• Nov 25 2020 | २०७७, मंसिर १०गते

२०७७, मंसिर १०गते

यो साता चर्चामा:

१५ बर्ष कान्छा रोहमानसँग प्रेममा रहेकी सुष्मिताको यी फिल्म हस्तीसँग पनि जोडिएको थियो नाम

  • 696
    SHARES
  • १५ बर्ष कान्छा रोहमानसँग प्रेममा रहेकी सुष्मिताको यी फिल्म हस्तीसँग पनि जोडिएको थियो नाम

    काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री सुष्मिता सेनले आज आफ्नो ४५ औं जन्मदिन मनाएकी छिन् । १९७५ नोभेम्बर १९ मा हैदराबादमा जन्मिएकी सुष्मिताले बलिउडमा धेरै हिट फिलम खेलिसकेकी छिन् । 

    सन् १९९४ मा मिस युनिभर्सको उपाधि पनि जितेकी उनी सदाबहार अभिनेत्रीमा गनिन्छिन् ।

    भारतिय मिडियाका अनुसार उनी लामो समयदेखि  आफूभन्दा १५ वर्ष कान्छा मोडल रोहमन शालसँग प्रेम सम्बन्धमा छिन् । उनी धेरै फिल्म हस्तीसँगको प्रेमसम्बन्धका कारण पनि चर्चामा रहेकी थिइन् । 

    उनको अफेयरको चर्चा फिल्म निर्देशक विक्रम भट्टसँग पनि चल्यो । विक्रम विवाहित थिए तर सुष्मितासँगको प्रेमका कारण चर्चामा आएका थिए । केही समयपछि उनीहरुबीच दुरी बढ्यो । 

    त्यस्तै सुस्मिताको अफेयर कलाकार रणदीप हुड्डासँग पनि थियो । उनीहरु दुवैलाई धेरैपटक देखियो तर सम्बन्ध लामो समय टिक्न सकेन । त्यस्तै सुस्मिताको नाम रितिक भसिन, बन्टी सजदेह, संजय नारान, शबीर भाटिया लगायत धेरैसँग जोडिएको थियो ।


    मंसिर ४, २०७७ बिहिवार २०:३७:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जन्मदिन
  • # सुष्मिता सेन

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    ऋतिक र टाइगर को ‘वार’ को सिक्वेलमा यी दुई ठुला स्टार

    ऋतिक र टाइगर को ‘वार’ को सिक्वेलमा यी दुई ठुला स्टार

    काठमाडौं - बलिउड सुपरस्टार ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म 'वार' को सिक्वेल बन्ने भएको छ । फिल्म 'वार' को सिक्वेलमा बलिउडका ठुला ३ स्टारको अभिनय रहने भारतिय मिडियामा बताइएको छ ।

    ‘एभेन्जर्स’ सिरिज जस्तै आदित्य चोपडाले यसमा पनि यस्तै प्रयोग गर्ने बताइएको छ । फिल्ममा टाइगर श्राफ, सलमान खान र शाहरुख खानको अभिनय रहने बताइएको छ । 

    त्यस्तै फिल्ममा एजेन्टको भूमिकामा दीपिका पादुकोण र क्याटरीना कैफ पनि देखिने चर्चा छ । यसबारे आधिकारिक जानकारी चने आएको छैन । यस फिल्मको चर्चासँगै दर्शक उत्साहित भएका छन् ।  


    मंसिर ९, २०७७ मंगलवार २०:०७:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वार

  • क्यानाडानेपाल डेस्क

    टिभि सिरियल ‘ससुराल सिमरका’का आशिष रायको निधन

    टिभि सिरियल ‘ससुराल सिमरका’का आशिष रायको निधन

    काठमाडौं - भारतकै चर्चित टिभि सिरियल ‘ससुराल सिमरका’का कलाकार आशिष रायको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पिडित रायको मंगलबार मुम्बईमा निधन भएको भारतिय मिडियामा बताइएको छ ।  

    ५४ वर्षिय रायमा मृगौलाको समस्या देखिएपछि उपचारको लागि पैसा नभएपछि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग मागिएको थियो । उनको आज बेलुका दाहसंस्कार गरिने बताइएको छ । 

    राय टिभि सिरियल ‘ससुराल सिमरका बाट चर्चामा आएका थिए । उनी हलिउड फिल्म जोकरमा पनि रहेका छन् ।  ससुराल सिमर का, ब्योमकेश बक्शी, जीनी र जीजू समेत लगायतका टिभि सिरियलमा काम गरेका थिए । 

     


    मंसिर ९, २०७७ मंगलवार १३:१६:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आशिष रायको निधन

  • क्यानाडानेपाल डेस्क

    हेमासँग विवाह गर्न धर्म परिवर्तन गरेका थिए धर्मेन्द्रले 

    हेमासँग विवाह गर्न धर्म परिवर्तन गरेका थिए धर्मेन्द्रले 

    काठमाडौं - बलिउडका सदाबहार अभिनेता हुन् धर्मेन्द्र । उनी अभिनयसँगै राजनीतिमा सक्रिय रहेका छन् ।

    धर्मेन्द्रले सन् १९८० मा अभिनेत्री हेमा मालिनीसँग विवाह गरेका थिए । धर्मेन्द्र र हेमाले फिल्म 'तुम हसीं मै जवाँ'मा एकसाथ अभिनय गरेका थिए । हेमा धर्मेन्द्रकी दोस्री पत्नि हुन् । 

    उनले पहिले प्रकाश कौरसँग विवाह गरेका थिए । प्रकाश कौरसँगलाई डिभोर्स दिएपछि धर्मेन्द्रले हेमालाई विवाह गरेका थिए । फिल्म 'शोले'को सुटिङका क्रममा धर्मेन्द्र र हेमा प्रेमसम्बन्धमा परेका थिए । 

