• Jan 17 2021 | २०७७, माघ ४गते

२०७७, माघ ४गते

फिल्म ‘टोरबाज’ मा अफगान सेनाको भूमिकामा देखिदै सञ्जय दत्त 

क्यानाडानेपाल मंसिर १० २०७७
  • 660
    SHARES
  • फिल्म ‘टोरबाज’ मा अफगान सेनाको भूमिकामा देखिदै सञ्जय दत्त 

    काठमाडौं - बलिउड अभिनेता सञ्जय दत्तको नयाँ फिल्म ‘टोरबाज’ को पछिल्लो समय निकै चर्चा छ । भारतिय मिडियाका अनुसार गिरिश मलिकको निर्देशनमा बनेको फिल्म ‘टोरबाज’ ११ डिसेम्बरमा प्रदर्शनमा आउने भएको छ ।

    नेटफ्लिक्पबाट सार्वजनिक हुन लागेको यस फिल्मलाई लिएर दर्शक धेरै नै उत्साहित भएका छन् । फिल्ममा सञ्जय अफगान सेनाको एक जनरलको भूमिकामा देखिएका छन् ।  

    राजु चड्ढा र राहुल मित्रले निर्माण गरेको यस फिल्ममा सञ्जयसँगै राहुल देव, नरगिस फाखरी लगायतका कलाकारको अभिनय रहेको छ ।

    यस्तै सञ्जय यस फिल्म बाहेक फिल्म केजीएफ च्याप्टर २’ मा पनि देखिएदैछन् । यस फिल्ममा उनको भिलेनको भूमिका रहेको छ । 


    मंसिर १०, २०७७ बुधवार ११:५४:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सञ्जय दत्त

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    नताशासँग विवाहको लागि तयारीमा जुटे बरुण

    क्यानाडानेपाल

    माघ ३

  • 182
    SHARES
  • नताशासँग विवाहको लागि तयारीमा जुटे बरुण

    काठमाडौं - बलिउडका सेलिब्रेटीहरु विवाहका लागि  धेरै नै चर्चामा आउने गर्छन्।

    केही समयअघि बलिउड गायिका नेहा कक्कर र आदित्यनारायण झाबीचको विवाहको चर्चा चलेको थियो । अहिले भने बलिउड अभिनेता बरुण धवनको विवाहको चर्चा छ । बरुणको विवाह बारे गएको बर्ष देखी नै चर्चा चल्दै आइरहेको छ । 

    कोरोना महामारीपछि विवाह गर्ने सोच बनाएका बरुण अहिले त्यसको तयारी गरिरहेका छन् ।

    लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी नताशासँग उनले विवाह गर्दैछन् । भारतिय मिडियाका अनुसार उनीहरुको विवाह अलीबागको एक पाँचतारे होटलबाट हुने बताइएको छ । 

    उनीहरुले उक्त होटल बुक पनि गरिसकेको चर्चा चलिरहेको छ । फेशन डिजाइनर नताशा र बरुणको चिनजान सानैदेखि थियो । 

    एक अन्तावार्तामा बरुणले भनेका थिए मैले जब नताशालाई पहिलोपटक देखेको थिएँ, त्यतिबेला उनी ६ कक्षामा पढ्थिंन् । हामी ११ र १२ कक्षासम्म एकअर्काका मिल्ने साथी थियौं ।

     


    माघ ३, २०७७ शनिवार १८:४८:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वरुण धवन
  • # नताशा

  • क्यानाडानेपाल डेस्क

    ५५ बर्ष पुगेका सलमान खानले विवाह बारे यसो भने 

    क्यानाडानेपाल

    माघ ३

  • 220
    SHARES
  • ५५ बर्ष पुगेका सलमान खानले विवाह बारे यसो भने 

    काठमाडौं - बलिउडका चर्चित अभिनेता हुने सलमान खान । सन् १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका सलमानले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका छन् । 

    एक पछी अर्को फिल्ममा ब्यस्त सलमानका हरेक फिल्म दर्शकले रुचाइरहेका छन् । फिल्म क्षेत्रमै लामो समय गुजारी सकेका सलमान ५५ वर्ष पुग्दा पनि अहिलेसम्म विवाह गरेका छैनन् ।

    kp olii.jpg

    फ्यानहरुले उनलाई सोधिरहेका हुन्छन् कहिले विहे गर्ने ? तर सलमानको जवाफ सामान्य नै हुन्छ । उनको नाम बलिउडका धेरै अभिनेत्रीहरुसँग जोडिदै आयो । तर केही समय नाम जोडिन्छ, हराउछ । 

