काठमाडौं - बलिउड अभिनेता इमरान हाश्मी फेरि फिल्म क्षेत्रमा देखिदैछन् । फिल्म 'मुम्बई सागा' मा उनी देखिने भएपछि चर्चामा पनि आएका छन् ।
उनको एक्सन क्राइम फिल्म मुम्बई सागा मा अभिनेता जोन अब्राहम पनि देखिदैछन् । फिल्ममा इमरान एक प्रहरीको भूमिकामा देखिदैछन् भने जोन ग्याङस्टारको भूमिकामा देखिनेछन् ।
सञ्जय गुप्ताले निर्देशन गरेको यस फिल्मको ट्रेलर पनि अब छिट्टै रिलिज हुने बताइएको छ ।
भारतिय मिडियाका अनुसार हालै यस फिल्म अमेजन प्राइममा ६५ करोडमा बिक्री भएको छ । फिल्ममा इमरान, जोन, सुनील सेट्टी, गुल्सन ग्रोबर, ज्याकी श्राफ, प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ ।
माघ ६, २०७७ मंगलवार
११:२७:१४ बजे : प्रकाशित