• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त

क्यानाडानेपाल मंसिर ८ २०७७
  • 874
    SHARES
  • लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त

    काठमाडौं - विश्व चर्चित खेलाडी तथा इंग्लिस प्रिमियर क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई कोरोनाभाइरसको संक्रमणमुक्त भएका छन् । 

    गएको नोभेम्बर १३ मा कोरोना पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा रहेका थिए । उनलाई कोरोना संक्रमण देखिए पनि कुनै लक्षण देखिएको थिएन । 

    उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनले केही खेल गुमाएका थिए । अब भने उनी एटलान्टाविरुद्धको खेल खेल्ने सम्भावना रहेको छ । 


    मंसिर ८, २०७७ सोमवार १८:५८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोहम्मद सलाह

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    कोपा इटालिया : सानदार जित निकाल्दै युभेन्टस सेमिफाइनलमा प्रबेश

    क्यानाडानेपाल

    माघ १५

  • 122
    SHARES
  • कोपा इटालिया : सानदार जित निकाल्दै युभेन्टस सेमिफाइनलमा प्रबेश

    काठमाडौं - गए राति कोपा इटालिया अन्तर्गत भएका खेलमा युभेन्टसले सानदार जित निकालेको छ ।

    निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले एसपाललाई ४–० गोलले पराजित गरेको हो । उक्त खेलको १६औं मिनेटमा युभेन्टसका अल्भारो मोराटाले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको ३३औं मिनेटमा जियानलुका फ्राबोट्टाले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७८औं मिनेटमा युभेन्टसका डिजान कुलुसेभ्स्कीले गोल गरे । 

    त्यसपछि खेलको ९०औ मिनेटमा फेडरिको चियसाले गोल गरी युभेन्टसलाई जित दिलाए । जितसँगै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रबेश गरेको छ । अब युभेन्टसले सेमिफाइनलमा फेब्रअरी १० मा इन्टरमिलानसँग सामना गर्नेछ । 
     


    माघ १५, २०७७ बिहिवार ०८:२६:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोपा इटालिया
  • # युभेन्टस

  • क्यानाडानेपाल डेस्क

    कोपा डेल रे : सानदार जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा

    क्यानाडानेपाल

    माघ १५

  • 118
    SHARES
  • कोपा डेल रे : सानदार जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा

    काठमाडौँ । बुधबार राति स्पेनिस कोपा डेल रे अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ गोलले पराजित गरेको हो । 

    messi.jpg

    उक्त खेलको ६३ औँ मिनेटमा भालेकानोका गार्सिया टोरेसले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरी बार्सिलोनालाई बराबरीमा पुर्याए ।

    त्यसपछि खेलको ८० औँ मिनेटमा बार्सिलोनाका फ्रेन्की डी जोङ्गले गोल गरी टिमलाई जित दिलाए । जितसँगै बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । 


    माघ १५, २०७७ बिहिवार ०७:५६:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बार्सिलोना
  • # कोपा डेल रे

  • क्यानाडानेपाल डेस्क

    कोपा इटालिया : सानदार जित निकाल्दै इन्टर सेमिफाइनलमा प्रवेश

    क्यानाडानेपाल

    माघ १४

  • 264
    SHARES
  • कोपा इटालिया : सानदार जित निकाल्दै इन्टर सेमिफाइनलमा प्रवेश

    काठमाडौं - गए राति कोपा इटालिया अन्तर्गत भएको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले एसी मिलानलाई  २–१ गोलले पराजित गरेको हो । 

    उक्त खेलको ३१औं मिनेटमा एसी मिलानका ज्लाटन इब्राहिमोभिचले गोल गरी टिमलाई अग्रता दिलाए । तर त्यसपछि एसी मिलानको तर्फबाट कुनै गोल हुन सकेन । 

    खेलको ५७औं मिनेटमा ज्लाटनले दोहोरो पहेलो कार्ड खादै बाहिरिए । त्यसपछि खेलको ७१औं मिनेटमा रोमेलु लुकाकुले गोल गरी इन्टर मिलानलाई बराबरीमा पुर्याए । 

