• Jan 17 2021 | २०७७, माघ ४गते

२०७७, माघ ४गते

फिल्म ‘बोक्सीको घर’ बन्ने 

क्यानाडानेपाल मंसिर ९ २०७७
  • 814
    SHARES
  • फिल्म ‘बोक्सीको घर’ बन्ने 

    काठमाडौ - फिल्म ‘बोक्सीको घर’ बन्ने भएको छ । नाटककार सुलक्षण भारतीको लेखन तथा निर्देशनमा फिल्म ‘बोक्सीको घर’ बन्ने भएको हो । 

    फिल्म निर्माण हुने बारे अभिनेत्री केकी अधिकारीले जानकारी गराएकी हुन् । सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन रहने यस फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहने बताइएको छ । 

    kk.jpg

    फिल्मलाई निर्देशक बद्री अधिकारीले निर्माण गर्ने बताइएको छ । केकी अधिकारी फिल्मसले निर्माण गर्ने यस फिल्ममा कलाकारका लागि आगामी साता खुला अडिशन आह्वान गरिनेछ । 

    फिल्ममा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित रहेछ । 

     


    मंसिर ९, २०७७ मंगलवार २०:५९:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बोक्सीको घर

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    हरर फिल्म ‘रङ डेस्टिनेसन’को ट्रेलर सार्वजनिक (भिडियो)

    क्यानाडानेपाल

    माघ ३

  • 314
    SHARES
  • हरर फिल्म ‘रङ डेस्टिनेसन’को ट्रेलर सार्वजनिक (भिडियो)

    काठमाडौं - सम्राट् बस्नेतको निर्देशनमा बनेको हरर फिल्म 'रङ डेस्टीनेशन' को ट्रेलर सार्वजनिक भएको छ ।

    कलाकार बुद्दी तामाङ र छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको यस फिल्मको ट्रेलर बिहिबार युट्युबमा सार्वजनिक भएको हो । 

    सुगन तन्डुकारको कथा, सीमा गुरुङको पटकथा रहेको यस फिल्मको ट्रेलरमा डरलाग्दो सिन देखाइएको छ । 

    फुलमून मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएकोयस फिल्ममा समिरा तन्डुकार, शर्मिला लामा तन्डुकार, सन्जिल लामा, केन्द्र लिम्बु र जितेन्द्र कार्कीको लगानी रहेको छ । 

     

     


    माघ ३, २०७७ शनिवार १५:०८:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रङ डेस्टिनेसन
  • # बुद्दी तामाङ

  • क्यानाडानेपाल डेस्क

    शम्भुसँग रोमान्टिक अवतारमा देखा परिन् सुरक्षा पन्त

    क्यानाडानेपाल

    माघ ३

  • 216
    SHARES
  • शम्भुसँग रोमान्टिक अवतारमा देखा परिन् सुरक्षा पन्त

    काठमाडौँ । कोरोना महामारीको समयमा कलाकारहरुले म्यूजिक भिडियोमा एकपछि अर्को गर्दै निरन्तर काम गरिरहेका छन् । पल शाह, आकाश श्रेष्ठ, आँचल शर्मा, वर्षा राउत, वर्षा शिवाकोटी लगायतका चर्चित कलाकारहरुले लकडाउनपछिको समयमा ठूलो संख्यामा म्यूजिक भिडियो खेलेर मनग्य आम्दानी गरे ।

    चलचित्र चल्ने नचल्ने टुंगो नभएका बेला म्यूजिक भिडियोमा कमै देखिने कलाकारहरुले पनि यता रुची देखाउन थालेका छन् ।

    जसमध्ये गोपी, आमा, धनपती, लगायतका चलचित्रमा सशक्त अभिनय गरिसकेकी नायिका सुरक्षा पन्त पनि ब्यस्त बन्न थालेकी छिन् । सुरक्षाले गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत तिमी कस्की छोरीको भिडियोमा अभिनय गरेकी छिन् । जसमा सुरक्षालाई अभिनयमा शम्भु घिमिरेले साथ दिएका छन् । 

    पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् ।   सार्वजनिक गीतका शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् । जसमा संगीत पनि शर्माले नै भरेका छन् । 

    आरोन अशोककुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन् । सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो


    माघ ३, २०७७ शनिवार १४:३६:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुरक्षा पन्त

  • क्यानाडानेपाल डेस्क

    सुमन केसीको नयाँ गीत 'बिन्ती नाइँ नभन्नु ल' सार्वजनिक (भिडियो)

    क्यानाडानेपाल

    माघ ३

  • 220
    SHARES
  • सुमन केसीको नयाँ गीत 'बिन्ती नाइँ नभन्नु ल' सार्वजनिक (भिडियो)

    काठमाडौं - गायक सुमन केसीको नयाँ गीत 'बिन्ती नाइँ नभन्नु ल' सार्वजनिक भएको छ । सुमन र सुश्मा विश्वकर्माको सुमधुरमा सजिएको यस गीतको भिडियो शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । 

    यस गीतमा सत्यराज चौलागाईंको शव्द र सरोज पोखरेलको संगीत रहेको छ । भिडियोमा रोह्बिन पोखरेल, उसा उप्रेती, अकेशा  पोखरेल र आयुश  गुरागाइको अभिनय रहेको छ । 

