• Jan 20 2021 | २०७७, माघ ७गते

२०७७, माघ ७गते

बर्दिबासमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने 

क्यानाडानेपाल मंसिर १० २०७७
  • 566
    SHARES
  • बर्दिबासमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने 

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ ।

    प्रहरीको गोली लागेर गम्भीर घाइते भएका स्थानीय ४२ वर्षीय सञ्जय भन्ने बुद्धिराम न्यौपानेको मृत्यु भएपछि बुधबार बिहानदेखि बिहीबार बिहानसम्मका लागि बर्दिबासमा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    बर्दिबास नगरपालिका १४ की ६ वर्षीया बालिका गुलाब साह खातुनको शव बोरामा भेटिएपछि मंगलबार बालिकाको बलात्कारपछि हत्या भएको भन्दै प्रदर्शन गरेका थिए । 

    बालिकाको शव सडकमा राखेर स्थानीय प्रदर्शन उत्रिएपछि नियन्त्रणका लिने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको मंगलबार राति नै काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

    न्यौपानेको मृत्युपछि बुधबार बिहानदेखि नै बर्दिबासमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । 

    पूर्वमा रातोखोला, पश्चिममा माइस्थानचोक, उत्तरमा पाटेचोक र दक्षिणमा क्वार्टरचोक क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा जारी गरिएसँगै सो क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने प्रशासनले स्पष्ट पारेको छ । 


    मंसिर १०, २०७७ बुधवार ११:१३:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बर्दिबास
  • # निषेधाज्ञा

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    विदेशबाट फर्किएर टेलरिङ्ग व्यवसायमा जमेका यी युवाका मनछुने कथा

    क्यानाडानेपाल

    माघ ७

  • 72
    SHARES
  • विदेशबाट फर्किएर टेलरिङ्ग व्यवसायमा जमेका यी युवाका मनछुने कथा

    काठमाडौं - लामोसमयदेखि टेलरिङ्ग व्यवसायमा जमेका युवा हुन् राज कार्की । आकर्षक व्यक्तित्व भएका राज कार्की बालकोट निवासी हुन् । 

    झट्ट हेर्दा मोडल जस्ता देखिने राजले गरेको टेलरिङ्ग व्यवसाय देखेर धेरै छक्क पर्छन् । हाम्रो समाजमा र मानसपटलमा टेलरिङ्ग व्यवसाय भन्ने बित्तिकै पिछडिएका जातले गर्ने पेशा हो भन्ने मान्यता वा भ्रम छ । 

    तर उनी त्यो भ्रमलाई चिर्नुछ, भन्दै अगाडि बढिरहेका छन् । नरदेवीमा रहेको श्रीराज कलेक्सनका प्रोपाइटर राज आफ्नो कामबाट उपभोक्तालाई सन्तुष्ट  दिइरहेका छन् । 

    उनले आफ्नो अनुभव बताउदै भने  ‘हाम्रो समाज र मानसपटलमा टेलरिङ्ग व्यवसाय भन्ने बित्तिकै पिछडिएका जातले गर्ने पेशा हो भन्ने मान्यता वा भ्रम छ । त्यसलाई चिरेर कसरी अगाडी बढ्न सकिन्छ भन्ने लाग्यो । त्यो भ्रमलाई चिर्नु छ भने, म आफैले शुरुवात गर्नुपर्छ भन्ने लाग्यो र यो पेसामा हात हाले ।’  

    राज कसरी यो व्यवसायमा आए भन्ने धेरैको मनमा हुनसक्छ । उनले नयाँ बानेश्वरमा डेढ दशक बोर्डिङ स्कुल सञ्चालन गरे ।  शिक्षा क्षेत्रमा डेढ दशक बिताएपछि विविध कारणले गर्दा उनले उक्त्त विद्यालय छाडे ।

    अब के गर्ने, कुन पेशामा आबद्ध हुने ? उनी केही समय भौतारिए,पछि भिजिट भिसामा दुबइ पुगे । एक महिना दुबइमा घुमेपछि आफ्नै जन्मभुमि राम्रो हुने सोचले नेपाल फर्किए ।

    नेपाल फर्किएपछि उनको मनमा २ वटा व्यवसायको सोच आयो । खाद्यान्न गर्ने की सर्टिङ सुटिङ । शिक्षा क्षेत्रमा हुँदा धेरै मानिससँग उनको चिनजान थियो । प्राय सबै प्रिन्सिपलहरुसँग उनको राम्रो चिनजान थियो । उनी अन्तिमा टेलरिङ् व्यवसाय गर्ने मनस्थितिमा पुगे ।

    राम्रा राम्रा लुगा लगाएर ठाटिएर हिड्न रुचाउने हाम्रो नेपाली समाज लुगा सिलाउनेहरुलाई नराम्रो नजरले हेर्छ । नेपाली भाषामा भन्नुपर्दा, पिछडिएको जातीले गर्ने काम क्षेत्रीले गर्नुपर्ने भयो ।

    टेलरिङ व्यवसाय हात हालेका राजलाई शुरुमा निकै कठिन भयो । कलम चलाईरहेका उनका हातले कैंची चलाउनु परेको थियो । उनले सहयोगी हात खोजे । तर बचन मात्र पाए ।

    निरन्तर आत्मवल र आत्मविश्वास कायम राखेपछि अहिले उनी यस्तो अवस्थामा पुगेका छन् । उनले व्यवसाय सुरु गर्दा ७५ हजार रुपैंयाँ थियो । उनले साथीहरुको सहयोगमा  ३८ लाख रुपैंयाँ जम्मा गरे र व्यवसाय शुरु गरे । भारतीय र इटालियन ब्राण्डका लुगा पाइने श्रीराज कलेक्सनमा अहिले ग्राहक फर्कि–फर्कि आउँने गर्छन् । 

    पसलमा हसिँलो अनुहारले स्वागत गर्ने उनको बानीलाई ग्राहकले निकै रुचाउछन् । अब राजले काठमाडौंका बिभिन्न स्थानमा  ब्राञ्चहरु खोल्दै छन् । उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सचिव पनि हुन् ।
     


    माघ ७, २०७७ बुधवार २१:१०:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राज कार्की

  • क्यानाडानेपाल डेस्क

    नेपालमा ९७.९ प्रतिशत कोरोना संक्रमित निको, सक्रिय संक्रमित कति ?

    क्यानाडानेपाल

    माघ ७

  • 122
    SHARES
  • नेपालमा ९७.९ प्रतिशत कोरोना संक्रमित निको, सक्रिय संक्रमित कति ?

    काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३८३ जनाले कोरोनालाई जितेको जानकारी दिएको हो । यससँगै नेपालमा ९७.९ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । 

    नेपालमा कोरोना जित्नेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार १२ स्वाब परीक्षण गर्दा मुलुकभर ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   

    यससँगै कोरोना संक्रमितको कूल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । हालसम्म ३ हजार ६ सय ९३ सक्रिय संक्रमित रहेका छन् । हालसम्म नेपालमा २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ।

    यसैगरी पछिल्लो २४ घण्टामा ६ जना कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

     


    माघ ७, २०७७ बुधवार १९:१५:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    रवि लामिछानेको भोलि न्यूज२४ टेलिभिजनमा अन्तिम कार्यक्रम, सबैलाई धन्यवाद दिए

    क्यानाडानेपाल

    माघ ७

  • 206
    SHARES
  • रवि लामिछानेको भोलि न्यूज२४ टेलिभिजनमा अन्तिम कार्यक्रम, सबैलाई धन्यवाद दिए

    काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले भोलि बिहीबार न्यूज २४ टेलिभिजनमा अन्तिम कार्यक्रम गर्दै विदा हुने भएका छन् । यसबारे बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत रविले जानकारी दिएका हुन् । 

    सो टेलिभिजनमा उनले ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका छन् । अब भोलि अन्तिम कार्यक्रम गरेर बिदा हुने उनले बताए । 

    यसबारे फेसबुक उनले लेखेका छन्, ‘भोलि प्रशारण हुने कार्यक्रमसँगै  न्यूज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि  सम्पुर्ण न्यूज २४ टेलिभिजन परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल र निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।’ 

    fb rabi.PNG


    माघ ७, २०७७ बुधवार १८:३०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # सिधाकुरा जनतासँग

  • क्यानाडानेपाल

    पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

    क्यानाडानेपाल

    माघ ७

  • 196
    SHARES
  • पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

    काठमाडौं - पोखरामा कोरोनाभाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ की ३५ वर्षीया महिला र स्याङ्जाको बिरुवा गाउँपालिका–५ की ७० वर्षीया महिला रहेका छन् । उनीहरुको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार बिहान मृत्यु भएको हो । 

    पुष २९ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएकी ३५ वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको जनाइएको छ । त्यस्तै मंगलबार संक्रमण पुष्टि भएकी ७० वर्षीया महिलाको पनि बुधबार बिहान नै मृत्यु भएको हो । 

    140304211_239638614210590_1794523981822948723_o.jpg

     

     


    माघ ७, २०७७ बुधवार १८:११:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडानेपाल डेस्क

    भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

    क्यानाडानेपाल

    माघ ७

  • 134
    SHARES
  • भीमसेन मन्दिर पुनःनिर्माण ५५ प्रतिशत सम्पन्न

    काठमाडौँ।  पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएको थियो । मन्दिरको दोस्रो तलासम्म दलिन राख्ने र गारो लगाउने काम सकिएको साइट इञ्जिनीयर प्रणाम होराले बताउनुभयो । उनले भने, “मन्दिरको माथिल्लो दुई छाना लगाउन बाँकी छ । 

    मन्दिरमा प्रयोग गरिने झ्याल र कार्नेश मर्मत भइसक्यो भने आवश्यक सम्पूर्ण सामग्री लगभग जोहो गरिसक्यौँ ।” मन्दिरको दुई तलामा झिँगटी लगाउन, माथिल्लो तलाका लागि टुँडाल अनि गजुर मर्मत र पाता सफा गर्ने काम भने बाँकी रहेको उनले बताए । स्थानीय जनता अघि बढेपछि गुणस्तरीय काम भइरहेको र काम पनि ५५ प्रतिशत सम्पन्न भइसकेको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले बताए । 

    उनले भने, “अबको छ महिनाभित्रमा मन्दिर पुनःनिर्माणको काम सकिने छ ।” “हाम्रो सम्पदा हामी आफैँ बनाऔँ” भन्ने नारासाथ स्थानीय जनताले गाईको पुच्छरमा डोरी बाँधेर गजुर निकाली भत्काउन शुरु गरेपछि धमाधम पुनःनिर्माणको काम भइरहेको छ ।

    मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्वपूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा छ । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन समयको भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।

    मन्दिर पुनःनिर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडाैं भ्याली प्रिजर्भेशन ट्रष्ट र मङ्गल टोल सुधार समितिलगायत विभिन्न सङ्घसंस्थासमेत यसमा लागि परेका छन् । मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको सङ्घले जनाएको छ ।

    पुनःनिर्माणका लागि एभरेष्ट बैंकले रु एक करोड, प्राइम बैंकले रु १० लाख, वाणिज्य बैंकले रु पाँच लाख, ललितपुर महानगरपालिकाले रु एक करोड र तदर्थ समितिका सदस्यले रु ९० हजार दिइसकेको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी दिए।

    माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनःराख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिएका छन्। मन्दिरलाई चाहिने डाँची र इँट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने जनाएका छन्। रासस 


    माघ ७, २०७७ बुधवार १७:२६:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीमसेन मन्दिर
  • # पुनःनिर्माण

  • क्यानाडानेपाल

    सेनामा निवृत्तिभरण सम्बन्धी नयाँ प्रस्ताव 

    क्यानाडानेपाल

    माघ ७

  • 146
    SHARES
  • सेनामा निवृत्तिभरण सम्बन्धी नयाँ प्रस्ताव 

    तस्बिर : नेपाल टेलिभिजन 

    काठमाडौँ। नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ । पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढदै गएपछि सैनिक मुख्यालयको पटक–पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संंशोधन अघि बढाएको हो ।

    रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषद्मा पुगेको छ । नियमावलीमा अधिकृतभन्दा तल्लो तहका लागि दर्जागत आधारमा स्वेच्छिक अवकासमा जान सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । विसं २०६० वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

    पिउठ, अमलदार र हुद्दा १७, जमदार १८ तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वेच्छिक अवकासमा जान सक्ने नियमावलीले व्यवस्था गरेको छ । सहायक सेनानी तहभन्दा माथिको तहको हकमा भने पेन्सन पाक्ने अवधि २० वर्ष नै कायम हुनेछ ।

    बीस वर्ष सेवा नपुग्दै स्वेच्छिक अवकास लिने त्यस्ता सैनिकले निवृत्तिभरणको रकम भने सेवा प्रवेश अर्थात भर्ना भएको मितिले २० वर्ष अवधि पूरा भएको मितिबाट मात्रै पाउने छन् । सेवाअवधि भने दर्जाअनुरुप अवकास लिएको वर्षकै नै गणना हुनेछ । नियमावली संशोधन भई कार्यान्वयनमा आएपछि अधिकृतभन्दा तल्लो तहमा जागिरमा रहनेले केही हदसम्म राहत महसुस गर्ने छन् ।

