• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

४ वर्षको वच्चाले निले लक्ष्मी भगवानको मूर्ति, कठिनले पेटबाट निकालियो

  • 1.1K
    SHARES
  • ४ वर्षको वच्चाले निले लक्ष्मी भगवानको मूर्ति, कठिनले पेटबाट निकालियो

    काठमाडौं । बच्चाहरुको हामिले धेरै नै ख्याल गर्नुपर्छ । बच्चाहरु चनचले हुने हुनाले कुनै पनि बेला नसोचेको घटना हुन सक्छ । धेरै बच्चाहरुले अरुको सिको गर्दै नसक्ने काम पनि गर्न खोज्छन् । 

    जसले गर्दा नसोचेको दुर्घटना निम्तिन सक्छ । यस्तै भारतमा पनि यस्तै एक अनौठो घटना भएको छ । भारतको कर्नाटकको रायचुर शहरमा एक ४ वर्षका बच्चाले मूर्ति निलेका छन् ।  

    सधै सानो लक्ष्मीको मूर्तिसँग खेलिरहने ती बच्चाले अचानक मूर्ति मुखमा हाल्न पुगे । लक्ष्मीको सानो मूर्ति निलेपछि परिवार निकै आत्तिए । मूर्ति निलेको केही घण्टामा वच्चालाई अस्पताल लगेर भर्ना गरियो । 

    अस्पतालमा डाक्टरले इन्डोस्कोपी गरेर बच्चाको पेटबाट मूर्ति निकाले । मूर्ति सानो भएकोले आन्द्रासम्म नपुगेकोले बच्चा भाग्यले बाचेको डाक्टरले बताए । डाक्टरले बच्चाको शरिरमा मूर्तिको विष फैलिएको भए खतरा हुने पनि बताए । समयमा नै निकालिएकोले बच्चालाई केही भएन । 


    मंसिर २, २०७७ मंगलवार २१:१८:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भगवानको मूर्ति

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न थालियो (तस्बिरसहित)

    बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न थालियो (तस्बिरसहित)

    काठमाडौं - कुनै पनि जनावरले सोचे भन्दा फरक अनुहारको बच्चा जन्माएमा छक्क पर्नु सामान्य कुरा हो । तर भारतमा एउटा बाख्राले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको छ । 

    Capture.PNG

    सुन्दा अचम्म लाग्ला, तर उत्तर प्रदेशको कानपुरमा बाख्रनले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको हो । अनौठो बच्चा जन्माउने बाख्रा कानपुर जहांगीराबाद निवासी सीताराम कठेरियाको हो । 

    Capture.PNG

    बाँदरको अनुहारको पाठो जन्मिएपछि मानिसहरूले  हनुमानको अवतारको रूपमा पूजा गर्न थालेको भारतिय मिडिया आजतकले जनाएको छ। पाठो मरेको थियो, तर पनि मानिसहरुको हेर्ने भीड लागेकोे थियो । 

    धेरैले चमत्कार भयो भन्दै पैसा चढाउदै पूजा गर्न थाले । त्यो रात सीतारामको बाख्राले ५ पाठापाठी जन्माएको थियो । बाँदरको अनुहारको पाठो भने मरेको थियो । 

    sg.PNG
     


    मंसिर ९, २०७७ मंगलवार २१:४६:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाँदरको अनुहार भएको पाठो

  • क्यानाडानेपाल डेस्क

    १९ महिनाकी हुँदा अक्षर चिनेकी यी बालिकाले ४ वर्षको उमेरमै पढिन् हजार किताव 

    १९ महिनाकी हुँदा अक्षर चिनेकी यी बालिकाले ४ वर्षको उमेरमै पढिन् हजार किताव 

    काठमाडौं । विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । मानिसहरुले आश्चर्यचकित पार्ने कामहरु पनि गरेर विश्व रेकर्ड पनि राखेका छन् । 

    यस्तै एक बालिकामा पनि अनौठो प्रतिभा रहेको छ । बालबालिका एउटा किताब पढ्न लामो समय लगाउछन् । तर अमेरिकाकी एक बालिकाले सानै उमेरमा १ हजार भन्दा धेरै किताव पढिसकेकी छिन् । 

