• Jan 17 2021 | २०७७, माघ ४गते

२०७७, माघ ४गते

काठमाडौँ उपत्यकामा कोरोनाभाइरस फैलिनुका कारण के हुन् ?

क्यानाडानेपाल मंसिर ९ २०७७
  • 934
    SHARES
  • काठमाडौँ उपत्यकामा कोरोनाभाइरस फैलिनुका कारण के हुन् ?

    काठमाडौँ।  नेपालमा विगत दुई महिनादेखि दैनिक परीक्षण गरिने व्यक्तिमध्ये २० प्रतिशतसम्ममा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। तीमध्ये आधाजसो सङ्क्रमित काठमाण्डू उपत्यकाका तीन जिल्लामा फेला पर्ने गरेका छन्।

    धेरै जनघनत्व र मान्छेको हिँडडुल तथा गतिविधि बढी हुने भएकाले राजधानीमा बढी सङ्क्रमित देखिएको विज्ञहरूले औँल्याएका छन्। केही समयदेखि उपत्यकाका तीन जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सक्रिय सङ्क्रमितको कुल सङ्ख्याको ५० प्रतिशत भन्दा बढी कायम हुने गरेको छ।

    सङ्क्रमणको प्रवृत्ति कस्तो ?

    जोन हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा नेपाल कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित देखो सूचीमा ३६औँ स्थानमा छ भने दक्षिण एशियामा भारत, बाङ्ग्लादेश र पाकिस्तानपछि चौथो स्थानमा छ। तर पर्याप्त परीक्षण नहुँदा नेपालमा सङ्क्रमणको वास्तविक स्थिति ठ्याक्कै बताउन कठिन भएको जनस्वास्थ्यविद्‌हरू बताउँछन्।

    स्वास्थ्य मन्त्रालयको अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार यद्यपि परीक्षण गरिएकामध्ये सङ्क्रमितको प्रतिशत हेर्दा सङ्क्रमण दर उच्च छ। "पछिल्लो दुई महिनाकै तथ्याङ्क हेर्नुभयो भने औसतमा दैनिक २० प्रतिशतसम्ममा सङ्क्रमण पुष्टि हुने गरेको छ जुन एकदम उच्च हो," उनले बीबीसी न्यूज नेपालीसित भने।

    जनघनत्व र मानवीय गतिविधिका आधारमा ठाउँअनुसार सङ्क्रमणको स्थिति फरक देखिएको अर्का जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्त बताउँछन्। "सबै ठाउँमा सङ्क्रमण दर समान देखिएको छैन। जहाँ जनघनत्व धेरै छ र मुभमेन्ट धेरै भएको छ, त्यहाँ सक्रिय सङ्क्रमित पनि बढी देखिएका छन्," उनले भने।यसमा डा. तिवारी पनि सहमत छन्।

    के फेरि लकडाउन गर्नुपर्छ?

    कोरोनाभाइरस महामारीको गम्भीरतालाई लिएर नेपालमा जनस्वास्थ्यका मापदण्डहरूको खासै पालना नभएकोमा जनस्वास्थ्यविद्‌ले चिन्ता व्यक्त गर्दै आएका छन्। खासगरी लकडाउनको अन्त्य गरिएपछि मानिसहरूले सामाजिक दूरी कायम गर्ने, भिडभाड नगर्ने तथा मास्क लगाउने बानीमा गम्भीर नबनेको जनस्वास्थ्यविद्‌ डा. वन्तको ठम्याइ छ।

    अर्का जनस्वास्थ्यविद्‌ डा. तिवारीको विचारमा कतिपय सार्वजनिक गतिविधिहरू त खुला गर्ने समय नै भएको थिएन। 

    उसोभए के फेरि लकडाउन गर्नुपर्छ त? डा. वन्तले भने, "पहिलाजस्तै एकै पटक सबैतिर त गर्न नपर्ला। सक्रिय सङ्क्रमणको स्थिति हेरेर ठाउँठाउँमा गर्नुपर्ने हुन्छ।" 

    सङ्घीय र प्रादेशिक सरकारहरू 'स्मार्ट लकडाउन'बारे योजना बनाएर अघि बढ्नुपर्ने डा. तिवारीको सुझाव छ। "मलाई लाग्छ अन्तरप्रदेशसम्बन्धी गतिविधिबारे सङ्घीय सरकारले गर्नुपर्ने हुनसक्छ। स्थानीय तहमा गर्नुपर्ने कुरा प्रदेश सरकार आफैँले गर्न सक्छन्।"

