काठमाडौँ। भारतीय टेलिभिजन स्क्रिनकी चर्चित हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई अदालतले जमानत दिएको छ। गत शनिबार अर्थात् नोभेम्बर २१ मा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बईस्थित भारतीको घरमा छापा मार्दा गाँजा बरामद गरेको थियो।
सोधपुछको क्रममा भारती सिंह र हर्ष दुबैले लागूपदार्थ सेवन गरेको कुरा स्वीकारेपछि दुवैलाई प्रहरीले हिरासतमा लिएको थियो। हिरासतमा लिइसकेपछि आइतवार दुवैको मेडिकल टेस्ट गरिएको थियो र अदालतमा हाजिर गराइएको थियो।
शनिबार बिहान एनसीबीले एक्कासी भारती सिंहको घरमा छापा मारेको थियो। छापा मार्नेक्रममा एनसीबीले उनको घरबाट ८५ दशमलव ५ ग्राम गाँजा बरामद गरेको थियो। सोधपुछको क्रममा भारती सिंह गाँजा सेवन गरेको स्वीकार गरिन्। त्यसैगरी १५ घण्टा लामो सोधपुछ पछि उनका पति हर्षलाई पनि पक्राउ गरिएको थियो।
भारती द कपिल शर्मा शोमा हास्य कलाकारको रूपमा काम गर्छिन्। उनीहरूको घरमा छापा मारिएदेखि नै शोका होस्ट कपिल शर्माको सामाजिक संजालमा ट्रोल बनाउन थालिएको छ।
सुशान्त सिंह राजपूतको मृत्यु पश्चात एनसीबीले बलिउडमा लागूपदार्थको मुद्दामा कडा कारबाही गरिरहेको छ। एक पछि अर्का बलिउड स्टारहरू एनसीबीको फन्दामा परिरहेका छन्। केहि समय अघि अर्जुन रामपाललाई पनि एनसीबी प्रश्न गरिएको थियो।
मंसिर ८, २०७७ सोमवार
१५:५३:५२ बजे : प्रकाशित