• Jan 17 2021 | २०७७, माघ ४गते

२०७७, माघ ४गते

अमेरिकी नागरिकले अब आउँदो महिनाबाट कोरोनाको खोप पाउने

क्यानाडानेपाल मंसिर ८ २०७७
  • 762
    SHARES
  • अमेरिकी नागरिकले अब आउँदो महिनाबाट कोरोनाको खोप पाउने

    कोभिड-१९ को खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन्। अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएका हुन्।

    डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए। देशव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन्।

    जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् र दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ।

    अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका छन्। दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ।

    तयारी के छ?
    परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो। खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी-सेलहरू आफैँ बनाउँछ।

    फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ। अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ।

    डा. स्लावीले सीएनएनसँग 'अनुमति पाएको दुई दिनमै' खोप दिन सकिने बताए। खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने योजना छ।

    डा. स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए। तर स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने छ।

    अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ।

    आउने केही हप्ताभित्र उसले पनि आफ्नो खोपको स्वीकृति खोज्ने ठानिएको छ। डा. स्लावीले खोपको प्रभावकारिताका आधारमा आउँदो मे महिनासम्ममा खोपमार्फत् ७० प्रतिशत जनसङ्ख्यामा रोग प्रतिरोधात्मक क्षमता प्राप्त गरिने बताए।

    अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले देशव्यापी कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको चेतावनी दिएको छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो। 


    मंसिर ८, २०७७ सोमवार ०७:३८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोनाको खोप

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    बैरागीलाई मुख्यसचिव बनाउन लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतको अफर

  • 1.4K
    SHARES
  • बैरागीलाई मुख्यसचिव बनाउन लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतको अफर

    काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल आगामी कात्तिक पहिलो हप्ता सकिँदैछ । कार्यकाल सकिने बेला मात्र होइन, विगत पाँच–सात महिनादेखि रेग्मी कहाँ के गर्दैछन् ? भन्ने अत्तोपत्तो छैन ।

    कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा रेग्मीलाई मुख्यसचिव बनाइएको थियो । कांग्रेससँग आस्था राख्ने भएकाले उनलाई मुख्यसचिव बनाइए पनि तीन तहको निर्वाचनमा तत्कालीन एमालेले सानदार जित हात पारेलगत्तै उनी देउवाभन्दा पनि केपी ओलीको निवास बालकोट धाउने गर्थे ।

    प्रधानमन्त्री बन्ने लाइनमा रहेकाले उनले ओलीको चाकडी गर्न लागिसकेका थिए । तत्कालीन देउवा सरकारका महत्वपूर्ण सूचना उनले बालकोट पुर्‍याउने गर्थे । त्यही भएर अहिलेसम्म उनलाई मुख्यसचिवबाट नहटाइएको हो ।

    आफू मुख्यसचिवबाट हटेलगत्तै उनले शक्तिशाली देशको राजदूतको माग गरिरहेका छन् । त्यसैले ओली सरकारले उनलाई बेलायतको राजदूत बनाएर पठाउने तयारी गरेको छ ।

    तर, त्यसका लागि उनले असोज दोस्रो नै मुख्यसचिव पदबाट राजीनामा दिनुपर्ने सरकारको सर्त छ ।रेग्मीले असोजमै राजीनामा दिए परराष्ट्र सचिव शंकरदास बैरागी मुख्यसचिव बन्न पाउनेछन् । 

    अहिलेका सचिवमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् । सोही कारण रेग्मीलाई मनाउन बेलायतको राजदूतका लागि अफर गरिएको समाचार स्रोतको दाबी छ । बेलायतका राजदूत दुबसु क्षेत्रीको कार्यकाल सकिन लागेको छ । उनी परराष्ट्र मन्त्रालयको कोटाबाट राजदूत बनेका हुन् ।

    उनी त्यहीँका कर्मचारी भएकोले सरकारले चाहेमा केही समयअगावै पनि फिर्ता बोलाउन सक्छ । मुख्यसचिवको दौडमा अहिले बैरागीसँगै मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी पनि छन् ।