    तमिलनाडुमा जन्मिएकी हेमाको परिवार उनीहरुबीचको प्रेमका कारण खुशी थिएन । धर्मेन्द्रको पहिले नै विवाह भइसकेकोले हेमाले लुकेर भेट्न पर्दथ्यो । सुटिङमा हेमासँग रोमान्टिक सिन आएमा धर्मेन्द्रले क्यामराम्यानलाई एक पटकमै ओके नगर्न भन्थे । 

    धर्मेन्द्रले हेमासँग विवाह गर्न छोटो अवधिका लागि धर्म परिवर्तन गरेका थिए । धर्मेन्द्र हिन्दु धर्म मान्थे भने हेमा भने मुस्लिम धर्म । विवाह गर्न कै लागि धर्मेन्द्रले हिन्दु छोडेर मुसलमान धर्म स्विकारेका थिए ।  


    मंसिर ८, २०७७ सोमवार २०:१९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धर्मेन्द्र
  • # हेमा

  • क्यानाडानेपाल डेस्क

    पक्राउ परेकी भारतीय हास्यकलाकार भारती सिंहलाई जमानत 

    पक्राउ परेकी भारतीय हास्यकलाकार भारती सिंहलाई जमानत 

    काठमाडौँ। भारतीय टेलिभिजन स्क्रिनकी चर्चित हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई अदालतले जमानत दिएको छ। गत शनिबार अर्थात् नोभेम्बर २१ मा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बईस्थित भारतीको घरमा छापा मार्दा गाँजा बरामद गरेको थियो। 

    सोधपुछको क्रममा भारती सिंह र हर्ष दुबैले लागूपदार्थ सेवन गरेको कुरा स्वीकारेपछि दुवैलाई प्रहरीले हिरासतमा लिएको थियो।  हिरासतमा लिइसकेपछि आइतवार दुवैको मेडिकल टेस्ट गरिएको थियो र अदालतमा हाजिर गराइएको थियो। 

    शनिबार बिहान एनसीबीले एक्कासी भारती सिंहको घरमा छापा मारेको थियो। छापा मार्नेक्रममा एनसीबीले उनको घरबाट ८५ दशमलव ५ ग्राम गाँजा बरामद गरेको थियो। सोधपुछको क्रममा भारती सिंह गाँजा सेवन गरेको स्वीकार गरिन्। त्यसैगरी १५ घण्टा लामो सोधपुछ पछि उनका पति हर्षलाई पनि पक्राउ गरिएको थियो। 

    भारती द कपिल शर्मा शोमा हास्य कलाकारको रूपमा काम गर्छिन्। उनीहरूको घरमा छापा मारिएदेखि नै शोका होस्ट कपिल शर्माको सामाजिक संजालमा ट्रोल बनाउन थालिएको छ। 

    सुशान्त सिंह राजपूतको मृत्यु पश्चात एनसीबीले बलिउडमा लागूपदार्थको मुद्दामा कडा कारबाही गरिरहेको छ। एक पछि अर्का बलिउड स्टारहरू एनसीबीको फन्दामा परिरहेका छन्।  केहि समय अघि अर्जुन रामपाललाई पनि एनसीबी प्रश्न गरिएको थियो।


    मंसिर ८, २०७७ सोमवार १५:५३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारती सिंह
  • # जमानत

  • क्यानाडानेपाल डेस्क

    बलिउड अभिनेत्री लिना आचार्यको निधन

    बलिउड अभिनेत्री लिना आचार्यको निधन

    काठमाडौ । बलिउड तथा भारतिय टिभि सिरियलकी चर्चित अभिनेत्री लिना आचार्यको निधन भएको छ। 

    भारतिय मडियाका अनुसार अभिनेत्री लिनाको शनिवार दिल्लीको एक अस्पतालमा निधन भएको हो। लामो समयदेखि मिर्गौला रोगबाट पिडित उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । 

    उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनले  टिभी सिरियल ‘मेरी हानिकारक बीवी’ ‘सेठ जी’, ‘आपके आ जाने से’ लगायतमा अभिनय गरेकी छिन् । उनी फिल्म ‘हिच्की बाट बलिउडमा प्रबेश गरेकी थिइन् । 
     


    मंसिर ८, २०७७ सोमवार ११:४४:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिना आचार्य

  • क्यानाडानेपाल डेस्क

    बलिउड ड्रग्स प्रकरण : कमेडियन भारती र उनका पति हर्ष न्यायिक हिरासतमा रहने  

    बलिउड ड्रग्स प्रकरण : कमेडियन भारती र उनका पति हर्ष न्यायिक हिरासतमा रहने  

    काठमाडौँ । भारतकी चर्चित कमेडियन भारती सिंहको न्यायिक हिरासतमा रहने भएकी छिन्।

    घरमा गाँजा भेटिएपछि पक्राउ परेकी भारती र उनका पति हर्ष लिम्बाचियालाई १४ दिनको न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । 

    बलिउड ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धानको क्रममा उनीहरुको घरमा छापा मारेको थियो । भारतीको अन्धेरीस्थित घरबाट गाँजा भेटिएपछि उनीहरु पक्राउ परेका थिए ।  

    घरमा गाजा भेटिएपछि एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयानका लागि भनि पक्राउ गरि लगेको थियो । बयानमा आफूहरुले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेको भारतिय मिडियामा बताइएको छ । 

    एनसीबीले अझै मुम्बइका विभिन्न स्थानमा छापा मारेको भारतिय मिडियामा बताइएको छ ।


    मंसिर ७, २०७७ आइतवार १८:४३:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारती

  • क्यानाडानेपाल डेस्क