• Jan 20 2021 | २०७७, माघ ७गते

२०७७, माघ ७गते

बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न थालियो (तस्बिरसहित)

क्यानाडानेपाल मंसिर ९ २०७७
  • 1.5K
    SHARES
  • बाख्राले जन्मायो बाँदरको अनुहार भएको पाठो, हनुमानको अवतार भन्दै पूजा गर्न थालियो (तस्बिरसहित)

    काठमाडौं - कुनै पनि जनावरले सोचे भन्दा फरक अनुहारको बच्चा जन्माएमा छक्क पर्नु सामान्य कुरा हो । तर भारतमा एउटा बाख्राले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको छ । 

    Capture.PNG

    सुन्दा अचम्म लाग्ला, तर उत्तर प्रदेशको कानपुरमा बाख्रनले बाँदरको जस्तै अनुहार भएको पाठो जन्माएको हो । अनौठो बच्चा जन्माउने बाख्रा कानपुर जहांगीराबाद निवासी सीताराम कठेरियाको हो । 

    Capture.PNG

    बाँदरको अनुहारको पाठो जन्मिएपछि मानिसहरूले  हनुमानको अवतारको रूपमा पूजा गर्न थालेको भारतिय मिडिया आजतकले जनाएको छ। पाठो मरेको थियो, तर पनि मानिसहरुको हेर्ने भीड लागेकोे थियो । 

    धेरैले चमत्कार भयो भन्दै पैसा चढाउदै पूजा गर्न थाले । त्यो रात सीतारामको बाख्राले ५ पाठापाठी जन्माएको थियो । बाँदरको अनुहारको पाठो भने मरेको थियो । 

    sg.PNG
     


    मंसिर ९, २०७७ मंगलवार २१:४६:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाँदरको अनुहार भएको पाठो

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    नेपालकी यी महिला, जसले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आएकी छिन्

    क्यानाडानेपाल

    माघ ६

  • 910
    SHARES
  • नेपालकी यी महिला, जसले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आएकी छिन्

    काठमाडौं - विश्वमा धेरै मानिसहरुले अनौठा कार्यहरु गरेर विश्वलाई नै चकित पारिरहेका छन् । अनौठो कार्य गरेर धेरै मानिसले विश्व रेकर्ड पनि राखेका छन् । तर नेपालमै एक यस्ती महिला छिन् जसको कार्यले धेरै मानिसहरु चकित परेका छन् । 

    तपाईलाई थाहा छ, एक अंग्रेजी वेबसाइट अनुसार ११५ वर्षकी बाटुली लामिछानेले लामो समयदेखि दैनिक रुपमा ३० खिल्ली चुरोट पिउँदै आइरहेकी छिन् । उनले १७ वर्षको उमेरदेखि चुरोट पिउँदै आइरहेकी छिन् । 

    परिवारको कुरा गर्दा उनले ५ जनाको सन्तानलाई जन्म दिएकी छिन् । तर अहिले उनका एक छोरा मात्र जिवित छन् ।  

    उनले जिन्दगीमा धेरै उतार चढाव आएको बताउछिन् । उनले आफ्नो काम आफै गर्ने गर्छिन् । अहिले उनले मन्दिरलाई नै आफ्नो घर बनाएकी छिन् । 
     


    माघ ६, २०७७ मंगलवार २१:५९:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाटुली लामिछाने

  • क्यानाडानेपाल डेस्क

    अनौठा परम्परा भएको स्थान, जहाँ ४० किलोको फुटबल म्याच खेलिन्छ

    क्यानाडानेपाल

    माघ ५

  • 244
    SHARES
  • अनौठा परम्परा भएको स्थान, जहाँ ४० किलोको फुटबल म्याच खेलिन्छ

    काठमाडौं - विश्वमा धेरै अनौठा घटनाहरु भइरहेका हुन्छन् । अनौठा घटनाहरुको बारेमा हामिलाई थाहा पनि हुँदैन । तर एक्कासी सुन्दा वा देख्दा अनौठो लाग्ने गर्छ । यस्तै भारतमा एक अनौठो परम्परा छ । 

    भारतको राजस्थानस्थित बुन्दी जिल्लामा एक अनौठो परम्परा छ । सुन्दा अचम्म लाग्ला, तर यहाँ माघे संक्रान्तिको दिन ४० किलोको फुटबल खेल्ने गरिन्छ ।

    यो परम्परा ७०० वर्षदेखि चल्दै आइरहेको छ । ४० किलोको फुटबल म्याच राजपूत समाज र गाउँका मानिसबीच हुने गर्छ ।

    यो म्याच हेर्न धेरै टाढाबाट पन मानिसहरु आउने गर्छन् । यस म्याचमा युवा मात्र नभई वृद्ध पनि भाग लिन पाउछन् । 


     


    माघ ५, २०७७ सोमवार २१:२८:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ४० किलोको फुटबल म्याच

  • क्यानाडानेपाल डेस्क

    अनौठो परम्परा, जहाँ बच्चा जन्माएपछि मात्रै धुमधामले विवाह गरिन्छ

    क्यानाडानेपाल

    माघ ४

  • 384
    SHARES
  • अनौठो परम्परा, जहाँ बच्चा जन्माएपछि मात्रै धुमधामले विवाह गरिन्छ

    काठमाडौं - विश्वमा धेरै जाति, समुदाय र वर्गका मानिसहरु छन् । उनीहरुको आफ्नै रीति रिवाज र परम्परा हुन्छन् ।  यस्तै विश्वमा यस्तो परम्परा पनि छ, जुन निकै आश्चर्यजनक छन् । 

    भारतमा यस्तो अनौठो परम्परा भएको समुदाय पनि छ, जहाँ बच्चा जन्माएपछि मात्रै विवाह गर्ने गरिन्छ । भारतको राजस्थानमा गरासिया ट्राइबका मानिसहरु विवाह अघि नै श्रीमान श्रीमतीको सम्बन्धमा रहदै आउने गर्छन् । 

    यहाँका मानिसहरु पछिल्लो एक हजार बर्षदेखि यसरि नै बस्दै आइरहेका छन् । उनीहरुको परम्परामा विवाह अघि बच्चा जन्माउने गरिन्छ । 

    यो चलन एक हजार वर्ष पहिलादेखि चल्दै आएको जनाइएको छ । गरासिया जातका मानिस राजस्थान र गुजरातमा केही स्थानमा बस्ने गर्छन् । उनीहरुको कयौ कैयौ पिढीदेखि केही परिवारमा कसैको पनि विवाह भएको छैन । 

    यो परिवारमा पहिले विहे गरेमा सन्तान नहुने बताइन्छ । त्यसैले बच्चा जन्माएपछि मात्र विवाह गरिन्छ । राजस्थान र गुजरातमा लाग्ने विवाह मेलामा युवा युवतीहरु एक अर्कासँग भेट गर्ने वा भाग्ने गर्छन् । 
     

     


    माघ ४, २०७७ आइतवार २१:३०:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो परम्परा

  • क्यानाडानेपाल डेस्क

    वैज्ञानिकहरुले पत्ता लगाए अनौठो प्रजातिको माछा, जसले पिसाबको माध्यमबाट एकआपसमा कुरा गर्छ

    क्यानाडानेपाल

    माघ १

  • 662
    SHARES
  • वैज्ञानिकहरुले पत्ता लगाए अनौठो प्रजातिको माछा, जसले पिसाबको माध्यमबाट एकआपसमा कुरा गर्छ

    काठमाडौं । विश्वमा हामिलाई थाहा नभएका धेरै प्रजातीका माछाहरु छन् । हामिलाई केही प्रजातीका बारेमा मात्र थाहा हुन सक्छ । माछाहरु अनौठो र खतरनाक पनि हुन्छन् । 

    आज तपाईलाई यस्तो माछाको बारेमा जानकारी दिदैछु, जसले अनौठो तरिकाले एक अर्कासम्म आफ्नो कुरा पूराउँने गर्छ । हामिहरुले विभिन्न जीव जनावरले आवाज वा कुनै संकेतको माध्यमबाट एक अर्कासम्म आफ्नो कुरा पूराएको देखेका छा्रै । 

    तर विश्वमा यस्तो प्रजातीको माछा छ, जसले आफ्नो पिसाबको माध्यमबाट एक आपसमा कुरा गर्ने गर्छ ।  पिसाबको माध्यमबाट एक आपसमा कुरा गर्ने माछाको बारेमा वैज्ञानिकहरुले पत्ता लगाएका हुन् । 

