• May 10 2021 | २०७८, बैशाख २७गते

२०७८, बैशाख २७गते

कमेडियन भारती सिंहको घरमा गाँजा भेटियो, पति पत्नी हिरासतमा 

मंसिर ६ २०७७
  • 2.1K
    SHARES
  • कमेडियन भारती सिंहको घरमा गाँजा भेटियो, पति पत्नी हिरासतमा 

    काठमाडौँ । भारतकी चर्चित कमेडियन भारती सिंहको घरमा गाँजा भेटिएको छ । बलिउड ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धानको क्रममा भारतीको घरबाट गाजा बरामद गरिएको हो । 

    एनसीबीले भारतीको अन्धेरीस्थित घरबाट के कति गाँजा बरामद गरेको भन्ने खुलाइएको छैन ।

    घरमा गाजा भेटिएपछि एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयानका लागि लगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    उनीहरु दुवैको बयान आज नै लिने बताइएको छ । एनसीबीले अझै मुम्बइका विभिन्न स्थानमा छापा मारेको भारतिय मिडियामा बताइएको छ ।

     


    मंसिर ६, २०७७ शनिवार १६:०९:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारती सिंह
  • अर्कोसमाचार

    तापसीको फिल्म 'रश्मि रकेट'का सम्पादकको कोरोनाका कारण निधन

    बैशाख २३

  • 768
    SHARES
  • तापसीको फिल्म 'रश्मि रकेट'का सम्पादकको कोरोनाका कारण निधन

    काठमाडौं - बलिउडका चर्चित फिल्म सम्पादक अजय शर्माको निधन भएको छ । उनको बुधबार कोरोनाभाइरसको संक्रमणबाट निधन भएको हो । 

    उनी अभिनेत्री तापसी पन्नु अभिनित आउँदो फिल्म 'रश्मि रकेट' का सम्पादक हुन् । उनको निधनले बलिउड शोकमा डुबेको छ । उनको निधनमा बलिउडका बलाबारहरुले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । 

    श्रिया पिलगांवकरले ट्विट गर्दै एक अत्यन्तै राम्रो सम्पादक मात्र नभई एक ईमान्दार ब्यक्तिलाई गुमाउनु परेको बताउकी छिन् । यस्तै पिःल्म सम्पादक टि सुरेशले पनि निधनमा दुख व्यक्त गर्दै प्रतिभावान ब्यक्ति गुमाएको बताएका छन् । 
     


    बैशाख २३, २०७८ बिहिवार २२:००:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण  

    बैशाख २५

  • 352
    SHARES
  • अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण  

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

    आफुलाई कोरोना संक्रमण देखिएको बारे कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी छिन् । उनले आफुलाई कोरोनाभाइरसको सामान्य फ्लु रहेको र छिट्टै यसलाई परास्त गर्ने बताएकी छिन् । 

    उनले आफुलाई स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण गराउदा रिपोर्ट पोजेटिभ देखिएको बताएकी छिन् । हिमाचल प्रस्थान गर्नुअघि शुक्रबार कोरोना परिक्षण गराएको र शनिवार रिपोर्ट पोजेटिभ आएको उनले बताएकी छिन् । 

    भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढी रहेको छ । कोरोना महामारीको प्रभाव बलिउड क्षेत्रमा पनि परेको छ । बलिउडका कलाकारहरुमा एकपछि अर्को गरी संक्रमण देखिइरहेको छ । 

    kangan.PNG
     


    बैशाख २५, २०७८ शनिवार १२:३३:१७ बजे : प्रकाशित

    'कौन बनेगा करोडपति' मा फर्किए अमिताभ बच्चन

    बैशाख २५

  • 342
    SHARES
  • 'कौन बनेगा करोडपति' मा फर्किए अमिताभ बच्चन

    काठमाडौं - बलिउड महानायक अमिताभ बच्चनले फेरि टिभी शो 'कौन बनेगा करोडपति' सञ्चालन गर्ने भएका छन् । केही समयअभि यस शो छाड्ने संकेत गरेका उनले फेरि शो चलाउने भएका हुन् । 

    कौन बनेगा करोडपति को सिजन १२ सम्म काम गरेपछि उनले एक ब्लग लेख्दै शो छाड्ने संकेत गरेका थिए । उनले आफु थाकिसकेको र रिटायर्ड भइसकेको बताएका थिए । 

    d.jpg

    उनले भनेका थिए - 'म अब थाकिसकेको छु र रिटायर्ड भइसकेको छु । म माफी चाहन्छु, तपाईहरु सबैसँग , कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो ।'

    उनको यस कुरा ले फ्यानहरु दुखी भएका थिए । अहिले भने अमिताभले शो पुन शुरु गर्न लागेको भारतिय मिडियामा बताइएको छ । 


    बैशाख २५, २०७८ शनिवार १३:४०:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कौन बनेगा करोडपति
  • कोरोना प्रभावितको सहयोगमा जुटे विराट र अनुष्का

    बैशाख २५

  • 264
    SHARES
  • कोरोना प्रभावितको सहयोगमा जुटे विराट र अनुष्का

    काठमाडौं - अहिले भारतमा कोरोनाभाइरसको दोस्रो लहर चलिरहेको छ । दैनिक लाखौको संख्यामा कोरोना संक्रमण देखिन थालेको छ । अक्सिजन अभावकै कारण धेरै कोरोना संक्रमितले ज्यान ज्यान गुमाइरहेका छन् । 

    यस्तो अवस्थामा भारतिय कलाकारहरुले कोरोना प्रभावितहरुका लागि सहयोग गरिरहेका छन् । भारतका चर्चित क्रिकेटर विराट कोहली र उनकी पत्नि तथा अभिनेत्री अनुष्का शर्माले पनि कोरोना प्रभावितलाई सहयोग गर्ने भउका छन् । 

    birami.jpg

    शुक्रबारबाट सुरु भएको ‘इन दिस टुगेदर’ नामक अभियानमार्फत उनीहरूले आफुहरुले पनि सहयोग गरेका छन् । उनीहरु यस अभियानमार्फत ७ करोड रुपैयाँ जुटाउने कोशिश गरिरहेका छन् । 

    उनीहरुले यस अभियानमा २ करोड रुपैयाँ राखेका छन् । उनीहरुले आफुहरुले कोरोना प्रभावितलाई सहयोग गरेको भन्दे अरुलाई पनि सहयोगको हात बढाउन भनेका छन् । यसअघि सलमान खान, अक्षयकुमार लगायतका कलाकारले कोरोना प्रभावितलाई सहयोग गरिसकेका छन् । 

     


    बैशाख २५, २०७८ शनिवार १५:४७:०७ बजे : प्रकाशित

    'ह्यापी बर्थडे'का कारण सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाए अनुपम खेरले

    बैशाख २६

  • 234
    SHARES
  • 'ह्यापी बर्थडे'का कारण सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाए अनुपम खेरले

    काठमाडौं - बलिउड अभिनेता अनुपम खेर सर्वश्रेष्ठ अभिनेताको पुरस्कार हात पारेका छन् । 

    आफुले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाएको बारे अभिनेता खेरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफुले ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाएको बताएका छन् । 

    anupam kh.jpg

    उनले सट फिल्म ‘ह्यापी बर्थडे’का कारण सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाएका हुन् । उनल यस पुरस्कार पाउँदा आफुलाई धेरै खुशी लागेको बताएका छन् । 

    उनले आफ्नो निर्माण टिमलाई पनि बधाई दिएका छन् । प्रसाद कदमले निर्देशन गरेको सट फिल्म ‘ह्यापी बर्थ डे’मा अनुपम खेर, अहाना कुमरलगायतका कलाकारको अभिनय रहेको छ । 

     


     


    बैशाख २६, २०७८ आइतवार १३:२५:१४ बजे : प्रकाशित

    फिल्म 'राधे' को कमाईले अक्सिजनको सिलिन्डर र औषधी किन्ने सलमानको घोषणा

    बैशाख २६

  • 452
    SHARES
  • फिल्म 'राधे' को कमाईले अक्सिजनको सिलिन्डर र औषधी किन्ने सलमानको घोषणा

    काठमाडौं - अहिले भारतमा कोरोनाभाइरसको दोस्रो लहर चलिरहेको छ । दैनिक लाखौको संख्यामा कोरोना संक्रमण देखिन थालेको छ । अक्सिजन अभावकै कारण धेरै कोरोना संक्रमितले ज्यान ज्यान गुमाइरहेका छन् । 

    यस्तो अवस्थामा भारतिय कलाकारहरुले कोरोना प्रभावितहरुका लागि सहयोग गरिरहेका छन् । यसैबीच अभिनेता सलमान खानले ठुलो घोषणा गरेका छन् । 

    ss.PNG

    उनले आफ्नो आउँदो फिल्म 'राधे : योर मोस्‍ट वान्‍टेड भाई' को कमाईले अक्सिजन किन्ने बताएका छन् । प्रभु देवाले निर्देशन गरेको यस फिल्म १३ मेबाट प्रदर्शन हुँदैछ । कोरोना फैलिरहेको समयमा यस फिल्म थिएटर र ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ । 

    भारतिय मिडियाका अनुसार थिएटर र ओटीटी प्लेटफर्मबाट भएको कमाईले अक्सिजनको सिलिन्डर, औषधी र भेन्टिलेटर किन्नमा खर्च गरिने भएको हो । ‘गिव इन्डिया’ सँगको सहकार्यमा फिल्मले गर्ने आम्दानी स्वास्थ्य सामाग्रीमा खर्च गरिने भएको हो । 

    यस फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा , ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।
     
     


    बैशाख २६, २०७८ आइतवार २१:५६:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान