• Jan 24 2022 | २०७८, माघ १०गते

२०७८, माघ १०गते

डिसेम्बरमा बलिउडका ७ फिल्म रिलिज हुँदै  

मंसिर १७ २०७७
  • 1.8K
    SHARES
  • images
    images
    डिसेम्बरमा बलिउडका ७ फिल्म रिलिज हुँदै  

    काठमाडौं - कोरोनाभाइरसको संक्रमणको अवस्थामा पनि अहिले बलिउडमा फिल्मका कामहरु भइरहेका छन् । स्वास्थ्यका मापदण्ड पालना गरी फिल्मका कामहरु धमाधम गरिएको छ । यहि डिसेम्बरमा बलिउडका ७ फिल्म रिलिज हुने भएका छन् । 

    images

    कोरोना संक्रमणको जोखिमका कारण हलहरुमा दर्शक आउन डराउने हुनाले फिल्महरु डिजिटल प्लेटफर्ममार्फत रिलिज भएका छन् । यस महिनामा पनि धेरै फिल्म डिजिटल प्लेटफर्मबाट रिलिज हुँदैछ । 

    अभिनेता बरुण धवन र साराअली खानको फिल्म कुली नम्बर १ पनि डिसेम्बरमा रिलिज हुदैछ । यस फिल्ममा वरुण धव, सारा अली खान, परेश रावल लगायतका कलाकारको अभिनय रहेको छ । 

    यो फिल्म पनि अमेजन प्राईमबाट रिलिजको तयारीमा छ । त्यस्तै भूमि पेडनेकरको मुख्य भूमिका रहेको फिल्म दुर्गामती पनि डिजिटल प्लेटफर्मबाट यहि डिसेम्बरमा रिलिज हुँदैछ । 

    यस्तै सञ्जय दत्तको मुख्य अभिनय रहेको फिल्म ‘टोरबाज’ पनि ११ डिसेम्बरमा प्रदर्शनमा आउदैछ ।फिल्ममा सञ्जय अफगान सेनाको एक जनरलको भूमिकामा देखिएका छन् । यस फिल्ममा सञ्जयसँगै राहुल देव, नरगिस फाखरी लगायतका कलाकारको अभिनय रहेको छ ।  

    त्यस्तै ऋचा चड्डा र करिश्मा तन्नाको फिल्म लाहौर कन्फिडेन्सियल पनि यहि महिनामा डिजिटल प्लेटफर्मबाट रिलिज हुँदैछ । यस्तै अन्य ३ फिल्म पनि यहि डिसेम्बरमा रिलिज हुँदैछन् । 

      


    मंसिर १७, २०७७ बुधवार १२:१७:२४ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # बलिउड
  • अर्कोसमाचार

    आमा बनिन् प्रियंका चोपडा

    आमा बनिन् प्रियंका चोपडा

    काठमाडौं - बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।

    images

    ‘यो कुरा बताउँदा हामी खुसी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ कि यो विशेष समयमा हाम्रो गोपनियतालाई ध्यान दिनुहोला,' उनले लेखेकी छन् ।

    सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।

    प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।

     


    माघ ८, २०७८ शनिवार १०:१३:१४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    डिभोर्सपछि एकै होटलमा यस्तो अवस्थामा भेटिए धनुष र ऐश्वर्या

    डिभोर्सपछि एकै होटलमा यस्तो अवस्थामा भेटिए धनुष र ऐश्वर्या

    काठमाडौं - साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू आधिकारिक रूपमा अलग्गिएको घोषणा गरे पनि सर्वसाधारणको नजर उनीहरूबाट हटेको छैन ।

    images

    केही समयअघि अलग्गिएका यो जोडी हालैमात्र हैदरावादको एक होटलमा सँगै भेटिएका छन् । उनीहरू आफ्नो कामको सिलसिलामा त्यो होटलमा बसेका हुन् ।

    यो जोडी हैदराबादको रामोजी फिल्म स्टुडियोमा रहेको सितारा होटलमा बसेका छन् । रामोजी हैदरावादको सबैभन्दा ठूलो फिल्म सिटी हो । धनुष त्यहाँ आफ्नो कुनै फिल्मको कामको सिलसिलामा होटलमा बसेका छन् । रामोजी स्टुडियोमा सुटिङ हुने अधिकांश फिल्म तथा टेलिफिल्मका कलाकार यही होटलमा बस्ने गर्दछन् ।

    ऐश्वर्या भने आउँदो भ्यालेन्टाइनको मौका पारेर सार्वजनिक गर्न लागेको नयाँ गीतको सुटिङ गर्न उक्त होटलमा बसेकी छन् । उनको यो प्रोजेक्ट २५ जनवरीदेखि २७ जनवरीसम्म सुट हुनेछ ।

    साउथ सुपरस्टार रजनीकान्तका छोरीज्वाइँ यो जोडीले गत जनवरी १७ मा अलग्गिने निर्णय लिएका थिए । तर के कारणले अलग्गिए भन्ने अहिलेसम्म कारण खुल्न सकेको छैन ।


    माघ ९, २०७८ आइतवार ११:५६:२७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    ‘पुष्पा’को सफलतापछि अल्लूले बढाए पारिश्रमिक