    कुनै अन्तवार्तामा सलमान गएमा विवाहकै बारे सोधिहाल्छन् । यस्तै फिल्मफेयर म्यागजिनका लागि दिएको अन्तवार्तामा सलमानले विवाह र प्रेमबारे कुरा खुलेका छन् । 

    kp olii.jpg

    उनले भने - म यस्ती युवतीसँग विवाह गर्न चाहन्छु जसलाई म त्यो दिन सकूँ जुन उससँग उसको घरमा अथवा उसका बाबुआमासँग नभएको होस् ।

    केही समयअघि सलमानको पछिल्लो फिल्म अन्तिमको टिजर सार्वजनिक भएको थियो । जसमा उनी आफ्ना ज्वाईसँग भीडन्त गरेको देखिएका थिए । उक्त टिजर दर्शकले निकै रुचाएका थिए । 

    kp olii.jpg


    माघ ३, २०७७ शनिवार १७:१७:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान

  • क्यानाडानेपाल डेस्क

    यश र सञ्जयदत्तको फिल्म 'केजीएफ-२' को टिजर विवादमा  

    क्यानाडानेपाल

    माघ ३

  • 262
    SHARES
  • यश र सञ्जयदत्तको फिल्म 'केजीएफ-२' को टिजर विवादमा   

    काठमाडौं । साउथ फिल्मका अभिनेता यशको फिल्म 'केजीएफ-२'को टिजरलाई दर्शकले निकै रुचाएका छन् । यस टिजरलाई हालसम्म १५ करोड ३१ लाख बढीले हेरिसकेको छन् । 

    यो टिजर अहिले पनि युट्युबको नम्बर एक ट्रेन्डिङमा रहेको छ । छोटो समयमा धेरै लाइक पाउन सफल यस फिल्मको टिजर विवदमा पनि तानिएको छ । टीजरमा यशले मेसिनगनको नालमा चुरोट जलाएको सिन विवादमा आएको हो । 

    prachanda-gambir.jpg

    उक्त सिनमा धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकारक नलेखिएकोले टिजर विवादमा तानिएको हो । यो सन्देश नलेखिएको भन्दै  कर्नाटक राज्यको धुम्रपान तथा मध्यपान सम्बन्धित निकाय एन्टी टोबेको सेलले फिल्मका निर्देशक र अभिनेतालाई नोटिस पठाएको भारतिय मिडियामा जनाइएको छ । 

    प्रशान्त निलले निर्देशन गरेको केजीएफको टीजर फिल्म 'केजीएफ-२' को टिजरमा यशको एक्सन सीन देखाइएको छ । 

    तेलेगु, तमिल, मलायालम र हिन्दी गरी पाँच भाषामा रिलिज हुने यस फिल्ममा यश र रविनाको मूख्य भुमिका रहेको छ । फिल्ममा यशले शासकको रुपमा भुमिका निर्वाह गरेका छन् । फिल्ममा बलिउड अभिनेता संजय दत्त अधिराको भूमिकामा देखिएका छन् ।


    माघ ३, २०७७ शनिवार १३:४२:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केजीएफ-२
  • # यश

  • क्यानाडानेपाल डेस्क

    कंगना रनौतमाथि लाग्यो चोरीको आरोप 

    क्यानाडानेपाल

    माघ ३

  • 246
    SHARES
  • कंगना रनौतमाथि लाग्यो चोरीको आरोप 

    काठमाडौं  - बलिउड अभिनेत्री कंगना रनौतमाथि फिल्मको कथा चोरेको आरोप लागेको छ । भारतिय मिडियाका अनुसार कंगनामाथि लेखक आशीष कौलले कथा चोरेको आरोप लगाएका हुन् । 

    उनले फिल्म 'मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा'को कथाा चोरेको आरोप लगाएका हन् । कौलले कंगनालाई आफ्नो कहानी चोरेको आरोप लगाएपछि फिल्म निर्माता कमल जैन आक्रोशित भएका छन् । 

    corona.PNG

    उनले आशीष कौललाई आफुले नचिन्ने बताउदै उनको किताब पनि आफुले नपढेको बताएका छन् । उनले पहिलेका वीरहरुको कथामा कुनै कपीराइट्स नलाग्ने पनि बताएका छन् । 

    गएको माघ १ गते नयाँ फिल्म 'मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा' सार्वजनिक गरेपछि कंगना विवादमा आएकी हुन् । 


    माघ ३, २०७७ शनिवार १२:०६:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कंगना रनौत
  • # चोरीको आरोप

  • क्यानाडानेपाल डेस्क

    अमिताभ बच्चनले छाडे ‘कौन बनेगा करोडपति’

    क्यानाडानेपाल

    माघ १

  • 558
    SHARES
  • अमिताभ बच्चनले छाडे ‘कौन बनेगा करोडपति’

    काठमाडौं - बलिउड महानायक अमिताभ बच्चनले भारतकै चर्चित टिभी शो 'कौन बनेगा करोडपति' छाडेका छन् । 

    कौन बनेगा करोडपति को सिजन १२ सम्म काम गरेका उनले अब  शो छाड्ने भएका हुन् । भारतिय मिडियाका अनुसार अमिताभले एक ब्लग लेख्दै आफु रिटायर्ड भइसकेको बताएका हुन् । 

    उनले शो छोडेको जानकारी दिदै ब्लगमा लेखेका छन् म अब थाकिसकेको छु र रिटायर्ड भइसकेको छु । म माफी चाहन्छु, तपाईहरु सबैसँग , कौन बनेगा करोडपतिको सुटिङको यो अन्तिम दिन निकै लामो रह्यो ।’

    उनले हालै केबिसी १२ को अन्तिम एपिसोड छायांकन पुरा गरेका छन् । उनले छायांकन सकिए लगत्तै यस्तो ब्लग लेखेका हुन् । उनले भनेका छन् पाईंहरु सबैको स्नेह र प्रेमले सुटिङको अन्तिम दिन एक विदाईजस्तै बन्यो । 

    उनले आफ्नो टिमले गरेको प्रेम र राम्रो व्यवहारका लागि धन्यवाद पनि दिएका छन् । ७८ वर्ष नाघेका अमिताभले अहिले पनि फिल्म क्षेत्रमा निरन्तरता दिदा उनका फ्यानहरु धेरै नै खुशी छन् । फ्यानहरुले उनको साहसको प्रशंसा गरिरहेका छन् ।


    माघ १, २०७७ बिहिवार २१:४३:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कौन बनेगा करोडपति
  • # अमिताभ बच्चन

  • क्यानाडानेपाल डेस्क

    विजयको फिल्म ‘मास्टर’ ले पहिलो दिनमा कमायो ४० करोड

    क्यानाडानेपाल

    माघ १

  • 386
    SHARES
  • विजयको फिल्म ‘मास्टर’ ले पहिलो दिनमा कमायो ४० करोड

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता विजयको नयाँ फिल्म ‘मास्टर’ हलहरुमा प्रदर्शनमा आएको छ । लोकेश कनागराजको निर्देशन रहेको यस फिल्म बुधवार देखि भारत लगायत विभिन्न देशमा पनि प्रदर्शनमा आएको छ । 

    भारतिय मिडियाका अनुसार यस फिल्मले पहिलो दिन ४० करोडको कमाई गरेको छ । पहिलो दिन नै बम्पर ओपनिङ गरेको यस फिल्मलाई दर्शकले निकै रुचाएका छन् । 

    कोरोनाका कारण लामो समयछि खुलेको फिल्म हलमा दर्शक धेरै नै देखिएका छन् । पहिलो दिन यस फिल्मले तमिलनाडुमा मात्र २३ करोड कमाएको छ भने केरल र कर्नाटकमा ३/३ करोड  र तेलंगाना र आन्ध्र प्रदेश बेल्टमा ४.५ करोड कमाएको छ । 

    फिल्ममा मास्टरको भूमिकामा विजय देखिएका छन् । एकसाथ पाँच भाषामा रिलिज हुँने यस फिल्ममा एक शिक्षकको कथा प्रस्तुत गरिएको छ ।  

    एक्सन जानरामा निर्माण गरिएको यस फिल्ममा विजयसँगै माल्भिका मोहनन्, एन्ड्रेड जेरेमिह, शान्थानु भाग्यराज, नसर लगायतका कलाकारको अभिनय रहेको छ ।  


    माघ १, २०७७ बिहिवार २०:१६:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मास्टर
  • # विजय

  • क्यानाडानेपाल डेस्क