• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

नेपालमा कोरोना सङ्क्रमण दर 'झन् चिन्ताजनक' तहमा पुगेको हो ?

क्यानाडानेपाल मंसिर ४ २०७७
  • 248
    SHARES
  • नेपालमा कोरोना सङ्क्रमण दर 'झन् चिन्ताजनक' तहमा पुगेको हो ?

    काठमाडौँ। नेपालमा बुधवार ६,७३१ व्यक्तिमा परीक्षण गर्दा १,४४२ जनामा कोरोनाभाइरस सङ्क्रमण देखियो जुन सङ्ख्या परीक्षण गरिएका मानिसको २१ प्रतिशत हुन आउँछ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा विगत १५ दिनमा औसतमा दैनिक परीक्षण गरिएका व्यक्तिमध्ये झन्डै २३ प्रतिशतमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने गरेको देखिन्छ। दशैँयता दैनिक गरिने परीक्षणको सङ्ख्या भने त्यसअघिको भन्दा कम हुने गरेको मन्त्रालयकै तथ्याङ्कले देखाउँछ।

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत कार्तिक महिनामा कोभिड-१९ सँग सम्बन्धित कारणले दैनिक सरदर १७ जनाको मृत्यु भएको थियो। सङ्क्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्‌हरूले पछिल्लो समय परीक्षण गरिएको सङ्ख्याको अनुपातमा पुष्टि हुने गरेको सङ्क्रमण दरलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन्। किन?

    सङ्क्रमण दरले के सङ्केत गर्छ ?

    स्वास्थ्य अधिकारीहरू नै नेपालमा पछिल्लो समय देखिएको सङ्क्रमण दर 'झन् चिन्ताजनक' तहमा पुगेको स्वीकार्छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, "हुन त पछिल्लो समय कम परीक्षण भइरहेको छ। तर परीक्षण कम भए पनि सङ्क्रमण दर २० प्रतिशतसम्म देखिनु चिन्ताको विषय हो।"

    त्यसबारे सचेत गराउँदै उनले अगाडि थपे, "सोही अनुरूप काठमाण्डूजस्तो बाक्लो जनघनत्व भएको ठाउँमा प्रभावकारी कदम चालिएन भने स्थिति झन् गम्भीर हुन सक्छ।" त्यो भनेको सङ्क्रमण दर अझ बढ्न सक्ने र विद्यमान स्वास्थ्य प्रणालीले सङ्क्रमितहरूलाई धान्न कठिन हुने विज्ञहरूको आकलन छ।

    सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएमा सम्बन्धित देशमा पर्याप्त मात्रामा परीक्षण हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको आशय रहेको पाइन्छ।

    दक्षिण कोरिया लगायत कतिपय देशका अनुभव हेर्दा सङ्क्रमण दर तीन प्रतिशतसम्ममा झार्दा महामारी नियन्त्रण हुँदै जाने देखिएको उनी बताउँछन्। "हुन त परीक्षण मात्रैले महामारी नियन्त्रण हुने होइन। परीक्षणले देखाएका विज्ञान अथवा आँकडलाई बुझेर नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेशन र क्वारन्टीन लगायत क्षेत्रमा काम गर्नुपर्ने हुन्छ," डा. सुवेदीले थपे।

    महामारी नियन्त्रणको पहिलो कडी परीक्षणमै कमजोरी हुँदा-हुँदै सरकारको प्राथमिकतामा अरू विषय पर्नु पनि यो अवस्थाका लागि धेरै हदसम्म जिम्मेवार रहेको उनको ठम्याइ छ। कोरोनाभाइरस सङ्क्रमणका लक्षण देखिँदा-देखिँदै त्यस्ता व्यक्तिहरू बाहिर हिँडडुल लगायतका गतिविधिमा संलग्न हुन गरेको पाइनुले पनि जोखिम झन् बढ्ने खतरा रहेको डा. पाण्डे औँल्याउँछन्।

    "अब नियन्त्रणका लागि ट्रान्समिसन चेन ब्रेक [सङ्क्रमण सर्ने बाटो रोक्नुपर्ने] गर्नुपर्ने हुन्छ, उनी भन्छन्।" तर कतिपय पीडितले आफ्नै पहलमा परीक्षण गराई होम आइसोलेशन बसिरहँदा समेत आफूहरूको अवस्थाबारे सम्बन्धित निकायले कुनै सोधखोज नगर्ने गरेको गुनासो गर्दै आएका छन्।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी त्यस्तो गुनासोप्रति धेरै हदसम्म सहमत देखिन्छन्। सङ्क्रमण दर चिन्ता गर्नुपर्ने तहमा पुगेको उनी पनि बताउँछन्। "अर्ली डिटेक्शन एन्ड ट्रीट्मेन्ट' अर्थात् सरुवा रोगका बिरामीलाई जतिसक्दो चाँडो पहिचान गर्न सकिन्छ त्यति चाँडै त्यसलाई नियन्त्रण गर्न सकिन्छ भनेर भनिन्छ। तर त्यो दिशामा काम देखिँदैन," उनले थपे। "तपाईँले संस्थागत रूपमा कुनै काम नै नगरीकन नियन्त्रण गर्छु भन्दैमा यो रोग नियन्त्रण हुनेवाला छैन।"

    पछिल्लो अवस्था के छ ?

    मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा बुधवार अपराह्णसम्म १,२५९ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको छ। मङ्सिर ३ गतेसम्म नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको कुल सङ्ख्या दुई लाख १३ हजारको हाराहारी पुगेको छ। यो मितिसम्म सङ्क्रमित भई निको हुने मानिसको सङ्ख्या चाहिँ १,८२,७८० रहेको छ जुन कुल सङ्क्रमितको झन्डै ८६ प्रतिशत हो। कुल सङ्क्रमित व्यक्तिमध्ये २८,८७८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।


    मंसिर ४, २०७७ बिहिवार १५:४५:१९ बजे : प्रकाशित

    अर्कोसमाचार

    भीरबाट लडेर १३ दिनको छोरा र आमाको ज्यान गयो

    भीरबाट लडेर १३ दिनको छोरा र आमाको ज्यान गयो

    काठमाडौं - डडेलधुरामा भीरबाट लडेर आमाछोराको ज्यान गएको छ । 

    ज्यान जानेमा नवदुर्गा गाउँपालिका २ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल र उनको ३ दिनको छोरा रहेको जनाइएको छ । उनीहरु सोही गाउँपालिकाको ढोडनाको भीरबाट लडेका हुन् । 

    प्रहरीका अनुसार श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा आमाछोरा भीरबाट लडेका हुन् । प्रहरीले श्रीमान शेरबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । 
     


    मंसिर ८, २०७७ सोमवार १९:२१:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर

  • क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ३ हजार ४३ जनाले जिते कोरोना 

    नेपालमा एकैदिन ३ हजार ४३ जनाले जिते कोरोना 

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । 
     
    यस्तै पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमित संख्या  दुई लाख २२ हजार २ सय ८८ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,३३७ पुगेको छ । 


    मंसिर ८, २०७७ सोमवार १८:००:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    फिस्टेल प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

  • 396
    SHARES
  • फिस्टेल प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

    फाइल तस्बिर

    कास्की । कास्कीको पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

    फिस्टेल प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा पाइलट पोखरा महानगरपालिका–२८ कन ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

    प्रहरीकाअनुसार फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा भएको सो दुर्घटनामा यात्रु २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् । 

    दुर्घटनालगत्तै मेट्रोसिटी अस्पताल लगिए पनि पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् भने यात्रु श्रेष्ठको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।


    मंसिर ८, २०७७ सोमवार १७:४०:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • क्यानाडानेपाल

    नेपाल–भारत सम्बन्ध सुध्रिँदै, विदेश सचिव हर्षवर्धन बिहीबार काठमाडौं आउने

  • 226
    SHARES
  • नेपाल–भारत सम्बन्ध सुध्रिँदै, विदेश सचिव हर्षवर्धन बिहीबार काठमाडौं आउने

    काठमाडौं । नेपाल–भारतबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ । गत वर्षको नोभेम्बरमा नेपालको अतिक्रमित भूमि समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि सम्बन्धमा चिसोपन बढेको थियो ।

    मेमा आइपुग्दा नेपाल–भारत सम्बन्ध दरारपूर्ण बनेको थियो । कूटनीतिक तथा राजनीतिक तहमा निकै ठूलो दरार देखिएका बेला गत कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाणेको नेपाल भ्रमणसँगै सम्बन्ध सुधारोन्मुख देखिएको छ । 

    गत कात्तिक पहिलो हप्ता सामन्त र तेस्रो हप्ता नरभाणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुधार्ने प्रयास देखिएको छ । यही बेला भारतीय विदेशबीच हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमण मिति सार्वजनिक भएको छ । 

    नेपाल सरकार परराष्ट्रमन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यही मंसिर ११ गते काठमाडौं आउने विदेशसचिव हर्षवर्धनले दुई दिवसीय नेपाल भ्रमण गर्नेछन् ।  भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिव हर्षवर्धनले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

    press notice pararastra.PNG

    त्यही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड १९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्।

    भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

    सोही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड–१९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्। 

    बिहीबार काठमाडौं आउने विदेशसचिव हर्षवर्धनले आफ्ना नेपाली समकक्षी परराष्ट्रसचिव भरत पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। त्यसबाहेक नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ।

    उनको नेपाल भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि अर्थपूर्ण रुपमा हेरिएको छ । जसको नेपाल भारत सम्बन्ध सुधारको प्रयासको रुपमा दुवै देशले लिएका छन् । सीमा विवादपछि विदेशसचिव हर्षवर्धन नेपाल आउने सबैभन्दा उच्च कूटनीतिक अधिकारी हुनेछन्।

    उनी स्वदेश फर्किएलगत्तै बेइजिङबाट चिनियाँ रक्षामन्त्री नेपाल आउने तयारी भइरहेको र त्यसका लागि सुरक्षा तयारी अघि बढाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका विवरण प्रकाशित भएको बीबीसीले जनाएको छ । 


    मंसिर ८, २०७७ सोमवार १५:३६:२९ बजे : प्रकाशित

    गण्डकीमा थपिए ४६ जना कोरोना संक्रमित, कहाँका कति ?

    गण्डकीमा थपिए ४६ जना कोरोना संक्रमित, कहाँका कति ?

    काठमाडौं । सोमबार गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरा, चितवन मेडिकल कलेज, चितवन र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा लि पोखरामा गरिएको परिक्षणमा गण्डकीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीका १२ जना, पर्वतका २ जना र तनहुँका एक जना गरी १५ जना रहेका छन् ।  

    `.jpg

    त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गोरखाका २ जना, तनहुँका एक जना, कास्कीका एक जना र नवलपरासी पूर्वका ११ जना गरी १५ जना रहेका छन् ।

    2.jpg

    त्यस्तै लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा लिमा गरिएको परिक्षणमा कास्कीका १५ जना र तनहुँका एक जना गरी १६ जना रहेका छन् । 

    3.jpg

    सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ । यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ७ पुगेको छ । 

     


    मंसिर ८, २०७७ सोमवार १४:११:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क