• Jan 20 2021 | २०७७, माघ ७गते

२०७७, माघ ७गते

आफु डिप्रेसनको शिकार भएको खुलासा गरे शाहरुखले  

क्यानाडानेपाल मंसिर १० २०७७
  • 814
    SHARES
  • आफु डिप्रेसनको शिकार भएको खुलासा गरे शाहरुखले  

    काठमाडौं - बलिउडका धेरै कलाकारले आफ्ना व्यक्तिगत घटनाहरु अन्तवार्तामा खुलाउने गरेका छन् । 

    अन्तवार्तामा बलिउडका केही कलाकारहरुले आफु डिप्रेसनको शिकार भएको बारे पनि खुलाएका छन् । दीपिका पादुकोण, कंगना रनौत, शाहरुख खान लगायतका बलिउडका कलाकारहरु डिप्रेसनको शिकार भएको बताइएको छ । 

    भारतिय मिडियाका अनुसार बलिउडका किंग खानका रुपमा चिनिएका शाहरुख खान पनि डिप्रेशनमा परेको खबर आलै चर्चामा आएको थियो । अन्तवार्तामा धेरैजसो खुलेर नबोल्ने शाहरुखले ‘फिल्मीबीट’को एक अन्तवार्तामा यस बारे कुरा खुलाएका छन् । 

    उनले आफु २००८ मा एक दुर्घटना हुँदा आफु डिप्रेशनको शिकार भएको बताए । त्यस समय उनले काँधको लिगामेन्टको शल्यक्रिया गर्नुपरेको थियो । त्यस समय आफु एक्लो भएको महशुस हुँदा डिप्रेशनमा गएको बताए । 

    सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मिएका उनले बलिउडमा फिल्म ‘दिवाना’ बाट डेब्यु गरेका थिए।  पछिल्लो फिल्म जिरो पछि कुनै फिल्ममा नदेखिएका शाहरुख अहिले एकपछि अर्को फिल्ममा व्यस्त हुन थालेका छन् ।  


    मंसिर १०, २०७७ बुधवार १२:५१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहरुख खान

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    प्रभासको 'सलार'मा क्याट्रिना कैफको इन्ट्री

    क्यानाडानेपाल

    माघ ७

  • 156
    SHARES
  • प्रभासको 'सलार'मा क्याट्रिना कैफको इन्ट्री

    काठमाडौं - पछिल्लो समय साउथ फिल्मका चर्चित अभिनेता प्रभास फिल्म 'सलार' मा व्यस्त छन् । 

    केजीएफ फिल्मका निर्देशक प्रशान्त नीलले  निर्देशन गरेको यस फिल्मको सुटिङ केही दिनअघि शुरु भइसकेको छ । फिल्मको सुटिङ अहिले हैदाराबादमा भइरहेको छ । 

    केही समयअघि यस फिल्ममा दिशा पटानीको अभिनय रहने बतायएको थियो । तर अहिले भने उनको स्थानमा अर्कि अभिनेत्री आएकी छिन् । भारतिय मिडियाका अनुसार यस फिल्ममा अभिनेत्री क्याट्रिना कैफले अभिनय गर्ने भएकी छिन् । 

    Prabhas.jpg

    फिल्मका निर्माताले दिशालाई भन्दा क्याट्रिनालाई मन पराएको बताइएको छ । पहिलो पटक फिल्म ‘मल्लेसवरी’बाट तेलुगु फिल्ममा अभिनय शुरु गरकी क्याट्रिनाको यो दोस्रो फिल्म हुनेछ । 

    केही समयअघि यस फिल्मको फस्टलुक पनि सार्वजनिक भएको थियो । जसमा प्रभाष देखिएका थिए । फस्टलुक दर्शकले निकै रुचाएका थिए । 
     


    माघ ७, २०७७ बुधवार १४:०८:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलार
  • # प्रभास
  • # क्याट्रिना कैफ

  • क्यानाडानेपाल डेस्क

    कंगनाको फिल्म ‘धाकड’ मा अर्जुन रामपालको फर्स्ट लुक

    क्यानाडानेपाल

    माघ ७

  • 176
    SHARES
  • कंगनाको फिल्म ‘धाकड’ मा अर्जुन रामपालको फर्स्ट लुक

    काठमाडौं । बलिउड अभिनेत्री अभिनेत्री कंगना रनौतको फिल्म धाकड को नयाँ पोष्टर सार्वजनिक भएको छ । 

    हालै सार्वजनिक पोष्टरमा अभिनेता अर्जुन रामपाल देखिएका छन् । आफ्नो फस्टलुक अर्जुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । 

    रजनेश घई निर्देशन गरेको यस फिल्ममा कंगना, अर्जुन, दिव्या दत्त लगायतका कलाकारको अभिनय रहनेछ । यो फिल्म १ अक्टोबरमा रिलीज हुँदैछ ।

    dhakad.jpg

    कही समयअघि कंगनाको फस्टलुक पनि सार्वजनिक भएको थियो । उक्त पोष्टमा कंगना डरलाग्दो अवतारमा देखिएकी थिइन् । 

    kangana.jpg
     


    माघ ७, २०७७ बुधवार १३:१३:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कंगना रनौत
  • # अर्जुन रामपाल
  • # धाकड

  • क्यानाडानेपाल डेस्क

    सलमान र दिशाको फिल्म 'राधे' इदमा हलमै रिलिज हुने

    क्यानाडानेपाल

    माघ ६

  • 240
    SHARES
  • सलमान र दिशाको फिल्म 'राधे' इदमा हलमै रिलिज हुने

     

    काठमाडौं - बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’ सन् २०२१ को इदमा रिलिज हुने भएको छ । 