    आश्विन २, २०७७ शुक्रवार १७:२२:२६ बजे : प्रकाशित

    थप आठ जनाको मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाघ्यो

    क्यानाडानेपाल

    श्रावण २८

  • 792
    SHARES
  • थप आठ जनाको मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या २४ हजार नाघ्यो

    काठमाडौँ। नेपालमा कोनाभाइरसका कारण थप आठ जनाको मृत्यु भएको र ४८४ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

    यो एकै दिनमा पुष्टि भएको मृत्यु भएको सर्वाधिक सङ्ख्या हो। यससँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ। सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २४,४३२ पुगेको मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७,६१३ जनामा सक्रिय सङ्क्रमण छ।
    उनले अहिलेसम्म १६,७२८ सङ्क्रमित निको भइसकेको बताए। विगत २४ घण्टामा ६४ जना कोभिड-१९ मुक्त प्रमाणित भएका थिए।

     

    समाचार : बीबीसी नेपाली सेवा 


    श्रावण २८, २०७७ बुधवार २२:३२:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोनाभाइरस
  • # CoronaVirus Nepal
  • # सङ्क्रमित

  • क्यानाडानेपाल डेस्क

    गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्ति 'तत्काल सच्याइनु'को अर्थ

    क्यानाडानेपाल

    श्रावण २६

  • 1.1K
    SHARES
  • गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्ति 'तत्काल सच्याइनु'को अर्थ

    बीबीसी।  भारतीय विदेशमन्त्रीले शनिवार एउटा भर्चुअल सम्मेलनका क्रममा "दुई महान् भारतीय" भन्दै गौतम बुद्ध र महात्मा गान्धीको नाम लिए। बुद्धलाई पनि भारतीय भनेकोमा विदेशमन्त्री एस जयशङ्करको अभिव्यक्तिको नेपालमा चर्को आलोचना भयो। नेपालको परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवादित रहेको बतायो। आइतवार भारतीय विदेश मन्त्रालयले आफ्ना विदेशमन्त्रीको टिप्पणी साझा बौद्ध विरासतसँग जोडिएर गरिएको र बुद्धको जन्मस्थल नेपालमा भएको कुरामा विवाद नरहेको जनायो।

    उसले भन्यो, "विदेशमन्त्रीले साझा बौद्ध विरासतबारे चर्चा गर्दै हुनुहुन्थ्यो।" "यसमा कुनै सन्देह छैन कि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो जुन नेपालमा छ।" करिब एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रामायणमा वर्णित अयोध्या नेपालमै रहेको दाबी गर्दै राम भारतका नभई नेपालकै राजकुमार भएको अभिव्यक्ति दिएपछि दुई देशमा त्यसको धेरैले चर्को आलोचना गरे।

    सत्तारूढ भाजपाका प्रवक्ता विजय शोनकार शास्त्रीले "भगवान्‌ राम आस्थाका विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई दिने छैनन्, चाहे ती नेपालका प्रधानमन्त्री होऊन् वा अन्य कोही" भनेर कडा प्रतिक्रिया दिए। राम र अयोध्याबारे नेपाली प्रधानमन्त्रीको अभिव्यक्तिले निम्त्याएको तनाव मत्थर हुँदै गइरहेका बेला गौतम बुद्धबारे भारतीय विदेशमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई द्विपक्षीय सम्बन्धका निम्ति धेरैले शुभ सङ्केत मानेनन्।

    सन् २०१४ मा नेपाल भ्रमणका क्रममा तत्कालीन संविधानसभालाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले पनि गौतम बुद्ध नेपालमा जन्मिएको उल्लेख गरेका थिए। आफ्नै प्रधानमन्त्रीले त्यो तथ्यलाई स्वीकारिसकेको पृष्ठभूमिमा विदेशमन्त्री जयशङ्करले गौतम बुद्धलाई भारतीय नागरिक भन्नुको कारण के हुनसक्छ त?

