• Jan 28 2021 | २०७७, माघ १५गते

२०७७, माघ १५गते

चिनियाँ रक्षामन्त्रीको स्वागत गर्दा गृहमन्त्री बादलको पोज (फोटोफिचर)

क्यानाडानेपाल मंसिर १४ २०७७
  • 1.3K
    SHARES
  • चिनियाँ रक्षामन्त्रीको स्वागत गर्दा गृहमन्त्री बादलको पोज (फोटोफिचर)

    काठमाडौं । आइतबार काठमाडौं आएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्गहको सवगत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादल पुगेका थिए । 

    २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चार्टर्ड विमानमा नेपाल आएका रक्षामन्त्री वेइ आइतबार बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । 

    ram bahadur thapa 2.jpg

    उनको स्वागतका लागि गृहमन्त्री बादल, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत होउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेल विमानस्थल पुगेका थिए । 

    ram bahadur thapa 3.jpg

    रक्षामन्त्री वेइलाई पुष्पगुञ्छा दिँदै कुहिना जोडेर गृहमन्त्री थापाले स्वागत गरेको तस्विर अहिले सामाजिक सञ्जालमा छाइरहेको छ । कोरोनाभाइरस संक्रमणका कारण हात मिलाउन छाडेर कुहिना जोडेर स्वागत गरिएको हो । 

    ram bahadur thapa 4.jpg

    साथै विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दा गृहमन्त्री बादल सोफामा बस्दा सावधानी नपनाइएको भन्दै टिप्पणी पनि हुन थालेको छ । 

    तस्बिर : प्रदीपराज वन्त/रासस


    मंसिर १४, २०७७ आइतवार १७:१८:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल चीन सम्बन्ध

  • क्यानाडानेपाल

    अर्कोसमाचार

    काठमाडौंमै राजतन्त्रको पक्षमा प्रदर्शन, कांग्रेस नेता पनि सहभागी (फाेटाेफिचर)

    क्यानाडानेपाल

    मंसिर १५

  • 1.6K
    SHARES
  • काठमाडौंमै राजतन्त्रको पक्षमा प्रदर्शन, कांग्रेस नेता पनि सहभागी (फाेटाेफिचर)

    काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन भएको छ ।

    raja3.jpg

    उपत्यकाबाहिर विशाल प्रदर्शन भइरहेका बेला सोमबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालिएको र्‍यालीमा सहभागीहरुले राजतन्त्र, हिन्दु राष्ट्र पुनर्स्थापना पक्षमा नारा लगाएका थिए । 

    raja8.jpg

    राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनमा सहभागीले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेर ‘राजा आऊ देश बचाऊ, ‘दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ’जस्ता नारा पनि लगाएका थिए ।

    भारत र चीनको उच्चस्तरीय नेपाल भ्रमण र राजसंस्था पुनर्बहाली प्रदर्शनको संकेत  भारत र चीनको उच्चस्तरीय नेपाल भ्रमण र राजसंस्था पुनर्बहाली प्रदर्शनको संकेत 

    raja5.jpg

    संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित काठमाडौँमै प्रदर्शन भएको हो ।

    raja1.jpgraja9.jpg

    बर्दिया, धनगढी, पोखरा, विराटनगर, जनकपुर, हेटौँडासहित उपत्यकाबाहिर भएका प्रदर्शनमा राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाका नेता तथा कार्यकर्ता सहभागी थिए भने कांग्रेस र सत्तारुढ नेकपा समर्थक पनि सहभागी भए ।

    raja4.jpg

    तर, सोमबार काठमाडौंमा राजतन्त्र र हिन्दू राष्ट्र पक्षमा भएको प्रदर्शनमा कांग्रेस समर्थकमात्रै होइन नेता नै सहभागी भएका छन् ।

    raja11.jpg

    raja10.jpg

    माइतीघर मण्डलाबाट राजतन्त्र, हिन्दूराष्ट्रको पक्षमा निकालिएको र्‍यालीमा कांग्रेसका नेता विपिन कोइराला सहभागी भएका हुन् ।

    raja6.jpg

    यद्यपि उनी हाल कांग्रेसको कुनै समितिमा भने छैनन् । तर, उनी नेपाल विद्यार्थी संघको संस्थापक समेत रहेका कोइराला कांग्रेसका नेता हुन् । 

    raja2.jpg


    मंसिर १५, २०७७ सोमवार १६:०२:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजतन्त्र
  • # हिन्दुधर्म

