• Jan 20 2021 | २०७७, माघ ७गते

२०७७, माघ ७गते

स्पुतनिक फाइभ ९५ प्रतिशत प्रभावकारी रहेको रुसको दाबी

क्यानाडानेपाल मंसिर १० २०७७
  • 456
    SHARES
  • स्पुतनिक फाइभ ९५ प्रतिशत प्रभावकारी रहेको रुसको दाबी

    काठमाडौँ। रुसले आफुले निर्माण गरेको कोरोना भाइरसविरुद्धको रुस ’स्पुतनिक फाइभ’ ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ। क्लिनिकल परीक्षणको दोस्रो अन्तरिम विश्लेषणका अनुसार यसका विकासकर्ताहरूले मंगलबार उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताएका छन्।

    स्पुतनिक फाइभ ९५ प्रभावकारी रहेको तथ्य पहिलो डोजको ४२ दिनपछि प्राप्त गरिएको प्रारम्भिक डाटामा आधारित रहेको रुसको स्वास्थ्य मन्त्रालय, राज्य द्वारा संचालित गामालेय अनुसन्धान केन्द्र र रूसी प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले जनाएको छ। यद्यपि, तथ्य गणना गर्न प्रयोग भएका केसहरूको संख्या यसमा उल्लेख गरिएको छैन।


    मंसिर १०, २०७७ बुधवार १२:२६:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रुस
  • # कोरोना खोप
  • # ९५ प्रतिशत प्रभावकारी

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    अमेरिका राष्ट्रपति शपथः ट्रम्प बाहिरिए, बाइडनको आउँदो कार्यकालको स्वागत

    क्यानाडानेपाल

    माघ ७

  • 94
    SHARES
  • अमेरिका राष्ट्रपति शपथः ट्रम्प बाहिरिए, बाइडनको आउँदो कार्यकालको स्वागत

    राष्ट्रपति डोनल्ड ट्रम्पको विरासतलाई उल्टाउन चाहिरहेका जो बाइडनले कार्यभार सम्हाल्नासाथ थुप्रै कार्यकारी आदेश जारी गर्ने घोषणा गरेका छन्।

    बाइडनले पदभार सम्हालेपछि अमेरिका जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतामा पुनः फर्किनेछ भने बाइडनले मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल लगाउने काम रोक्नेछन्।

    युरोपेली सङ्घले अमेरिकामा जो बाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ।

    युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्।

    उनले भनिन्, "माननीय सदस्यहरू! यो दिनले एउटा सुखद समाचार ल्याएको छ। संयुक्त राज्य अमेरिका पहिलाको अवस्थामा फर्केको छ र हाम्रो पुरानो एवम्‌ विश्वासिलो साझेदारसँग फेरि जोडिनका लागि युरोपेली सङ्घ तम्तयार छ।"

    साझेदारी
    युरोपेली आयोगकी प्रमुखले कोरोनाभाइरसमहामारीविरुद्ध लड्न वैश्विक साझेदारी आवश्यक रहेकोमा जोड दिँदै जलवायु परिवर्तनसँग जुझ्नका निम्ति गरिएको प्यारिस सम्झौतामा फर्कने बाइडनको निर्णयको प्रशंसा गरिन्।

    बाइडनले पदभार सम्हाल्न लागेको खबरले ठूलो राहतको अनुभूति गरेको जर्मन राष्ट्रपतिले प्रतिक्रिया दिएका छन्।आज कार्यभार सकिन लागेका राष्ट्रपति डोनल्ड ट्रम्प प्रथम महिला मेलानियासँगै ह्वाइट हाउसबाट केहीबेरअघि बाहिरिएका छन्।

    राष्ट्रपतिको हेलिकप्टरबाट एन्ड्र्युज एअर फोर्स बेस पुर्‍याइएका ट्रम्पले त्यहाँ सङ्क्षिप्त सम्बोधन गरे। त्यसक्रममा उनले आफ्नो कार्यकालमा भएका कामहरूको प्रशंसा गरे।

    त्यसमा ट्रम्पले सैन्य क्षेत्रमा गरिएका कामदेखि रोजगारी सिर्जना, कर कटौती र कोरोनाभाइरस महामारीसँग जुझ्न चालिएका कदमसम्मको फेहरिस्त सुनाए।

    सम्बोधन
    सम्बोधनका क्रममा उनले नयाँ प्रशासनलाई शुभकामना दिए पनि राष्ट्रपति निर्वाचित बाइडनको नाम चाहिँ उल्लेख गरेनन्।उनले अझैसम्म हार स्वीकारेका छैनन् र सन् १८६९ यता आफ्ना उत्तराधिकारीले पदभार सम्हाल्ने कार्यक्रममा उपस्थित नहुने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

    कुनै न कुनै रूपमा आफू पुनः फर्कने ट्रम्पले बताए। त्यहाँबाट उनी श्रीमतीसहित फ्लोरिडास्थित आफ्नो निजी क्लब जानेछन्।

