• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

नेपालमा एकैदिन १६ सय ७४ जनामा कोरोना संक्रमण, ७ जनाले ज्यान गुमाए

  • 440
    SHARES
  • नेपालमा एकैदिन १६ सय ७४ जनामा कोरोना संक्रमण, ७ जनाले ज्यान गुमाए

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ सय ७४ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार ८ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएकोमा शनिवार थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ६ सय ६१ जना पुरुष र १ हजार १३ जना महिला रहेका छन् ।

    अब सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना पुगेको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा थप २३ सय २३ जनाले कोरोनालाई जितेका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या  १ लाख ९३ हजार ३२५ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।

     


    मंसिर ६, २०७७ शनिवार १६:२५:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    भीरबाट लडेर १३ दिनको छोरा र आमाको ज्यान गयो

    भीरबाट लडेर १३ दिनको छोरा र आमाको ज्यान गयो

    काठमाडौं - डडेलधुरामा भीरबाट लडेर आमाछोराको ज्यान गएको छ । 

    ज्यान जानेमा नवदुर्गा गाउँपालिका २ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल र उनको ३ दिनको छोरा रहेको जनाइएको छ । उनीहरु सोही गाउँपालिकाको ढोडनाको भीरबाट लडेका हुन् । 

    प्रहरीका अनुसार श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा आमाछोरा भीरबाट लडेका हुन् । प्रहरीले श्रीमान शेरबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । 
     


    मंसिर ८, २०७७ सोमवार १९:२१:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर

  • क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ३ हजार ४३ जनाले जिते कोरोना 

    नेपालमा एकैदिन ३ हजार ४३ जनाले जिते कोरोना 

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । 
     
    यस्तै पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमित संख्या  दुई लाख २२ हजार २ सय ८८ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,३३७ पुगेको छ । 


    मंसिर ८, २०७७ सोमवार १८:००:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    फिस्टेल प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

  • 422
    SHARES
  • फिस्टेल प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

    फाइल तस्बिर

    कास्की । कास्कीको पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

    फिस्टेल प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा पाइलट पोखरा महानगरपालिका–२८ कन ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

    प्रहरीकाअनुसार फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा भएको सो दुर्घटनामा यात्रु २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् । 

    दुर्घटनालगत्तै मेट्रोसिटी अस्पताल लगिए पनि पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् भने यात्रु श्रेष्ठको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।


    मंसिर ८, २०७७ सोमवार १७:४०:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • क्यानाडानेपाल

    नेपाल–भारत सम्बन्ध सुध्रिँदै, विदेश सचिव हर्षवर्धन बिहीबार काठमाडौं आउने

  • 230
    SHARES
  • नेपाल–भारत सम्बन्ध सुध्रिँदै, विदेश सचिव हर्षवर्धन बिहीबार काठमाडौं आउने

    काठमाडौं । नेपाल–भारतबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ । गत वर्षको नोभेम्बरमा नेपालको अतिक्रमित भूमि समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि सम्बन्धमा चिसोपन बढेको थियो ।

    मेमा आइपुग्दा नेपाल–भारत सम्बन्ध दरारपूर्ण बनेको थियो । कूटनीतिक तथा राजनीतिक तहमा निकै ठूलो दरार देखिएका बेला गत कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाणेको नेपाल भ्रमणसँगै सम्बन्ध सुधारोन्मुख देखिएको छ । 

    गत कात्तिक पहिलो हप्ता सामन्त र तेस्रो हप्ता नरभाणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुधार्ने प्रयास देखिएको छ । यही बेला भारतीय विदेशबीच हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमण मिति सार्वजनिक भएको छ । 

    नेपाल सरकार परराष्ट्रमन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यही मंसिर ११ गते काठमाडौं आउने विदेशसचिव हर्षवर्धनले दुई दिवसीय नेपाल भ्रमण गर्नेछन् ।  भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिव हर्षवर्धनले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

    press notice pararastra.PNG

    त्यही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड १९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्।

    भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

    सोही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड–१९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्। 

    बिहीबार काठमाडौं आउने विदेशसचिव हर्षवर्धनले आफ्ना नेपाली समकक्षी परराष्ट्रसचिव भरत पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। त्यसबाहेक नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ।

    उनको नेपाल भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि अर्थपूर्ण रुपमा हेरिएको छ । जसको नेपाल भारत सम्बन्ध सुधारको प्रयासको रुपमा दुवै देशले लिएका छन् । सीमा विवादपछि विदेशसचिव हर्षवर्धन नेपाल आउने सबैभन्दा उच्च कूटनीतिक अधिकारी हुनेछन्।

    उनी स्वदेश फर्किएलगत्तै बेइजिङबाट चिनियाँ रक्षामन्त्री नेपाल आउने तयारी भइरहेको र त्यसका लागि सुरक्षा तयारी अघि बढाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका विवरण प्रकाशित भएको बीबीसीले जनाएको छ । 


    मंसिर ८, २०७७ सोमवार १५:३६:२९ बजे : प्रकाशित

    गण्डकीमा थपिए ४६ जना कोरोना संक्रमित, कहाँका कति ?

    गण्डकीमा थपिए ४६ जना कोरोना संक्रमित, कहाँका कति ?

    काठमाडौं । सोमबार गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरा, चितवन मेडिकल कलेज, चितवन र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा लि पोखरामा गरिएको परिक्षणमा गण्डकीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीका १२ जना, पर्वतका २ जना र तनहुँका एक जना गरी १५ जना रहेका छन् ।  

    `.jpg

    त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गोरखाका २ जना, तनहुँका एक जना, कास्कीका एक जना र नवलपरासी पूर्वका ११ जना गरी १५ जना रहेका छन् ।

    2.jpg

    त्यस्तै लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा लिमा गरिएको परिक्षणमा कास्कीका १५ जना र तनहुँका एक जना गरी १६ जना रहेका छन् । 

    3.jpg

    सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ । यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ७ पुगेको छ । 

     


    मंसिर ८, २०७७ सोमवार १४:११:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क