• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

फिल्म 'मे डे' मा ठुला स्टारसँग देखिँदै रकुल प्रीत सिंह

  • 478
    SHARES
  • फिल्म 'मे डे' मा ठुला स्टारसँग देखिँदै रकुल प्रीत सिंह

    काठमाडौं । केही समयअघि घोषणा गरिएको फिल्म 'मे डे' मा बलिउड अभिनेत्री रकुल प्रीत सिंहले इन्ट्री गरेकी छिन् । यस अघि यस फिल्ममा अमिताभ बच्चन र अजय देवगणमा मूख्य भूमिका रहने बताइएको थियो । 

    अब भने यस फिल्ममा रकुल पनि भित्रिएकी छिन् । फिल्ममा रकुलको इन्ट्रीपछि दर्शक निकै उत्साहित भएका छन् । फिल्ममा रकुल पाइलट बन्ने बताइएको छ । 

    त्यस्तै अमिताभ र अजय  पनि यस फिल्ममार्फत लामो समयपछि एउटै फिल्ममा देखिने भएका छन् । यसअघि उनीहरु ८ वर्ष अगाडि प्रकाश झाको फिल्म 'सत्याग्रह' एकसाथ देखिएका थिए ।

    अजयले दोस्रो पटक फिल्म निर्देशन गर्दैछन् । फिल्ममा अजयको निर्माण र निर्देशन रहनेछ । यसअघि अजयले फिल्म ‘शिवाय’ निर्देशन गरेका थिए ।फिल्मको छायांकन हैदराबादमा डिसेम्बरबाट सुरु हुने बताइएको छ । 


    मंसिर ४, २०७७ बिहिवार १९:३५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मे डे
  • # रकुल प्रीत सिंह

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    हेमासँग विवाह गर्न धर्म परिवर्तन गरेका थिए धर्मेन्द्रले 

    हेमासँग विवाह गर्न धर्म परिवर्तन गरेका थिए धर्मेन्द्रले 

    काठमाडौं - बलिउडका सदाबहार अभिनेता हुन् धर्मेन्द्र । उनी अभिनयसँगै राजनीतिमा सक्रिय रहेका छन् ।

    धर्मेन्द्रले सन् १९८० मा अभिनेत्री हेमा मालिनीसँग विवाह गरेका थिए । धर्मेन्द्र र हेमाले फिल्म 'तुम हसीं मै जवाँ'मा एकसाथ अभिनय गरेका थिए । हेमा धर्मेन्द्रकी दोस्री पत्नि हुन् । 

    उनले पहिले प्रकाश कौरसँग विवाह गरेका थिए । प्रकाश कौरसँगलाई डिभोर्स दिएपछि धर्मेन्द्रले हेमालाई विवाह गरेका थिए । फिल्म 'शोले'को सुटिङका क्रममा धर्मेन्द्र र हेमा प्रेमसम्बन्धमा परेका थिए । 

    तमिलनाडुमा जन्मिएकी हेमाको परिवार उनीहरुबीचको प्रेमका कारण खुशी थिएन । धर्मेन्द्रको पहिले नै विवाह भइसकेकोले हेमाले लुकेर भेट्न पर्दथ्यो । सुटिङमा हेमासँग रोमान्टिक सिन आएमा धर्मेन्द्रले क्यामराम्यानलाई एक पटकमै ओके नगर्न भन्थे । 

    धर्मेन्द्रले हेमासँग विवाह गर्न छोटो अवधिका लागि धर्म परिवर्तन गरेका थिए । धर्मेन्द्र हिन्दु धर्म मान्थे भने हेमा भने मुस्लिम धर्म । विवाह गर्न कै लागि धर्मेन्द्रले हिन्दु छोडेर मुसलमान धर्म स्विकारेका थिए ।  


    मंसिर ८, २०७७ सोमवार २०:१९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धर्मेन्द्र
  • # हेमा

  • क्यानाडानेपाल डेस्क

    पक्राउ परेकी भारतीय हास्यकलाकार भारती सिंहलाई जमानत 

    पक्राउ परेकी भारतीय हास्यकलाकार भारती सिंहलाई जमानत 

    काठमाडौँ। भारतीय टेलिभिजन स्क्रिनकी चर्चित हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई अदालतले जमानत दिएको छ। गत शनिबार अर्थात् नोभेम्बर २१ मा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बईस्थित भारतीको घरमा छापा मार्दा गाँजा बरामद गरेको थियो। 

    सोधपुछको क्रममा भारती सिंह र हर्ष दुबैले लागूपदार्थ सेवन गरेको कुरा स्वीकारेपछि दुवैलाई प्रहरीले हिरासतमा लिएको थियो।  हिरासतमा लिइसकेपछि आइतवार दुवैको मेडिकल टेस्ट गरिएको थियो र अदालतमा हाजिर गराइएको थियो। 

    शनिबार बिहान एनसीबीले एक्कासी भारती सिंहको घरमा छापा मारेको थियो। छापा मार्नेक्रममा एनसीबीले उनको घरबाट ८५ दशमलव ५ ग्राम गाँजा बरामद गरेको थियो। सोधपुछको क्रममा भारती सिंह गाँजा सेवन गरेको स्वीकार गरिन्। त्यसैगरी १५ घण्टा लामो सोधपुछ पछि उनका पति हर्षलाई पनि पक्राउ गरिएको थियो। 

    भारती द कपिल शर्मा शोमा हास्य कलाकारको रूपमा काम गर्छिन्। उनीहरूको घरमा छापा मारिएदेखि नै शोका होस्ट कपिल शर्माको सामाजिक संजालमा ट्रोल बनाउन थालिएको छ। 