    आफ्नो कार्यकाल सकिनुभन्दा केही घण्टाअगाडि ट्रम्पले करिब १४० जनालाई क्षमादान दिएका छन् अथवा उनीहरूले पाएको सजायमा कटौती गरेका छन्।

    तीमध्ये धेरैजना उनका समर्थक रहेको विवरणमा जनाइएको छ। त्यसमा उनका पूर्वप्रमुख रणनीतिकार स्टिभ बेनन छन्। बेननमाथि मेक्सिसँग सीमामा पर्खाल लगाउने अभियानका लागि गरिएको रकम सङ्कलनमा हिनाहिना गरेको आरोप छ।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    माघ ७, २०७७ बुधवार २०:४४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका राष्ट्रपति शपथ

  • क्यानाडानेपाल डेस्क

    जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    क्यानाडानेपाल

    माघ ७

  • 180
    SHARES
  • जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

    हरारे - जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । 

    कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् । 

    राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक प्रमुख सचिव जर्ज चाराम्बाद्वारा जारी वक्तव्यका अनुसार कोरोनाकै कारणले उनको निधन भएको स्वास्थ्यकर्मीहरुले पुष्टि गरेका छन् । 

    उनका पारिवारिक सदस्यले पनि कोरोनाका कारण उनको निधन भएको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

    “मेरा दाजुको कोरोनाभाइरसका कारण निधन भएको छ, उहाँलाई हिजो मात्रै कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो,” उनका एक भाइले बुधबार भने ।

    जिम्बाब्बेमा कोरोनाका कारण निधन भएका मन्त्रीमध्ये उनी तेस्रो मन्त्री भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  

    जिम्बाब्बेमा पनि गत सन् २०२० को मार्चदेखि कोरोनाभाइरसको महामारी फैलिन शुरु भएको हो ।सिन्ह्वा
     


    माघ ७, २०७७ बुधवार १८:५३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # सिबुसिसो मोयो

  • क्यानाडानेपाल डेस्क

    आजबाट विश्व शक्तिशाली अमेरिकाको बागडोर बाइडेनको हात, जान्नुहोस् उनको तलब र सुविधाको विवरण

    क्यानाडानेपाल

    माघ ७

  • 970
    SHARES
  • आजबाट विश्व शक्तिशाली अमेरिकाको बागडोर बाइडेनको हात, जान्नुहोस् उनको तलब र सुविधाको विवरण

    काठमाडौँ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज (जनवरी २०) बिहान ११:३० बजे (अमेरिकी स्थानीय समयअनुसार ) पद तथा गोपनीयताको शपथ लिँदैछन्। पद ग्रहण गरे पश्चात उनी विश्वको सबैभन्दा शक्तिशाली देशको ४६औं राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। यद्यपि अमेरिकाको राष्ट्रपति विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति हुन्, तर उनी आफ्नो देशको संघीय कानूनको विधान र सीमामा बाँधिएका हुन्छन्।

    यति शक्तिशाली व्यक्तिको पारिश्रमिक कति होला भन्ने आममानिसको चासो हुने गर्छ । अमेरिकी कानूनअनुसार राष्ट्रपतिले वार्षिकरुपमा चार लाख अमेरिकी डलर पारिश्रमिक पाउने व्यवस्था छ । जसलाई नेपाली मुद्रामा रुपान्तरण गर्दा करिब ४ करोड ६८ लाख हुन आउँछ।

    यस बाहेक राष्ट्रपतिले वार्षिकरुपमा ५० हजार अमेरिकी डलर भत्ता स्वरुप पाउने गर्छन्। त्यसैगरी, उनलाई एक लाख अमेरिकी डलर नन ट्याक्सेबल ट्राभल अलाउन्सेस दिने गरिन्छ। साथै, १९ हजार डलर मनोरञ्जन भत्ताको रूपमा दिइन्छ, जुन राष्ट्रपतिले आफ्नो परिवारबीच मनोरन्जन गर्न खर्च गर्न सक्छन्। तर, राष्ट्रपतिकी श्रीमती अर्थात् प्रथम महिलालाई यस्तो कुनै सुबिधा हुँदैन।

    अमेरिका स्वतन्त्र भएपछि राष्ट्रपतिको पारिश्रमिक ५ पटक मात्र वृद्धि गरिएको छ। सन् १७८९ मा जब जर्ज वाशिङटन अमेरिकाको पहिलो राष्ट्रपति बने, त्यससयमा राष्ट्रपतिको पारिश्रमिक २५ हजार अमेरिकी डलर थियो। अन्तिम पटक सन् २००१ मा पारिश्रमिक वृद्धि गरिएको थियो। त्यस समयमा अमेरिकी कंग्रेसले राष्ट्रपतिको तलब दुई गुणा गरेको थियो।

