• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

अभिनेत्री श्‍वेता खड्काले सोमबार विवाह गर्दै

मंसिर १७ २०७७
  • 2.5K
    SHARES
  • अभिनेत्री श्‍वेता खड्काले सोमबार विवाह गर्दै

    काठमाडौं । नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाधिँने भएकी छिन् । दसैँ तिहारको बीचमा उनको विवाह हुनेबारे धेरै नै चर्चा चलेको थियो ।

    त्यस समय उनले धनगढीका युवकसँग विवाह गर्न लागेको चर्चा चलेको थियो ।  अब भने उनले यहि मंसिर २२ गते विवाह गर्ने भएकी छिन् । उनी विजयेन्द्रसिंह रावतसँग विवाह विवाह बन्धनमा बाधिने भएकी हुन् ।

    विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा  मंसिर २२ गते हुने भएको छ । विवाहको कार्यक्रम फरेस्ट रिसोर्टमा विहानैदेखि सुरु हुनेछ । यसअघि उनले २०७१ साल असार २३ गते श्रीकृष्णसँग विवाह गरेकी थिइन् ।

    Sweta.jpg

    तर बिहे गरेको एक महिना नबित्दै उनल्े श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी थिइन् । श्रीकृष्णको साउन २५ गते नै निधन भएको थियो । चलचित्र कहाँ भेटिएला’बाट नेपाली चलचित्रमा प्रबेश गरेकी उनी चलचित्र कान्छी निर्माण गरेर चलचित्र क्षेत्रमा कमब्याक गरेकी थिइन् । 

    Sweta.jpg


    मंसिर १७, २०७७ बुधवार २२:११:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # श्वेता खड्का
  • अर्कोसमाचार

    पुराना छायाँकार प्रधानको निधन

    जेठ ३१

  • 354
    SHARES
  • पुराना छायाँकार प्रधानको निधन

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका पुराना छायाँकार राम शंकर प्रधानको निधन भएको छ । उनको आइतबार बेलुका ७२ बर्षको उमेरमा निधन भएको हो । 

    लामो समयदेखि डायलासिस गराउँदै आएका उनको वीर अस्पतालमा निधन भएको हो । उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जनाइएको छ । 

    उनले सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो, लगनगाँठो लगायतका धेरै नेपाली चलचित्रको छयांकन गरेका थिए । उनको निधनप्रति नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले दुख व्यक्त गरेका छन् । 

     


    जेठ ३१, २०७८ सोमवार १८:४४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

  • 376
    SHARES
  • लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

    काठमाडौं । बेलायतमा बस्दै आएकी नेपाली मोडल अनिता लिम्बुले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएकी छन् । 

    सामाजिक सञ्जाल इन्ष्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई उक्त शोमा भाग लिन आग्रह गरेको थियो ।  आयोजकको आग्रहपछि उनी उक्त शोको यात्रा तय गरेकी थिइन् । 

    उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत गत हप्ता प्रसारण भएको छ । आई टिभी हब मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङमा जन्म भई इटहरीमा  हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

    नेपालमा कक्षा १२ अध्ययन सकेर अध्ययनको शिलशिलामा बेलायत पुुगेकी उनले त्यहाँ ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।

    यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन्। ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन्। लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन । 

    उनले धेरै नेपली म्युजिक भिडिओमा पनि अभिनय गरिसकेकी छिन ।नेपाली फिल्म अभिनयमा पनि आफ्नो रुचिको बिषय भएको बताउने उनी भविष्यमा चलचित्रमा अभिनय गर्ने सोच रहेको बताउँछिन् ।


    आषाढ १, २०७८ मंगलवार ११:२४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिक्रेट क्रस

  • क्यानाडा नेपाल

    मुन्द्रेलाई दीपकराजले भने - कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिदैन

    आषाढ १

  • 512
    SHARES
  • मुन्द्रेलाई दीपकराजले भने - कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिदैन

    काठमाडौं - चर्चित हास्यकलाकार जितु नेपालको आज जन्मदिन परेको छ । उनी आजबाट ४६ वर्षमा लागेका छन्। उनको जन्मदिनको अवसरमा कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् । 

    दीपकराजले शुभकामना दिदै  घुमाउरो शैलीमा मतभेद स्वीकारेका छन् । टेलिभिजन शो मुन्द्रेको कमेडी क्लब चलाउदै आएका जितुले ‘महानायक’ विवादपछि दीपाश्रीलाई अध्यक्षबाट हटाएर करिश्मा मानन्धरलाई राखेका थिए । 

    त्यस बेलादेखि दीपकराज गिरी र दीपाश्री निरौला समुहसँग जितुको सम्बन्ध चिसिएको थियो । जितुले यस समुहसँग फिल्म ‘६ एकान ६’ देखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म काम गर्दै आइरहेका छन् ।

    मंगलबार जन्मदिनको अवसरमा दीपकराजले मतभेद रहेको स्वीकार गर्दै आफूहरुको गति कहिले नरोकिने बताएका छन् । उनले कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि आफूहरुको गति कहिले नरोकिएको र नरोकिने बताएका छन् ।

    उनले भनेका छन् - 'तपाइ संग जे छ ,त्यो म संग छैन ! म संग भएका तपाइ संग नहुन सक्छ !! सायद यहि एक अर्को संग नभएका कुरा अैचो पैचो गर्दै  एउटै खोलामा मिसियौ  र बग्दै गयौ निरन्तर कहिलेकाहि हाम्रा मतभेदका छालहरू एक अर्को संग  ठोक्किए पनि हाम्रो गति कहिले रोकिएन र रोकिदैन पनि !!'

