• Jan 17 2021 | २०७७, माघ ४गते

२०७७, माघ ४गते

महासचिव पौडेलले भने - नेकपाको भविष्य कठिन र जटिल अवस्थामा आइपुगेको छ

  • 1.2K
    SHARES
  • महासचिव पौडेलले भने - नेकपाको भविष्य कठिन र जटिल अवस्थामा आइपुगेको छ

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताएका छन् । 

    मंगलबार प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पौडेलले सो कुरा बताएका हुन् । उनले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएकोले अब पार्टी एकता जोगाउँदै विवाद समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । 

    नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताउदै उनले भने - 'कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ ।'

    उनले पार्टीभित्र मर्यादाले सीमा नाघेको बताउदै सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्नुपर्ने बताए । उक्त पत्रकार भेटघाटमा पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा पनि छलफल भएको बताए । 

    सरकार देश र जनताका पक्षमा अघि बढेको बताउदै पौडेलले भने - 'अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ'


    मंसिर ९, २०७७ मंगलवार २०:३५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा विवाद
  • # विष्णुप्रसाद पौडेल

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    सीमा समस्या समाधान गर्न दुई देश सहमत - परराष्ट्रमन्त्री ज्ञवाली

    क्यानाडानेपाल

    माघ ३

  • 294
    SHARES
  • सीमा समस्या समाधान गर्न दुई देश सहमत  - परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं - परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन  भारत भ्रमणमा गएका उनी शनिवार स्वदेश फर्किएका हुन् । 

    भारत भ्रमण सकेर स्वदेश आएका ज्ञवालीले पत्रकारसँग कुरा गर्दै नेपाल र भारतबीचको सीमा सम्वन्धि समस्या छिट्टै टुंग्याउन दुई देश सहमत भएको बताए । 

    उनले भ्रमण्णबाट दुई देशबीचको घनिष्ठ, मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुत पार्न योगदान पुगेको बताए । उनले कोरोना भ्याक्सिनको तत्कालको आवश्यक्ता आपूर्ति गर्न दुई देशबीच छलफल भएको बताउदै उनले यसमा भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए । 

    उनले दुई देशबीच पारवहन रेल सम्वन्धि सन्धि समझौताहरु पुनरावलोकनको प्रकृया छिटो सम्पन्न गर्न र वाणिज्य सन्धिको पुनरावलोकनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति जुटेको बताए । 

    त्यस्तै कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने बिषयमा कुराकानी भएको बताए । 


    माघ ३, २०७७ शनिवार १९:२१:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदिपकुमार ज्ञवाली

  • क्यानाडानेपाल डेस्क

    प्रचण्डलाई तीन वर्षसम्म कम्युनिष्ट तालमा हिँड्न सिकाए तर जस्ताको त्यस्तै : अध्यक्ष ओली

    क्यानाडानेपाल

    माघ ३

  • 188
    SHARES
  • प्रचण्डलाई तीन वर्षसम्म कम्युनिष्ट तालमा हिँड्न सिकाए तर जस्ताको त्यस्तै : अध्यक्ष ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई फर्किन सुझाव दिएका छन् ।

    शनिबार काठमाडौंमा प्रदेश नम्बर १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले कसैको पनि पद नखोसेको भन्दै पार्टीमा फर्किन प्रचण्ड र नेपाललाई सुझाव दिएका हुन् । त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई पार्टीमा नफर्किए चुनावमा सहभागी हुन समेत आग्रह गरेका छन् ।

    उनले प्रचण्डलाई तीन वर्षसम्म प्रचण्डलाई कम्युनिष्ट तालमा हिँड्न सिकाए पनि नसकेको भन्दै कटाक्ष गरेका छन् ।

    भारत देखी नेपाल सम्म प्रचण्ड माथी विश्वास गरेनन् ! भारत देखी नेपाल सम्म प्रचण्ड माथी विश्वास गरेनन् ! सुवासचन्द्र नेम्वाङले मौनता तोड्दै भने : जनतामा जान्छु भन्दा कहाँ गल्ती भयो ? सुवासचन्द्र नेम्वाङले मौनता तोड्दै भने : जनतामा जान्छु भन्दा कहाँ गल्ती भयो ?

    प्रधानमन्त्री ओलीले देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको आरोप लगाएका छन् । पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चारमाध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।

    त्यस्तै उनले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीशलाई नभेटेको भन्दै  न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउन चूनौती दिएका छन् । ओलीले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको तर्क गरेका छन् ।

    भेलामा नेकपा (ओली पक्ष)का नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताएका थिए । आफुले यसअघि बोलेको भिडियोप्रति टिकाटिप्पणी उठेको भन्दै उनले संसद बिघटन प्रधानमन्त्रीको अधिकार भएको धारणा व्यक्त गरेका थिए। संसद् विघटनको मुद्दा सर्वोच्च अदालतले टुंगो लगाउने भनेपनि संसद् विघ‍टन गरेर घोषणा गरिएको निर्वाचन भने हुने ठोकुवा गरेका छन् ।

    उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताएका छन् ।


    माघ ३, २०७७ शनिवार १९:१३:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # नेकपा विवाद

  • क्यानाडानेपाल डेस्क

    राजनीतिलाई सही मार्गमा हिडाउन सकिएमा स्थिरता र विकास सम्भव हुन्छ - प्रकाशमान सिंह

    क्यानाडानेपाल

    माघ ३

  • 192
    SHARES
  • राजनीतिलाई सही मार्गमा हिडाउन सकिएमा स्थिरता र विकास सम्भव हुन्छ - प्रकाशमान सिंह

    काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा भङ्गको घटना सविधान र लोकतन्त्र विपरित भएको बताएका छन् । शनिवार काठमाडौं महानगर समितिद्वारा आयोजित विरोध ¥यालीमा बोल्दै सिंहले सो कुरा बताएका हुन् । 

    उनले भने - 'प्रधानमन्त्रीको कदम लोकतन्त्र र गणतन्त्रको स्थायित्वको विपरितमा छ, न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्य मान्यतासँग मेल खाँदैन ।'

    उनले न्यायपालिकाबाट उत्पन्न विवादका सम्वन्धमा कसैलाई अन्याय हुने गरी निर्णय नहुनेमा आफू विश्वस्त रहेको बताए ।

    राजनीतिलाई सही मार्गमा हिडाउन सकिएमा स्थिरता र विकास सम्भव हुने बताउदै उनले बाटोबाहिर गएको संविधानलाई सही मार्गमा ल्याएर राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेसले निरन्तर लागि रहने बताए । 


    माघ ३, २०७७ शनिवार १८:२५:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • क्यानाडानेपाल डेस्क

    वैशाखमा निर्वाचन भए उमेर पुगेर पनि कसकसले मत खसाल्न पाउँदैनन्

    क्यानाडानेपाल

    माघ ३

  • 282
    SHARES
  • वैशाखमा निर्वाचन भए उमेर पुगेर पनि कसकसले मत खसाल्न पाउँदैनन्

    निर्वाचन आयोगले सरकारद्वारा प्रतिनिधिसभाका लागि चुनावको घोषणा गरेपछि तोकिएको मितिमा मतदान गराउन आवश्यक तयारीहरू थालिसकेको जनाएको छ।

    अधिकारीहरूका अनुसार आचारसंहिता कार्यविधि परिमार्जन, बजेटको टुङ्गो र सामग्री व्यवस्थापन लगायतका काममा आयोग अहिले लागिपरेको छ।

    सरकारले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि चुनावको मिति तोकेको छ। प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने कदमविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।

    सर्वोच्च अदातलको संवैधानिक इजलासले उक्त मुद्दामा "गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले" बृहत् पूर्ण इजलासमा नपठाई आफैँ सुनुवाइ गर्ने निर्णय शुक्रवार गरेको छ।

    छुट्ने चिन्ता
    सर्वोच्च अदालतले सरकारको कदमलाई सदर गरिदियो र निर्धारित मितिमै निर्वाचन हुने भयो भने मतदानका लागि योग्य उमेर हुँदाहुँदै ठूलो सङ्ख्यामा मानिसहरू मताधिकारबाट वञ्चित हुने एकथरीको चिन्ता छ।

    त्यसरी चिन्ता जाहेर गर्नेमा सर्वसाधारण नागरिकदेखि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरूसम्म छन्।

    नेपालमा १६ वर्ष पुगेपछि मतदाता नामावलीमा नाम लेखाउन पाउने र १८ वर्ष उमेर पुगेका व्यक्तिले मतदान गर्न पाउने कानुनी व्यवस्था छ।

    पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भन्छन्, "ठूलो समूह मतदानको प्रक्रियाबाट वञ्चित रहने सम्भावना रहन्छ। त्यो समूह मतदान गर्न एकदम लालायित छ र सशक्त ढङ्गले सहभागी हुन्छ।"

    "त्यस्ता मतदाताहरू मतदानबाट वञ्चित हुने सम्भावना रहन्छ जुन राम्रो कुरा होइन।"

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले २०७४ सालको भदौ ५ गते देशव्यापी मतदाता नामावली अद्यावधिक गरेको थियो।

    "त्यसपश्चात् केही निर्वाचन क्षेत्रमा भएका उपनिर्वाचनको समयमा मतदाता नामावली अद्यावधिक गरिएको थियो। तर त्यो केही स्थानमा मात्रै सीमित थियो," प्रवक्ता श्रेष्ठले बीबीसी न्यूज नेपालीलाई भने।

    नामावली अद्यावधिक
    निर्वाचन आयोगले गत पुस ५ गतेलाई वैशाखको चुनावका लागि 'कट अफ डेट' अर्थात्‌ अन्तिम मिति मानेर मतदाता नामावलीलाई अद्यावधिक गर्न लागेको जनाएको छ।

    तर यसपालि नामावली अद्यावधिक गर्दा नयाँ मतदातालाई समावेश गरिनेछैन। । त्यो मितिसम्म एक करोड ६३ लाख मतदाताको नाम समेटिएको आयोगले जनाएको छ।