    सिच्लिड माछाको एक प्रजाति अनौठो हुन्छ, यसले आफ्नो  पिसाबको माध्यमबाट एक आपसमा कुरा गर्ने गर्छ । यस माछाले पिसाबमा रहेको रसायनको माध्यमद्धारा आफ्नो साथिलाई संकेत गर्ने गर्छ । कुनै खतरा थाहा भएमा पिसाबबाट नै सावधान गराउछ । 

     


    माघ १, २०७७ बिहिवार २१:१२:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अनौठो माछा

  • क्यानाडानेपाल डेस्क

    यस्तो देश, जहाँ मोटोपन भएकालाई भेदभाव गरिन्छ  

    क्यानाडानेपाल

    पौष २९

  • 398
    SHARES
  • यस्तो देश, जहाँ मोटोपन भएकालाई भेदभाव गरिन्छ  

    काठमाडौं । हाम्रो देशमा मोटोपन भएका मानिसहरु धेरै छन् । मोटोपन भएका मानिसहरुलाई खाए लागेको जस्तो देखिएको भन्ने गरिन्छ । मोटो शरिर भएकालाई नराम्रो मान्ने पनि गरिदैन । तर यस्तो देश पनि छ, जहाँ मोटो मानिसलाई राम्रो मानिदैन । 

    मोटोपन भएका मानिसलाई भेदभाव गर्ने गरिन्छ । तपाईलाई थाहाँ नहोला, इंग्ल्यान्डमा  मोटोपन भएकालाई राम्रो मानिदैन । यहाँ अफिसमा पनि पाताला कर्मचारी नै खोज्ने गरिन्छ । 

    मोटोपनसँग जोडिएका खबरले मोटा मानिसहरुलाई तनाव हुने हुनाले यस्तो भेदभाव सकिने बताइएको छ । बिशेषज्ञहरुले यस विषयमा कानुन बनाएर भेदभाव हटाउन माग पनि गरिरहेका छन् । 

    कानुनले मोटा मानिसहरुलाई गरिने क्रुर टिप्पणीमाथि मुद्दा दायर गर्न दिएमा यस्तो भेदभाव अन्त्य हुने बताइएको छ ।

    यस्ता मानिसहरुले काम नपाउने र पाएपनि दुखले पाउने समस्या रहेको छ । यस्ता मानिसहरुले काम पएमा पनि बर्खास्त भइहाल्ने गर्छन् । यहाँ १४-१५ प्रतिशत वयस्क मानिसहरु मोटोपन भएका छन् ।


    पौष २९, २०७७ बुधवार २२:०४:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मोटोपन भएकालाई भेदभाव

  • क्यानाडानेपाल डेस्क

    लामो नङ पालेरै विश्व रेकर्ड राखे श्रीधरले, नङकै कारण युवती विवाह गर्न मानेनन्

    क्यानाडानेपाल

    पौष २८

  • 580
    SHARES
  • लामो नङ पालेरै विश्व रेकर्ड राखे श्रीधरले, नङकै कारण युवती विवाह गर्न मानेनन्

    काठमाडौँ - बिश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । धेरैले अनौठो कार्य गरेरै गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि राखेका छन् । 

    त्यस्तै एक पुरुषले पनि आफ्नो अनौठो प्रतिभाले बिश्वलाई नै चकित पारेका छन्। उनको लामो नङ देखेर जोकोही हेरेको हेर्यै हुन्छ ।  भारतमा यस्ता पुरुष छन्, जसले हातमा २ मिटर लामो नङ पालेका छन् । 

    भारतका श्रीधर चिलानले १९५२ देखि हातका नङ पाल्न शुरु गरेका हुन् । उनले अहिलेसम्म नङ काटेका छैनन् । हातमा सबैभन्दा लामो नङ भएकै कारण उनले विश्व रेकर्ड पनि राखिसकेका छन् । 

    लामो नङका कारण चर्चामा आएका उनले नङलाई एक संग्रहालयमा दिने सोच पनि बनाएका छन् । उनले आफ्नो नङकै कारण आफुलाई विवाहको लागि पनि समस्या भएको बताए । 

    लामो नङ भएकै कारण केही युवती विवाह गर्न पनि मानेनन् । विद्यालय जाने बेलाको कुरा सम्झदै उनले नङ नकाटेकै कारण शिक्षकको कुटाई खाएको पनि बताए । लामो नङकै कारण उनलाई जागीर खान पनि समस्या परेको थियो ।


    पौष २८, २०७७ मंगलवार २१:४८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लामो नङ

  • क्यानाडानेपाल डेस्क