लगानीकर्ता र उत्पादकले प्रभावकारी खोप तयार पार्न अर्बौँ डलर खर्च गरिरहेका छन्।

    रुसले स्पुत्निक-भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षण जारी रहँदै सर्वसाधारणलाई खोप उपलब्ध गराएको छ।

    चीनले आफूले खोप विकासमा सफलता पाएको र त्यो खोप देशको सेनालाई दिइएको जनाएको छ।

    दुवै खोप विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भनेको तेश्रो चरणको परीक्षण सूचीमा छैनन् र उनीहरूको द्रुत विकासलाई लिएर आशङ्काहरू खडा भएका छन्।

    परीक्षणमा अघि रहेका भनिएको केही खोपले यसै वर्षको अन्त्यसम्म अनुमति पाउने भनिएको छ।

    तर डब्लूएचओले सन् २०२१ को मध्यअघि बृहत् रूपमा खोप लगाउने काम अघि नबढ्ने बताएको छ।

    फिजर र बायोएनटेकले प्रारम्भिक विश्लेषणले आफूहरूले बनाएको खोपले ९० प्रतिशतभन्दा बढी मानिसहरूलाई कोभिड-१९ बाट जोगाउने बताउँदै नोभेम्बरको अन्त्यमा खोपको प्रयोगका लागि आपत्कालीन अनुमति माग्दै निवेदन दिने बताएका छन्।

    फिजरले यस वर्षको अन्त्यसम्म पाँच करोड मात्रा र अर्को वर्षको अन्त्यसम्म एक अर्ब ३० करोड मात्रा खोप बनाउने बताएको छ।

    अक्सफर्ड विश्वविद्यालयले विकास गरेर अनुसन्धानकै चरणमा रहेको खोप उत्पादनको अनुमति ब्रिटेनको औषधि उत्पादक एष्ट्राजेनेकाले लिएको छ।

    उसले विश्वव्यापी उत्पादन क्षमता विस्तार गर्दै परीक्षण सफल भए विश्वलाई दुई अर्ब र यूकेलाई १० करोड खोप आपूर्ति गर्ने बताएको छ।

    अरू दर्जनौँ औषधि उत्पादक कम्पनी पनि प्रतिस्पर्धामा छन्।

    खासमा सरदर १० प्रतिशत खोप परीक्षण सफल हुने भएपनि विश्वव्यापी चासो, गठबन्धन र साझा उद्देश्यका कारण यसपटक अवस्था फरक हुने ठानिएको छ।

    खोप राष्ट्रवाद
    केही प्रमाणित नभएका सम्भावित खोप आफ्ना लागि सुनिश्चित गर्न विभिन्न देशका सरकारले सम्झौता गरिरहेका छन्। उदाहरणका लागि यूके सरकारले विभिन्न छ सम्भावित कोरोनाभाइरस खोपका लागि सम्झौता गरेको छ तर रकम भने खुलाएको छैन।

    अमेरिकाले द्रुत रूपमा सफल खोपलाई हासिल गर्न आफ्नो लगानी परिचालन गरेको छ र ज्यानुअरीसम्म ३० करोड मात्रा खोप प्राप्त गर्ने अपेक्षा गरेको छ।

    तर धेरै देशहरू यस्तो गर्न सक्ने अवस्थामा छैनन्।

    अग्रमोर्चामा खटिएर खोप वितरण गर्ने संस्था मेदसाँ सं फ्रँतिएले फर्मास्युटिकल कम्पनीहरूसँग यसरी सम्झौता गर्दा धनी देशबाट खोप राष्ट्रवादको खतरनाक प्रवृति निम्तिने बताएको छ।

    डब्लूएचओले पनि पैसा तिर्न सक्नेले मात्र नभई सबै देशले खोपमा समान पहुँच पाउनुपर्ने बताएको छ।

    के विश्वव्यापी खोप कार्यदल छ?
    डब्लूएचओले महमारी नियन्त्रण समूह सेपी र सरकार र सङ्घसंस्थाहरूको खोपको गठबन्धन गाभीसँग मिलेर सबैलाई समान पहुँच दिलाउने प्रयास गरिरहेको छ।

