• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

हेमासँग विवाह गर्न धर्म परिवर्तन गरेका थिए धर्मेन्द्रले 

क्यानाडानेपाल मंसिर ८ २०७७
  • 1.3K
    SHARES
  • हेमासँग विवाह गर्न धर्म परिवर्तन गरेका थिए धर्मेन्द्रले 

    काठमाडौं - बलिउडका सदाबहार अभिनेता हुन् धर्मेन्द्र । उनी अभिनयसँगै राजनीतिमा सक्रिय रहेका छन् ।

    धर्मेन्द्रले सन् १९८० मा अभिनेत्री हेमा मालिनीसँग विवाह गरेका थिए । धर्मेन्द्र र हेमाले फिल्म 'तुम हसीं मै जवाँ'मा एकसाथ अभिनय गरेका थिए । हेमा धर्मेन्द्रकी दोस्री पत्नि हुन् । 

    उनले पहिले प्रकाश कौरसँग विवाह गरेका थिए । प्रकाश कौरसँगलाई डिभोर्स दिएपछि धर्मेन्द्रले हेमालाई विवाह गरेका थिए । फिल्म 'शोले'को सुटिङका क्रममा धर्मेन्द्र र हेमा प्रेमसम्बन्धमा परेका थिए । 

    तमिलनाडुमा जन्मिएकी हेमाको परिवार उनीहरुबीचको प्रेमका कारण खुशी थिएन । धर्मेन्द्रको पहिले नै विवाह भइसकेकोले हेमाले लुकेर भेट्न पर्दथ्यो । सुटिङमा हेमासँग रोमान्टिक सिन आएमा धर्मेन्द्रले क्यामराम्यानलाई एक पटकमै ओके नगर्न भन्थे । 

    धर्मेन्द्रले हेमासँग विवाह गर्न छोटो अवधिका लागि धर्म परिवर्तन गरेका थिए । धर्मेन्द्र हिन्दु धर्म मान्थे भने हेमा भने मुस्लिम धर्म । विवाह गर्न कै लागि धर्मेन्द्रले हिन्दु छोडेर मुसलमान धर्म स्विकारेका थिए ।  


    मंसिर ८, २०७७ सोमवार २०:१९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धर्मेन्द्र
  • # हेमा

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    सानै उमेरमा अभिनय शुरु गरेका बबी देओल भए ५२ वर्ष पुरा  

    क्यानाडानेपाल

    माघ १४

  • 424
    SHARES
  • सानै उमेरमा अभिनय शुरु गरेका बबी देओल भए ५२ वर्ष पुरा  

    काठमाडौं - बलिउडका चर्चित अभिनेता बबी देओलले आज आफ्नो जन्मदिन मनाउदैछन् । जनवरी २७ का दिन जन्मिएका उनी आज ५२ वर्ष पुरा भएका छन् ।

    सन् १९७७ मा फिल्म ‘धरम वीर’बाट बलिउडमा डेब्यु गरेका उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् । उनले फिल्म ‘धरम वीर’मा बाल कलाकारको भूमिका निभाएका थिए । 

    bobby deol.jpg

    त्यसपछि उनले अभिनेताको रुपमा  फिल्म  ‘बरसात’ बाट शुरु गरे । उक्त फिल्ममा उनले अभिनेत्री ट्विंकल खन्नासग् अभिनय गरेका थिए । जुन फिल्म दर्शकले निकै रुचाएका थिए । 

    उनले हालसम्म और प्यार हो गया, करीब, सोल्जर, दिललगी, अपने, यमला पगला दीवाना, बादल, अजनबी, हमराज, किस्मत, बर्दाश्त, अब तुम्हारे हवाले वत साथियो लगायतका धेरै फिल्ममा अभिनय गरे । उनका दाजु सनी देओल र बुवा धर्मेन्द्र पनि बलिउडकै सफल कलाकार हुन् । 