    त्यसपछि खेलको ९०औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गरी इन्टरलाई जित दिलाए । जितसँगै इन्टर कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।


     


    माघ १४, २०७७ बुधवार ०९:०७:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोपा इटालिया

  • क्यानाडानेपाल डेस्क

    इंग्लिस प्रिमियर लिग : फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा

    क्यानाडानेपाल

    माघ १४

  • 246
    SHARES
  • इंग्लिस प्रिमियर लिग : फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले वेस्ट ब्रमलाई ५–० गोलले पराजित गरेको हो । खेलको छैटौ मिनेटमा म्यानचेस्टर सिटीका इल्केए गुन्डोगानले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि खेलको २०औं मिनेटमा जोआओ क्यान्सिलोले गोल गरी म्यानचेस्टर सिटीलाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ३०औं मिनेटमा इल्केए गुन्डोगानले, पहिलो हाफको थप समयमा रियाद महारेजले र ५७औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे । जितसँगै सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ । 
     


    माघ १४, २०७७ बुधवार ०८:३६:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग

  • क्यानाडानेपाल डेस्क

    राष्ट्रिय महिला लिग : एपीएफसँग आर्मी पराजित

    क्यानाडानेपाल

    माघ १३

  • 262
    SHARES
  • राष्ट्रिय महिला लिग : एपीएफसँग आर्मी पराजित

    काठमाडौं - मंगलबार राष्ट्रिय महिला लिग अन्तर्गत भएको खेलमा एपीएफले सानदार जित निकालेको छ । 

    ललितपुरको सातदोबाटोमा भएको रोमान्चक खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–० गोलले पराजित गरेको हो । 

    उक्त खेलमा एपीएफलाई जित दिलाउन अन्जलीकुमारी योञ्जन र सरु लिम्बुले गोल गरे । खेलको २७औं मिनेटमा अन्जलीले गोल गरी एपीएफलाई अग्रता दिलाइन् । 

    त्यसपछि खेलको इन्जुरी समयमा सरु लिम्बूले गोल गरी एपीएफलाई जित दिलाए । जितसँगै एपीएफ तीन खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहेका छ । त्यस्तै पराजित भएको  आर्मी तीन खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । 


    माघ १३, २०७७ मंगलवार १८:०९:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय महिला लिग

  • क्यानाडानेपाल डेस्क

    स्पेनिस ला लिगा : एथलेटिको बिल्वाओको फराकिलो जित

    क्यानाडानेपाल

    माघ १३

  • 388
    SHARES
  • स्पेनिस ला लिगा : एथलेटिको बिल्वाओको फराकिलो जित

    काठमाडौं - गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एथलेटिको बिल्वाओले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा एथलेटिको बिल्वाओले गेटाफेलाई ५–१ गोलले पराजित गरेको हो । 

    उक्त खेलको पहिलो मिनेटमा नै गेटाफेका लागि मार्क कुकुरेल्लाले गोल गरी अग्रता दिलाए । त्यसपछि खेलको १२औं मिनेटमा बिल्वाओका राहुल गार्सियाले गोल गरी टिमलाई बराबरीमा पुर्याए । 

    त्यसपछि बिल्वाओका यारे अल्भारेजले खेलको ५०औं मिनेटमा,  राहुल गार्सियाले ६१औं मिनेटमा, एलेक्स बेरेनगुएरले ७५औं मिनेटमा र ओस्कर डि मार्कोसले  ८२औं मिनेटमा गोल गरे । जितसँगै  बिल्वाओ १९ खेलबाट २४ अंक जोड्दै नवौं स्थानमा  उक्लिएको छ । 
     


    माघ १३, २०७७ मंगलवार ०८:४७:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा
  • # एथलेटिको बिल्वाओ

  • क्यानाडानेपाल डेस्क