• Jun 18 2021 | २०७८, आषाढ ४गते

२०७८, आषाढ ४गते

श्वेतालाई विवाहको शुभकामना दिदै करिश्माले भनिन् - समाजमा जनजागरण कहिलेकाही आफै उदाहरण बनेर पनि दिनुपर्छ

मंसिर २२ २०७७
  • 3.0K
    SHARES
  • श्वेतालाई विवाहको शुभकामना दिदै करिश्माले भनिन् - समाजमा जनजागरण कहिलेकाही आफै उदाहरण बनेर पनि दिनुपर्छ

    काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का आज सोमबार विवाह बन्धनमा बाधिँएकी छिन् । उनी प्रेमी विजयन्द्र सिंह रावतसँग आज काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा विवाह बन्धनमा बाधिँएकी हुन्। 

    धनगढीका विजयन्द्र सिंह रावतसँग आज विवाह बन्धनमा बाधिँएकी श्वेताले विवाहको अघिल्लो दिन अर्थात आइतबार सामाजिक संजालमा एक मनछुने स्टाटस लेखेकी थिइन् । उनले आफुले गरेको यो निर्णय पुरुष प्रधान समाजले स्विकार गर्ला भन्दे प्रश्न पनि गरेकी थिइन् । 

    उनको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् । यस्तै अभिनेत्री करिश्मा मानन्धरले  श्वेतालाई विवाहको शुभकामना दिँदै एक स्टाटस लेखेकी छिन् । 

    उनले कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनि कुल्चिनु पर्ने स्थिति पनि आउने बताउकी छिन् । उनले श्वेताको विवाह एउटा उदाहरणीय सुरुवात भएको बताएकी छिन् । 

    नवीन वैवाहिक जीवनको शुभकामना श्वेता । तिमी वास्तविक जीवनको नायिका हौ भन्दै उनले भनेकी छिन् -  

    आएको हरेक परिस्थितिको सामना गर्दै ,साथै समाजका मुल्यमान्यतालाइ कायम राख्दै र मान्दै  जिवनलाइ हिम्मतका साथ जिउन ठुलो आट चाहिन्छ , येस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनि कुल्चिनु पर्ने स्थिति पनि आउँछ । हरेक मानिसको खुसी भएर बाच्न पाउने अधिकार छ ।

    पुरुषप्रधान मानसिकता रहेको हाम्रो यो समाजमा , ठुला ठुला आवाजमा कस्तो प्रकारको  महिला सशक्तीकरण कुरा गरिरहेकार्छौ हामी ? जो बिचरि अवस्थामा छिन र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन !!

    या जो हिम्मतका साथ ती सबै समस्याहरुसंग जुधेर आफुलाइ भित्रैबाट सशक्तीकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दै छिन ,र यो पनि समाजको अगाडि प्रस्तुत भयेर गर्दैछिन ।

    यो एउटा उदाहरणीय सुरुवात हो ।जिवनमा परेका भवितव्यं ले लथालिङ्ग हुने होइन कि त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउने हो ।

    समाजमा जनजागरण कहिलेकाही आफै उदाहरण बनेर पनि दिनुपर्छ ।तिम्रो हिजोको स्टाट्स लेखाइमा भयेको तिम्रा भाव बुझे जस्तो लागेर यी शब्दहरु  लेख्दैछु। नवीन वैवाहिक जिवनको शुभकामना स्वेता ❤️ तिमी वास्तविक जीवनको नाइका हौ । 💐

    श्वेताले आइतबार सामाजिक सञ्जलामा लेखेको स्टाटस - म: जीवनको नविन यात्रामा 🙏🙏
    जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । 'अचानोको पिँडा खुकुरीलाई  थाहा हुन्न' भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट  मैले भोगेको पिंडाहरु  केवल मलाई मात्र थाहा छ । 

    म देख्थें, मेरो अगाडि  लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा  तिखा काँडा, ठुलाठुला पत्थर अनी  आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति  काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । "के म यसो गर्न सकुँला र ?" आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें " कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।" अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

    'एक्लै जीवन काट्न सकिन्छ' भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो  यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । "अब उठ्नै सक्दिन कि " भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै  पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त  बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने  कोसंग ? मैले  साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष  गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई  थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म  एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें । 

    "मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै  निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको  धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?" म मेरा हितैषीहरुलाई प्रश्न गर्थें । 

    आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर  मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी  साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ "के यो पुरुष प्रधान समाजले मेरो यो  निर्णयलाई स्विकार गर्ला र ?"

