• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस

  • 324
    SHARES
  • बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस

    काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसिर १० गते देखि बन्द प्रशिक्षणमा बोलाएको हो । 

    कोरोनाभाइरसको महामारीमा बन्द प्रशिक्षण नौ महिना ढिला भएको हो । क्यान कार्यालयका सचिव उदय प्रकाश शाहले आज सूचना जारी गर्दै बन्द प्रशिक्षण शुरु हुनुअघि ती सबै खेलाडी तथा प्रशिक्षकको पिसिआर परीक्षण गरिने जानकारी दिनुभयो । क्यानले आवश्यक सबै सावधानी अपनाएर प्रशिक्षण गर्ने जनाएको छ । 

    प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् । 

    प्रशिक्षकमा जगत टमाटा रहनुभएको छ । वसन्त रेग्मी झण्डै डेढ वर्षपछि प्रशिक्षणमा फर्किनुभएको छ । नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।रासस


    मंसिर ५, २०७७ शुक्रवार २२:०६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # क्यान

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त

    लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा इंग्लिस प्रिमियर क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई कोरोनाभाइरसको संक्रमणमुक्त भएका छन् । 

    गएको नोभेम्बर १३ मा कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा रहेका थिए । उनलाई कोरोना संक्रमण देखिए पनि कुनै लक्षण देखिएको थिएन । 

    उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनले केही खेल गुमाएका थिए । अब भने उनी एटलान्टाविरुद्धको खेल खेल्ने सम्भावना रहेको छ । 


    मंसिर ८, २०७७ सोमवार १८:५८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहम्मद सलाह

  • क्यानाडानेपाल डेस्क

    ला लिगा : रियल सोसिडाडको जित

    ला लिगा : रियल सोसिडाडको जित

    काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल सोसिडाडले सानदार जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा सोसिडाडले काडिजलाई १(० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा सोसिडाडका एलेक्जेन्डर इसाकले गर्ेको गोल नै निर्णयक बन्यो । उनले खेलको ६६औँ मिनेटमा गोल गरेका हुन् । 

    खेलमा दुवै टिमले मौका पाउदा पनि गोल गर्न सकेनन् । जितसँगै सोसिडाडले १० खेलमा २३ अंक जोड्दै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।
     


    मंसिर ८, २०७७ सोमवार ०९:०७:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ला लिगा

  • क्यानाडानेपाल डेस्क

    इंग्लिस प्रिमियर लिग : फुलहममाथि एभर्टनको जित

    इंग्लिस प्रिमियर लिग : फुलहममाथि एभर्टनको जित

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा एभर्टनले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा एभर्टनले फुलहमलाई ३-२ गोलले हराएको हो ।

    उक्त खेलमा एभर्टनका लागी डोमिनिक लेविनले दुई र आब्डुलाए डोउकोरे एक गोल गरे । त्यस्तै फुलहमको तर्फबाट बोब्बी रेइड र रुबेन लोफ्टस चिकले एक एक गोल गरे । 

    खेलमा जित हासिल गरेसँगै एभर्टनले ९ खेलमा १६ अंक जोडेको छ भने तालिकाको पाँचौ स्थानमा रहेको छ । 

     


    मंसिर ८, २०७७ सोमवार ०८:४४:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    मोहमद सलाह बिना खेलेको लिभरपुलको सानदार जित 

    मोहमद सलाह बिना खेलेको लिभरपुलको सानदार जित 

    काठमाडौँ । आइतबार राति इङलिश प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लिभरपुलले लेस्टरलाई ३(० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा लिभरपुलका लागि डिओगो जोटा र रोबेर्ट फिर्मिनोले एक एक गोल गरे । त्यस्तै अर्को गोल लिभरपुलले उपहार पचएको थियो ।

    लेस्टरका जोनी इभान्सले आफ्नै पोष्टमा गोल गरे । मोहमद सलाह बिना खेलेको लिभरपुलले सहजै जित हासिल गर्यो । 

    कोरोना संक्रमण भएपछि मोहमद सलाह अहिले आइसोलेसनमा छन् । खेलमा लेस्टर सिटीलाई पराजित गरेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यससँग ९ खेलमा २० अंक रहेको छ । 
     


    मंसिर ८, २०७७ सोमवार ०८:००:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिभरपुल

  • क्यानाडानेपाल डेस्क

    सिरि ए : रोनाल्डोको गोलले युभेन्टसको सहज जित 

    सिरि ए : रोनाल्डोको गोलले युभेन्टसको सहज जित 

    काठमाडौं । गए राति  ‘सिरि ए’ अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले काग्लियारीलाई २-० गोलले पराजित गरेको हो । उक्त खेलको ३८ औं मिनेटमा र ४२ औं मिनेटमा रोनाल्डोले नै गोल गरेर युभेन्टसलाई जित दिलाए । 

    उनको २ गोल नै निर्णयक बन्यो । जितसँगै युभेन्टस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।  


    मंसिर ७, २०७७ आइतवार ११:०८:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिरि ए

  • क्यानाडानेपाल डेस्क

    इंग्लिस प्रिमियर लिग : सानदार जित निकाल्दै टोटेनहम शीर्ष स्थानमा

    इंग्लिस प्रिमियर लिग : सानदार जित निकाल्दै टोटेनहम शीर्ष स्थानमा

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा टोटेनहमले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा टोटेनहमको लागि सन हेयुङ मिन र जिओभानी लो सेल्सोले गोल गरेका हुन् । खेलको पाँचौं मिनेटमा टोटेनहमका सनले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ६५ औं मिनेटमा टोटेनहमका सेल्सोले गोल गरे । त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । जितसँगै टोटेनहमले ९ खेलबाट २० अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । 

     


    मंसिर ७, २०७७ आइतवार ०९:४६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क