    पछिल्लो केहि बर्षअघि अर्थात सन् २०१८ मा बबी देओल सलमान खानसँग फिल्म रेस(३ मा देखिएका थिए । त्यस्तै उनको पछिल्लो फिल्म हाउसफुल ४ पनि दर्शकले रुचाए । २०२० मा प्रदर्शन भएको वेब सीरीज ‘आश्रम’ पनि दर्शकले रुचाए ।


    माघ १४, २०७७ बुधवार १४:२२:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बबी देओल

  • क्यानाडानेपाल डेस्क

    हलिउड फिल्ममा ज्याकलिन फर्नान्डिस 

    क्यानाडानेपाल

    माघ १४

  • 314
    SHARES
  • हलिउड फिल्ममा ज्याकलिन फर्नान्डिस 

     काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेजले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । भारतिय मिडियाका अनुसार ज्याकलिनले फिल्म ‘वुमेन्स स्टोरीज’ बाट हलिउडमा डेब्यू गर्ने भएकी हुन् ।

    kp oli.PNG

    ६ हिस्सामा बाँडिएको फिल्मको निर्देशन विश्वका अलग निर्देशकले निर्देशन गर्ने बताइएको छ । यस फिल्ममा ज्याकलिनको हिस्सा लीना यादवले निर्देशन गर्ने बताइएको छ । 

    लर्वोलिनो इन्टरटेन्मेन्टको को९प्रोडक्शन र नन प्रफिट प्रोडक्शन कम्पनी ‘वि डू इज टुगेदर’ ले बनाउने यस फिल्ममा मरिया सोल टोन्गान्जी, लुसिया पुएन्जो लगायतले काम गर्ने बताइएको छ । फिल्ममा महिला कलाकार मात्र हुनेछन् । 


    माघ १४, २०७७ बुधवार १२:३१:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्याकलिन फर्नान्डिस

  • क्यानाडानेपाल डेस्क

    विद्युत र बंगाली अभिनेत्री रुक्मिणीको 'सनक' को तीन नयाँ पोष्टर सार्वजनिक

    क्यानाडानेपाल

    माघ १३

  • 410
    SHARES
  • विद्युत र बंगाली अभिनेत्री रुक्मिणीको 'सनक' को तीन नयाँ पोष्टर सार्वजनिक

    काठमाडौं - बलिउड अभिनेता विद्युत जामवालको नयाँ फिल्म 'सनक' को तीन नयाँ पोष्टर सार्वजनिक भएको छ । 

    कनिष्क वर्माको निर्देशन रहेको यस फिल्मको नयाँ पोष्टर भारतिय फिल्म समिक्षक तरन आदर्शले सार्वजनिक गरेका छन् । 

    sanak3.jpg

    सार्वजनिक तीन पोष्टरमा फिल्मका मूख्य अभिनेता विद्युत जामवाल फरक फरक अवतारमा देखिएका छन् । इमोशनल एक्शन थ्रिलर यस फिल्ममा विद्युतसँगै बंगाली अभिनेत्री रुक्मिणी मैत्रको पनि अभिनय रहेको छ । 

    sanak2.jpg

    फिल्मलाई विपुल अमृतलाल शाह र जी स्टुडियोले निर्माण गर्दैछन् । फिल्मको रिलिज मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।  

    sanak.jpg
     


    माघ १३, २०७७ मंगलवार १३:१०:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विद्युत जामवाल
  • # सनक

  • क्यानाडानेपाल डेस्क

    सोनाक्षीले पूरा गरिन् आफ्नो सपना, बान्द्रामा किनिन् महँगो मूल्यको घर

    क्यानाडानेपाल

    माघ १३

  • 524
    SHARES
  • सोनाक्षीले पूरा गरिन् आफ्नो सपना, बान्द्रामा किनिन् महँगो मूल्यको घर

    काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री हुन् सोनाक्षी सिन्हा । फिल्म 'दबंग'बाट बलिउडमा कदम राख्ने सोनाक्षीले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । 