    सन् २०२० को अन्त्यसम्ममा दुई अर्ब डलर जुटाउने लक्ष्य राखेर संसारभर खोप वितरण गर्न अघि बढाइएको कोभ्यास खोप अभियानमा ९४ वटा धनी देशले सहभागीता जनाइसकेका छन्।

    डब्लूएचओबाट अलग हुने इच्छा राखेको अमेरिका उक्त अभियानमा छैन। कोभ्याक्समा श्रोत जुटाएर सहभागीले कम आय भएका अफ्रिका, एशिया र ल्याटीन अमेरिकाका देशहरूमा बराबर हैसियतमा खोपमा पहुँच दिलाउने अपेक्षा गरिएको छ।

    यो अभियानले कैयौँ खोप अनुसन्धान र उत्पादनलाई श्रोत जुटाउन मद्दत गरिरहेको छ।

    कुनै एक खोपको परीक्षण सफल भएपनि सन् २०२१ सम्ममा दुई खर्ब खोपका मात्रा वितरण गर्ने कोभ्याक्सको लक्ष्य छ।

    खोपको मूल्य कति पर्छ?
    खोपको विकासका लागि अर्बौ डलर लगानी भइरहेको छ भने त्यसको खरिद र वितरणका लागि दशौँ लाख डलर प्रतिबद्धता गरिएको छ। खोपको मूल्य यसको प्रकृति, उत्पादक र माग गरिएको खोपको मात्रामा निर्भर हुने देखिन्छ।

    फर्मास्युटीकल कम्पनी मोडेर्नाले सम्भावित खोप प्रतिमात्रा ३२ देखि ३७ डलर सम्भावित खोप बिक्री गर्ने बताएको छ।

    एस्ट्राजेनेकाले भने महामारीको समयमा केही डलर मूल्यमा त्यसलाई बेच्ने बताइरहेको छ।

    परिमाणको हिसाबले संसारको सबैभन्दा ठूलो खोप निर्माता भारतको सिरम इन्स्टिच्यूट अफ इण्डिया एसएसआईले प्रतिखोप तीन डलर बिक्री गर्ने बताइरहेको छ।

    खोप कसलाई पहिले?
    सुरुमा सीमित आपूर्ति हुने हुँदा मृत्यु घटाउन र स्वास्थ्य सेवा जोगाउने विषयले प्राथमिकता पाउने देखिन्छ।

    गाभीले मध्यम र कम आय भएका देशलाई सुरुमा उनीहरूको जनसङ्ख्याको तीन प्रतिशतलाई पुग्ने खोप दिने भनेको छ। त्यसले स्वास्थ्यकर्मी र समाजिक स्याहारमा खटिने व्यक्तिहरूलाई समेट्छ।

    थप खोप उत्पादन भइरहँदा २० प्रतिशत आपूर्ति गर्ने भनिएको छ जसमा ६५ वर्ष नाघेका व्यक्तिहरू र जोखिममा रहेका समूहहरू प्रथमिकतामा पर्नेछन्।

    सबै देशहरूले २० प्रतिशत खोप पाइसकेपछि देश अनुसारको जोखिमको अवस्था र कोभिड-१९ को चुनौती हेरेर थप खोप वितरण गरिनेछ। अझै पनि यस विषयमा वार्ता चलिरहेको छ।

    चरम महामारी वा अरू हिसाबले पहुँच पाउन नसक्ने शरणार्थीजस्ता वर्गलाई लक्षित गरी सम्भावित खराब अवस्थालाई ध्यान दिएर उपलब्धमध्ये करिब पाँच प्रतिशत खोप अलग्गै राख्ने पनि भनिएको छ।

    खोपलाई तापक्रम मिलाएर भण्डारण गर्नुपर्ने र हाल परीक्षणमा रहेका खोपका विभिन्न मापदण्ड रहेकाले चिसो कायम राख्ने उपकरणहरू जुटाउने चुनौती पनि छ। यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    कार्तिक ३०, २०७७ आइतवार १०:३५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाभाइरसको खोप

  • अर्कोसमाचार

    आज मुलुकभर थप १,७९० जनामा कोरोना संक्रमण

    आज मुलुकभर थप १,७९० जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,७९० जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा  १,७९० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २,०४,८५८ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा २४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,३६१ पुगेको छ । 


    मंसिर ९, २०७७ मंगलवार १६:२७:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # मुलुकभर

  • क्यानाडानेपाल डेस्क

    कोरोनाबाट जोगाउने बहुउपयोगी असुरोको पात

    कोरोनाबाट जोगाउने बहुउपयोगी असुरोको पात

    काठमाडौँ। असुरो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो । यो वनस्पति नेपालमा १२०० मिटरसम्मको उचाइमा विशेष गरेर बाटा, धाराको छेउछाउ र वन जंगलको किनाराको खुला क्षेत्रमा पाइन्छ । फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्।

    फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख बाएको जस्तो देखिन्छ। बिरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो। यो तीतो हुन्छ । यो बिरुवा वर्षै भरी हरियो हुने हुनाले यसको पात बराबर सङ्कलन गर्न सकिन्छ । तर, फूल फूल्नु अघि सङ्कलन गरेका पात बढी उपयोगी हुन्छ ।

    कोरोनाभाइरस संक्रमण भएका बिरामीलाई असुरो एक चमत्कारिक आयुर्वेदिक औषधि हुन सक्छ। यसले श्वास मार्गमा जमेर रहेको कफलाई पातलो बनाइ सजिलै बाहिर निकाल्न मद्दत गर्छ । रुघाखोकी लागेमा असुरोको पात वा फूलको रस १० देखि १५ मिलिलिटर र सुपको रुपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिने आयुर्वेदिक चिकित्सकहरुले बताउने गर्छन् ।

    ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकीको लागि पनि उत्तिकै उपयोगी हुन्छ। यद्यपि, यसको प्रभावकारिता र उचित नतिजा प्राप्त र यसलाई कति मात्रमा प्रयोग गर्न अनुभवी वैद्य वा चिकित्सकको परामर्श निकै आवश्यक पर्छ।

    त्यसैगरी, असुरोलाइ मुख्य गरेर श्वासप्रश्वास प्रणालीका रोगहरूमा प्रयोग गरिन्छ। असुरोमा एन्टिइन्फ्लेमेन्टरी, एन्टिबायोटिक र एक्सपेक्टोरन्ट गुणहरु भरपुर मात्रामा पाइने भएकाले यसले रुघा, खोकी र फ्लूको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दछ।

    यसले छाती र नाकमा जमेका फोहोर, कफ आदिबाट छुट्कारा दिन्छ भने यसले रुघा लागेका बेला नाकबाट निरन्तर बग्ने तरल पदार्थलाई पनि रोक्द छ।

    जानिराखौं बहुउपयोगी असुरो कुन–कुन रोगमा प्रयोग गर्न सकिन्छ ?

    असुरो सहि मात्र र सन्तुलन मिलाएर यसको पातबाट काढा पकाएर सेवन गरेमा यसले रुघाखोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत आउने, रक्त विकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काखी गन्हाएका समस्याहरुलाई निर्मूल गर्न मद्दत गर्दछ।

    त्यसैगरी, चर्मरोग भएकाहरुले यसको पातको लेदो बनाइ शरीरमा लगाउन सक्छन्। यसको फूल रक्त प्रवाह बढाउन निकै उपयोगी हुन्छ। अन्तत : फेरि पनि यसको शत प्रतिशत नतिजा प्राप्त गर्न र यसको सहि मात्रा र सन्तुलन बनाउनका लागि अनुभवी वैद्य वा चिकित्सकको परामर्श निकै आवश्यक पर्छ।


    मंसिर ९, २०७७ मंगलवार १४:१०:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # असुरोको पात
  • # कोरोनाबाट जोगाउने

  • क्यानाडानेपाल डेस्क

    आज मुलुकभर थप १,९८० जनामा कोरोना संक्रमण

    आज मुलुकभर थप १,९८० जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,९८० जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । सोमबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा १,९८० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख २२ हजार २ सय ८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३,०४३ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २,०२,०६७ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,३३७ पुगेको छ । 


    मंसिर ८, २०७७ सोमवार १७:००:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # मुलुकभर

  • क्यानाडानेपाल डेस्क

    नेपालमा कोरोनालाई जित्नेको संख्या दुई लाख नजिक

    नेपालमा कोरोनालाई जित्नेको संख्या दुई लाख नजिक

    काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,६६९ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार आयोजित मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा १,६६९  जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । 

    त्यसैगरी, पछिल्लो २४ घण्टामा ५,६९९ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,९९,०२४ पुगेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २१,२८४ जनामा सक्रिय सङ्क्रमण छ। आज ८,०३२ जनामा पिसिआर परिक्षण गरिएसँगै नेपालमा अहिले सम्म कुल १६,६०,०७५ जनाको  पिसिआर परिक्षण भएको छ।  

    हालसम्म सङ्क्रमणमुक्त भएकाहरू झण्डै दुई लाख पुगेका छन्। नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ९० दशमलव ३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

    आज मुलुकभर थप १,६६९ जनामा कोरोना संक्रमण आज मुलुकभर थप १,६६९ जनामा कोरोना संक्रमण


    मंसिर ७, २०७७ आइतवार १६:४८:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपालमा
  • # कोरोनालाई जित्ने

  • क्यानाडानेपाल डेस्क

    आज मुलुकभर थप १,६६९ जनामा कोरोना संक्रमण

    आज मुलुकभर थप १,६६९ जनामा कोरोना संक्रमण

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,६६९ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । आइतबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा  १,६६९ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या दुई लाख २० हजार ३ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५,६९९ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,९९,०२४ पुगेको छ ।  

    यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,३२१ पुगेको छ । 


    मंसिर ७, २०७७ आइतवार १६:२४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # मुलुकभर

  • क्यानाडानेपाल डेस्क

    कोरोनाविरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्छ 

    कोरोनाविरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्छ 

    कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ।

    अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड-१९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो।

    शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ। अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड-१९ हुन नदिएको देखियो।

    सङ्क्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड यूनिभर्सिटीको निष्कर्षलाई "उत्साहवर्धक समाचार" भनेकी छन्। उनका अनुसार एक चोटि भाइरसको सङ्क्रमण भएपछि फेरि कोभिड हुन नदिन "छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त" हुने अनुसन्धाताहरूले बताएका छन्।

    अक्स्फर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२,००० कर्मचारीलाई संलग्न गराइएको थियो। तीमध्ये ११,००० जनामा कोभिड-१९ को एन्टिबडी भेटिएको थिएन।

    भाइरल सङ्क्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ। ती तत्त्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन्। अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको सङ्क्रमण भयो। स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो।

    तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी सङ्क्रमण भएन।

    परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड-१९ भएको पाइयो। उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन। तर ती तीन जना पनि बिरामी भएनन्।

    रुघाबाट टी-सेल
    उक्त अध्ययनका अनुसार "सार्स-कोभ-२ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिनेगरी" परिणाममा एकरूपता देखियो।यो अनुसन्धानमा कोभिड-१९ गराउने कोरोनाभाइरसको "स्पाईक प्रोटीन" विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो।

    कोरोनाभाइरसको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ।

    अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो।यो साताको आरम्भतिर पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको एउटा शोधमा मानव शरीरको प्रतिरक्षा प्रणालीले बनाउने टी-सेल नामक विशेष कोषको अध्ययन गरेको थियो।

    अध्ययनमा सहभागी गराइएका कर्मचारीमध्ये एकचौथाइमा टी-सेलको मात्रा उच्च भएको र ती कोषले शरीरभित्र रगतमा कोरोनाभाइरस भए पत्ता लगाउने गरेको देखिएको थियो।

    तर तीमध्ये आधाभन्दा केही बढीमा मात्र कोभिड-१९ भएको पुष्टि भएको थियो। उक्त शोधले त्यस्तो प्रतिरक्षा क्षमता कोभिड-१९ गराउने भाइरसबाहेक सामान्य रुघा गराउने अन्य कोरोनाभाइरसको सङ्क्रमणका कारण विकसित भएको हुन सक्ने निष्कर्ष निकालेको छ।

    पहिला कोभिड भएको भए पनि नभए पनि उच्च मात्रामा सम्बन्धित टी-सेल भएका व्यक्तिहरूलाई चार महिनासम्म कोभिड-१९ भएन। र्‍याशल श्रेअर बीबीसीका स्वास्थ्य संवाददाता हुन् । यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    मंसिर ७, २०७७ आइतवार ०९:५६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क