• Jan 20 2021 | २०७७, माघ ७गते

२०७७, माघ ७गते

पूर्वकप्तान पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

क्यानाडानेपाल मंसिर ९ २०७७
  • 800
    SHARES
  • पूर्वकप्तान पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

    काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको लागि मनोनयनमा परेका छन् । 

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का अवार्डको लागि मनोनयनमा परेका हुन् । उक्त अवार्डको लागि मनोनयनमा खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक जना खेलाडी परेका छन् । 

    जसमा स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड रहेका छन् भने नेदरल्यान्ड्सका पिटर बोरेन रहेका छन् ।

    त्यस्तै पपुवा एन्ड न्युगिनीका असद भाला पनि मनोनयनमा परेका छन् । आइसिसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । 

    यस वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । आइसिसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ ।

     


    मंसिर ९, २०७७ मंगलवार १९:२२:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पारस खड्का

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    जर्मन बुन्डेसलिगामा डर्टमन्ड पराजित

    क्यानाडानेपाल

    माघ ७

  • 164
    SHARES
  • जर्मन बुन्डेसलिगामा डर्टमन्ड पराजित

    काठमाडौं - गए राति जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा लिभरकुसनले सानदार जित निकालेको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा लिभरकुसनले बोरुसिया डर्टमन्डलाई २–१ गोलले पराजित गरेको हो । उक्त खेलको पहिलो हाफमा नै लिभरकुसनले अग्रता पायो । 

    खेलको १४ औं मिनेटमा लिभरकुसनका मौसा डियाबीले गोल गरी टिमलाई अग्रता दिलाए । 

    त्यसपछि दोस्रो हाफमा डर्टमन्डका जुलियन ब्रान्ड्टले र लिभरकुसनका फ्लोरियान विर्ट्जले गोल गरे । जितसँगै लिभरकुसन बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ।
     


    माघ ७, २०७७ बुधवार ०९:२४:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डर्टमन्ड
  • # जर्मन बुन्डेसलिगा

  • क्यानाडानेपाल डेस्क

    भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : भारतको रोमाञ्चक जित

    क्यानाडानेपाल

    माघ ६

  • 420
    SHARES
  • भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट : भारतको रोमाञ्चक जित

    ब्रिस्बेन, एएफपी – भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै भारतले चार टेस्टको शृंखला २–१ ले जितेको छ । 

    ब्रिस्बेन क्रिकेट मैदानमा अस्ट्रेलिया सन् १९८८ पछि पहिलो पटक भारतसँग पराजित भएको छ । 

    पाँचौं दिन ४ रनबाट खेल्न थालेको भारतले अस्ट्रेलियाले प्रस्तुत गरेको ३२८ रनको चुनौती ३ ओभर बाँकी रहँदा सात विकेट गुमाएर पूरा गरेको थियो । अन्तिम ३ ओभरमा भारतलाई जितका लागि ३ रन चाहिएको अवस्थामा रिषभ पन्तले विजयी चौका प्रहार गरेका थिए । 

    भारतका लागि रिषभ पन्तले अविजित ८९ रन बनाएका थिए । भारतका लागि अन्य खेलाडीहरु शुभमन गिलले ९१, चेतेश्वर पुजाराले ५६, कप्तान अजिन्क्य रहाणेले २४, मयन्क अग्रवालले ९, वासिङटन सुन्दरले २२, रोहित शर्माले ७ र शार्दुल ठाकुरले २ रन बनाएका थिए । 

    ब्रिस्बेनको गाब्बा क्रिकेट मैदानमा यतिठूलो स्कोर पछ्याएर कुनै पनि टिमले खेल जितेको यो पहिलो अवसर पनि हो ।  भारतका पन्तले प्लेयर अफ द म्याच तथा अस्ट्रेलियाका प्याट कमिन्सले प्लेयर अफ द सिरिजको पुरस्कार पाए । 

    अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा ३३६ तथा दोस्रो इनिङमा ३२९ रन बनाएको थियो ।
     


    माघ ६, २०७७ मंगलवार १३:५८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत–अस्ट्रेलिया टेस्ट

  • क्यानाडानेपाल डेस्क

    इटालियन सिरी ‘ए’ : ज्लाटनको गोलमा एसी मिलानको सहज जित

    क्यानाडानेपाल

    माघ ६

  • 274
    SHARES
  • इटालियन सिरी ‘ए’ : ज्लाटनको गोलमा एसी मिलानको सहज जित

    काठमाडौं - गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा एसी मिलानले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा एसी मिलानले क्याग्लिएरीलाई २–० गोलले पराजित गरेको हो । 

    उक्त खेलको सातौ मिनेटमा  मिलानका ज्लाटन इभ्राहिमोभिचले गोल गरी टिमलाई अग्रता दिलाए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि खेलको ५२औं मिनेटमा ज्लाटनले नै अर्को गोल गरी मिलानलाई जित दिलाए । 

    जितसँगै मिलानले १८ खेलबाट ४३ अंक जोड्दै शीर्षस्थानमा ३ अंकको अग्रता लिएको छ । पराजित भएको टिम क्याग्लिएरी १४ अंकसहित १७औं स्थानमा रहेको छ । 


    माघ ६, २०७७ मंगलवार ०८:२२:०० बजे : प्रकाशित

    इंग्लिस प्रिमियर लिग : पिएरेको गोलमा आर्सनलको सानदार जित

    क्यानाडानेपाल

    माघ ६

  • 244
    SHARES
  • इंग्लिस प्रिमियर लिग : पिएरेको गोलमा आर्सनलको सानदार जित

    काठमाडौं - गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ । 

    निकै रोमान्चक बनेको उक्त खेलमा आर्सनलले न्यूक्यासललाई ३–० गोलले पराजित गरको हो । 

    उक्त खेलको ५० औं मिनेटमा आर्सनलका पिएरे एम्रिक औबामियाङले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ६० औं मिनेटमा बुकायो साकाले गोल गरी आर्सनललाई अग्रता दोब्बर बनाए । 

    त्यसपछि खेलको ७ औं मिनेटमा पिएरेले अर्को गोल गरी टिमलाई जित दिलाए । जितसँगै आर्सनल १९ खेलमा २७ अंक जोड्दै १० औँ स्थानमा उक्लिएको छ । पराजित भएको टिम न्यूक्यासल १५ औँ स्थानमा छ । 
     


    माघ ६, २०७७ मंगलवार ०७:५२:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग
  • # आर्सनल

  • क्यानाडानेपाल डेस्क

    सन्दीप बिग बासमा लगातार विकेटविहीन

    क्यानाडानेपाल

    माघ ५

  • 500
    SHARES
  • सन्दीप बिग बासमा लगातार विकेटविहीन

    काठमाडौं - नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहेका छन् ।

    होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुके । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आउनुभएका उनले सो ओभरमा छ रन खर्चिए । 

    आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई नौ रन दिए। तेस्रो ओभरमा उनले पाँच रन मात्र खर्चिए भने चौथो ओभरमा लामिछानेले आठ रन दिए । होबार्टका लागि उनले चार ओभर बलिङ गर्दै २८ रन खर्चिए । 

    यसअघि पर्थविरुद्धकै खेलमा लामिछाने विकेटविहीन रहेका थिए । उक्त खेलमा उनले विपक्षी खेलाडीलाई चार ओभरमा २३ रन दिएका थिए । अघिल्ला तीन खेलमा गरी हाल जारी बिग बासमा लामिछानेले चार विकेट लिएका छन् । लामिछाने आबद्ध होबार्ट आजको खेलमा विजयी भएको छ ।

    योसँगै होबार्ट लिगको चौथो स्थानमा उक्लिएको छ । होबार्टले हालसम्म खेलेका ११ खेलमध्ये छ मा जीत तथा पाँचमा हार बेहोरेको छ । होबार्टले कूल २३ अङ्क जोडेको छ ।रासस


    माघ ५, २०७७ सोमवार २१:१०:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • # बिग बास लिग

  • क्यानाडानेपाल डेस्क

    इटालियन सिरी ‘ए’ : युभेन्ट्स पराजित   

    क्यानाडानेपाल

    माघ ५

  • 228
    SHARES
  • इटालियन सिरी ‘ए’ : युभेन्ट्स पराजित   

    काठमाडौं - गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ । 

    निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा युभेन्ट्स इन्टर मिलानसँग २–० गोलले पराजित भएको हो । 

    intar.jpg

    उक्त खेलको १२ औं मिनेटमा इन्टर मिलानका आर्टुरो भिडालले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५२ औं मिनेटमा निकोलो बारेल्लाले गोल गरी इन्टर मिलानलाई जित दिलाए । 
     
    जितसँगै इन्टरले ४० अंकसहित दोस्रो स्थानमा रहेको छ । इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ । पराजित भएको युभेन्ट्स भने ३३ अंकसहित पाँचौ स्थानमा रहेको छ । 


    माघ ५, २०७७ सोमवार ११:१०:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युभेन्ट्स
  • # इटालियन सिरी ‘ए

  • क्यानाडानेपाल डेस्क