  • बिकाश बखुन्छेँ

    नेपाली सेनाद्वारा जङ्गी अड्डामा चीनका रक्षामन्त्री फेङ्गहको सम्मान (तस्बिरसहित)

    क्यानाडानेपाल

    मंसिर १४

  • 1.4K
    SHARES
  • नेपाली सेनाद्वारा जङ्गी अड्डामा चीनका रक्षामन्त्री फेङ्गहको सम्मान (तस्बिरसहित)

    काठमाडौं - आइतबार काठमाडौं आएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्गह जंगी अड्डा पुगेका छन् । २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चार्टर्ड विमानमा नेपाल आएका रक्षामन्त्री वेइ आइतबार बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।  

    china-defence-minister-fangoo66.jpg

    फेङ्गहको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादल पुगेका थिए । उनले आज काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरिसकेका छन् । 

    china-defence-minister-fangoo9.jpg

    यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता समेत गरिसकेका चिनिया रक्षामन्त्री फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा गार्ड अफ अनर प्रदान गरेको थियो।

    china-defence-minister-fangoo6.jpg  

    china-defence-minister-fangoo9 (1).jpg

     

    china-defence-minister-fangoo.jpg

     

     

     


    मंसिर १४, २०७७ आइतवार १८:२९:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीनका रक्षामन्त्री फेङ्गह

  • क्यानाडानेपाल डेस्क

    किसानहरूलाई सयपत्री फुल टिप्न चटारो (फोटोफिचर)

    क्यानाडानेपाल

    कार्तिक २७

  • 1.6K
    SHARES
  • किसानहरूलाई सयपत्री फुल टिप्न चटारो (फोटोफिचर)

    काठमाडौं । हिन्दुहरूको दोस्रो महान चाड तिहार आजदेखी शुरु भएको छ । तिहार शुरु भए लगत्तै बजारमा किनमेलको लागि मानिसहरुको भीड जम्मा हुन थालेको छ । 

    follw.jpg

    बजारमा नेपालमै फुलेका फूलहरु आइसकेका छन् । यसैबीच तिहार नजिकिदै गर्दा बजारमा पठाउन काठमाडौँको नागार्जुन नगरपालिका ईचङ्गुका किसानहरूले सयपत्री टिपि सकेका छन् । तस्बीर - रोशन सापकोटा 

    foll.jpg

    full.jpg


    कार्तिक २७, २०७७ बिहिवार ११:५१:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # फोटोफिचर

  • क्यानाडानेपाल डेस्क

    कोरोना बढेको बढ्यै, घटेन बजारको भीडभाड (फोटोफिचर)

    क्यानाडानेपाल

    आश्विन २७

  • 1.7K
    SHARES
  • कोरोना बढेको बढ्यै, घटेन बजारको भीडभाड (फोटोफिचर)

    काठमाडौं  काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण घट्न सकेको छैन । सरकारले बारम्बार अनावश्यक भीडभाड नगर्न आग्रह गरिहँदा पनि बजारलगायतका सार्वजनिक स्थानमा मानिसहरुको घुइँचो देखिन्छ । 