    फिल्म क्षेत्रबाटै कमाई गरिरहेकी सोनाक्षीले हालै आफ्नो सपना पूरा गरेकी छिन् । उनले महँगो मूल्यमा घर किनेकी छिन् । 

    उनले आफ्नै कमाईले मुम्बईको बान्द्रामा ४ तले अपार्टमेन्ट किनेकी हुन् । आफ्नो कमाईले घर किन्ने सपना आज उनले पुरा गरेकी छिन् । 

    sonak.jpg

    घर किनेपछि सोनाक्षीले सपना पुरा भएको भन्दै भनिन् - 'जब म बलिउडमा काम गर्न सुरु गरेँ, मेरो एक सपना थियो कि म आफ्नै कमाइले एउटा घर किन्न सकुँ। ३० वर्षको उमेर नपुग्दै घर किन्ने चाहना मेरो थियो। आज मैले आफ्नो सपना पूरा गरे। '

    उनले हालै अभिभावकलाई छोडेर अपार्टमेन्टमा नसर्ने पनि बताएकी छिन् । घर किनेपछि बलिउडका कलाकार र उनका फ्यानले उनलाई बधाई दिइरहेका छन् । 


    माघ १३, २०७७ मंगलवार १२:२१:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सोनाक्षी सिन्हा

  • क्यानाडानेपाल डेस्क

    अभिनेत्री जयश्री कोठामा मृत अवस्थामा फेला

    क्यानाडानेपाल

    माघ १२

  • 556
    SHARES
  • अभिनेत्री जयश्री कोठामा मृत अवस्थामा फेला

    काठमाडौं । कन्नड अभिनेत्री जयश्री रमैया मृत अवस्थामा फेला परेकी छिन् । 

    बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट समेत रहेकी जयश्री सोमबार दिउँसो बेंगलुरुमा वृद्धा आश्रमको कोठामा पासो लागेको अवस्थामा फेला परेको भारतिय मिडिया आजतकमा जनाइएको छ । 

    jaishree_6651243_835x547-m.jpg

    अहिले उनको शव पोस्टमार्टमको लागि नीलामंगला हस्पिटल लगिएको जनाइएको छ । अभिनेत्री जयश्री लामो समयदेखि डिप्रेसनको शिकार भएको र उनको बेंगुलरुमा उपचार भइरहेको थियो । 

    गएको साल जयश्रीले आफ्नो डिप्रेसनको बारेमा सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएकी थिइन् ।

      


    माघ १२, २०७७ सोमवार २१:००:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जयश्री रमैया

  • क्यानाडानेपाल डेस्क

    एसएस राजामौलीको 'आरआरआर' दशैँमा रिलिज हुने

    क्यानाडानेपाल

    माघ १२

  • 426
    SHARES
  • एसएस राजामौलीको 'आरआरआर' दशैँमा रिलिज हुने

    काठमाडौं - ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को रिलीज डेट सार्वजनिक भएको छ । 

    साउथ फिल्मका चर्चित अभिनेता एनटिआर जुनियर र  राम चरणको मूख्य भूमिका रहेको यस फिल्म आगामी दशैंमा रिलिज हुने भएको हो । 

    rrr.jpg

    भारतिय मिडियाका अनुसार फिल्म ‘आरआरआर’ २०२१ अक्टोबर १३ मा रिलिज हुनेछ । यस फिल्मको नयाँ पोष्टर पनि सार्वजनिक भएको छ । 

    पोष्टरमा एनटिआर र राम चरण घोडा र बाइकमा दौडिएको देखिएको छ । फिल्ममा राम चरण र जूनियर एनटीआरसँगै अजय देवगण, आलिया भाट र श्रीया सरानको पनि मूख्य भुमिका रहेको छ ।

    rrr.jpg

    महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ । 
     


    माघ १२, २०७७ सोमवार १८:२२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एसएस राजामौली
  • # आरआरआर

  • क्यानाडानेपाल डेस्क