• Nov 24 2020 | २०७७, मंसिर ९गते

२०७७, मंसिर ९गते

यो साता चर्चामा:

काबुलमा रकेट आक्रमण : ८ जनाको ज्यान गयो, दर्जनौ घाइते

  • 398
    SHARES
  • काबुलमा रकेट आक्रमण : ८ जनाको ज्यान गयो, दर्जनौ घाइते

    काबुल, एएफपी - अफगानिस्तानको राजधानीमा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ ।

    अफगानिस्तानको राजधानी काबुलमा आ’तङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

    प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

    अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए।  


    मंसिर ६, २०७७ शनिवार २०:१९:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काबुलमा रकेट आक्रमण

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कोरोन संक्रमितको संख्या बढ्दै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्द

    कोरोन संक्रमितको संख्या बढ्दै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्द

    हङ्कङ् – कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।

    सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुनेभएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

    शैक्षिक संस्थाहरु बन्द हुनेभएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो पटक थपिएकाहरुसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ ।

    इन्डोनेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितहरु ५६ हजार ६५९ जना रहेका छन् ।

    बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना सङ्क्रमित भएका छन । तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन् ।सिन्ह्वा


    मंसिर ८, २०७७ सोमवार २१:०५:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # पाकिस्तान

  • क्यानाडानेपाल डेस्क

    बेलायती प्रधानमन्त्री जोनसनद्वारा सामुहिक कोरोना परीक्षणको घोषणा

    बेलायती प्रधानमन्त्री जोनसनद्वारा सामुहिक कोरोना परीक्षणको घोषणा

    लन्डन - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरेका हुन् ।

    सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि उनले जानकारी दिए । अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोनाभाइरसको सङ्क्रमण न्युनिकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा रेका हुन् ।

    देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’मा पठाउने योजना बनाएको उनले बताए ।

    यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस०ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ । त्यसैगरी सरकारले घरमै रहेकाहरुलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरुले जानकारी दिएका छन् ।रासस


    मंसिर ८, २०७७ सोमवार १९:५५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बोरिस जोनसन

  • क्यानाडानेपाल डेस्क

    अस्ट्राजेनिका र अक्सफोर्डको कोरोनाको खोप ७० प्रतिशत मात्र सफल

    अस्ट्राजेनिका र अक्सफोर्डको कोरोनाको खोप ७० प्रतिशत मात्र सफल

    लन्डन, एएफपी -बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ ।

    शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताए ।

    अस्ट्राजेनिकाका खोपको तथ्याँक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ ।अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ ।

    अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ ।

    कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।यो खोपलाई कम्तीमा छ महिनासम्म दुई देखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ । 


    मंसिर ८, २०७७ सोमवार १४:४३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    डोनाल्ड ट्रम्पको आरोप– अमेरिकी अर्थव्यवस्था बर्बाद बनाउन उत्प्रेरित पेरिस सम्झौता  

    डोनाल्ड ट्रम्पको आरोप– अमेरिकी अर्थव्यवस्था बर्बाद बनाउन उत्प्रेरित पेरिस सम्झौता  

    काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एउटा डिजिटल सम्मेलनमा पेरिस जलवायु सम्झौताको विरोध गरेका छन्। उनले विश्वका नेताहरुलाई यो सम्झौता पृथ्वीलाई बचाउन नभएर अमेरिकी अर्थव्यवस्थालाई बर्बाद गर्न तयार गरिएको आरोप लगाएका छन् । 

    साउदी अरबद्वारा आयोजना गरिएको जी २० सम्मेलनमा ह्वाइट हाउसबाट पठाइएको एक भिडियो सन्देशमा ट्रम्पले भने, “मैले अमेरिकी कामदारहरूलाई सुरक्षा प्रदान गर्न, अमेरिकालाई यस अन्यायपूर्ण र पक्षपाती पेरिस जलवायु सम्झौताबाट हटाएको छु । किनभने, यो सम्झौता अमेरिकाको लागि धेरै हानिकारक छ।’

    पृथ्वीलाई बचाउने विषयमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएका देशहरूबीचको छलफलमा ट्रम्पले उक्त टिप्पणी गरेका हुन्। ‘पेरिस जलवायु सम्झौताको उद्देश्य पृथ्वीलाई बचाउन होइन, यसको मूल उद्देश्य भनेको अमेरिकी अर्थव्यवस्थालाई बर्बाद गर्न  तयार गरिएका हो,’ उनले भने। 

    यसैगरी अर्कोतर्फ नवनिर्वाचित राष्ट्रपति जो बाइडेन भने यस सम्झौताको पक्षधर छन् । उनले सो सम्झौताको समर्थन गर्दै आएका छन्।  अमेरिकालाई पुनः यस सम्झौतामा सहभागी गराउने बाइडेनले बताउँदै आएका छन् ।


    मंसिर ८, २०७७ सोमवार १४:१७:३३ बजे : प्रकाशित

    महात्मा गान्धीका पनातिको कोरोना संक्रमणबाट निधन

    महात्मा गान्धीका पनातिको कोरोना संक्रमणबाट निधन

    काठमाडौँ। महात्मा गान्धीका पनातिको कोरोना संक्रमणबाट निधन भएको छ। दक्षिण अफ्रिकीमूलका गान्धीका पनाति सतीश धुपेलियाको आइतवार कोरोनाभाइरस संक्रमणबाट निधन भएको हो। ६६ वर्षीय धुपेलियाको तीन दिन अघि मात्र जन्मदिन परेको परिवारका सदस्यले जानकारी दिए।

    धुपेलियाकी बहिनी उमा धुपेलिया मेस्थरीले उनको निधनको पुष्टि गरेकी हुन्। भाइलाई निमोनिया भएको र एक महिनादेखि अस्पतालमा उपचार गरिरहेको उनले बताइन् । उपचारको क्रममा उनलाई कोरोना संक्रमण भएको थियो। संक्रमणको जटिलता बढेपछि उनको मृत्यु भएको उमाले सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन्।

    सतीश मणिलाल गान्धीका उत्तराधिकारी हुन्, जसलाई महात्मा गान्धीले दक्षिण अफ्रिकामा छाडेर भारतको स्वतन्त्रताको लडाइँमा स्वदेश फर्केका थिए ।


    मंसिर ८, २०७७ सोमवार १३:४३:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # महात्मा गान्धी
  • # पनाति

  • क्यानाडानेपाल डेस्क

    चन्द्रमाबाट ढुङ्गा ल्याउने प्रयासमा चीन 

  • 200
    SHARES
  • चन्द्रमाबाट ढुङ्गा ल्याउने प्रयासमा चीन 

    बीबीसी। चीनले सन् १९७० को दशकयता चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ। मङ्गलवार प्रक्षेपण गरिने मानवरहित चाङ'ए-५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ। ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ।

    सन् १९७६ मा सोभियत सङ्घले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो। यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ।

    चाङ'ए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो। त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिनेछ। उक्त यानले चन्द्रमाको 'ओशन अफ स्टोर्म्स' भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ।

    सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो। सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ'ए-५ ले सघाउने अपेक्षा विज्ञहरूको छ।

    चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो। उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बताएको छ।


    मंसिर ८, २०७७ सोमवार १२:४५:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चन्द्रमा
  • # ढुङ्गा
  • # चीन

  • क्यानाडानेपाल