    समान पदका सैनिकको निवृत्तिभरण(पेन्सन) सम्बन्धी रही आएको दुई थरी व्यवस्था हटाई उत्प्रेरणा गर्न तथा सैनिक सेवाको कार्य प्रकृति र विशिष्ट विशेषतालाई सम्बोधन होस् भन्ने हेतुले उक्त नियमावली अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

    विसं २०६० वैशाख २७ गतेसम्म सिपाहीदेखि हवल्दारसम्म १६ वर्षे सेवा गरेपछि पेन्सन हुने व्यवस्था थियो । लामो समयसम्म पेन्सनसम्बन्धी मुद्दा सम्बोधन नभएपछि अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ सैनिकले बीचमै सेवा छाडेका थिए । माग सम्बोधन नहुँदा अवकासपछि जीवन धान्न र परिवार पाल्न कठिन हुने जनाउँदै ती सैनिकले वैदेशिक रोजगारीमा जाने सिलसिलाम बीचमै जागिर छाडेका हुन् ।

    सेवा परित्याग गरी वैदेशिक रोजगारीमा जाने तल्लो तह सिपाहीदेखि हवल्दारसम्मको सङ्ख्या अधिक छ । सोह्र वर्षसम्म सेवा गरेको जनशक्ति पनि पेन्सन नभई जागिर छाडेको आँकडाले देखाएको छ । पेन्सनको अवधि २० वर्ष पुर्याएपछि उपदानमा जाने र भगौडाको सङ्ख्या उल्लेखनीय रूपमा बढेपछि सकल दर्जालाई टिकाइराख्न र जनशक्तिको व्यवस्थापन गर्न जङ्गी अड्डालाई मुस्किल परेको थियो । प्रस्तावित नियमावलीमा एकै पटक ठूलो सङ्ख्यामा सेवाबाट बाहिर जान नदिनका लागि विभागीय प्रमुखको स्वीकृतिमा मात्रै स्वेच्छिक अवकास लिन सक्ने व्यवस्था गरिएको छ ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले राज्यले प्रदान गरेको सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःखकष्ट र आम्दानीलाई तुलना गरेर मात्र उपदान र राजीनामासम्बन्धी निर्णय नगर्न सुझाव दिँदै आएका छन् । विदेशी कम्पनीले ३५ वर्ष उमेर पार नगरेका भूपू सैनिकलाई प्राथमिकता दिने भएकाले त्यस्ता कम्पनीले उपलब्ध गराउने आकर्षक सुविधाले पनि सैनिकको मन लोभ्याएको हो । वर्तमान प्रधानसेनापतिले शुरु गर्नुभएको नेतृत्व सवांद कार्यक्रममा खासगरी जवान तहबाट बलिदानीका आधारमा तलब कम भएको गुनासो नै बढी आउने गरेको छ ।

    उमेरभित्रै दोस्रो वृत्ति विकास शुरु गर्न सहज हुने भएकाले सङ्गठनले प्राथमिकताका साथ अघि सारेको पेन्सनसम्बन्धी नीतिलाई सरकारले अनुमोदन गर्नु उपयुक्त हुने पूर्वउपरथी होम लावतीको सुझाव छ । निकै शारीरिक परिश्रम गर्नु पर्ने तल्लो दर्जाका सैनिक परिवारलाई स्वास्थ्य, शिक्षा, तालिम, आवास, बीमा र रोजगारका क्षेत्रमा सरकारले थप प्रोत्साहनका सेवा सुविधा उपलब्ध गराउन आवश्यक छ ।

    पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्छन्, “तालिम प्राप्त, अनुभवी, क्षमतावाहन र अनुशासित जनशक्ति बाहिर जाँदा विप्रेषणको माध्यमबाट मुलुकलाई समेत ठूलो योगदान पुग्ने हुँदा उठिरहेको पेन्सनको कुरा राज्यले सुनिदिँदा राम्रो सन्देश प्रवाह हुन्छ ।”

    सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सङ्गठनभित्र प्राथमिकताका साथ निरन्तर उठ्दै आएको आवाजलाई सम्बोधन भई हौसल्ला मिलोस् भन्नका लागि र सरकारलाई पनि एकै पटक ठूलो आर्थिकभार नपरोस् भन्ने हेतुले पेन्सनसम्बन्धी नियमावली पुनरावलोकनका लागि मन्त्रालय समक्ष अनुरोध गरेको बताए। समाचार : नेपालटिभीअनलाइनडटकम


    माघ ७, २०७७ बुधवार १६:२४:०५ बजे : प्रकाशित

    images
    images
    ताजा खबर