• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

नेशन्स लिग : लुकाकु चम्किँदा बेल्जियमको जित

  • 364
    SHARES
  • नेशन्स लिग : लुकाकु चम्किँदा बेल्जियमको जित

    काठमाडौं - गए राति युरोपियन नेशन्स लिग अन्तर्गत भएको खेलमा बेल्जियमले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बेल्जियमले डेनमार्कलाई ४–२ गोलले पराजित गरेको हो । 

    डेनमार्कलाई पराजित गरेसँगै बेल्जियम नेशन्स लिगको अर्को फाइनल्स चरणमा पुगेको छ । खेलको तेस्रो मिनेटमा बेल्जियमका यूरी टिएल्मन्सले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको १७ औँ मिनेटमा डेनमार्कका जोनास विण्डले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसपछि खेलको ५७ र ६९औँ मिनेटमा बेल्जियमका रामेलु लुकाकुले गोल गरे । 

    त्यसपछि ८६औँ मिनेटमा बेल्जियमका नासर चाड्लीले आफ्नै पोष्टमा गोल हाने । त्यसछि खेलको ८७औँ मिनेटमा  बेल्जियमका केविन डी ब्रुयनाले गोल गरी टिमलाई जित दिलाए । 


    मंसिर ४, २०७७ बिहिवार ०८:३६:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेशन्स लिग

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त

    लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा इंग्लिस प्रिमियर क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई कोरोनाभाइरसको संक्रमणमुक्त भएका छन् । 

    गएको नोभेम्बर १३ मा कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा रहेका थिए । उनलाई कोरोना संक्रमण देखिए पनि कुनै लक्षण देखिएको थिएन । 

    उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनले केही खेल गुमाएका थिए । अब भने उनी एटलान्टाविरुद्धको खेल खेल्ने सम्भावना रहेको छ । 


    मंसिर ८, २०७७ सोमवार १८:५८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहम्मद सलाह

  • क्यानाडानेपाल डेस्क

    ला लिगा : रियल सोसिडाडको जित

    ला लिगा : रियल सोसिडाडको जित

    काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल सोसिडाडले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा सोसिडाडले काडिजलाई १(० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा सोसिडाडका एलेक्जेन्डर इसाकले गर्ेको गोल नै निर्णयक बन्यो । उनले खेलको ६६औँ मिनेटमा गोल गरेका हुन् । 

    खेलमा दुवै टिमले मौका पाउदा पनि गोल गर्न सकेनन् । जितसँगै सोसिडाडले १० खेलमा २३ अंक जोड्दै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।
     


    मंसिर ८, २०७७ सोमवार ०९:०७:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ला लिगा

  • क्यानाडानेपाल डेस्क

    इंग्लिस प्रिमियर लिग : फुलहममाथि एभर्टनको जित

    इंग्लिस प्रिमियर लिग : फुलहममाथि एभर्टनको जित

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा एभर्टनले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा एभर्टनले फुलहमलाई ३-२ गोलले हराएको हो ।

    उक्त खेलमा एभर्टनका लागी डोमिनिक लेविनले दुई र आब्डुलाए डोउकोरे एक गोल गरे । त्यस्तै फुलहमको तर्फबाट बोब्बी रेइड र रुबेन लोफ्टस चिकले एक एक गोल गरे । 

    खेलमा जित हासिल गरेसँगै एभर्टनले ९ खेलमा १६ अंक जोडेको छ भने तालिकाको पाँचौ स्थानमा रहेको छ । 

     


    मंसिर ८, २०७७ सोमवार ०८:४४:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    मोहमद सलाह बिना खेलेको लिभरपुलको सानदार जित 

    मोहमद सलाह बिना खेलेको लिभरपुलको सानदार जित 

    काठमाडौँ । आइतबार राति इङलिश प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले लेस्टरलाई ३(० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा लिभरपुलका लागि डिओगो जोटा र रोबेर्ट फिर्मिनोले एक एक गोल गरे । त्यस्तै अर्को गोल लिभरपुलले उपहार पचएको थियो ।

    लेस्टरका जोनी इभान्सले आफ्नै पोष्टमा गोल गरे । मोहमद सलाह बिना खेलेको लिभरपुलले सहजै जित हासिल गर्यो । 

    कोरोना संक्रमण भएपछि मोहमद सलाह अहिले आइसोलेसनमा छन् । खेलमा लेस्टर सिटीलाई पराजित गरेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यससँग ९ खेलमा २० अंक रहेको छ । 
     


    मंसिर ८, २०७७ सोमवार ०८:००:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिभरपुल

  • क्यानाडानेपाल डेस्क

    सिरि ए : रोनाल्डोको गोलले युभेन्टसको सहज जित 

    सिरि ए : रोनाल्डोको गोलले युभेन्टसको सहज जित 

    काठमाडौं । गए राति  ‘सिरि ए’ अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले काग्लियारीलाई २-० गोलले पराजित गरेको हो । उक्त खेलको ३८ औं मिनेटमा र ४२ औं मिनेटमा रोनाल्डोले नै गोल गरेर युभेन्टसलाई जित दिलाए । 

    उनको २ गोल नै निर्णयक बन्यो । जितसँगै युभेन्टस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।  


    मंसिर ७, २०७७ आइतवार ११:०८:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिरि ए

  • क्यानाडानेपाल डेस्क

    इंग्लिस प्रिमियर लिग : सानदार जित निकाल्दै टोटेनहम शीर्ष स्थानमा

    इंग्लिस प्रिमियर लिग : सानदार जित निकाल्दै टोटेनहम शीर्ष स्थानमा

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनहमले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा टोटेनहमको लागि सन हेयुङ मिन र जिओभानी लो सेल्सोले गोल गरेका हुन् । खेलको पाँचौं मिनेटमा टोटेनहमका सनले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ६५ औं मिनेटमा टोटेनहमका सेल्सोले गोल गरे । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । जितसँगै टोटेनहमले ९ खेलबाट २० अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । 

     


    मंसिर ७, २०७७ आइतवार ०९:४६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क