    अकेशा युट्युब च्यानलबाट सार्वजनिक यस म्युजिक भिडियोको दृश्य कैद रुपेश थापाले गरेका छन् । भिडियोलाई नितिन चन्दले निर्देशन र  नवीन निरौलाले  सम्पादन  गरेका हुन् । 


    माघ ३, २०७७ शनिवार १२:५०:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुमन केसी

  • क्यानाडानेपाल डेस्क

    स्वेता खड्काको भव्य बिहे भोज, सिउँदोमा सिन्दुरले सजिएर श्रीमानको हात समाउदै आउँदा सबैलाई लोभ्याईन

    क्यानाडानेपाल

    माघ १

  • 1.2K
    SHARES
  • स्वेता खड्काको भव्य बिहे भोज, सिउँदोमा सिन्दुरले सजिएर श्रीमानको हात समाउदै आउँदा सबैलाई लोभ्याईन

    काठमाडौं । अभिनेत्री स्वेता खड्का र विजयन्द्र सिंह रावतको विवाहको भोज आज काठमाडौमा भव्यताका साथ आयोजना गरिएको छ । अहिले चलिरहेको उक्त भोज कार्यक्रममा कलाकारहरुदेखि विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको छ ।

    सिउँदोमा सिन्दुरले सजिएर ओठमा मुस्कान सहित श्रीमानको हात समाउदै जब स्वेता खड्काको ईण्ट्रि भयो, उपस्थित सबैको मन लोभिएको थियो । स्वेताको ओठमा मुस्कान र सासु ससुरा संगै प्रेममय सम्बन्ध आजको भोजमा देख्न सकिन्थ्यो ।

    स्वेता खड्काको बिहे भोजमा नायक, नायिका, गायक गायिका, निर्माता, निर्देशक देखि सांसदहरु समेत आएर शुभकामना दिएका छन् । विवाह भएको झण्डै एक माहिना पश्चात स्वेता खड्काले आज विवाह भोज आयोजना गरेकी हुन् ।

    स्वेता खड्का धनगढीका विजयन्द्र सिंह रावतसँग मंसिर २२ गते विवाह बन्धनमा बाधिँएकी हुन् । विवाहमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थिति रहेको थियो । लामो समयको प्रेम पश्चात स्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

     


    माघ १, २०७७ बिहिवार २०:५५:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वेता खड्का

  • बिकाश बखुन्छेँ

    यस वर्षको आदर्श विशेष सम्मान गायक प्रकाश सपुतलाई   

    क्यानाडानेपाल

    माघ १

  • 402
    SHARES
  • यस वर्षको आदर्श विशेष सम्मान गायक प्रकाश सपुतलाई   

    गलकोट - यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ । 

    सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । सपुतलाई नगद रु २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान सङ्घीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गर्नुभएको छ । 

    बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सुपतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो ।  

    गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन् । उहाँ चलचित्रमा समेत डेब्यु गर्नुभएको छ । आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिसकिएको सहकारीले जनाएको छ । सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार प्रदान गरिएको छ । 

    आदर्श सञ्चारका सहसम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद रु १० हजार राशिको हो । उक्त सम्मान तथा निर्वतमान सङ्घीय सांसद मनकुमारी केसी र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गर्नुभयो । थकाली नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखाको अध्यक्षसमेत हुनुहुन्छ । उहाँ अन्नपूर्ण पोष्ट, एपीवान टेलिभिजन तथा समाधान दैनिकमा कार्यरत हुनुहुन्छ । 

    धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी) राम थापा, सङ्गम घर्ती (बागलुङ)लाई प्रदान गरिएको थियो । 

    समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षेत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम रु ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरिका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ । अहिले उक्त कोषको रकम रु एक लाख पु¥याइएको छ । रासस
     


    माघ १, २०७७ बिहिवार २०:३१:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाश सपुत
  • # आदर्श विशेष सम्मान

  • क्यानाडानेपाल डेस्क

    ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रमुख प्रायोजकमा ओपो  

    क्यानाडानेपाल

    माघ १

  • 544
    SHARES
  • ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रमुख प्रायोजकमा ओपो  

    काठमाडौं - चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को तयारी अन्तिम चरणमा पुगेको छ । 

    हिमालय टेलिभिजन बाट प्रसारण हुने यस शो अब छिट्टै प्रशारण हुन लागेको छ । यस्तै द भ्वाइस  सिजन–३ को प्रमुख प्रायोजकमा ओपो अनुबन्धित भएको छ । 

    138241223_788818585003643_5855370604698881531_o.jpg

    पुष २९ गते काठमाडौंमा आयोजित साईनिङ सेरेमोनीमार्फत ओपोले हिमालय हिमालय टेलिभिजन एचडीसँग सहकार्यको घोषणा गरेको हो। यस्तै यस शोको सिजन ३ मा अब गायिका आस्था राउतलाई देख्न नपाइने भएको छ । 

    उनको स्थानमा गायिका त्रिश्ना गुरुङ कोचको रुपमा आउने भएकी छिन् । आस्था विबादमा तानिएसँगै नयाँ सिजनमा उनलाई नदोहोर्इने भएको बताइएको छ ।


    माघ १, २०७७ बिहिवार १८:३५:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # द भ्वाइस अफ नेपाल

  • क्यानाडानेपाल डेस्क