• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश बराबरी  

  • 410
    SHARES
  • दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश बराबरी   

    काठमाडौं - दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश बराबरी खेलेका छन् । मंगलबार ढाकास्थित बंगबन्धु रंगशालामा भएको उक्त मैत्रीपूर्ण खेलमा नेपाल र बङ्गलादेश गोलरहित बराबरी खेलेका हुन् । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा नेपालले गोल गर्ने मौका पाउदा जित निकाल्न सकेन । यसअघि शुक्रबार भएको खेलमा नेपाल पराजित भएको थियो । 

    उक्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग २-० गोलले पराजित भएको थियो। खेलको नवौँ मिनेटमा बङ्गलादेशका नविद जीवनले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

    त्यसपछि दोस्रो हाफमा खेलको ८० औँ मिनेटमा बङ्गलादेशका महबुबुर रहमानले गोल गरे ।  
     


    मंसिर २, २०७७ मंगलवार १९:४७:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    पूर्वकप्तान पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

    पूर्वकप्तान पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

    काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको लागि मनोनयनमा परेका छन् । 

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का अवार्डको लागि मनोनयनमा परेका हुन् । उक्त अवार्डको लागि मनोनयनमा खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक जना खेलाडी परेका छन् । 

    जसमा स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड रहेका छन् भने नेदरल्यान्ड्सका पिटर बोरेन रहेका छन् ।

    त्यस्तै पपुवा एन्ड न्युगिनीका असद भाला पनि मनोनयनमा परेका छन् । आइसिसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । 

    यस वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । आइसिसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ ।

     


    मंसिर ९, २०७७ मंगलवार १९:२२:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पारस खड्का

  • क्यानाडानेपाल डेस्क

    अण्डरटेकरले गरे डब्ल्यूडब्ल्यूइ यूनिभर्सबाट सन्यास लिएको घोषणा 

    अण्डरटेकरले गरे डब्ल्यूडब्ल्यूइ यूनिभर्सबाट सन्यास लिएको घोषणा 

    काठमाडौं । चर्चित रेसलिङ लेजेण्ड द अण्डरटेकरले डब्ल्यूडब्ल्यूई यूनिभर्सबाट सन्यास लिएको घोषणा गरेका छन् । 

    ५५ वर्षका अण्डरटेकरले आइतबार डब्ल्यूडब्ल्यूई यूनिभर्सबाट सन्यास लिएका हुन् । १९९० नोभेम्बर २२ देखी रेस्लिङ सुरु गरेका अण्डरटेकरले सन्यास लिदा ३० बर्ष पुरा भएको छ । 

    सर्भाइभर सीरीजको बेला सन्यास लिएका उनले भावुक हुँदै रिंगमा मेरो समय सकियो भनेका छन् ।

    उनले भने रिंगमा मेरो समय सकियो । अब अण्डरटेकरलाई बिदाइ गर्नुहोस् । अण्डरटेकरले हालसम्म ७ पटक डब्ल्युडब्ल्युई च्याम्पियनशिप जितिसकेका छन् । 


     


    मंसिर ९, २०७७ मंगलवार १०:२४:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अण्डरटेकर

  • क्यानाडानेपाल डेस्क

    लियोनल मेसी च्याम्पियन्स लिग टिमबाट बाहिरिए

    लियोनल मेसी च्याम्पियन्स लिग टिमबाट बाहिरिए

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा बार्सिलोनाका कप्तान लियोनल मेसी च्याम्पियन्स लिग टिमबाट बाहिरिएका छन् । उनले अब आगामी च्याम्पियन्स लिगका खेल नखेल्ने भएका छन् । 

    उनले डाइनामो किभविरुद्धको खेल पनि नखेल्ने बताइएको छ । च्याम्पियन्स लिगमा खासै दबाब नरहेकोले मेस्सीलाई आराम गर्न दिइने प्रशिक्षक रोनाल्ड कोम्यानले बताए । 

    त्यस्तै मेस्सीसँगै अन्य दुई जना खेलाडी भिडफिल्डर फ्यांकी डी योङ र डिफेन्डर जेरार्ड पिकेलाई पनि टिमबाट बाहिर राखिएको छ ।  प्रशिक्षक रोनाल्ड कोम्यानका अनुसार डिफेन्डर जेरार्ड पिके घाइते भएकाले टिम बाहिर राखिएको हो । 

     


    मंसिर ९, २०७७ मंगलवार ०९:१३:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लियोनल मेसी
  • # च्याम्पियन्स लिग

  • क्यानाडानेपाल डेस्क

    इङ्गलिश प्रिमियर लिग : साउथह्याम्टन बराबरीमा रोकियो

    इङ्गलिश प्रिमियर लिग : साउथह्याम्टन बराबरीमा रोकियो

    काठमाडौं - सोमबार राति इङ्गलिश प्रिमियर लिग अन्तर्गत भएको खेलमा साउथह्याम्टन बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा साउथह्याम्टन र वुल्भ्स बराबरी खेलेका हुन् । 

    दुवै टिम एक एक गोलको बराबरी खेलेका हुन् । खेलको ५८ औँ मिनेटमा साउथह्याम्टनका जेम्स् वाल्कटले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७५ औँ मिनेटमा वुल्भस्का नोरबर्टो मुररा नेटोले गोल गरी टिमलाई बराबरीमा पुर्याएका थिए । 

    त्यसपछि दुवै टिमबाट कुनै गोलहुन सकेन । बराबरीसँगै  साउथह्याप्टन ९ खेलबाट १७ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ भने वुल्भ्स् १४ अंक जोड्दै नवौँ स्थानमा रहेको छ । 
     


    मंसिर ९, २०७७ मंगलवार ०८:३५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    इङ्गलिश प्रिमियर लिग : बर्न्लेको जित

    इङ्गलिश प्रिमियर लिग : बर्न्लेको जित

    काठमाडौं । सोमबार राति इङ्गलिश प्रिमियर लिग अन्तर्गत भएको खेलमा बर्न्लेले सानदार जित निकालेको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बर्न्लेले क्रिष्टल प्यालेसलाई १-० गोलले पराजित गरेको हो । उक्त खेलमा बर्न्लेलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । 

    खेलमा क्रिष्टल प्यालेसले गोल गर्ने मौका पाएको थियो तर गर्न सकेन । जितसँगै बर्न्ले ९ खेलबाट ५ अंक जोडेको छ । अब बर्न्ले तालिकाको १७ औं स्थानमा उक्लिएको छ । 
     


    मंसिर ९, २०७७ मंगलवार ०८:०८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इङ्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त

    लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा इंग्लिस प्रिमियर क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई कोरोनाभाइरसको संक्रमणमुक्त भएका छन् । 

    गएको नोभेम्बर १३ मा कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा रहेका थिए । उनलाई कोरोना संक्रमण देखिए पनि कुनै लक्षण देखिएको थिएन । 

    उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनले केही खेल गुमाएका थिए । अब भने उनी एटलान्टाविरुद्धको खेल खेल्ने सम्भावना रहेको छ । 


    मंसिर ८, २०७७ सोमवार १८:५८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहम्मद सलाह

  • क्यानाडानेपाल डेस्क