    'तपाइ लाइ इश्वरले सधै उस्तै उर्जाशील र शृजनशील बनाइ रहुन् तपाइ संग भएका सकारात्मकताले तपाइमा भएका कमि कमजोरीलाइ परास्त गर्न सकोस! घर परिवारमा सुख शान्ति रहि रहोस !! जय मित्रता!! जन्मदिनको लाखौ करौडौ शुभकामना!!!'


    आषाढ १, २०७८ मंगलवार १५:११:४६ बजे : प्रकाशित

    मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन

    आषाढ १

  • 272
    SHARES
  • मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन

    काठमाडौँ - मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता सिक्न भारतको देहरादुन गएकी २३ बर्षिय निशा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको थियो । 

    उनको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए । 

    political leaders kotishwar niwas.jpg

    तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने भन्दै आवाज उठ्न थाल्यो । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक मेघा चौधरीले निशालाई अस्पतालमा निःशुल्क उपचार गराइरहेकी छिन् । 

    अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गइहरेको छ । अहिले देश तथा विदेशबाट उनलाई सहयोग गरिरहेका छन् । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए ।  


    आषाढ १, २०७८ मंगलवार १८:३१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निशा घिमिरे
  • केशव भावुकको ‘म मजदुर मायाको’सार्वजनिक 

    आषाढ २

  • 284
    SHARES
  • केशव भावुकको ‘म मजदुर मायाको’सार्वजनिक 

    काठमाडौँ । गायक केशव भावुकको नयाँ गीत सार्वजनिक भएको छ । गायक भावुक र गीतकार नमिता मिलेर ल्याएको ‘म मजदुर मायाको’ बोलको गीतको भिडियो हालै युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा गायक भावुकको स्वर र नमिता दवाडीको शब्द शृजना  रहेको छ ।

    कोरोना महामारीको समयमा सांगीतिक बजार सुस्ताएका बेला गायक भावुक र गीतकार नमिताले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा म मजदुर मायाकोमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ ।

    गीतमा भावुककै संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । अशोक मर्हजनको मिक्सिगं रहेको गीतको छायांकन, सम्पादन र कलरिगं मिराज अर्यालको रहेको छ ।  यस्तै निर्देशन पनि अर्यालले नै गरेका हुन्  


    आषाढ २, २०७८ बुधवार १८:४३:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केशव भावुक
  • नेपाली फिल्म 'एक्स ९' मा भिलेनको भूमिकामा सुनील शेट्टी, नायकमा अनमोल केसी

    आषाढ ३

  • 614
    SHARES
  • नेपाली फिल्म 'एक्स ९' मा भिलेनको भूमिकामा सुनील शेट्टी, नायकमा अनमोल केसी

    काठमाडौं - पछिल्लो समय निर्देशक मुकुन्द भट्टको फिल्म 'एक्स ९-लेभल १' को निकै चर्चा छ । निर्देशक भट्टले केही समय अगाडि यस फिल्मको घोषणा गरेका थिए । 

    उनले यस फिल्मका लागि कलाकार छनोट गरिरहेका छन् । फिल्मको नायकको भूमिकामा अभिनेता अनमोल केसीलाई अफर गरिएको बताइएको छ । 

    मुकुन्दको अफर अनमोलले स्वीकार गरेका छन् तर उनीहरुबीच कागजी सम्झौता भएको छैन । अनमोल बाहेक फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बतायएको छ । 

    यस्तै यस फिल्मका लागि भिलेनको भूमिकामा बलिउडका चर्चित अभिनेता सुनील शेट्टीलाई अफर गरिएको बताइएको छ । 

    फिल्ममा सुनील हुने भएपछि फिल्मको चर्चा पनि बढेको छ । निर्देशक भट्टले करीब एक महिना अगाडि सुनिलसँग फिल्म बारे कुरा गरेको उनी बताउछन् । 

    फिल्मलाई लिएर उनी सकारात्मक रहेको निर्देशक भट्ट बताउँछन् । यसअघि पनि सुनिल नेपाल आइसकेका छन् । तिहारपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । 


    आषाढ ३, २०७८ बिहिवार १३:०२:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एक्स ९
  • images
    images
    ताजा खबर