• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

१९ महिनाकी हुँदा अक्षर चिनेकी यी बालिकाले ४ वर्षको उमेरमै पढिन् हजार किताव 

क्यानाडानेपाल मंसिर ८ २०७७
  • 1.0K
    SHARES
  • १९ महिनाकी हुँदा अक्षर चिनेकी यी बालिकाले ४ वर्षको उमेरमै पढिन् हजार किताव 

    काठमाडौं । विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । मानिसहरुले आश्चर्यचकित पार्ने कामहरु पनि गरेर विश्व रेकर्ड पनि राखेका छन् । 

    यस्तै एक बालिकामा पनि अनौठो प्रतिभा रहेको छ । बालबालिका एउटा किताब पढ्न लामो समय लगाउछन् । तर अमेरिकाकी एक बालिकाले सानै उमेरमा १ हजार भन्दा धेरै किताव पढिसकेकी छिन् । 

    डालिया मेरी आरानाले ४ वर्षको उमेरमा नै १ हजार भन्दा धेरै किताव पढेकी छिन् । डालियाले १८ महिनाकी हुँदा अक्षर चिनेकी थिइन् । उनले ३ वर्षको उमेरबाट नै किताब पढ्न सक्ने भइन् । उनल्े जस्तोसुकै अक्षर पनि पढ्छिन् । 

    उनले जन्मेदेखि नै आफूले पढेको ध्यान दिएर हेर्ने गरेको उनका आमा हालिमा र बुवा मुगुएलले बताएका छन् । उनले १९ महिनाकी हुँदासम्म उनले धेरै अक्षर चिनिसकेको उनकी आमा बताउछिन् । 

    पढाई क्षमता देखेर उनलाई विश्वकै सबैभन्दा ठूलो पुस्तकालय युएस लाइबेरी अफ कंग्रेसमा एक दिनका लागि लाइबेरियन पनि बनाइएको थियो । उनले पुस्तकालयमा एकदिन कार्यभार सम्हालेकि थिएइन् । 


     


    मंसिर ८, २०७७ सोमवार २१:४८:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ट्यालेन्ट बालिका

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    मान्छे जस्तै दुरुस्तै देखिने अनौठो केक, कति पर्छ मूल्य ? 

    क्यानाडानेपाल

    माघ १४

  • 284
    SHARES
  • मान्छे जस्तै दुरुस्तै देखिने अनौठो केक, कति पर्छ मूल्य ? 

    काठमाडौं - अहिले जन्मदिनमा केक काट्ने चलन निकै बढेको छ । धेरैजसो मानिसहरुले जन्मदिन वा कुनै शुभ काम गर्दा केक काट्ने गर्छन् । केक बारेमा तपाईहरुले धेरै कुराहरु जान्नु भएकै छ । 

    केक के के बाट बन्छ र कति मूल्यमा पाइन्छ भन्ने पनि तपाइहरुलाई थाहा नै छ । केही समयदेखि एक अनौठो केक सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक हिलाले मान्छे जस्तै देखिने एक अनौठो केक बनाएकी छिन् । 

    ब्रिटेनकी सेलिब्रेटी केक डिजाइनर डैबी विघेम्सले मान्छे जस्तै दुरुस्तै देखिने अनौठो केक बनाएकी हुन् । उनले १० दिन लगाएर मानिस जस्तै केक बताएकी हुन् । 

    समाचारमा कुन देशको भन्ने जानकारी नभएपनि यो केकको मूल्य एक झण्डै दुई करोड रुपैयाँ पर्ने बताइएको छ । 

    भनिएको छ कुर्ची, गमला, सोफा जस्तो केक बनाउदै आएकी डैबी विघेम्सले १०० केलोग्रामको उक्त केक बनाउनका लागि एक हजार मोती, एक हजार अण्डा पाँच हजार फूल र २५ किलो चकलेटको प्रयोग गरेकी हुन् । मान्छे जस्तो देखिने केकले रेकर्ड पनि राखेको बताइएको छ ।  


    माघ १४, २०७७ बुधवार २१:४२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केक

  • क्यानाडानेपाल डेस्क

    यस्ती मोडल, जसको कपाल, नङ र दाँत छैनन्

    क्यानाडानेपाल

    माघ १३

  • 256
    SHARES
  • यस्ती मोडल, जसको कपाल, नङ र दाँत छैनन्

    काठमाडौं - हामिहरुका विभिन्न इच्छा हुन्छन्, तर विभिन्न कारणले सबै इच्छाहरु पुरा हुन पाउदैनन् । 

    हामिहरुलाई चाहेमा जस्तोसुकै समस्या आइपरेपनि काम पूरा गर्न सक्छौं । यस्तै एक मोडलले आफ्नो असम्भव चाहाना पुरा गरेकी छिन् । आज हामि यस्तो मोडलको बारेमा कुरा गर्दैछौ, जसको दाँत र कपाल नै छैन । 

    मोडल भन्ने बित्तिकै हामिले सुन्दर शरिर र विभिन्न प्रतिभा भएको भन्ने मान्छौ । तर २७ वर्षकी मेलैनी गेडासले आफ्नो मोडल बन्ने इच्छालाई पुरा गरेकी छिन् । उनको टाउकोमा कपालका रौ र मुखमा दाँत छैनन् । 

    कनेक्टिकटमा बस्ने गेडास एक दुर्लभ रोगबाट पिडित छिन् । रोगकै कारण उनको कपाल, नङ, रौ र साना हट्टीहरुको विकास हुन पाएको छैन । उनले जन्मदेखि नै जेनेटिक डिसअर्डर झेलीरहेकी थिइन् ।  

    उनलाई  बाइलिटरल क्लेफ्ट प्लेट र एलोप्सिया पनि छ जसले गर्दा उनको कपालको प्राकृतिक वृद्धि पनि रोकिन्छ । यस्तो समस्या भएपनि उनले मोडलिगमा कोशिश गर्ने सोच बनाइन् । 

    उनलाई मोडलिगको लागि साथिले सहयोग गरिन् । साथीको हौसलाले मेलैनीले मोडलिग शुरु गरिन् ।  न्युर्योकको प्रेट इस्टिट्युटबाट अध्ययन गरेकी मेलैनीले आफ्नो रोगको बारेमा चिन्ता गर्न छाडिन् ।


    माघ १३, २०७७ मंगलवार १९:०३:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कपाल, नङ नभएकी मोडल

  • क्यानाडानेपाल डेस्क

    व्हेलले उल्टी गरेको बस्तुले माझी रातरात मालामाल

    क्यानाडानेपाल

    माघ १२

  • 386
    SHARES
  • व्हेलले उल्टी गरेको बस्तुले माझी रातरात मालामाल

    काठमाडौं - हामिले चाहिदैन भनेर फालेको कुनै पनि बस्तु आवश्यक पर्न सक्छ । कुनै पनि बेला सोच्दै नसोचेको बस्तुले पनि मानिसहरुको भाग्य बदल्न सक्छ । 

    यस्तै एक फोहर चीजले थाइल्याण्डका एक माझी रातरात मालामाल भएका छन् । तपाईलाई पत्यार नलाग्ला, २० वर्षका चालेरम्च्यान महापनले भेटेको अनौठो बस्तुले महापनको भाग्य बदलियो । घर फर्किन लाग्दा उनले समुन्द्रमा पत्थर जस्तो अनौठो बस्तु भेटे । 

    2-coror-768x465.jpg

    उक्त अनौठो बस्तु उनले घर लगे । वरिष्ठ मानिससँग सोध्दा थाहा भयोकी त्यो बस्तु एम्बरग्रीस रहेछ । व्हेलले एम्बरग्रीस उल्टी गरेको रहेछ । एम्बरग्रीस मोम जस्तो एक पद्धार्थ हो जसबाट परफ्युम बनाइन्छ । 

    यो व्हेलको शरीरको भित्र  रक्षाको लागि पैदा हुने गर्छ । यो पदार्थ निकै कम मात्रामा पाइन्छ । परफ्युम बनाउन प्रयोग गरिने यो बस्तु समुन्द्रमा तैरिने गर्छ । यो दुर्लभ पद्धार्थ निकै महँगो हुने गर्छ । 


    माघ १२, २०७७ सोमवार २१:५७:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # व्हेलले उल्टी गरेको बस्तु

  • क्यानाडानेपाल डेस्क

    ११ हजार भोल्टको करेन्टले पनि कुनै असर नगर्ने यी अनौठा युवक 

    क्यानाडानेपाल

    माघ ११

  • 414
    SHARES
  • ११ हजार भोल्टको करेन्टले पनि कुनै असर नगर्ने यी अनौठा युवक 

    काठमाडौं । हामिलाई करेन्ट लाग्छ भन्ने बित्तिकै डर लाग्छ र टाढा भागि हाल्छौ । हाहिले सुन्दै पनि आइरहेका छौ, करेन्ट लागेर मानिसहरुको ज्यान पनि गइरहेको छ । 

    करेन्टको सानो झट्काले मान्छेको जिउ लल्याक लुलुक पारिदिन्छ । तर भारतमा यस्ता अनौठा युवक छन् जसलाई करेन्ट लागेमा केही पनि हुँदैन । ती युवकलाई ११ हजार भोल्टको करेन्टले असर पनि गर्दैन । ती हुन् भारतको हरियाणास्थित सोनीपतमा बस्ने दीपक जांगडा । 

    हरियाणस्थित सोनीपतमा बस्ने दीपक जांगडा साच्चै नै अनौठा युवक छन् । २७ सय भोल्टको करेन्टले मानिसको ज्यान लिन्छ तर दीपकलाई ११ हजार भोल्टको करेन्ट लगाए पनि असर गर्दैन । उनको त्यो अनौठो क्षमता देखेर धेरै मानिसहरु चकित पर्ने गर्छन् । 

    उनले जिउमा करेन्ट नलाग्ने कुराको अनुभूति पहिलोपटक ३ वर्षअघि गरेका थिए । उनले घरमा हिटर बनाउने क्रममा नांगो हातले छोए । करेन्ट बगिरहेको तार छुँदा पनि उनलाई केही भएन । 

    उनी आफै चकित परे । उनले आफुमा भएको यो चमत्कार भगवानले दिएको बताउने गर्छन् । उनको शरिरमा के छ भनेर परिक्षण पनि गरियो । तर उनको शरिरमा कुनै समस्या देखिएन ।


    माघ ११, २०७७ आइतवार २१:५०:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ११ हजार भोल्टको करेन्ट
  • # अनौठा युवक

  • क्यानाडानेपाल डेस्क

    नेपालकी यी महिला, जसले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आएकी छिन्

    क्यानाडानेपाल

    माघ ६

  • 1.3K
    SHARES
  • नेपालकी यी महिला, जसले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आएकी छिन्

    काठमाडौं - विश्वमा धेरै मानिसहरुले अनौठा कार्यहरु गरेर विश्वलाई नै चकित पारिरहेका छन् । अनौठो कार्य गरेर धेरै मानिसले विश्व रेकर्ड पनि राखेका छन् । तर नेपालमै एक यस्ती महिला छिन् जसको कार्यले धेरै मानिसहरु चकित परेका छन् । 

    तपाईलाई थाहा छ, एक अंग्रेजी वेबसाइट अनुसार ११५ वर्षकी बाटुली लामिछानेले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आइरहेकी छिन् । उनले १७ वर्षको उमेरदेखि चुरोट पिउँदै आइरहेकी छिन् । 

    परिवारको कुरा गर्दा उनले ५ जनाको सन्तानलाई जन्म दिएकी छिन् । तर अहिले उनका एक छोरा मात्र जिवित छन् ।  

    उनले जिन्दगीमा धेरै उतार चढाव आएको बताउछिन् । उनले आफ्नो काम आफै गर्ने गर्छिन् । अहिले उनले मन्दिरलाई नै आफ्नो घर बनाएकी छिन् । 
     


    माघ ६, २०७७ मंगलवार २१:५९:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाटुली लामिछाने

  • क्यानाडानेपाल डेस्क

    अनौठा परम्परा भएको स्थान, जहाँ ४० किलोको फुटबल म्याच खेलिन्छ

    क्यानाडानेपाल

    माघ ५

  • 454
    SHARES
  • अनौठा परम्परा भएको स्थान, जहाँ ४० किलोको फुटबल म्याच खेलिन्छ

    काठमाडौं - विश्वमा धेरै अनौठा घटनाहरु भइरहेका हुन्छन् । अनौठा घटनाहरुको बारेमा हामिलाई थाहा पनि हुँदैन । तर एक्कासी सुन्दा वा देख्दा अनौठो लाग्ने गर्छ । यस्तै भारतमा एक अनौठो परम्परा छ । 

    भारतको राजस्थानस्थित बुन्दी जिल्लामा एक अनौठो परम्परा छ । सुन्दा अचम्म लाग्ला, तर यहाँ माघे संक्रान्तिको दिन ४० किलोको फुटबल खेल्ने गरिन्छ ।

    यो परम्परा ७०० वर्षदेखि चल्दै आइरहेको छ । ४० किलोको फुटबल म्याच राजपूत समाज र गाउँका मानिसबीच हुने गर्छ ।

    यो म्याच हेर्न धेरै टाढाबाट पन मानिसहरु आउने गर्छन् । यस म्याचमा युवा मात्र नभई वृद्ध पनि भाग लिन पाउछन् । 


     


    माघ ५, २०७७ सोमवार २१:२८:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ४० किलोको फुटबल म्याच

  • क्यानाडानेपाल डेस्क