    सुशान्त सिंह राजपूतको मृत्यु पश्चात एनसीबीले बलिउडमा लागूपदार्थको मुद्दामा कडा कारबाही गरिरहेको छ। एक पछि अर्का बलिउड स्टारहरू एनसीबीको फन्दामा परिरहेका छन्।  केहि समय अघि अर्जुन रामपाललाई पनि एनसीबी प्रश्न गरिएको थियो।


    मंसिर ८, २०७७ सोमवार १५:५३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारती सिंह
  • # जमानत

  • क्यानाडानेपाल डेस्क

    बलिउड अभिनेत्री लिना आचार्यको निधन

    बलिउड अभिनेत्री लिना आचार्यको निधन

    काठमाडौ । बलिउड तथा भारतिय टिभि सिरियलकी चर्चित अभिनेत्री लिना आचार्यको निधन भएको छ। 

    भारतिय मडियाका अनुसार अभिनेत्री लिनाको शनिवार दिल्लीको एक अस्पतालमा निधन भएको हो। लामो समयदेखि मिर्गौला रोगबाट पिडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । 

    उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनले  टिभी सिरियल ‘मेरी हानिकारक बीवी’ ‘सेठ जी’, ‘आपके आ जाने से’ लगायतमा अभिनय गरेकी छिन् । उनी फिल्म ‘हिच्की बाट बलिउडमा प्रबेश गरेकी थिइन् । 
     


    मंसिर ८, २०७७ सोमवार ११:४४:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिना आचार्य

  • क्यानाडानेपाल डेस्क

    बलिउड ड्रग्स प्रकरण : कमेडियन भारती र उनका पति हर्ष न्यायिक हिरासतमा रहने  

    बलिउड ड्रग्स प्रकरण : कमेडियन भारती र उनका पति हर्ष न्यायिक हिरासतमा रहने  

    काठमाडौँ । भारतकी चर्चित कमेडियन भारती सिंहको न्यायिक हिरासतमा रहने भएकी छिन्।

    घरमा गाँजा भेटिएपछि पक्राउ परेकी भारती र उनका पति हर्ष लिम्बाचियालाई १४ दिनको न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । 

    बलिउड ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धानको क्रममा उनीहरुको घरमा छापा मारेको थियो । भारतीको अन्धेरीस्थित घरबाट गाँजा भेटिएपछि उनीहरु पक्राउ परेका थिए ।  

    घरमा गाजा भेटिएपछि एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयानका लागि भनि पक्राउ गरि लगेको थियो । बयानमा आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको भारतिय मिडियामा बताइएको छ । 

    एनसीबीले अझै मुम्बइका विभिन्न स्थानमा छापा मारेको भारतिय मिडियामा बताइएको छ ।


    मंसिर ७, २०७७ आइतवार १८:४३:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारती

  • क्यानाडानेपाल डेस्क

    कमेडियन भारती सिंहको घरमा गाँजा भेटियो, पति पत्नी हिरासतमा 

    कमेडियन भारती सिंहको घरमा गाँजा भेटियो, पति पत्नी हिरासतमा 

    काठमाडौँ । भारतकी चर्चित कमेडियन भारती सिंहको घरमा गाँजा भेटिएको छ । बलिउड ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धानको क्रममा भारतीको घरबाट गाजा बरामद गरिएको हो । 

    एनसीबीले भारतीको अन्धेरीस्थित घरबाट के कति गाँजा बरामद गरेको भन्ने खुलाइएको छैन ।

    घरमा गाजा भेटिएपछि एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयानका लागि लगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    उनीहरु दुवैको बयान आज नै लिने बताइएको छ । एनसीबीले अझै मुम्बइका विभिन्न स्थानमा छापा मारेको भारतिय मिडियामा बताइएको छ ।

     


    मंसिर ६, २०७७ शनिवार १६:०९:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारती सिंह

  • क्यानाडानेपाल डेस्क

    ५० दिनको शूटिङको लागि अक्षयले लिए १०० करोड 

    ५० दिनको शूटिङको लागि अक्षयले लिए १०० करोड 

    काठमाडौं - अभिनेता अक्षय कुमारले बलिउडमा एकपछी अर्को हिट फिल्म दिइरहेका छन् । कोरोना महामारी अघि उनका हरेक फिल्मले १०० करोड भन्दा बढीको ब्यापार गरेर रेकर्ड पनि राखेको थिए। 

    उनको हरेक फिल्मले बलिउडमा धमाका मच्चाउन थालेपछि उनको भाउ पनि बढिरहेको छ । हालैको उनको कमेडी र हरर जनरामा आधारित रहेको फिल्म लक्ष्मी डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो । अहिले भने उनी फिल्म बच्चन पाण्डे मा व्यस्त हुन थालेका छन् । 

    बलिउडकै नम्बर वान अभिनेतामा गनिने अक्षयले हालै मुदस्सर अजीन्जको अपकमिङ कमेडी फिल्ममा साइन गरेको भारतिय मिडियामा बताइएको छ। 

    उनले यो फिल्मका लागि ५० दिनको शूटिङ गर्ने बताइएको छ । यसको लागि उनले १०० करोड रुपैयाँ  लिने बताइएको छ । १५० करोड रुपैयाँमा बन्ने यस फिल्ममा अक्षयको लागि मात्र धेरै खर्च हुने बताइएको छ । 


    मंसिर ६, २०७७ शनिवार १४:०६:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षय कुमार

  • क्यानाडानेपाल डेस्क