    मुलुकभरको कुल संक्रमितमध्ये ६० प्रतिशत हाराहारीमा काठमाडौं उपत्यकामा संक्रमित भेटिएका छन् । मंगलबार मुलुकभर ३५५६ संक्रमित भेटिँदा काठमाडौं उपत्यकाका २१२९ जना रहेका थिए ।

    d8.jpg

    यस्तै सोमबार मुलुकभर ४०४७ संक्रमित भेटिँदा काठमाडौं उपत्यकाका २२८३ र शनिबार मुकभर २०७१ संक्रमित भेटिँदा काठमाडौं उपत्यकाका १४१६ जनामा कोरोना संक्रमण देखिएको थियो । 

    d7.jpg

    यसरी काठमाडौं उपत्यकामा संक्रमण बढिरहँदा वा दुई हजारको हाराहारीमा संक्रमित भेटिँदा बजारसहित सार्वजनिक स्थानमा मानिसको भीड कम हुन सकेको छैन । 

    d6.jpg

    दशैँसहित चाडबाड नजिकिएसँगै बजारमा भीड लागेको छ, जसले कोरोना संक्रमण बढाउने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउँदै आएका छन् ।

    d3.jpg

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले भीडभाड नगर्न आग्रह गर्दै आएका छन् । तर, न्यूरोड, अशनसहित व्यापारिक र बजार क्षेत्रमा मानिसको भीड लागेको देखिन्छ । 

    d1.jpg

    d2.jpg

    d4.jpg

    d5.jpg


    आश्विन २७, २०७७ मंगलवार १७:४२:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # बजार

  • बिकाश बखुन्छेँ

    बोल्ड केकी अधिकारी (फोटोफिचर)

    क्यानाडानेपाल

    आश्विन ११

  • 7.4K
    SHARES
  • बोल्ड केकी अधिकारी (फोटोफिचर)

    अभिनेत्री केकी अधिकारीले आफ्नो अभिनय क्षमता र  बौद्धिकताले नेपाली चलचित्र क्षेत्रमा राम्रो छाप छाडीरहेकी छिन्।  चलचित्रमा लगातार अभिनय गरिरहेकी नायिका आधिकारी लकडाउन भन्दा अगाडी  'परेदेशी २' चलचित्रको छायाकनमा व्यस्त रहेकी थिइन्।

     

    kke3.jpg

    kke1.jpg

    kke2.jpg

     

     'झिङ्गे दाउ' उनले छायाकन सकेर बसेको चलचित्र हो।  नेपालको पहिलो कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को कार्यकारी निर्माता हुन् केकी।

     

    kke5.jpg

    kke4.jpg

     

     केकी प्रस्तुतकर्ता रहेर चलचित्र 'कोहोलपुर एक्सप्रेस' को निर्माण समेत गरिसकेकी छिन्।  उनि र उनको टिम यतिबेला कमेडी च्याम्पियनको दोश्रो सिजनको तयारीमा रहेका छन्। 


    आश्विन ११, २०७७ आइतवार १८:०८:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केकी अधिकारी

  • क्यानाडानेपाल डेस्क

    कति सुहायो पल र एलिजाको जोडी (फोटो र भिडियो)

    क्यानाडानेपाल

    भाद्र २०

  • 3.4K
    SHARES
  • कति सुहायो पल र एलिजाको जोडी (फोटो र भिडियो)

    अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतम पछिल्लो समय लगातार दुई म्युजिक भिडियोमा साथ देखिएका छन्।  केहि दिन अगाडी 'आटो पिठो' बोलको गीतमा देखिएको यो जोडी अहिले नया गीत ' धान कुट्ने ढिकी' मा देखिएको छ।  दर्शकले दुवै गीतको भिडियोमा पल र एलिजाको जोडीको तारिफ गरेका छन्।

     

    p3.jpg

    p5.jpg

    p4.jpg

     दर्शकको माया पाएको यो जोडी एक अर्काको तारिफ गर्न पछि पर्दैनन् ।  पल एलिजालाई काममा अति नै मिहेनत गर्ने कलाकारको रुपमा लिन्छन् भने एलिजाको नजरमा पल अहिलेको स्टार कलाकारको रुपमा रहेका छन् ।

    p6.jpg

    p7.jpg

     

    दुवैले चलचित्रमा साथ काम गर्ने चर्चा चले पनि समय नमिलेको कारण काम गर्न नसकेको बताउछन्।  


    भाद्र २०, २०७७ शनिवार ००:११:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पल शाह
  • # एलिजा गौतम

  • क्यानाडानेपाल डेस्क