• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

नेता नेपालले गरे पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग

  • 344
    SHARES
  • नेता नेपालले गरे पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग

    काठमाडौं - चितवनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन्। 

    शनिबार नेकपा चितवन राप्ती नगर कमिटीको ‘बैठक तथा प्रशिक्षण’ कार्यक्रममा सुरेन्द्र पाण्डेविरूद्ध उनकै पार्टीका कार्यकर्ताले जुलुस गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी ओली पक्षले माधव नेपाल पक्षका नेता पाण्डेविरूद्ध नारा लगाएको बताइएको छ । 

    यस्तै नेकपाका वरिष्ठ नेता नेपालले पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् । आज नै नेता नेपालले सामाजिक सञ्जालमार्फत मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले नेता पाण्डेमाथि सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा गरेका छन् । 

    उनले भनेका छन् - गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । 

    सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्ने/ गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।


    मंसिर ६, २०७७ शनिवार १७:४०:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुरेन्द्र पाण्डे

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    भीरबाट लडेर १३ दिनको छोरा र आमाको ज्यान गयो

    भीरबाट लडेर १३ दिनको छोरा र आमाको ज्यान गयो

    काठमाडौं - डडेलधुरामा भीरबाट लडेर आमाछोराको ज्यान गएको छ । 

    ज्यान जानेमा नवदुर्गा गाउँपालिका २ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल र उनको ३ दिनको छोरा रहेको जनाइएको छ । उनीहरु सोही गाउँपालिकाको ढोडनाको भीरबाट लडेका हुन् । 

    प्रहरीका अनुसार श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा आमाछोरा भीरबाट लडेका हुन् । प्रहरीले श्रीमान शेरबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । 
     


    मंसिर ८, २०७७ सोमवार १९:२१:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर

  • क्यानाडानेपाल डेस्क

    नेपालमा एकैदिन ३ हजार ४३ जनाले जिते कोरोना 

    नेपालमा एकैदिन ३ हजार ४३ जनाले जिते कोरोना 

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २ लाख २ हजार ६७ पुगेको छ । 
     
    यस्तै पछिल्लो २४ घण्टामा १९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमित संख्या  दुई लाख २२ हजार २ सय ८८ पुगेको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,३३७ पुगेको छ । 


    मंसिर ८, २०७७ सोमवार १८:००:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    फिस्टेल प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

  • 424
    SHARES
  • फिस्टेल प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

    फाइल तस्बिर

    कास्की । कास्कीको पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

    फिस्टेल प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा पाइलट पोखरा महानगरपालिका–२८ कन ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

    प्रहरीकाअनुसार फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा भएको सो दुर्घटनामा यात्रु २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् । 

    दुर्घटनालगत्तै मेट्रोसिटी अस्पताल लगिए पनि पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् भने यात्रु श्रेष्ठको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।


    मंसिर ८, २०७७ सोमवार १७:४०:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • क्यानाडानेपाल

    नेपाल–भारत सम्बन्ध सुध्रिँदै, विदेश सचिव हर्षवर्धन बिहीबार काठमाडौं आउने

  • 230
    SHARES
  • नेपाल–भारत सम्बन्ध सुध्रिँदै, विदेश सचिव हर्षवर्धन बिहीबार काठमाडौं आउने

    काठमाडौं । नेपाल–भारतबीचको सम्बन्ध सुधारोन्मुख देखिएको छ । गत वर्षको नोभेम्बरमा नेपालको अतिक्रमित भूमि समेटेर भारतले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि सम्बन्धमा चिसोपन बढेको थियो ।

    मेमा आइपुग्दा नेपाल–भारत सम्बन्ध दरारपूर्ण बनेको थियो । कूटनीतिक तथा राजनीतिक तहमा निकै ठूलो दरार देखिएका बेला गत कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाणेको नेपाल भ्रमणसँगै सम्बन्ध सुधारोन्मुख देखिएको छ । 

    गत कात्तिक पहिलो हप्ता सामन्त र तेस्रो हप्ता नरभाणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुधार्ने प्रयास देखिएको छ । यही बेला भारतीय विदेशबीच हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमण मिति सार्वजनिक भएको छ । 

    नेपाल सरकार परराष्ट्रमन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यही मंसिर ११ गते काठमाडौं आउने विदेशसचिव हर्षवर्धनले दुई दिवसीय नेपाल भ्रमण गर्नेछन् ।  भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिव हर्षवर्धनले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

    press notice pararastra.PNG

    त्यही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड १९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्।

    भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

    सोही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड–१९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्। 

    बिहीबार काठमाडौं आउने विदेशसचिव हर्षवर्धनले आफ्ना नेपाली समकक्षी परराष्ट्रसचिव भरत पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। त्यसबाहेक नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ।

    उनको नेपाल भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधारका लागि अर्थपूर्ण रुपमा हेरिएको छ । जसको नेपाल भारत सम्बन्ध सुधारको प्रयासको रुपमा दुवै देशले लिएका छन् । सीमा विवादपछि विदेशसचिव हर्षवर्धन नेपाल आउने सबैभन्दा उच्च कूटनीतिक अधिकारी हुनेछन्।

    उनी स्वदेश फर्किएलगत्तै बेइजिङबाट चिनियाँ रक्षामन्त्री नेपाल आउने तयारी भइरहेको र त्यसका लागि सुरक्षा तयारी अघि बढाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका विवरण प्रकाशित भएको बीबीसीले जनाएको छ । 


    मंसिर ८, २०७७ सोमवार १५:३६:२९ बजे : प्रकाशित

    गण्डकीमा थपिए ४६ जना कोरोना संक्रमित, कहाँका कति ?

    गण्डकीमा थपिए ४६ जना कोरोना संक्रमित, कहाँका कति ?

    काठमाडौं । सोमबार गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

    क्षयरोग उपचार केन्द्र, पोखरा, चितवन मेडिकल कलेज, चितवन र लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा लि पोखरामा गरिएको परिक्षणमा गण्डकीमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीका १२ जना, पर्वतका २ जना र तनहुँका एक जना गरी १५ जना रहेका छन् ।  

    `.jpg

    त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गोरखाका २ जना, तनहुँका एक जना, कास्कीका एक जना र नवलपरासी पूर्वका ११ जना गरी १५ जना रहेका छन् ।

    2.jpg

    त्यस्तै लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा लिमा गरिएको परिक्षणमा कास्कीका १५ जना र तनहुँका एक जना गरी १६ जना रहेका छन् । 

    3.jpg

    सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ । यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ७ पुगेको छ । 

     


    मंसिर ८, २०७७ सोमवार १४:११:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क