• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

आज भाइटीका : उत्तम साइत ११ : ३७ बजे, लगाउँदा कता फर्किने ?

  • 2.7K
    SHARES
  • आज भाइटीका : उत्तम साइत ११ : ३७ बजे, लगाउँदा कता फर्किने ?

    काठमाडौं - हरेक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज (सोमबार) भाइटीका।

    यमपञ्चकको पाँचौं दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदै छन्।

    दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने चलन छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए।

    ‘भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित मुहूर्तको समय उत्तम छ। भाइटीका लगाउन मध्याह्न हुनुपर्ने भएकाले यो समय निकालिएको हो,’ उनले भने।

    भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने उनले बताए। यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ। शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

    राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

    बालगोपालेश्वर खुला दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो।

    बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा गोविन्द टण्डनले जानकारी दिए।

    ‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ,’ उनले भने।

    विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ।

    यस वर्ष मंसिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छ।

    किजापूजाका लागि सरकारले मंगलबार पनि सार्वजनिक बिदा दिएको छ।

    गोवर्द्धन पूजा पनि आजै
    तिथिको घटबढका कारण यस वर्ष गोवर्द्धन पूजा पनि भाइटीकाका दिन आजै परेको छ।

    आँगनमा लिपपोत गरी गाईको गोबरकाे पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा गर्ने चलन छ।

    द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

    कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले आजै गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।

    यस वर्ष कोरोना महामारी समेत फैलिएकाले स्वास्थ्य सुरक्षाको विधि अपनाएर भाइटीका लगाउन धर्मशास्त्रविद्ले आह्वान गरेका छन्।

    नेपाल संवत् ११४१ मनाइँदै
    कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदै छ।

    नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदै छ। यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ।

    राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेसंको सुरुआत गराएका हुन्। नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।

    ‘लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,’ उनले भने।

    विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेकाे थियाे।

    विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेसंले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए। कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ।

    म्हपूजा आज पनि
    साँझ कार्तिक शुक्ल प्रतिपदा परेका दिन आइतबार नै नेवार समुदायका मानिसले आफ्नो म्हःपूजा पर्व मनाएका छन्। यस वर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेका छन्। एकथरी नेवार समुदायले आइतबार म्हःपूजा गरेका हुन्। अर्काथरीले भने आज सोमबार गर्दै छन्।

    शुक्ल प्रतिपदा परेका दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गर्ने परम्परा रहेको बगलामुखी पात्रोका पञ्चाङ्गकार शशिधर जोशीले जानकारी दिए। यस वर्ष आइतबार साँझ नै शुक्ल प्रतिपदा परेकाले यसै दिन पूजा गर्नुपर्ने निर्णय गरिएको उनले बताए।

    सोमबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले मंगलबार भाइटीका गर्ने जानकारी गराएका छन्। यस अवसरमा मंसिर २ गते पनि सरकारले सार्वजनिक बिदा दिएको छ। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. गौतमले राससलाई जानकारी दिए।

    आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको सार्थक हुने धार्मिक विश्वास छ। रासस


    मंसिर १, २०७७ सोमवार ०७:१८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भाइटीका

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    दोलखा भीमसेनलाई पसिना आएपछि प्रशासनले निकाल्यो यस्तो विज्ञप्ति

    दोलखा भीमसेनलाई पसिना आएपछि प्रशासनले निकाल्यो यस्तो विज्ञप्ति

    काठमाडौं । दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । मंगलबार दिउँसो २ बजेदेखि भीमसेनको शीलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको हो ।

    भीमसेनको शीलामा पसिना आएको बारे जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

    आज दिउँसो शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजापाठ गरेको जनाइएको छ । 

    विज्ञप्तिमा प्रशासनले भीमेश्वरको पूजा व्यवस्थापन समितिका पदाधिकारीसँग बैठक गरी राष्ट्रप्रमुख समक्ष प्रसाद पठाउने व्यवस्था मिलाइएको जनाएको छ । उक्त प्रसाद राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुधबार पठाउने व्यवस्था मिलाइएको बताइएको छ । 

    bhimesen.jpg

    भीमसेनलाई पसिना आउँदा मुलुकका शुभ तथा अनिष्ट हुने संकेतको रुपमा लिइने गरिएको छ । दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ । 

     


    मंसिर ९, २०७७ मंगलवार २१:१९:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीमसेन
  • # पसिना

  • क्यानाडानेपाल डेस्क

    हरिबोधनी एकादशी बुधबार र बिहीबार

    हरिबोधनी एकादशी बुधबार र बिहीबार

    काठमाडौं - प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
     
    समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउनुहुन्छ । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ । 
     
    एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख गरिएको उनले जानकारी दिए । 
     
    वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताए । समितिले स्वीकृति दिएकामा पात्रोमा पनि यही उल्लेख गरिएको छ । 
     
    हरिबोधनी एकादशीको महत्व
    कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णु यसै दिन जागा हुनुहुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ । 
      
    वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।
     
    यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । 
     
    यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् ।
     
    शेषनारायणमा मेला लाग्ने
    दक्षिणकाली नगरपालिका–५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने भएको छ । मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष श्यामबहादुर खत्री विद्यालयसमेत खुलिसकेको अवस्थामा वर्षमा एकदिन धेरै भक्तजन आउने मन्दिर बन्द नगरिएको बताए।

    मन्दिर खुले पनि भौतिक दूरी कायम गरेरमात्र दर्शन गराइने उहाँले सुनाउनुभयो । नगर क्षेत्रका स्थानीयवासीले ११ गते एकादशी मनाउने भएकाले त्यस दिन नगरपालिकाले नगर क्षेत्रमा स्थानीय बिदासमेत दिएको छ । 

    हरिबोधनी एकादशीका अवसरमा चार नारायण जान नसक्ने उपत्यकाको उत्तरी भेगमा रहेको बूढानीलकण्ठमा दर्शन गर्छन् । यहाँ दर्शन गरेमा चार नारायणमै दर्शन गरेको फल मिल्ने धार्मिक विश्वास छ । बूढानीलकण्ठ मन्दिर पनि यस वर्ष कोरोनाका कारण भक्तजनका लागि खुला नगरिने भएको छ । नित्य पूजा भने पूर्ववत् चलाइने बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश निगमानन्दले जानकारी दिए।रासस


    मंसिर ९, २०७७ मंगलवार १८:४२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हरिबोधनी एकादशी

  • क्यानाडानेपाल डेस्क

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल मंसिर ९ गते मंगलबारको राशिफल 

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल मंसिर ९ गते मंगलबारको राशिफल 

    मेष राशि - प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँ कार्य थालनिको योग रहेकोछ । मध्यान्न पश्चात सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

    बृष राशि - खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

    मीथुन राशि - नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ । तपाईको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

    कर्कट राशि - भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ ।

    सिंह राशि - मनोबिलासिताका सामान खरीद योग रहेको छ । तपाईको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

    कन्या राशि - मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

    तुला राशि - मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । शारिरीस्क आलस्यताले सताउन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा बिशेष साबधानि रहनु होला ।

    बृश्चिक राशि - यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ ।

    धनु राशि - प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

    मकर राशि - पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

    कुम्भ राशि - नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । पराना मित्रजनहरु सगँको भेटघाटले सामान्य यात्रा निम्त्याउन सक्नेछ ।

    मिन राशि - बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।सन्तान सम्बन्धि समस्याले सताउने छ । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । ज्यो.प.सरोज घिमिरे 


    मंसिर ९, २०७७ मंगलवार ०७:४२:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    यस बर्ष बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने  

    यस बर्ष बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने  

    काठमाडौं - यस बर्ष बूढानीलकण्ठ मन्दिरमा एकादशी मेला नलाग्ने भएको छ ।

    हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन एकादशी मेला लाग्दै आएको थियो । तर कोरोनाभाइरसको संक्रमणको जोखिमका कारण यस बर्ष एकादशी मेला नलाग्ने भएको हो । 

    कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्द गरिएको छ । आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ । 

    बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजनको भीड लाग्ने गरेको थियो ।

     


    मंसिर ८, २०७७ सोमवार २१:२४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एकादशी मेला

  • क्यानाडानेपाल डेस्क

    बिक्रमबाबाले हामी सबैको मनोकामना पुरा गरुन ! हेर्नुहोस् आज २०७७ मंसिर ८ गते सोमबारको राशिफल

    बिक्रमबाबाले हामी सबैको मनोकामना पुरा गरुन ! हेर्नुहोस् आज २०७७ मंसिर ८ गते सोमबारको राशिफल

    मेष राशि - नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । साजेदारी कार्यमा बिशेष सजग रहनु होला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने छ । आम्दानि उत्तम रहला ।

    बृष राशि - सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ ।

    मीथुन राशि - कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । मान्यजनहरुको साथ सहयोगमा गरीएका कार्यहरु उत्तम रहनेछन । यात्रामा साबधानि अपनाउनु होला ।

    कर्कट राशि - बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

    सिंह राशि - ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

    कन्या राशि - खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

    तुला राशि - तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

    बृश्चिक राशि - सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

    धनु राशि - आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

    मकर राशि - खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

    कुम्भ राशि - मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

    मिन राशि - अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।ज्यो.प.सरोज घिमिरे


    मंसिर ८, २०७७ सोमवार ०७:२७:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल मंसिर ७ गते आइतबारको राशिफल

    भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल मंसिर ७ गते आइतबारको राशिफल

    मेष राशि - बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ ।

    बृष राशि - सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन ।

    मिथुन राशि - सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

    कर्कट राशि - बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

    सिंह राशि - आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

    कन्या राशि - प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    तुला राशि - आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

    बृश्चिक राशि - तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

    धनु राशि - कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

    मकर राशि - स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

    कुम्भ राशि - प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

    मीन राशि - गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    मंसिर ७, २०७७ आइतवार ०७:४२:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क