    ‘पुष्पा’को सफलतापछि अल्लूले बढाए पारिश्रमिक

    एजेन्सी - फिल्म ‘पुष्पा : द राइज’ पछि अभिनेता अल्लू अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले ‘पुष्पा : द रुल’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिने छन् । उनले पारिश्रमिक मूल्य सय करोड पु¥याएका छन् ।

    images

    फिल्ममा एटलीको निर्देशन र लायका प्रोडक्सनको निर्माण हुनेछ । लायका प्रोडक्सनले यसअघि तमिलमा ‘२.०’, ‘कैथी’ र ‘दरबार’ जस्ता फिल्म निर्माण गरिसकेको छ । एटलीले ‘मार्सल’, ‘थेरी’ र ‘बिजिल’ जस्ता फिल्म दर्शकलाई दिइसकेका छन् ।

    अल्लूले सय करोड पारिश्रमिक तोके पनि त्यो लगानी उठाउन प्रोडक्सन हाउसलाई कुनै चिन्ता छैन । किनकी उनीहरूलाई अल्लूको कामप्रति विश्वास छ ।

    फिल्म ‘पुष्पा’ पछि अभिनेत्री रश्मिका मन्दानाले पनि पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द रुल’का लागि चार करोड पारिश्रमिक लिने घोषणा गरिसकेकी छन् ।



    माघ ९, २०७८ आइतवार १५:१८:२४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विवाहको चार वर्षपछि अलग्गिएका सामन्था र नागा फेरि मिल्दैछन् !

    विवाहको चार वर्षपछि अलग्गिएका सामन्था र नागा फेरि मिल्दैछन् !

    काठमाडौं - दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो ।

    images

    जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए । यद्यपि सामन्थाले भने हालैका दिनमा आफ्नो सामाजिक सञ्जालबाट अलग्गिएको पोस्ट हटाएकी छन् । उनले पोस्ट हटाउनासाथ कतै उनीहरु फेरि मिल्न त लागेका होइनन् भन्ने अड्कलबाजी गरिएको छ । फ्यानहरुले जोडी आफ्नो मतभेदलाई भुलेर पुनः नयाँ जीवन सुरु गर्न लागेको अनुमान लगाएका छन् ।

    सामन्थाले पोस्ट डिलिट गरेपछि कुनै प्रतिक्रिया दिएकी छैनन् । यो जोडी विवाहको चार वर्षपछि अलग्गिएका हुन् । अलग्गिएपछि सामन्थाले आफ्नो एकाउण्टबाट केही पोष्ट हटाइरहेकी थिइन् । त्यही बेला उनीहरुको संयुक्त विज्ञप्ती पनि हटेको हो ।


    माघ ९, २०७८ आइतवार २१:४५:३४ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बुवाआमा बन्दै गायक आदित्यनारायण र श्वेता, शेयर गरे यस्तो तस्बिर 

  • 898
    SHARES
  • बुवाआमा बन्दै गायक आदित्यनारायण र श्वेता, शेयर गरे यस्तो तस्बिर 

    काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा बुबा बन्दैछन् । श्वेता अग्रवालसँग विवाह बन्धनमा बाधिँएका आदित्यले आफू बुबा बन्न लागेको बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

    images

    उनले श्वेतासँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै आफूहरुले आउने बच्चाको स्वागतमा तयार रहेको बताएका छन् । तस्बिरमा श्वेता आमा बन्ने तयारीमा रहेको प्रष्ट देखिन्छ । 
     
    चर्चित गायक उदित नारायण तथा गायिका दीपा झाका एक मात्र छोरा आदित्यले गएको बर्षको मंसिरमा श्वेतासँग विवाह गरेका थिए । उनीहरुले आफ्नो लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।  

    aditya.jpg


    माघ १०, २०७८ सोमवार १४:१४:०६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आइटम गीतमा नाचेको करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्रीहरु

    आइटम गीतमा नाचेको करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्रीहरु

    काठमाडौं - फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।

    images

    दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् । उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् ।

    samant sunny nora jyaklin.jpg

    बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौं आइटम गीतमा कम्मर मर्काइसकेकी छन् । तर, कमैलाई मात्र थाहा होला कि उनी एक आइटम गीतका लागि तीन करोड पारिश्रमिक थाप्छिन् ।

    samant sunny nora jyaklin.jpg

    अभिनेत्री सनी लियोनी आफ्नो करियरको सुरुवाती दिनमा एक आइटम गीतका लागि २५ लाख रुपैंयाँ लिन्थिइन् । तर, अहिले भने उनको पारिश्रमिक बढेर तीन करोड पुगेको छ ।

    sunny.jpg

    अभिनेत्री चित्रांगदा सिंहले केही आइटम गीतमा ठुम्का लगाएकी छन् । यद्यपि, उनले जुन गीतहरूमा नृत्य गरिन्, ती गीत सुपरहिट साबित भए । उनी एक गीतका लागि ६० लाख रुपैंयाँ चार्ज लिन्छिन् ।

    chitrangada singh.jpg

    अभिनेत्री कटरीना कैफले ‘चिकनी चमेली’ र ‘शीला’ जस्ता गीतका लागि ५० लाख पारिश्रमिक लिएकी छन् । उनले फिल्म ‘धुम ३’ पछि आफ्नो आइटम पारिश्रमिक बढाएकी छन् ।

    chitrangada singh.jpg

    ‘दिलबर’ देखि ‘साकी-साकी’सम्म नोरा फतेहीले कयौं आइटम नम्बर गरिसकेकी छन् । उनी एक आइटम गीतका लागि ५० लाख पारिश्रमिक लिन्छिन् ।

    chitrangada singh.jpg


    माघ १०, २०७८ सोमवार २१:५५:०६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर