काठमाडौं - बलिउडका चर्चित अभिनेता हुने सलमान खान । सन् १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका सलमानले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।
एक पछी अर्को फिल्ममा ब्यस्त सलमानका हरेक फिल्म दर्शकले रुचाइरहेका छन् । फिल्म क्षेत्रमै लामो समय गुजारी सकेका सलमान ५५ वर्ष पुग्दा पनि अहिलेसम्म विवाह गरेका छैनन् ।

फ्यानहरुले उनलाई सोधिरहेका हुन्छन् कहिले विहे गर्ने ? तर सलमानको जवाफ सामान्य नै हुन्छ । उनको नाम बलिउडका धेरै अभिनेत्रीहरुसँग जोडिदै आयो । तर केही समय नाम जोडिन्छ, हराउछ ।
कुनै अन्तवार्तामा सलमान गएमा विवाहकै बारे सोधिहाल्छन् । यस्तै फिल्मफेयर म्यागजिनका लागि दिएको अन्तवार्तामा सलमानले विवाह र प्रेमबारे कुरा खुलेका छन् ।

उनले भने - म यस्ती युवतीसँग विवाह गर्न चाहन्छु जसलाई म त्यो दिन सकूँ जुन उससँग उसको घरमा अथवा उसका बाबुआमासँग नभएको होस् ।
केही समयअघि सलमानको पछिल्लो फिल्म अन्तिमको टिजर सार्वजनिक भएको थियो । जसमा उनी आफ्ना ज्वाईसँग भीडन्त गरेको देखिएका थिए । उक्त टिजर दर्शकले निकै रुचाएका थिए ।

माघ ३, २०७७ शनिवार
१७:१७:०३ बजे : प्रकाशित