    "कति सक्रिय सक्रिय सङ्क्रमित भए भने लकडाउन गर्ने लगायतका विषयमा एउटा मापदण्ड बनाएर स्थानीय तहमा त्यसको कार्यान्वयन गर्न सकिन्छ,"उनले थपे। हालै काठमाण्डू उपत्यका मेयर फोरमले सङ्क्रमणको विस्तार रोक्न चाडबाड सकिएलगत्तै कडा लकडाउन गर्नुपर्ने सुझाव दिएको थियो।

    तर ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले फेरि निषेधाज्ञा वा लकडाउन गर्ने विषयमा कुनै छलफल नभएको दुई दिनअघि बीबीसीलाई बताएका थिए। 

    अहिलेको अवस्था के छ?

    पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.३ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ। सङ्क्रमणदर उच्च देखिए पनि कोभिड-१९ सँग सम्बन्धित कारणले थोरै सङ्क्रमितको मृत्यु भएको बताइन्छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ। हालसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा निको हुने दर झन्डै ९० प्रतिशतभन्दा बढी छ।

    समाचार : बीबीसी नेपाली सेवा 


    मंसिर ९, २०७७ मंगलवार १७:४४:५६ बजे : प्रकाशित

    अर्कोसमाचार

    नेपाल-भारत सीमा विवादबारे अर्थपूर्ण वार्ता हुन नसक्नुको कारण के हो ?

    क्यानाडानेपाल

    माघ ३

  • 180
    SHARES
  • नेपाल-भारत सीमा विवादबारे अर्थपूर्ण वार्ता हुन नसक्नुको कारण के हो ?

    सीमा विवादबारे कुनै ठोस कुरा नगरी नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सकिएपछि त्यसबारे अनेक तर्कवितर्क भइरहेको छ।

    दिल्ली बैठकमा नेपालले त्यो विषय उठाए पनि भारतीय पक्षले 'गम्भीरता नदेखाउँदा' त्यसबारे सामान्य छलफल मात्रै भएको र अर्थपूर्ण वार्ता हुन नसकेको विवरण आएको छ।

     

    सीमा विवादसम्बन्धी संवादका विषयमा पत्रकारहरूको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, "सीमाका विषयमा हाम्रो अडान जगजाहेर छ। र, म के कुरा स्पष्ट पार्न चाहन्छु भने संयुक्त आयोग एवं सीमा बैठक फरकफरक संयन्त्र हुन्।"

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशङ्करबीच शुक्रवार वार्ता भएको थियो।

    मन्त्री ज्ञवाली दिल्ली जानुअघि परराष्ट्र मन्त्रालयले बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड-१९ सम्बन्धी सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति आदि विषय पर्ने जनाएको थियो।

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा "लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने" सार्वजनिक अभिव्यक्ति दिएका थिए।

    यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सीमाविद्‌ बुद्धिनारायण श्रेष्ठसँग सङ्क्षिप्त कुराकानी गरेका छन्। प्रस्तुत छ श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

    नेपालसँग सीमा विवादको विषयमा कुरा गर्न भारत सधैँ आलटाल गर्ने गरेको धेरैले आरोप लगाउने गरेका छन्। यसमा तपाईँको के मत छ?

    मैले बुझे अनुसार भारतसँग पर्याप्त पुराना दस्ताबेज र नक्साहरू छैनन्। उसको पक्षमा पुराना नक्सा छैनन् र उसले पछि बनाएका नक्सा 'डिस्टोर्ट' गरी बनाइएका छन्।

    त्यसले गर्दा भारत नेपालसँग सीमा विवादबारे पछि वार्ता गर्ने भन्दै पछाडि हट्ने गरेको छ।उदाहरणका लागि भारतले सन् २०१९ मा नयाँ राजनीतिक नक्सा जारी गरेपछि त्यसको नेपालले विरोध गर्दै 'डिप्लोम्याटिक नोट' समेत पठायो।

    तर कोरोनाभाइरस महामारीको कारण देखाउँदै उसले पछि कुरा गर्ने भन्यो। यसबाट के विश्लेषण गर्न सकिन्छ भने आफूसँग कमजोर प्रमाण भएका कारण भारत वार्ता अगाडि बढाउन चाहँदैन।

    अर्को कारण उसले आफ्नो पक्षमा प्रमाणहरू बटुलिरहेको पनि हुनसक्छ।

    भारत सधैँ पन्छिरह्यो भने उससँग सीमा विवादलाई नेपालले कसरी टुङ्ग्याउन सक्ला?

