• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

आईफोन ब्याटरी विवादमा एप्पल कम्पनी करोडौँ डलर तिर्न सहमत 

क्यानाडानेपाल मंसिर ४ २०७७
  • 348
    SHARES
  • आईफोन ब्याटरी विवादमा एप्पल कम्पनी करोडौँ डलर तिर्न सहमत 

    काठमाडौँ।  पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एपल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न एपल कम्पनीले पुराना साधन सुस्त बनाइदिएको दाबी गरेका थिए।

    सन् २०१६ मा लाखौँ प्रयोगकर्ताहरूले आईफोन सिक्स, सेभन र एसईमा समस्या खेपेका थिए। त्यसलाई ‘ब्याटरीगेट’ को सङ्ज्ञा दिइएको थियो। एपलले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। यसअघि उसले पुरानो ब्याटरीको आयु बढाउन फोन ढिलो पारिएको तर्क गरेको थियो। यसअघि गत मार्च महिनामा उसले एउटा छुट्टै मुद्दामा प्रभावित प्रयोगकर्ताहरूलाई ५० करोड डलरसम्म तिर्न सहमति गरेको थियो।

    सन् २०१६ मा एपलले आईफोन सिक्स, सेभन र एसई मोडलका सफ्टवेअर अद्यावधिक गरेको थियो। त्यसो गर्दा पुराना फोनहरूमा चिपको गति सुस्त भएको थियो।

    अस्वाभाविक सुस्तता
    अनुसन्धानकर्ताहरूले सन् २०१७ मा अस्वाभाविक रूपमा आईफओननको गति घटेको पत्ता लगाएपछि एपलले सफ्टवेअर अद्यावधिक गर्दा त्यसो भएको स्वीकार गरेको थियो।

    विभिन्न अमेरिकी राज्यहरूले एपल कम्पनीले छलपूर्वक व्यवहार गरेको दाबी गर्दै उसले बरु ब्याटरी फेर्नुपर्थ्यो वा समस्याबारे स्पष्ट रूपमा जानकारी दिनुपर्थ्यो भन्ने तर्क गरेका थिए। एरिजोना राज्यमा सङ्कलित विवरणअनुसार दशौँ लाख आईफोन प्रयोगकर्ताहरू उक्त समस्याबाट प्रभावित भएका थिए। एपलले आर्थिक लाभका लागि फोन ढिलो पारिएको भन्ने आरोप खण्डन गर्ने गरेको छ।

    'बिक्रीको योजना'

    एरिजोनाको अदालतमा पेस गरिएको एउटा दस्तावेज बुधवार सार्वजनिक गरिएको छ। त्यसमा उक्त राज्यका महाधिवक्ताले लेखेका छन्: “धेरै उपभोक्ताले उपयोगी केवल एउटा उपाय एपलबाट नयाँ मोडलको आईफोन किन्नु हो भन्ने निधो गरे।” “एपललाई अवश्य पनि विक्री-वितरणमा त्यसको प्रभाव पर्छ भन्ने थाहा थियो।” सम्झौतामा एपलले आफूले कुनै अनुचित काम गरेको वा कानुन उल्लङ्घन गरेको स्वीकार गरेको छैन।

    सत्य सूचनाको वाचा

    उक्त विशाल प्रविधि कम्पनीले आईफोन पावर व्यवस्थापनबारे आगामी तीन वर्ष आफ्नो वेबसाइट, सफ्टवेअर अप्डेट टिपोट र आईफोन सेटिङ्समा “सत्य सूचना” दिने सहमति गरेको छ। विभिन्न आरोपहरूको शृङ्खलापछि एपलले अहिले यस्तो सम्झौता गरेको हो।

    एप स्टोरमा आफ्नो प्रभुत्व भएकाले आईफोन निर्माता उक्त कम्पनीले विकासकर्ताहरूबाट अनुचित रूपमा पैसा लिने गरेको आरोपका पनि लागेको छ। यसै विषयमा एपिक गेम्सले एपलविरुद्ध एउटा मुद्दा हालेको छ।

    समाचार : बीबीसी नेपाली सेवा 


    मंसिर ४, २०७७ बिहिवार १६:४८:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईफोन
  • # ब्याटरी

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    सेयर बजारमा दुई दिनमा झण्डै १२ अर्बको कारोबार

    सेयर बजारमा दुई दिनमा झण्डै १२ अर्बको कारोबार

    काठमाडौँ – धितोपत्र बजारमा हरेक दिन जसो नै नयाँ नयाँ रेकर्ड बनिरहेको छ । आइतबार र आजको कारोवार रकम कूल रु १२ अर्बको हराहरीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पछिल्ला दिनमा बन्द अवस्थामा रहेका होटल उपसमूहको शेयरमा लगातार वृद्धि भइरहेको छ । कम परिमाणका शेयर भएका कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका कारण नेप्सेमा उच्च अङ्कको वृद्धि भएको छ । यस्तै, कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २०१ कम्पनीको एक करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर रु ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ मा खरिद बिक्री भए । कारोवार रकममा आज भएको वृद्धि पछिल्ला दिनको हालसम्मकै उच्च हो । यस्तै, आज कूल १९९ कम्पनीको एक करोड २० लाख २१ हजार ३४७ कित्ता शेयर रु चार अर्ब ७६ करोड २७ लाख चार हजार ६११ मूल्यमा कारोवार भयो ।

    स्टकका अनुसार नेप्से आज २.३८ बिन्दुले घटेर एक हजार ७८०.४३ मा ओर्लेको छ । नेप्सेको सुधार आज रोकिएको भए पनि कारोवार रकम भने झण्डै साँढे चार अर्ब माथि रहेको छ । आज ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.१२ अङ्कले ओरालो लागेर ३४४.९५ मा झरेको छ ।

    कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने आरोलो लागेको छ । बैंकिङ ६.०५, व्यापार २९.१७, होटल ७६.६९ र उत्पादन १३३.९८ बिन्दुले बढेको छ । कारोवारको प्रवृत्ति हेर्दा आज पनि कोरोनाका कारण बन्द भएका होटल उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । विशेष गरी सोल्टी होटल, ¥याडिसन (ओरन्टल )होटलको शेयर मूल्यमा वृद्धि भएको छ । ती दुवै होटल चालू आवको पहिलो त्रैमासमा घाटामा रहेको विवरण सार्वजनिक भएपनि शेयर बजारमा भने सकारात्मक देखिएको छ ।

    ओरालो लागेका उपसमूहमा विकास बैंक १.८१, जलविद्युत् १.७५, वित्त १.७६, निर्जीबन बीमा १२५.९७, अन्य १६.०७, लघुवित्त २०.९१, जीवन बीमा १८२.४ र सामूहिक लगानी कोष ०.१७ बिन्दु रहेका छन् । यसैगरी कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३० करोड २२ लाख सात हजार ४६३ बराबरको कारोवार भयो । यस्तै, नेपाल पुर्नबीमा कम्पनी रु २९ करोड ३० लाख ३३ हजार ७४१, हिमालयन डिस्टिलरी रु २८ करोड ९७ लाख सात हजार २७९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड २१ लाख २१ हजार ५१६, प्राइम बैंक रु १७ करोड २१ लख दुई हजार ७०५, एनआइसि एशिया बैंक रु १४ करोड ७९ लाख ७५ हजार ८०८, प्रभु बैंक रु १३ करोड ६१ लख ६९ हजार ८५८ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको रु १३ करोड ४४ लाख ७८ हजार ५२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

    यस्तै कारोवारका आधारमा आज एचआइडिसिएल ९.९२, हिमालयन डिसिटलरी ९.४५, जानकी फाइनान्स ६.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ५.५६, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए । यस्तै, एनआइसि एशिया व्यालेन्स फण्ड ४.५४, सिटिजन म्युचुअल फण्ड ४.३१, गुडविल फाइनान्स ४.०७, नेशनल माइक्रोफाइनान्स ३.८५ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले ३.६७ गुमाए ।रासस


    मंसिर ८, २०७७ सोमवार १८:३०:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क

    यस्तो छ आजको सुनको भाउ

    यस्तो छ आजको सुनको भाउ

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । आइतबार तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो । 

    आइतबार प्रतितोला ९४ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
     


    मंसिर ८, २०७७ सोमवार ११:३१:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    सेञ्चुरी बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न सकिने सुविधा

    सेञ्चुरी बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न सकिने सुविधा

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले अनलाइनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित देशका विभिन्न स्थानमा शाखाहरु पनि विस्तार गरिरहेको यस बैंकले अहिले विभिन्न बैंकिङ्ग समस्याको समाधानको लागि डिजिटल बैंकिङ्गलाई सहज बनाएको छ । 

    बैंकले दुई अनलाइन एकाउन्ट सेवा सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरुले घरमै बसेर शून्य मौज्दातमा खाताहरु खोल्न सक्नेछन् । 

    शून्य मौज्दातमा खाताहरुमा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ । सेञ्चुरी सहज खातामा नयाँ खाता खोल्न र उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी ‘सेन्चरी पे’ मार्फत वालेटको कारोबार समेत गर्न सकिने बैंकल्े जनाएको छ । 

     अनलाइनबाटै बैंकको अकाउन्ट सेवाको लागि थप जानकारी लिन बैंकको आधिकारीक वेबसाइट तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क गर्न सकिन्छ । 


    मंसिर ८, २०७७ सोमवार १०:४९:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेञ्चुरी कमर्सियल बैंक

  • क्यानाडानेपाल डेस्क

    नेप्सिनेको नयाँ टेक्नोलोजि बजारमा, निर्माताले घरमै बसेर रोयल्टी पाउने  

    नेप्सिनेको नयाँ टेक्नोलोजि बजारमा, निर्माताले घरमै बसेर रोयल्टी पाउने  

    काठमाडौं - पहिले अडियो मात्र बेचेर लाखौ कमाएका सर्जक तथा निर्मातालाई अहिले लाखौ खर्चेर भिडियो बनाउँदा समेत १० प्रतिशत लगानी उठाउन गाह्रो छ । यस्तो अवस्थामा नेप्सिने कम्पनीले नयाँ टेक्नोलोजि बजारमा लिएर आएको छ ।

    विश्वका ४० देशमा एकै साथ प्रयोगमा ल्याउन लागिएको यो प्रविधिमा नेपाली गीत संगीतका सर्जक तथा निर्माताहरुले आफ्ना सिर्जनाहरु सिधै अमेजन, एप्पल म्यूजिक, स्पोटीफाइ, डिजर, पन्डोरा जस्ता विश्वका १५० भन्दा बढि ठूला म्यूजिक स्ट्रिमिङ र म्यूजिक स्टोरमा निःशुल्क विश्वव्यापि वितरण गर्न सक्ने भएका छन् ।

    नेप्सिने रेभुलुशन नाम दिइएको यस प्ल्याटफर्मको राइट्स म्यानेजमेन्ट फीचर प्रयोग गरेर फेसबुक, टिकटक, इन्स्ट्राग्राम र पब्जी जस्ता लाईभ गेम स्ट्रिमिङमा प्रयोग हुने आफ्ना सिर्जनाहरु बाट पनि सिधै रोयल्टि कलेक्सन गर्न सकिने छ ।

    यससँग नेपाली गीत तथा संगीत अन्तर्राष्ट्रिय प्लेटफर्ममा वितरण गर्दा भारतलगायत अरु विदेसी एजेन्ट्सहरुको प्रयोग गर्नुपर्ने बाध्यतालाई यो टेक्नोलोजीले अन्त्य गरेको छ ।

    बाध्यताको अन्त्यसँगै एजेन्ट्स कमिसनमार्फत बचत हुने २० देखि ३० प्रतिशत रोयल्टी पनि सिधै सर्जकले नै पाउने गरि प्ल्याटफर्मको सेटअप गरिएको जानकारी नेप्सिनेले दिएको छ । श्रष्टाको सम्मान र सांगीतिक सम्पतीको रक्षा गर्दै निरन्तर रोयल्टीको ब्यबस्ता गर्न यस्तो एडभान्स संयन्त्र बनाइएको नेप्सिनेका ग्लोबल सीई रायन रेजले जानकारी दिएका छन् । यो सेवा नेपाललगायत विश्वका करिब ४० वटा देशमा उपलब्ध गराइएको छ ।


    मंसिर ८, २०७७ सोमवार १०:२५:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्सिने

  • क्यानाडानेपाल डेस्क

    बढ्यो अमेरिकी डलर र युके पाउण्डसहित अन्य देशको विनिमयदर

    बढ्यो अमेरिकी डलर र युके पाउण्डसहित अन्य देशको विनिमयदर

    काठमाडौं । सोमबार अमेरिकी डलर र युके पाउण्डसहित अन्य देशको विनिमयदर बढेको छ ।

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २ पैसा तोकिएको छ । 

    त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ १४ पैसा तोकिएको छ।  

    एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

    त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

    एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७९ पैसा तोकिएको छ ।  

    f.jpg


    मंसिर ८, २०७७ सोमवार ०९:५४:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    ग्लोबल आईएमई बैंकको नयाँ शाखा मुस्ताङमा, शाखा संख्या २६४ पुग्यो

    ग्लोबल आईएमई बैंकको नयाँ शाखा मुस्ताङमा, शाखा संख्या २६४ पुग्यो

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यस बैकले मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

    यस स्थानमा बैंकको नयाँ शाखा आइतबारदेखि सञ्चालनमा आएको हो । बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । 

    घरपझोङमा नयाँ शाखा सञ्चालनमा आएसँगै अब बैंकको शाखा संख्या २६४ पुगेको छ । त्यस्तै बैंकको एटिएम २३८, ४५ एक्सटेन्सन काउण्टर र शाखारहित बैंकिङ सेवा २३१ पुगेको छ । 


    मंसिर ७, २०७७ आइतवार १८:२८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ग्लोबल आईएमई बैंक

  • क्यानाडानेपाल डेस्क