    अमेरिकी राष्ट्रपतिले ४ लाख डलरको पारिश्रमिक बाहेक लिमोजीन कार, मरीन वान र एयरफोर्स वानको पनि सुबिधा पाउँछन्। जसमा, राष्ट्रपतिको यात्रा पूर्ण रूपमा स्वतन्त्र र निःशुल्क हुने गर्दछ। उनले ह्वाइट हाउसमा रहुन्जेल कुनै भाडा तिर्नुपर्दैन। सेवानिवृत्ति भएपछि पनि राष्ट्रपतिले वार्षिक दुई लाख अमेरिकी डलर पेन्सनको रुपमा पाउँदछन्। यसबाहेक, उनले बस्नका लागि घर, कार्यालय र स्वास्थ्य सेवाका सुबिधा पनि पाउने गर्छन्।

    अमेरिकामा राष्ट्रपतिको पारिश्रमिक सबैभन्दा बढी हुन्छ। तर, अमेरिकामा यस्ता धेरै राष्ट्रपति छन्, जसले कहिल्यै पनि आफ्नो पारिश्रमिक लिएनन्। अमेरिकाका ३१ औं राष्ट्रपति हर्बर्ट हूवर पहिला राष्ट्रपति थिए, जसले आफ्नो पारिश्रमिक लिन अस्विकार गरे। उनले आफ्नो सम्पूर्ण पारिश्रमिक दान गरेका थिए।

    यसपछि, अमेरिकाका ३५औं राष्ट्रपति जोन एफ केनेडीले पनि आफ्नो पारिश्रमिक लिन अस्विकार गरेका थिए। केनेडी पहिला अमेरिकी कंग्रेसका सदस्य थिए, जसपछि उनी राष्ट्रपति बनेका थिए। उनले दुबै पदमा रहँदा पारिश्रमिक लिएनन्। उनले खर्चको रुपमा केवल ५० हजार अमेरिकी डलर लिएका थिए। उनले पनि आफ्नो पारिश्रमिक परोपकारी संस्थालाई दान गरेका थिए।

    यसैगरी, तीन बिलियन अमेरिकी डलर सम्पति भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो पूरा पारिश्रमिक दान गर्ने प्रतिज्ञा गरेका थिए। सन् २०१७ मा उनले आफ्नो आम्दानीको एक तिहाइ दान गरेका थिए।


    माघ ७, २०७७ बुधवार १८:४१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिकाको बागडोर
  • # जो बाइडेन
  • # तलब र सुविधा

  • क्यानाडानेपाल डेस्क

    इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको बिदाइमा स्वागत

    क्यानाडानेपाल

    माघ ७

  • 352
    SHARES
  • इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको बिदाइमा स्वागत

    तेहरान - इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गर्नु भएको छ । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै हुनुहुन्छ । 

    ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो । उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य गरेनन् ’ रुहानीले एक टेलिभिजनमा गर्नु भएको टिप्पणीमा बताउनु भएको छ । 

    शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै हुनुहुन्छ । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनु भएको थियो । रिपब्लीकन पार्र्टीका उम्मेदवार हुनुभएका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाउनु भएन । 

    राष्ट्रपति ट्रम्पले सन २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गर्नु भएको थियो ।एएफपी
     


    माघ ७, २०७७ बुधवार १५:००:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प

  • क्यानाडानेपाल डेस्क

    ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    क्यानाडानेपाल

    माघ ७

  • 404
    SHARES
  • ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

    वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नु भएको छ ।

     

    सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि हुनुहुन्छ । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गर्नु भएको छ ।”

    उक्त सजायमा राष्ट्रपति र उहाँका बालबच्चाको नाम भने त्यसमा समावेश छैन । ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो ।

    राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गर्नु भएको अमेरिकी संचार माध्यमहरुले बताएका छन् । यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । एएफपी 


    माघ ७, २०७७ बुधवार १४:३१:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प

  • क्यानाडानेपाल डेस्क

    बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोनाभाइरस विश्वका ६० देशमा पुग्यो

    क्यानाडानेपाल

    माघ ७

  • 218
    SHARES
  • बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोनाभाइरस विश्वका ६० देशमा पुग्यो

    काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण हालसम्म धेरै देश प्रभावित भइसकेका छन् ।

    यस्तै पछिल्लो समय बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस विश्वका विभिन्न देशमा फैलदै गइरहेको छ । कोरोनाको नयाँ स्वरुपको भाइरस हालसम्म विश्वका करिब ६० देशमा पुगेको बताइएको छ। 

     विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार नयाँ स्वरुपको कोरोना भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन दिनै नयाँ देशमा पुगिरहेको बताएको छ । 

    हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ६६ लाख २४ हजार ४ सय ४ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख ६५ हजार ६ सय ७२ पुगेको छ । 

    त्यस्तै हालसम्म विश्वमा ६ करोड ९२ लाख ७३ हजार ६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गइरहेको छ । विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ ।  


    माघ ७, २०७७ बुधवार १३:२४:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नयाँ स्वरुपको कोरोनाभाइरस

  • क्यानाडानेपाल डेस्क