काठमाडौं - लामोसमयदेखि टेलरिङ्ग व्यवसायमा जमेका युवा हुन् राज कार्की । आकर्षक व्यक्तित्व भएका राज कार्की बालकोट निवासी हुन् ।
झट्ट हेर्दा मोडल जस्ता देखिने राजले गरेको टेलरिङ्ग व्यवसाय देखेर धेरै छक्क पर्छन् । हाम्रो समाजमा र मानसपटलमा टेलरिङ्ग व्यवसाय भन्ने बित्तिकै पिछडिएका जातले गर्ने पेशा हो भन्ने मान्यता वा भ्रम छ ।
तर उनी त्यो भ्रमलाई चिर्नुछ, भन्दै अगाडि बढिरहेका छन् । नरदेवीमा रहेको श्रीराज कलेक्सनका प्रोपाइटर राज आफ्नो कामबाट उपभोक्तालाई सन्तुष्ट दिइरहेका छन् ।
उनले आफ्नो अनुभव बताउदै भने ‘हाम्रो समाज र मानसपटलमा टेलरिङ्ग व्यवसाय भन्ने बित्तिकै पिछडिएका जातले गर्ने पेशा हो भन्ने मान्यता वा भ्रम छ । त्यसलाई चिरेर कसरी अगाडी बढ्न सकिन्छ भन्ने लाग्यो । त्यो भ्रमलाई चिर्नु छ भने, म आफैले शुरुवात गर्नुपर्छ भन्ने लाग्यो र यो पेसामा हात हाले ।’
राज कसरी यो व्यवसायमा आए भन्ने धेरैको मनमा हुनसक्छ । उनले नयाँ बानेश्वरमा डेढ दशक बोर्डिङ स्कुल सञ्चालन गरे । शिक्षा क्षेत्रमा डेढ दशक बिताएपछि विविध कारणले गर्दा उनले उक्त्त विद्यालय छाडे ।
अब के गर्ने, कुन पेशामा आबद्ध हुने ? उनी केही समय भौतारिए,पछि भिजिट भिसामा दुबइ पुगे । एक महिना दुबइमा घुमेपछि आफ्नै जन्मभुमि राम्रो हुने सोचले नेपाल फर्किए ।
नेपाल फर्किएपछि उनको मनमा २ वटा व्यवसायको सोच आयो । खाद्यान्न गर्ने की सर्टिङ सुटिङ । शिक्षा क्षेत्रमा हुँदा धेरै मानिससँग उनको चिनजान थियो । प्राय सबै प्रिन्सिपलहरुसँग उनको राम्रो चिनजान थियो । उनी अन्तिमा टेलरिङ् व्यवसाय गर्ने मनस्थितिमा पुगे ।
राम्रा राम्रा लुगा लगाएर ठाटिएर हिड्न रुचाउने हाम्रो नेपाली समाज लुगा सिलाउनेहरुलाई नराम्रो नजरले हेर्छ । नेपाली भाषामा भन्नुपर्दा, पिछडिएको जातीले गर्ने काम क्षेत्रीले गर्नुपर्ने भयो ।
टेलरिङ व्यवसाय हात हालेका राजलाई शुरुमा निकै कठिन भयो । कलम चलाईरहेका उनका हातले कैंची चलाउनु परेको थियो । उनले सहयोगी हात खोजे । तर बचन मात्र पाए ।
निरन्तर आत्मवल र आत्मविश्वास कायम राखेपछि अहिले उनी यस्तो अवस्थामा पुगेका छन् । उनले व्यवसाय सुरु गर्दा ७५ हजार रुपैंयाँ थियो । उनले साथीहरुको सहयोगमा ३८ लाख रुपैंयाँ जम्मा गरे र व्यवसाय शुरु गरे । भारतीय र इटालियन ब्राण्डका लुगा पाइने श्रीराज कलेक्सनमा अहिले ग्राहक फर्कि–फर्कि आउँने गर्छन् ।
पसलमा हसिँलो अनुहारले स्वागत गर्ने उनको बानीलाई ग्राहकले निकै रुचाउछन् । अब राजले काठमाडौंका बिभिन्न स्थानमा ब्राञ्चहरु खोल्दै छन् । उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सचिव पनि हुन् ।
माघ ७, २०७७ बुधवार
२१:१०:१५ बजे : प्रकाशित