    मलाई थाहाछ 'श्वेताको  आँखामा आँशु मात्रै देखिनु पर्छ' भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको  सोच राख्ने  दुईचार जनाले स्वत: हार खानेछन् ।
    अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु,  संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
    उही तपाईंकी छोरी/चेली 
     श्वेता खड्का
      


    मंसिर २२, २०७७ सोमवार १९:१५:२३ बजे : प्रकाशित

    अर्कोसमाचार

    पुराना छायाँकार प्रधानको निधन

    जेठ ३१

  • 354
    SHARES
  • पुराना छायाँकार प्रधानको निधन

    काठमाडौं - नेपाली चलचित्र क्षेत्रका पुराना छायाँकार राम शंकर प्रधानको निधन भएको छ । उनको आइतबार बेलुका ७२ बर्षको उमेरमा निधन भएको हो । 

    लामो समयदेखि डायलासिस गराउँदै आएका उनको वीर अस्पतालमा निधन भएको हो । उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जनाइएको छ । 

    उनले सुन्दर मेरो नाम, फेरि तिम्रो याद आयो, लगनगाँठो लगायतका धेरै नेपाली चलचित्रको छयांकन गरेका थिए । उनको निधनप्रति नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले दुख व्यक्त गरेका छन् । 

     


    जेठ ३१, २०७८ सोमवार १८:४४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

  • 376
    SHARES
  • लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा नेपाली मोडल अनिता

    काठमाडौं । बेलायतमा बस्दै आएकी नेपाली मोडल अनिता लिम्बुले बहुचर्चित ‘आई टिभी टू’ च्यानलबाट प्रशारण हुने रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागिता जनाएकी छन् । 

    सामाजिक सञ्जाल इन्ष्टग्राममा उनको कौशल देखेर आयोजक टिमले नै उनलाई उक्त शोमा भाग लिन आग्रह गरेको थियो ।  आयोजकको आग्रहपछि उनी उक्त शोको यात्रा तय गरेकी थिइन् । 

    उक्त रियालिटी शो आई टिभी टू च्यानलमार्फत गत हप्ता प्रसारण भएको छ । आई टिभी हब मार्फत उक्त कार्यक्रम जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालको ताप्लेजुङमा जन्म भई इटहरीमा  हुर्केकी उनले सानै उमेरदेखि मोडलिङ र डान्सिङमा दिलचस्पी राख्ने गरेकी थिइन् ।

    नेपालमा कक्षा १२ अध्ययन सकेर अध्ययनको शिलशिलामा बेलायत पुुगेकी उनले त्यहाँ ब्यूटी थेरापी सम्बन्धी अध्ययन पूरा गरिसकेकी छिन् । बर्हिगमको एक फेशन शोबाट मोडलिङ शुरू गरेकी उनले अक्सफोर्ड फेशन विक र लण्डन फेशन शो मा पनि भाग लिइसकेकी छिन् ।

    यस्तै अनिताले लण्डनमा आयोजना हुने प्राय फेसन–शो तथा मिस च्यारिटी लगायतका व्युटी कन्टेस्टहरुमा समेत भाग लिएर विभिन्न टाइटल अवार्ड जितिसकेकी छन्। ५ फिट ७ इञ्च उचाईकी अनिता डान्समा पनि अब्बल रहेकी छन्। लण्डनमा हुने विभिन्न च्यारिटी शोहरुमा डान्स गरेर धेरै सहयोग जुटाइसकेकी छन । 

    उनले धेरै नेपली म्युजिक भिडिओमा पनि अभिनय गरिसकेकी छिन ।नेपाली फिल्म अभिनयमा पनि आफ्नो रुचिको बिषय भएको बताउने उनी भविष्यमा चलचित्रमा अभिनय गर्ने सोच रहेको बताउँछिन् ।


    आषाढ १, २०७८ मंगलवार ११:२४:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिक्रेट क्रस

  • क्यानाडा नेपाल

    मुन्द्रेलाई दीपकराजले भने - कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिदैन

    आषाढ १

  • 512
    SHARES
  • मुन्द्रेलाई दीपकराजले भने - कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि हाम्रो गति कहिले रोकिदैन

    काठमाडौं - चर्चित हास्यकलाकार जितु नेपालको आज जन्मदिन परेको छ । उनी आजबाट ४६ वर्षमा लागेका छन्। उनको जन्मदिनको अवसरमा कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् । 

    दीपकराजले शुभकामना दिदै  घुमाउरो शैलीमा मतभेद स्वीकारेका छन् । टेलिभिजन शो मुन्द्रेको कमेडी क्लब चलाउदै आएका जितुले ‘महानायक’ विवादपछि दीपाश्रीलाई अध्यक्षबाट हटाएर करिश्मा मानन्धरलाई राखेका थिए । 

    त्यस बेलादेखि दीपकराज गिरी र दीपाश्री निरौला समुहसँग जितुको सम्बन्ध चिसिएको थियो । जितुले यस समुहसँग फिल्म ‘६ एकान ६’ देखि पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म काम गर्दै आइरहेका छन् ।

    मंगलबार जन्मदिनको अवसरमा दीपकराजले मतभेद रहेको स्वीकार गर्दै आफूहरुको गति कहिले नरोकिने बताएका छन् । उनले कहिले काहिँ मतभेदका छालहरू एकअर्कासँग ठोक्किए पनि आफूहरुको गति कहिले नरोकिएको र नरोकिने बताएका छन् ।

    उनले भनेका छन् - 'तपाइ संग जे छ ,त्यो म संग छैन ! म संग भएका तपाइ संग नहुन सक्छ !! सायद यहि एक अर्को संग नभएका कुरा अैचो पैचो गर्दै  एउटै खोलामा मिसियौ  र बग्दै गयौ निरन्तर कहिलेकाहि हाम्रा मतभेदका छालहरू एक अर्को संग  ठोक्किए पनि हाम्रो गति कहिले रोकिएन र रोकिदैन पनि !!'