    त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागका प्रमुख खड्ग केसीले सोमवार बीबीसी न्यूज नेपालीसित भने, "प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई 'काउन्टर स्टन्ट' गर्न खोजेको भन्ने एउटा अर्थ सहजै लगाउन सकिन्छ।" परराष्ट्रविद्‌ श्रीधर खत्री पनि भारतीय विदेशमन्त्री जयशङ्करको अभिव्यक्ति "जबाफ स्वरूप" आएको हुनसक्ने ठम्याउँछन्।

    तर आफ्ना विदेशमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई भारतीय विदेश मन्त्रालयले तत्काल सच्याउनुलाई कतिपय परराष्ट्रविद्‌ले सकारात्मक रूपमा लिएका छन्। "भारतीय विदेश मन्त्रालयका प्रवक्ताले तत्काल सच्याएर प्रतिक्रिया दिनु भनेको त्यसबाट द्विपक्षीय सम्बन्धमा थप आघात नपुगोस् भन्ने धारणाबाट अभिप्रेरित भएको देखिन्छ," पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले भने।

    थापा भारतका लागि नेपालका पूर्वराजदूत र नेपाल-भारत सम्बन्धबारे सुझाव दिन गठित प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजीका सदस्य पनि हुन्। केसी भने गौतम बुद्धसम्बन्धी भारतीय विदेशमन्त्रीको अभिव्यक्ति तत्काल सच्याउनुको पछाडि अर्को कारण पनि देख्छन्। "विगतमा संयुक्त राष्ट्रसङ्घले जापानी वास्तुकलाविद्‌ केन्जो टाङ्गेमार्फत् बृहत्तर लुम्बिनी गुरुयोजना नै बनाउन लगाएको थियो।"

    "अन्तर्राष्ट्रिय एजेन्डा बनिसकेको विषयमा 'काउन्टर आर्ग्युमेन्ट' गरेर हामीलाई फाइदा हुन सक्दैन भनेर पनि भारतले आफ्ना विदेशमन्त्रीको अभिव्यक्तिलाई सच्याएको हुनुपर्छ," केसीले थपे। गत साता भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन एवम् शिलान्यास गरेका मोदीले नेपाल र सीताबारे चर्चा गर्नु सम्बन्ध सुधारका लागि सकारात्मक सङ्केत भएको परराष्ट्र मामिलाका कतिपय जानकार बताउँछन्। नेपालसँग रामको सम्बन्ध विशेष भएको उल्लेख गर्दै मोदीले भनेका थिए, "नेपालसँग त भगवान्‌ श्रीरामको सम्बन्ध माता जानकीसँग जोडिएको छ।"

    सांस्कृतिक रूपमा एकदमै निकट मानिने नेपाल र भारतको सम्बन्ध नागरिक स्तरको पनि भएकोले सामान्य द्विपक्षीयभन्दा पृथक मानिन्छ। परराष्ट्रविद्‌ खत्री परराष्ट्र मामिलामा धर्मजस्तो संवेदनशील विषयमा टीकाटिप्पणी गर्न नहुने सुझाउँछन्। "सानो देश होस् अथवा ठूलो, धर्मको विषयलाई लिएर खेलाँची गरेको परराष्ट्र नीतिमा राम्रो मानिँदैन किनभने त्यसले पछिसम्म द्विपक्षीय सम्बन्धमा असर पार्छ।"

    कतिपय परराष्ट्रविद्‌हरू नेपाली र भारतीय दुवै राजनीतिक तहबाट अप्रासङ्गिक विषय उठाइएको तर्क गर्छन्। त्यस्तै धारणा राख्ने परराष्ट्रविद्‌ निश्चलनाथ पाण्डेले बीबीसी न्यूज नेपालीसित भने, "अप्रासङ्गिक कुराहरू उठाइएको छ। दुवै सरकारहरू शाब्दिक युद्धमा होमिएको देखिन्छ।"

    समाचार : बीबीसी नेपाली सेवा 


    श्रावण २६, २०७७ सोमवार २१:५९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गौतम बुद्ध

  • क्यानाडानेपाल डेस्क