    सलमान र दिशा पटानीको मूख्य अभिनय रहेको यस फिल्म हलमा नै चलाइने भारतिय मिडियामा बताइएको छ । 

    makunethumb.jpg

    डिजिटल प्लेटफर्मबाट रिलिज हुने तयारीमा रहेको यस फिल्म अब हलमा चलाइने बताइएको छ । प्रदर्शक र वितरकको आर्थिक संकटलाई मध्य नजर गर्दै सलमानले फिल्म हलमा चलाउने निर्णय गरेको बताइएको छ । 

    प्रभु देवाको निर्देशन रहेको यस फिल्ममा सलमान र दिशासँगै रण दीप हुण्डा , ज्याकी श्रोफ लगायतका कलाकारको अभिनय रहेको छ ।फिल्ममा सलमानले ठूलै खर्च गरेर दमदार एक्शन दृश्यहरु राखेको बताइएको छ ।   

     


    माघ ६, २०७७ मंगलवार २०:२८:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राधे
  • # सलमान खान

  • क्यानाडानेपाल डेस्क

    विजयको फिल्म ‘मास्टर’ ले गर्‍यो धमाकेदार कमाई, ५ दिनमै सय करोड क्लबमा

    क्यानाडानेपाल

    माघ ६

  • 254
    SHARES
  • विजयको फिल्म ‘मास्टर’ ले गर्‍यो धमाकेदार कमाई, ५ दिनमै सय करोड क्लबमा

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता विजयको नयाँ फिल्म ‘मास्टर’ ले दर्शकको मन जितेको छ । गएको बुधबारदेखि हलहरुमा प्रदर्शनमा आएको यस फिल्मले शुरुवातदेखि नै धमाकेदार व्यापार गरेको छ । 

    भारत बाहिर पनि प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमा नै ४० करोडको कमाई गरेको थियो । भारतिय मिडियाका अनुसार यस फिल्म ५ दिनमा सय करोड क्लबमा प्रबेश गरेको छ । 

    यस फिल्मले पहिलो हप्तामा एक सय २५ करोडको कमाई गरिसकेको छ । लोकेश कनागराजको निर्देशन रहेको यस फिल्म हेर्न दर्शकहरुको हलमा भीड लागेको छ । 

    ३८ सय पर्दामा रिलिज भएको यस फिल्मले तमिलनाडुमा ८१ करोड र आन्ध्र प्रदेशमा २० करोड कमाई गरेको हो । फिल्ममा मास्टरको भूमिकामा विजय देखिएका छन् । एकसाथ पाँच भाषामा रिलिज हुँने यस फिल्ममा एक शिक्षकको कथा प्रस्तुत गरिएको छ ।  
     


    माघ ६, २०७७ मंगलवार १८:५६:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विजय
  • # मास्टर

  • क्यानाडानेपाल डेस्क

    बलिउडमा डेब्यु गर्दै श्रीदेवीकी छोरी खुशी कपुर

    क्यानाडानेपाल

    माघ ६

  • 388
    SHARES
  • बलिउडमा डेब्यु गर्दै श्रीदेवीकी छोरी खुशी कपुर

    काठमाडौं - दिवंगत अभिनेत्री श्रीदेवीकी कान्छी छोरी हुन् खुशी कपूर । भारतिय मिडियाका अनुसार खुशी अब बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । 

    श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनले फिल्म धडक बाट बलिउडमा डेब्यु गरेकी थिइन् । 

    Khushi-Kapoor-.jpg

    उनका बुवा बोनी कपूरले खुशीले बलिउडमा डेब्यु गर्ने बारे खुलाएका हुन् । एक अन्तर्वार्तामा उनले खुशीको क्यारियर योजना बताएका थिए । 

    उनले अन्तवार्तामा खुशीलाई अभिनयको धेरै मनपर्ने बताउदै चाँडै यससँग सम्बन्धित ठूलो घोषणा सुन्न सकिने बताए । उनले निर्माताले फिल्मको प्रस्ताव गरेको पनि संकेत गरे । 
      


    माघ ६, २०७७ मंगलवार १४:४७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # श्रीदेवी
  • # खुशी कपुर
  • # बलिउडमा डेब्यु

  • क्यानाडानेपाल डेस्क

    फिल्म 'मुम्बई सागा' मा इमरान प्रहरी र जोन ग्याङस्टार बन्दै

    क्यानाडानेपाल

    माघ ६

  • 254
    SHARES
  • फिल्म 'मुम्बई सागा' मा इमरान प्रहरी र जोन ग्याङस्टार बन्दै

    काठमाडौं - बलिउड अभिनेता इमरान हाश्मी फेरि फिल्म क्षेत्रमा देखिदैछन् । फिल्म 'मुम्बई सागा' मा उनी देखिने भएपछि चर्चामा पनि आएका छन् । 

    उनको एक्सन क्राइम फिल्म मुम्बई सागा मा अभिनेता जोन अब्राहम पनि देखिदैछन् । फिल्ममा इमरान एक प्रहरीको भूमिकामा देखिदैछन् भने जोन ग्याङस्टारको भूमिकामा देखिनेछन् । 

    सञ्जय गुप्ताले निर्देशन गरेको यस फिल्मको ट्रेलर पनि अब छिट्टै रिलिज हुने बताइएको छ । 

    भारतिय मिडियाका अनुसार हालै यस फिल्म अमेजन प्राइममा ६५ करोडमा  बिक्री भएको छ । फिल्ममा इमरान, जोन, सुनील सेट्टी, गुल्सन ग्रोबर, ज्याकी श्राफ, प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ । 


    माघ ६, २०७७ मंगलवार ११:२७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मुम्बई सागा

  • क्यानाडानेपाल डेस्क