    सबैभन्दा ठूलो समाधान भनेको वार्ता नै हो। अहिलेको जमानामा वार्ता गर्ने हो। लडाइँ गरेर अथवा क्षेप्यास्त्र हानेर कसैसँग सीमा विवाद समाधान हुँदैन।

    नेपालले बुद्धिमत्तापूर्ण तरिकाले भारतसँग वार्ता गर्ने वातावरण बनाउन सक्नुपर्छ। यसमा म उदाहरण दिन चाहन्छु।

    उत्तरी नेपालका १८ वटा ठाउँमा १७ वर्षसम्म भारतीय सेनाको चेक पोस्ट थिए। मातृकाप्रसाद कोइरालाको पालामा खडा गरिएका ती पोस्टहरू १७ वर्षपछि कीर्तिनिधि बिष्टको पालामा हटाइयो।

    ती चेक पोस्टका सैनिकहरूलाई फूलमाला लगाएर नेपालले बिदाइ गर्‍यो। उनीहरू पनि हाँस्दै नेपाल छाडे। त्यो किन भयो भने नेपालले बुद्धिमत्तापूर्वक वार्ता गर्‍यो।

    यदुनाथ खनालले बुद्धिमत्तापूर्ण कूटनीति र त्यस बेलाका भारतका लागि नेपाली राजदूत भीमबहादुर पाँडेले सशक्त भूमिका देखाउनुभयो।

    क्षेत्रविक्रम राणा, पदमबहादुर कँडेल र हृषीकेश शाहले भूमिका निर्वाह गरे। कीर्तिनिधि बिष्ट र राजा महेन्द्रले भूमिका निर्वाह गरे। त्यो 'इन्टिग्रेटेड अप्रोच' भएर बुद्धिमत्ता र तर्कपूर्ण कूटनीतिका कारण त्यो बेला भारतले आफ्ना सेनालाई सर्लक्क उठाएर लग्यो।

    अहिले त्यसरी गर्दा पनि भारतले मानेन भने के गर्ने नि?

    त्यो त क्यान्सरको औषधि छैन भने जस्तै हो। तर मलाई के लाग्छ भने विश्वको एउटा ठूलो प्रजातान्त्रिक मुलुक भारतको आफ्नै छवि छ। त्यो छवि धमिल्याउन भारत पनि चाहँदैन नि त।

    नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि बुद्धिमत्तापूर्ण ढङ्गले वातावरण निर्माण गरेर समस्याको समाधान खोज्नुपर्छ।

    एउटा कुरा मैले सम्झेँ हालसालै मस्कोमा एउटा सम्मेलन सकिएपछि भारत र पाकिस्तानका विदेशमन्त्रीबीच साइडलाइनमा कुरा भएको थियो।

    त्यो कुरा गराउनका लागि रुसको परराष्ट्रमन्त्रीले पहल गरेका थिए। नेपालले पनि त्यसैगरी अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्न सक्यो भने भारतले हाँसीहाँसी कुरा गर्ला। त्यसैले हाम्रै भूमिका महत्त्वपूर्ण हुनुपर्छ, हामी नै जागरुक हुनुपर्छ।

    उसोभए यो विषयमा नेपालकै भूमिका सशक्त हुन नसकेको तपाईँले भन्न खोज्नुभएको हो?

    एकदम। उदाहरणका साथ तपाईँलाई भन्न चाहन्छु नेपालबाट एजेन्डा जाँदा सीमासम्बन्धी पनि कुरा हुन्छ भनेर गयो र भारतले त्यसलाई स्वीकृत गर्‍यो भन्ने हिसाबले कुरा आयो।

    तर भारतले पछि अस्वीकृत गर्दा हाम्रा परराष्ट्रमन्त्रीले कुरा गरौँ, कुराको थालनी गर्दैमा के बिग्रिन्छ र भन्न सक्नुपर्थ्यो। कुरा सुरु गर्दैमा कोही जित्ने वा हार्ने हुँदैन भनेर भन्न सक्नुपर्थ्यो।

    तर हाम्रो परराष्ट्रमन्त्रीले त्यसो भन्न सक्नुभएन। भारतस्थित हाम्रा राजदूत नीलाम्बर आचार्यले पनि सशक्त भूमिका निर्वाह गर्न सक्नुभएन। मेरो विचारमा हाम्रो तर्फबाट हुने यी र यस्तै कमजोरी हुन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 

     


    माघ ३, २०७७ शनिवार १९:०१:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-भारत सीमा विवाद

  • क्यानाडानेपाल डेस्क

    नेपालमा थप २ सय ४० जनामा कोरोना संक्रमण, ४ सय ७७ जना निको, सक्रिय संक्रमित कति ?

    क्यानाडानेपाल

    माघ ३

  • 216
    SHARES
  • नेपालमा थप २ सय ४० जनामा कोरोना संक्रमण, ४ सय ७७ जना निको, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप २ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ८ सय ४४ वटा पीसीआर परिक्षण गर्दा २ सय ४० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या  २ लाख ६७ हजार ५६ पुगेको छ।

    साथै पछिल्लो २४ घण्टामा ४ सय ७७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ६१ हजार ४४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । अब नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा ६ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ सय ५४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


    माघ ३, २०७७ शनिवार १६:३७:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    विवाह बन्धनमा बाधिँदै मुख्यमन्त्री शेरधन राई, यी हुन् बेहुली

    क्यानाडानेपाल

    माघ ३

  • 384
    SHARES
  • विवाह बन्धनमा बाधिँदै मुख्यमन्त्री शेरधन राई, यी हुन् बेहुली

    काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाधिँने भएका छन् । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिबाह गर्न लागेका हुन् ।

    विवाह माघ ११ गते हुने बताइएको छ । मुख्यमन्त्री राई र  जाङ्मु लामो समय देखी प्रेममा रहेको बताइएको छ ।  

    sherdhan.jpg

    संखुवासभाकी जाङ्मु हाल काठमाडौंमा बस्दै आएकी छन्। मोडेलिङ क्षेत्रमा सक्रिय रहदै आएकी उनले विभिन्न म्यूजिक भिडिओमा पनि काम गरेकी छिन् । 

    उनीहरुको विवाह काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच हुने बताइएको छ । 


    माघ ३, २०७७ शनिवार १६:०३:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरधन राई
  • # विवाह

  • क्यानाडानेपाल डेस्क

    कोरोना संक्रमित भएका कर्मचारीको जागिर गुम्यो

    क्यानाडानेपाल

    माघ ३

  • 264
    SHARES
  • कोरोना संक्रमित भएका कर्मचारीको जागिर गुम्यो

    म्याग्दी - कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो । 

    ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण गर्न उहाँले स्वाब दिनुभएको थियो । “पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेशन बसेको थिए”, उहाँले भन्नुभयो, “कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन् ।” 

    रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गर्नुभयो । “टोल, छिमेकमा कोरोना सङ्क्रमित भनेर दुव्र्यवहार सहनुप¥यो”, उहाँले भन्नुभयो, “आइसोलेशन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ ।”  

    बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ । रोजगारीको खोजीमा उहाँले चार वर्ष मलेसियामा काम गर्नुभएको थियो । बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन् । कम्पनीले मासिक रु १८ हजार तलब दिने गरेको थियो । जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ । 

    प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षागार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताउनुभयो । काठमाडौमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गर्नुभयो । रासस


    माघ ३, २०७७ शनिवार ११:४४:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    सुरक्षा गस्तीमा गएका प्रहरी हवल्दारको लडेर ज्यान गयो

    क्यानाडानेपाल

    माघ ३

  • 214
    SHARES
  • सुरक्षा गस्तीमा गएका प्रहरी हवल्दारको लडेर ज्यान गयो

    सिमकोट - हुम्लामा सुरक्षा गस्तीमा गएका प्रहरी हवल्दारको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्का रहेका छन् । उनको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको हो । 

    गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर उनी गम्भीर घाइते भएका थिए । उनको काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । 
     


    माघ ३, २०७७ शनिवार १०:१७:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रहरी हवल्दार

  • क्यानाडानेपाल डेस्क

    आज काठमाडौं उपत्यकाका यी स्थानमा बत्ति जाने

    क्यानाडानेपाल

    माघ ३

  • 646
    SHARES
  • आज काठमाडौं उपत्यकाका यी स्थानमा बत्ति जाने

    काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा बत्ति जाने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार मर्मतको काम गर्नुपर्ने भएकोले  बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ स्थानमा बत्ति जाने भएको हो । 

    प्राधिकरणले हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबुलगायतका स्थानमा विद्युत् कटौती गरिने जनाइएको छ । मर्मतको काम सकिएपछि बिजुली दिइने जनाइएको छ । 
     


    माघ ३, २०७७ शनिवार ०७:५७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बत्ति जाने

  • क्यानाडानेपाल डेस्क