    'तपाइ लाइ इश्वरले सधै उस्तै उर्जाशील र शृजनशील बनाइ रहुन् तपाइ संग भएका सकारात्मकताले तपाइमा भएका कमि कमजोरीलाइ परास्त गर्न सकोस! घर परिवारमा सुख शान्ति रहि रहोस !! जय मित्रता!! जन्मदिनको लाखौ करौडौ शुभकामना!!!'


    आषाढ १, २०७८ मंगलवार १५:११:४६ बजे : प्रकाशित

    मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन

    आषाढ १

  • 272
    SHARES
  • मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन

    काठमाडौँ - मोडल निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता सिक्न भारतको देहरादुन गएकी २३ बर्षिय निशा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको थियो । 

    उनको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए । 

    political leaders kotishwar niwas.jpg

    तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने भन्दै आवाज उठ्न थाल्यो । अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक मेघा चौधरीले निशालाई अस्पतालमा निःशुल्क उपचार गराइरहेकी छिन् । 

    अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गइहरेको छ । अहिले देश तथा विदेशबाट उनलाई सहयोग गरिरहेका छन् । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए ।  


    आषाढ १, २०७८ मंगलवार १८:३१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निशा घिमिरे
  • केशव भावुकको ‘म मजदुर मायाको’सार्वजनिक 

    आषाढ २

  • 284
    SHARES
  • केशव भावुकको ‘म मजदुर मायाको’सार्वजनिक 

    काठमाडौँ । गायक केशव भावुकको नयाँ गीत सार्वजनिक भएको छ । गायक भावुक र गीतकार नमिता मिलेर ल्याएको ‘म मजदुर मायाको’ बोलको गीतको भिडियो हालै युट्युबमा सार्वजनिक गरिएको हो। गीतमा गायक भावुकको स्वर र नमिता दवाडीको शब्द शृजना  रहेको छ ।

    कोरोना महामारीको समयमा सांगीतिक बजार सुस्ताएका बेला गायक भावुक र गीतकार नमिताले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा म मजदुर मायाकोमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ ।

    गीतमा भावुककै संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । अशोक मर्हजनको मिक्सिगं रहेको गीतको छायांकन, सम्पादन र कलरिगं मिराज अर्यालको रहेको छ ।  यस्तै निर्देशन पनि अर्यालले नै गरेका हुन्  


    आषाढ २, २०७८ बुधवार १८:४३:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केशव भावुक
  • नेपाली फिल्म 'एक्स ९' मा भिलेनको भूमिकामा सुनील शेट्टी, नायकमा अनमोल केसी

    आषाढ ३

  • 618
    SHARES
  • नेपाली फिल्म 'एक्स ९' मा भिलेनको भूमिकामा सुनील शेट्टी, नायकमा अनमोल केसी

    काठमाडौं - पछिल्लो समय निर्देशक मुकुन्द भट्टको फिल्म 'एक्स ९-लेभल १' को निकै चर्चा छ । निर्देशक भट्टले केही समय अगाडि यस फिल्मको घोषणा गरेका थिए । 

    उनले यस फिल्मका लागि कलाकार छनोट गरिरहेका छन् । फिल्मको नायकको भूमिकामा अभिनेता अनमोल केसीलाई अफर गरिएको बताइएको छ । 

    मुकुन्दको अफर अनमोलले स्वीकार गरेका छन् तर उनीहरुबीच कागजी सम्झौता भएको छैन । अनमोल बाहेक फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बतायएको छ । 

    यस्तै यस फिल्मका लागि भिलेनको भूमिकामा बलिउडका चर्चित अभिनेता सुनील शेट्टीलाई अफर गरिएको बताइएको छ । 

    फिल्ममा सुनील हुने भएपछि फिल्मको चर्चा पनि बढेको छ । निर्देशक भट्टले करीब एक महिना अगाडि सुनिलसँग फिल्म बारे कुरा गरेको उनी बताउछन् । 

    फिल्मलाई लिएर उनी सकारात्मक रहेको निर्देशक भट्ट बताउँछन् । यसअघि पनि सुनिल नेपाल आइसकेका छन् । तिहारपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । 


    आषाढ ३, २०७८ बिहिवार १३:०२:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एक्स ९
  • images
    images
    ताजा खबर