• Jan 20 2021 | २०७७, माघ ७गते

२०७७, माघ ७गते

कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

क्यानाडानेपाल मंसिर ९ २०७७
  • 788
    SHARES
  • कोरोना प्रभावितलाई कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

    काठमाडौँ - नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह गर्न भनेको छ । मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ मा उल्लेख भएका व्यवस्थाअनुसार कर्जा प्रवाह गर्न भनेको हो ।

    केन्द्रीय बैंकले अतिप्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सो को ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम रु १० करोडसम्म कर्जा प्रवाह गर्न भनेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम रु सात करोडसम्म प्रवाह गर्न निर्देशन गरिएको छ ।

    त्यस्तै न्यून प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम रु पाँच करोडसम्म प्रवाह गर्न निर्देशन दिइएको छ ।

    केन्द्रीय बैंकले त्यस्तो कर्जा आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सकिनेछ । सीमा स्वीकृत गर्दा कार्यविधिअनुसार प्रभावित कूल कर्जाको ३० प्रतिशत रकम घरेलु, साना तथा मझौला उद्यमको लागि प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्कबाहेक अन्य कुनै प्रकारको शुल्क भने लिन नपाउने व्यवस्था गरिएको जनाएको छ ।

    यसैगरी बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीबाट समेत कर्जाको लागि आवेदन प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेछ । व्यावसायिक निरन्तरता कर्जा प्राप्त गरेका ऋणीको विवरण आफ्नो बेवसाइटमार्फत त्रैमासिकरुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले जानकारी दिनुभयो ।रासस 


    मंसिर ९, २०७७ मंगलवार २२:०१:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    फेरि बढ्यो सुनको मूल्य          

    क्यानाडानेपाल

    माघ ७

  • 180
    SHARES
  • फेरि बढ्यो सुनको मूल्य          


      काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाले बढेको हो । 

    मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज  तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयामा कारोबार भइरहेको छ । 

    त्यस्तै आज पनि चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य ११ सय ६०  रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 
     


    माघ ७, २०७७ बुधवार ११:३६:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?

    क्यानाडानेपाल

    माघ ७

  • 256
    SHARES
  • बढ्यो अमेरिकी डलरसहित अन्य देशको विनिमयदर, हेर्नुहोस् कुनको कति ?

    काठमाडौं - बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर केही बढेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ १६ पैसा तोकिएको छ । 

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ८९  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६५ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २९ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ । 

    m.jpg


    माघ ७, २०७७ बुधवार ०९:१२:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    बढ्यो सुनको मूल्य          

    क्यानाडानेपाल

    माघ ६

  • 494
    SHARES
  • बढ्यो सुनको मूल्य          

    काठमाडौं - मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ४ सयले बढेको हो । 

    सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज  तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य ११ सय ४५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ । 


    माघ ६, २०७७ मंगलवार ११:०४:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडानेपाल डेस्क

    आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

    क्यानाडानेपाल

    माघ ६

  • 422
    SHARES
  • आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

    काठमाडौं - मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर स्थिर रहेको छ । 

    आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ ।

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ९४ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ०४ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ४७  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ २८ पैसा तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६२ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ । 

    mm.jpg


    माघ ६, २०७७ मंगलवार ०८:४०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विनिमयदर

  • क्यानाडानेपाल डेस्क

    बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, कुनको कति ?

    क्यानाडानेपाल

    माघ ५

  • 316
    SHARES
  • बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, कुनको कति ?

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल / मट्टितेलमा लिटरमा दुई दुई रुपैयाँ बढाएको हो । 

    यो मूल्य सोमबार राती १२ बजेबाट लागू हुनेछ। मूल्य बढेसँगै अब पेट्रोलको मूल्य ११० रुपैयाँ प्रतिलिटर कायम भएको छ । 

    त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य ९३ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । निगमका अनुसार अन्य हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाइएको छ।

    petr.png

     


    माघ ५, २०७७ सोमवार २०:५१:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम पदार्थ

  • क्यानाडानेपाल डेस्क

    धितोपत्र बजार : नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि

    क्यानाडानेपाल

    माघ ५

  • 272
    SHARES
  • धितोपत्र बजार : नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि

    काठमाडौँ - लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १७.३१ बिन्दुले वृद्धि भई दुई हजार ३३२.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१८ ले वृद्धि भई ४४५.६० मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोवार रकम रु छ अर्बमाथि रहेको छ ।

    कूल २०७ कम्पनीको एक करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर रु छ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७ मूल्यमा कारोवार भए । नेप्सेको उकालो यात्रासँगै बजार पूँजीकरण रु ३१ खर्ब ४१ अर्ब ८१ करोड १३ लाख ४० हजार बराबर हुन पुगेको छ ।

    जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको शेयरमा उल्लेख्य सुधार आउँदा बजारले नयाँ लय समातेको हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये जलविद्युत् उपसमूहको शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयरमा ११.५२ बिन्दुको गिरावट देखिएको छ ।

    यसैगरी बैंकिङ २.८१, व्यापार १८१.०४, होटल ११३, विकास बैंक ५०.४५, वित्त २२.५८, निर्जीवन बीमा १२६.१३, उत्पादन २१.४, अन्य ११.४२, लघुवित्त १००.१, जीवन बीमा १९९.४७ र सामूहिक लगानी कोष ०.२५ ले वृद्धि भएको छ । कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ४६ लाख ९४ हजार ७८९ बराबरको कारोवार भयो ।

    यस्तै नेपाल दूरसञ्चार कम्पनी रु २६ करोड ८५ लाख २४ हजार ३५९, एनआइसी एशिया बैंक रु २० करोड २४ लाख ४२ हजार ७४७, नेपाल पुनरबीमा कम्पनी रु १७ करोड आठ लाख ६२ हजार ६०४, नेपाल लायफ इन्स्योरेन्स कम्प्नी रु १६ करोड २२ लाख ३२ हजार ३४७, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ८० लाख ८० हजार ३९, सूर्य लाइफ इन्स्योरेन्सको प्रवद्र्धक शेयर रु १२ करोड ६९ लाख सात हजार र लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड १६ लाख ११ हजार ४५३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

    कारोबार भएका कम्पनीहरु मध्ये ११० कम्पनीको शेयर उकालो लागेको छ भने ५३ कम्पनीको शेयर ओरालो लागेको छ । कूल १३ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा सिभिल लघुवित्त वित्तीय संस्था १०, विशाल बजार कम्पनी ९.९८, गुर्खाज फाइनान्स ९.९७, नारायणी डेभलपमेन्ट ९.९८, स्वाभिमान लघुवित्त ९.९६, आरम्भ चौतारी लघुवित्त ९.९५, सामुदायिक लघुवित्त ९.९५, समिट लघुवित्त वित्तीय संस्था ९.९५ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए । यसैगरी समृद्धि फाइनान्स ४.१४, एभरेष्ट बैंक ३.८३, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.६४, गुडविल फाइनान्स ३.०७, मिर्मिरे फाइनान्स २.९३, आइएमई जनरल इन्स्योरेन्स २.४३ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.३७ प्रतिशतले गुमाए ।रासस


    माघ ५, २०७७ सोमवार १८:२१:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेप्से

  • क्यानाडानेपाल डेस्क