    डालिया मेरी आरानाले ४ वर्षको उमेरमा नै १ हजार भन्दा धेरै किताव पढेकी छिन् । डालियाले १८ महिनाकी हुँदा अक्षर चिनेकी थिइन् । उनले ३ वर्षको उमेरबाट नै किताब पढ्न सक्ने भइन् । उनल्े जस्तोसुकै अक्षर पनि पढ्छिन् । 

    उनले जन्मेदेखि नै आफूले पढेको ध्यान दिएर हेर्ने गरेको उनका आमा हालिमा र बुवा मुगुएलले बताएका छन् । उनले १९ महिनाकी हुँदासम्म उनले धेरै अक्षर चिनिसकेको उनकी आमा बताउछिन् । 

    पढाई क्षमता देखेर उनलाई विश्वकै सबैभन्दा ठूलो पुस्तकालय युएस लाइबेरी अफ कंग्रेसमा एक दिनका लागि लाइबेरियन पनि बनाइएको थियो । उनले पुस्तकालयमा एकदिन कार्यभार सम्हालेकि थिएइन् । 


     


    मंसिर ८, २०७७ सोमवार २१:४८:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्यालेन्ट बालिका

  • क्यानाडानेपाल डेस्क

    ४४ वर्षसम्म प्रेममा रहेर बुढेसकालमा विवाह गरे यी जोडीले

    ४४ वर्षसम्म प्रेममा रहेर बुढेसकालमा विवाह गरे यी जोडीले

    एजेन्सी - धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खाज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । तर माया गर्ने जोडीले उमेर र साइज पनि हेर्दैनन् । यस्तै ब्रिटेनमा एक पाको उमेरका जोडीले विवाह गरेका छन् । उनहरुको विवाह प्रेम विवाह हो । 

    ब्रिटेनका ८४ वर्षीय कालिन डन र ८२ वर्षीया सैली स्मिथ १९७२ मा पहिलो पटक भेट भएका थिए । एक सामाजिक क्लबमा काम गर्ने क्रममा सैलीको कालिनसँग प्रेम भएको थियो । उनीहरु ४४ वर्षसम्म प्रेममा रहे र बुढेसकालमा विवाह गरे ।  

    पहिले नै विवाह भइसकेको यो जोडीको प्रेम विवाहले नयाँ इतिहास रचेको छ । उनीहरुको विवाहमा धेरै साथी र नातेदारहरु पनि आएका थिए । क्लबमा जाँदा सैलीलाई कालिनले बाहिर घुम्न जान आग्रह गरिरहन्थे । 

    चार बच्चाका आमा रहेकी सैलीले बच्चा भएकाले सँगै बस्न अस्विकार गरेकी थिइन् । अहिले उनका बच्चा ठुला भैसकेका छन् । बच्चाहरु ठुला भएपछि उनीहरुले विवाह गर्ने निर्णय गरे । उनीहरुले अहिले हाफुहरुबीचको सम्बन्ध कसैले तोड्न नसक्ने बताउने गरेका छन् ।
     


    मंसिर ७, २०७७ आइतवार २२:०४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बुढेसकालमा विवाह

  • क्यानाडानेपाल डेस्क

    महँगो मूल्यको बिश्वकै सबैभन्दा तिब्र गतिमा चल्ने विद्युतीय कार 

    महँगो मूल्यको बिश्वकै सबैभन्दा तिब्र गतिमा चल्ने विद्युतीय कार 

    काठमाडौं - विश्वमा धेरै आबिष्कारहरु भइरहेका छन् । विश्वमा पत्याउनै मुश्किल गरी प्रविधिको विकाश भइरहेको छ । 

    तपाईले विद्युतीय गाडीहरु देख्नु र चलाउनु भएको पनि होला । तर विश्वमा यस्तो विद्युतीय कार पनि छ, जुन निकै तिव्र गतिमा चल्छ । विद्युतीय कार वातावरणमैत्री हुने हुनाले यसको निर्माण पनि भइरहेको छ । 