    "त्यसमा हामीले मृत्यु भइसकेका, नाम दोहोरिएका र गलत विवरण दिई समावेश भएका मतदातालाई सूचीबाट हटाएर अन्तिम नामावली तयार पार्छौँ," प्रवक्ता श्रेष्ठले थपे।

    यसको अर्थ कोरोनाभाइरस महामारी सुरु भएयता स्वदेश फर्केका नेपालीमध्ये मतदाता नामावलीमा नाम नभएका व्यक्तिले भोट खसाल्न पाउनेछैनन्।

    "विद्यमान ऐनअनुसार निर्वाचनको मिति घोषणा गरिएपछि मतदाताको नाम सङ्कलन गर्ने काम रोकिन्छ। त्यसैले त्यसअघि सम्मको मतदाता नामावलीमा नाम नभएका व्यक्ति मतदानमा सहभागी हुन सक्दैनन्," श्रेष्ठले स्पष्ट पारे।

    कोरोनाभाइरस महामारी सुरु भएपछि गत चैतयता स्थलमार्ग र हवाईमार्गबाट गरी सात लाख ६९ हजार ५६५ नेपाली स्वदेश फर्केको औपचारिक तथ्याङ्क रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले शनिवार बताए।

    तीमध्ये कति जनाको नाम मतदाता नामावलीमा छ वा छैन भन्न सक्ने अवस्था नरहेको आयोगका अधिकारीहरू बताउँछन्।

    विदेशबाट फर्केका नेपालीबाहेक २०७४ सालयता १८ वर्ष पुगेर नामावलीमा नाम लेखाउन छुटेका पनि थुप्रै हुनसक्ने पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको अनुमान छ।

    कानुनमा संशोधन
    अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती मतदान गर्न योग्य तर मतदाता नामावलीमा नाम नभएका सबैलाई मताधिकारको अवसर प्रदान गर्नुपर्ने सुझाउँछन्।

    "मलाई लाग्छ १०-१२ लाख नागरिक छन् जसले आफ्नो नाम लेखाउन सक्छन्। नामावलीमा सबैलाई समेट्न आयोगले एउटा ठूलो अभियान नै चलाउनुपर्छ," उनले भने।

    "कस्तो-कस्तो कुराका लागि अध्यादेश आउँछ। जनताको मताधिकार सुनिश्चित गर्नका लागि अध्यादेश ल्याउन नसकिने भन्ने कुरा हुँदैन।"

    दलहरू सहमत हुने हुन् र सरकारले कानुनमै संशोधन गरी नामावली सङ्कलन गर्ने बाटो खोलेमा छुटेका सबैलाई मतदानमा सहभागी गराउन सकिनेमा आयोगका प्रवक्ता श्रेष्ठ पनि सहमत छन्।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    माघ ३, २०७७ शनिवार १८:०६:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निर्वाचन

  • क्यानाडानेपाल डेस्क

    अहिलेसम्म मान्छे मारेर कसैलाई नरुवाएको भन्दै प्रधानमन्त्री ओलीले भने - मैले हँसाएँ भनेर किन पीर ?  

    क्यानाडानेपाल

    माघ ३

  • 240
    SHARES
  • अहिलेसम्म मान्छे मारेर कसैलाई नरुवाएको भन्दै प्रधानमन्त्री ओलीले भने - मैले हँसाएँ भनेर किन पीर ?  

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताउनुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गर्नुभयो । 

    आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उहाँले आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।”

    प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाउँदै उहाँले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

    उहाँले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गर्नुभयो ।

    अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाउनुभयो ।

    कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले ओली नेतृत्वको नेकपाले नै आधिकारिकता र सूर्य चिन्ह पाउने भएकाले ढुक्क भएर निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।रासस 


    माघ ३, २०७७ शनिवार १७:००:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली

  • क्यानाडानेपाल डेस्क

    सर्वोच्चको फैसला काँग्रेसलाई मान्य हुन्छ - शेखर कोइराला

    क्यानाडानेपाल

    माघ ३

  • 208
    SHARES
  • सर्वोच्चको फैसला काँग्रेसलाई मान्य हुन्छ - शेखर कोइराला

    मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन्। मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।

    केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको छ भने । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

    जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो भने । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तीतोमीठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रष्ट व्यवस्था गरिएको बताए ।

    समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी, केन्द्रीय सदसय विकास थापा, मोरङ अध्यक्ष डिल्ली कार्की, इन्सेकका प्रदेश संयोजक सोमराज थापा, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल र सञ्चारकर्मी गणेश लम्सालले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नेतर्फ राजनीतिक दलको ठूलो जिम्मेवारी रहेको धारणा राखे । समाजले आज नयाँ नेतृत्व चयन गर्नेछ । रासस 


    माघ ३, २०७७ शनिवार १५:५२:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डा. शेखर कोइराला

  • क्यानाडानेपाल डेस्क