    विश्वका धेरै कम्पनीले विद्युतीय कार निर्माणन गरिरहेका छन् तर दूबई अटो कार सोमा एसपार्क कम्पनीले निकै तिव्र गतिको कार निर्माण गरेको छ ।

    बिजुली बाट चल्ने यो कार बिश्वकै तिब्र गतिमा चल्ने कार भएको बताइएको छ । यो कार ८० मिनेटमा नै चार्ज हुने गर्छ । 

    कम्पनीका अनुसार यो कार ० देखि ६० सम्मको रफ्तार केवल १।५९ सेकेन्डमै पार गर्ने बताइएको छ । यस कारको अधिकतम गति २५० रहेको छ । यो कार कार्बन फाइबर र स्टीलले बनेको हुन्छ । यसको मूल्य ३६ करोड राखिएको बताइएको छ । 

     


    मंसिर ६, २०७७ शनिवार १९:४८:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विद्युतीय कार

  • क्यानाडानेपाल डेस्क

    विश्वका यी महँगा फल, जसको मूल्य सुन्दा अचम्म परिन्छ !

    विश्वका यी महँगा फल, जसको मूल्य सुन्दा अचम्म परिन्छ !

    काठमाडौं । विश्वमा धेरै खालका फलहरु पाइन्छ । हामिले देखेका र खाएका भन्दा अन्य धेरै फलहरु पनि छन् । हामिले किनेर खाएजस्तो नभई कुनै फल फरक र निकै महँगा हुन्छन् । 

    हामिले बजारमा फलहरु किलोको ४ सय देखी ५ सय सम्म किन्ने गर्छौ । तपाईलाई पत्यार नलाग्ला, यस्तो फल पनि छ , जसको मूल्य लाखौ रुपैया पर्छ । रुबी रोमन ग्रेप्स महँगो फल हो । यसको मूल्य एक किलोकै ८० लाख रुपैयाँ पर्छ । 

    यस्तै अर्को महँगो फलमा स्याकाई इची एप्पल पनि पर्छ । यो जापानी स्याउ हो । यो ठूलो प्रजातिको स्याउ हो । एउटा नै १ किलो हुने यसको मूल्य २२ सय रुपैयाँ पर्ने बताइएको छ । 

    यस्तै डेकोपोन सिटर्स नामको सुन्तला पनि विश्वकै महँगो फल हो ।  विश्वकै सबैभन्दा मीठो र स्वादिष्ट हुने यो सुन्तला दर्जनको १६ सय रुपैयाँ पर्छ । 

     


    मंसिर ४, २०७७ बिहिवार २१:२३:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महँगा फल

  • क्यानाडानेपाल डेस्क

    बिरालोले गरेको म्याउँलाई पनि तपाईंको भाषामा अनुवाद गरिदिने यस्तो एप

  • 422
    SHARES
  • बिरालोले गरेको म्याउँलाई पनि तपाईंको भाषामा अनुवाद गरिदिने यस्तो एप

    काठमाण्डौ। एमेजन-एलेक्साका एक पूर्वइन्जिनियरले तपाईँको बिरालोले गरेको म्याउँलाई पनि अनुवाद गरिदिने एप निर्माण गरेका छन्। 'म्याउटक'ले बिरालोको आवाजलाई रेकर्ड गर्छ र त्यसको अर्थ थाहा पाउने प्रयत्न गर्छ।

    बिरालोपालकहरूले अनुवादलाई अङ्कित (लेभलिङ) गर्न सहयोग गर्न सक्छन्। आर्टफिशल इन्टेलिजन्स (एआई) सफ्टवेअरमा बिरालोको म्याउँका शब्दभण्डार बढाउन उनीहरूले सहयोग गर्न सक्छन्। हाल उक्त एपको शब्दकोषमा १३ वटा वाक्यांश छन्। त्यसमा "मलाई खुवाउनूस्", "म रिसाएको छु" र "मलाई एक्लै छाडिदिनूस्" जस्ता वाक्यांश छन्।

    बिरालोको भाषा

    अध्ययनहरूले मानवको जस्तो बिरालाहरूको एउटै साझा भाषा नभएको देखाएका छन्। बिरालाको म्याउँ आफ्नो मालिकअनुसार भिन्न हुन्छ। केही अरूको तुलनामा धेरै नै मुखर हुन्छन्। त्यसैले बिरालाका लागि एउटै डेटाबेसको साटो उक्त एपको अनुवाद हरेक बिरालो अनुसार फरक हुन्छ।

    आवाज रेकर्ड गर्ने र त्यसलाई अङ्कित गर्ने गरेपछि एआई र मशीन-लर्निङ सफ्टवेअरले हरेक बिरालोको आवाजलाई राम्ररी बुझ्न सक्छ र जति प्रयोग गर्‍यो त्यति नै आवाज पहिचान सही हुँदै जान्छ।

    कोरोनाभाइरस महामारीका कारण अहिले मानिसहरू घरमा बस्नुपर्ने अवस्थ आएकाले पनि यो निकै आवश्यक भएको सान्चेजले बताए। उनले भने, "यसले मानिसहरूलाई उनीहरूको बिरालोसँग सञ्चार गर्न समर्थ बनाउनेछ अथवा कम्तीमा उनीहरूको बिरालोको इच्छा बुझ्न र महत्त्वपूर्ण सम्बन्ध निर्माण गर्न सहयोग गर्नेछ।"

    यो एप गुगल प्ले स्टोर र एपलको एप स्टोर दुवैमा नि:शुल्क उपलब्ध छ। विकासको प्राम्भिक चरणमा रहेकाले उक्त एपबारे प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।

    प्रविधि

    एप विकासकर्ता अक्भेलोन समूहका प्राविधिक कार्यक्रम प्रबन्धक जेभियर सान्चेजले एउटा वेबिनारमा अन्तिम लक्ष्य एउटा स्मार्ट-कलर विकास गर्नु भएको बताए। एपमा प्रविधिले तपाईँको बिरालोको आवाजलाई तुरुन्त अनुवाद गर्छ र मानिसको आवाजमा बोल्छ। कतिपयले एपमा त्रुटि उत्पन्न भएको लेखेका छन्। कतिपयले चाहिँ एप मन परेको लेखेका छन्।

    गोपनीयताको प्रश्न

    प्रयोगकर्ताहरूले गोपनीयताको प्रश्न पनि उठाएका छन्। उनीहरूले रेकर्ड गरिएको डेटा कसरी प्रयोग हुन्छ र कहाँ राखिन्छ भन्ने चासो व्यक्त गरेका छन्। एपले आफ्नो गोपनीयता नीतिमा अहिले विकासको क्रममा रहेको र गोपनीयतासम्बन्धी युरोपेली सङ्घको सबै नियम मान्ने गरी विकास नहुन्जेल डेटा नियन्त्रण गरिन्छ भन्ने लागेमा एप हटाउन सुझाव दिएको छ।

    बिरालाको व्यवहारबारे अध्ययन गरेका विज्ञहरूले उक्त जीवका अधिकांश शब्द मानिससँग सञ्चार गर्न प्रयोग हुने र मालिकहरूले त्यसको जबाफ फर्काउने गरेको बताउँछन्। यो एप पनि मालिकले कसरी बिरालोको शब्दलाई अङ्कित गर्छन् भन्नेमा भर पर्ने भएकाले सञ्चारमा समस्या हुनसक्ने कतिपय यस्ता विज्ञको मत छ।

    "हामी सम्भवत: कहिल्यै पनि बिरालोको म्याउँलाई मानिसका शब्दहरूमा रूपान्तरण गर्न सक्दैनौँ," बिरालोको आनीबानी विज्ञ तथा 'लेट्स टक अबाउट क्याट्स'की लेखिका अनिता केल्से भन्छिन्। "यो एप रमाइलोका लागि जस्तो देखिन्छ र तपाईँलाई आफ्नो बिरालोसँग रमाइलो गर्दा कुनै हानि हुनेछैन।"

    समाचार : बीबीसी नेपाली सेवा 


    मंसिर ४, २०७७ बिहिवार १७:२९:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिरालो
  • # म्याउँ
  • # भाषामा अनुवाद

  • क्यानाडानेपाल